Interesting to read real time experience.
Arun KC
Posts: 1
शेयर बजार जुवाघर भन्ने डक्टर साहेव देखि इन्सुरेन्सले डुवाउँछ, ठूलो रिस्क छ भनि हल्ला चलाउने सहोगोत्रीहरु पनि देखियो
Posted: 17 Dec 13 9:52 AM
म रिटायर्ड सानो कर्मचारी । अहिले आएर ५ लाखसम्मको शेयरमा लगानी समुन्द्रमा एकथोपा पानी झैं । तर बिजमाण्डू लगायत अनलाईन आर्थिक खबरदेखि प्रकाशित विभिन्न आर्थिक पत्रपत्रिकाको नियमित पाठक । मन परेपनि नपरे पनि टप डिस्कसन फोरमका कमेन्ट पढ्थें तर मैले कहिल्यै भाग लिइन । आज भित्रैदेखि केहि लेख्न मन लाग्यो । नेपालीमा टाईप गरें । एकजना मित्रले धेरै छोट्यायो र नयाँ आइ डि बनाएर प्रकाशित गरिदियो ।
यहाँ कसैले पत्याउने, नपत्याउनेको सवाल छैन । मैले के देखें, के लाग्यो त्यहि लेखें । दैनिक प्रकाशित कमेन्टको गुणस्तर, यथार्थ कहाँ छ त्यो सवैलाई थाहा छ । को कति बायस छ र के लेख्न खोजेको छ प्राय बुझिन्छ । स्वार्थ नभएको मान्छे कहाँ हुन्छ र ? त्यस्मा केहि भन्नुछैन ।
त्यति हुँदा हुँदै पनि केहि त्यस्ता फोरम मेम्बरहरु देखा परे, कोहि हराए, नाम लिनुपर्दैन, प्रकाशित कमेन्टले नै चिनाउँछ जस्ले सन्तुलित र जानकारी मूलक सूचना दिन्छन् । दिएका छन् । लाग्छ उहाँहरुका प्रकाशित कमेन्ट, इन्फोरमेसन अरुको लागि पनि हितकर छ । उहाँहरुसँग लाखौं करोडौंको शेयर कारोवार हुनुपर्छ जस्तो लाग्छ तर बायसनेस छैन वा भए पनि कम ।
कौडीको दामको शेयरलाई उचालेर सुलीलाई सुनमा परिवर्तन गरेको, खोजेको र स्थापनाकालदेखि वा भनौ लामो समयदेखि प्रशस्त रिर्टन दिएका वा दिदैं आएका सुन जस्तो स्ट्याब्लिस शेयरलाई सुली जस्तो बनाउन खोजेको पनि नदेखिएको हैन । शेयर बजार जुवाघर भन्ने डक्टर साहेव देखि इन्सुरेन्सले डुवाउँछ, ठूलो रिस्क छ भनि हल्ला चलाउने सहोगोत्रीहरु पनि देखियो । एउटा ब्रोकरको मा गएर यो त खुब राम्रो छ किन्दा मालामाल हुन्छ भन्दै अर्कोकोमा गएर त्यहि शेयर धमाधम विक्रि गर्नेहरु पनि देखियो ।
तर मैले आज छुट्टै आइ डि बनाएर डिस्कसन फोरममा पहिलोपल्ट प्रवेश गर्न खोजेको विषय चाहिँ फरक हो । मैले लेख्न खोजेको विषय, स्वार्थको लागि बंग्याएर लेख्ने, आफ्नो अनुकुल ब्याख्या गर्ने, गलत वा सहि सूचना दिने शेयर लगानीकर्ता साथीहरुको हैन । ब्रोकरहरुको चित्त नबुझ्दो करामत र लिखित प्रमाण जुटाउन नमिल्ने तर त्यस्ता कृयाकलाको लागि दण्ड र सजाय कस्ले कसरी दिने बारेमा हो ।
हात्तिको देखाउने र चपाउने दाँत फरक हुन्छ भनेझैं ब्रोकरकोमा गएर १२ देखि ३ सम्म पलेंटी कस्नेले भन्दा बिसौं गुना बढी कारोवार टेलिफोनबाटै हुँदो रहेछ, देखियो । कारोवारको हिसाव राख्न केहि स्टाफ नै राखी शेयरमा लगानी गर्नेहरु पनि देखियो । आफ्नो भन्दा ब्रोकरकै सल्लाहमा यो वा त्यो किनौं भनेर करोडौं लगानी गर्नेहरु पनि देखियो । विदेशबाट टेलिफोनकै भरमा श्रीमतीलाई करोडौंको शेयर कारोवारमा संलग्न गराउनेहरु पनि देखियो । बजार बढ्न लागेको बेलामा त्यस्ता ग्राहकको बि.टी मा राखेको पचासौं करोडको शेयरको अब आधा बेचौं भनी सल्लाह दिएर आफ्नै मान्छे वा स्टाफको नाममा खरीद गराइ एक हप्तामा दशौं लाख कमाउने ब्रोकर पनि देखियो । बजार घट्न लागेको बेलामा आफूसँग रहेको वा आफ्नो मान्छेसँग रहेको शेयर त्यस्ता पूजीवालालाई बेचेर उम्केको पनि देखियो ।
