उनीहरू दिउँसो १२ बजे शेयर ब्रोकर कम्पनीमा पुग्छन् । दिनभर बजारको अवलोकन गर्छन् । शेयरको किनबेच गर्छन् र ३ बजेपछि घर फर्किन्छन् । ‘मैले अमेरिकामा भन्दा नेपालमै बढी आम्दानी गरिरहेको छु,’ गत मङ्गलवार बिहान एभरेष्ट होटलमा भेटिएका शरद कर्माचार्यले भने, ‘अमेरिका बसेको भए म त डुब्ने रहेछु ।’ डीभी (आप्रवासी भिसा) चिठ्ठा परेपछि सन् २०१२ मा अमेरिका पुगेका कर्माचार्य दम्पतीले ‘ग्रीन कार्ड’ त बनाए, तर उनीहरू त्यहाँ टिक्न सकेनन् । करीब ४ महीनाको छोटो बसाइमा अमेरिकी शहर र गाउँ घुम्दा उपयुक्त जागीर वा व्यावसायिक सम्भावना केही नदेखेपछि उनीहरू नेपाल फर्किए ।

read more: http://www.abhiyan.com.np/article-laganiabhiyan_28poush2070_sharema#.UtJtjvtSOt8