एनसीसी बैंकका सञ्चालकलाई आपसमा मिलेर आउन राष्ट्र बैंकले पुस मसान्तसम्मको समय दिएको छ । केन्द्रीय बैंकले १६ पुसमा दिएको पत्रमा १५ दिनभित्र मिल्न नसके सञ्चालक समिति निलम्बन गर्ने उल्लेख छ ।
सञ्चालक समिति निलम्बन गरेको खण्डमा विशेष साधारणसभा भएर नयाँ सञ्चालक नआउञ्जेल बैंकमा राष्ट्र बैंकको प्रत्यक्ष हस्तक्षेप हुनेछ । बैंक अध्यक्ष पृथ्वीराज लिगल समूह र निर्मल प्रधान समूहबीचको विवादले उग्र रूप लिँदै गएपछि राष्ट्र बैंकले अन्तिम चेतावनी दिएको हो । निर्मल प्रधान समूहले बैंकबाट कर्जा दिँदा व्यवस्थापनले अन्य सञ्चालकको प्रभावमा परेर अनियमितता गरेको तथा रित नपु¥याई अध्यक्षले सञ्चालक नियुक्त गरेको आरोप लगाएको छ भने लिगल समूहले निर्मल प्रधान समूहले व्यवस्थापन हत्याउन चाल चलेको भन्दै राष्ट्र बैंकमा लिखित उजुरी दिएको छ ।
More details: http://www.karobardaily.com/nepali/news/2014/01/1389581147