कुरा ब्रोकरले कमाएको सवाल हैन , उनीहरुको पनि स्टाफ छ, लगानी छ, अफिस छ तर कुरा के भने कारोवार कम भएको बेलामा के किनिदिउँ भनेर ससाना लगानीकर्तालाई पुछ्ने ब्रोकरले ठूलो डिमान्ड र बढी कारोवार हुँदाको बखत पुरानै ग्राहकले ससानो परिमाणको शेयर किन्न वा बेच्न खोज्दा नमान्ने, फोन नै नउठाउने, अर्डर नै नराख्ने एकातिर , अर्कोतिर अरुको कुरा सुनेर वा अरुले कमाएको देखेर शेयरको बारेमा थाहा नै नपाएका, कुन कम्पनीको शेयर कति परिमाणमा किन्ने नै जानकारी नभएका नयाँ ग्राहकले क्षणभरमा २०।३० लाखको शेयर किनि दिनु प–यो भनेर ब्रोकरको कार्यालय धाउनेलाई अफिसभित्रै लगेर फारम भराउने र शेयर कारोवार गराउने पनि देखियो । दैनिक कारोवारको अध्ययन गर्ने र ५।६ वर्ष अगाडी शेयरमा लगानी गर्ने नाम चलेकै कयौं खेलाडीको समेत नेप्से ७७० नाघ्दा समेत अझै लगानी उठेको छैन भनेको सुनिरहेको अवस्थामा हावाको भरमा त्यस्ता अनभिज्ञ ग्राहकले गरेको लगानीको जोखिम कति र ब्रोकरको दायित्व के भन्ने सवाल उठ्न सक्छ । हुन त कोहि समयमा कति अनभिज्ञलाइ शेयरमा चिट्ठा प–यो, करोडौं कमाए, अहिले पनि कतिलाई चिट्ठा परेको होला । त्यो भिन्न कुरा हो । सयौं मा एक दुइ ।
अचम्मको कुरा त केहि हप्ता अघि कारोवारमा सर्किट ब्रेक लाग्न लाग्यो र कारोबार रोकिन लाग्यो भनेर एकजना चिनेको ब्रोकरले नेपाल टेलिकमको सानो कित्ता शेयर मूल्य घटाएर म्यूचूअल गरे । किन त्यसो गरेको भन्दा कारोवार रोकिँदा हामीलाई घाटा लाग्छ, टेलिकमको शेयर नबढेकै राम्रो रे । अरु २ । ४ ब्रोकरको मुखबाट पनि टेलिकम नबढेकै राम्रो रे भन्ने सुने । मलाइ टेलिकमको शेयरको बारेमा कुरा उठाउन सरोकार थिएन तर २००० भन्दा बढी मूल्य हालेर टेलिकमको शेयर किन्ने सयौं मान्छे पनि देखिएकै हो । के अरुको मूल्य बढेर सर्किट ब्रेक लाग्दा फरक नपर्ने, टेलिकमको बढेर सर्किट लाग्दा ब्रोकरको टाउको दुख्नुपर्ने ।
हुन त केहि बर्ष अगाडी एभरेष्ट बैंक, लक्ष्मी बैंक जस्ता अहिलेका नाम कहलिएका राम्रा बैंकको शेयर किन्न सकिने बेच्न खोज्दा जति मूल्य घटाएर पनि नसकिने, फेरी कारोवार चाहिँ भएकै देखिने दिन पनि आए त्यसमा पनि ब्रोकरले खुबै चलखेल गरेकै हुन । कुरा नियतिको मात्र ।
घरबाटै करोडौं को पर्चेज अर्डर गर्नेलाई अर्डर फर्म नभर्दा पनि हुने वा एक दुइ दिन पछि एक मुठो फर्ममा सहि गरेर छोड्दा पनि हुने तर सानाले पहिले अर्डर फर्म नभरी कारोवार गर्न नै नदिने । कुरा नियतिको मात्र ।
नामसारीमा समयमै नपठाउने, फलोअप नगर्ने, सर्टिफिकेट हराइदिने करामत त सामान्य नै हो । दैनिक कारोवारमा समेत कुनै शेयरलाई बढ्न नदिने, कुनैलाई घट्न नदिने कामका कहिले ठूला लगानीकर्ताको निर्देशनमा र कहिले ब्रोकरहरुको मिलेमतोमा यस्तो हुँदो रहेछ । खरबौंको बजारमा यस्तो हुन सक्ला र भन्ने सवैलाई लाग्न सक्छ ? तर भैरहेछ यस्तै । सानो उदाहरण, मैले कुनै समयमा सानो कित्ता शेयर किन्न खोजेको थिएं, मैले राखेको दरभन्दा कममा ठूला ठूला कारोवार गराए तर जब मैले अर्डर हटाएँ तब मेरै दररेटमा ससाना थुप्रै कारोवार गराए । बेच्न खोज्दा पनि त्यस्तै भएको अनुभव छ । सायद अरुको अनुभव पनि त्यस्तै होला । कृपया लेख्नुहोला है ।
http://www.nepalsharemarket.com/JambForum/Default.aspx?postid=70907