Author |
Post |
|
#576 Sun Nov 27, 2022 5:46 pm
|
Member
Registered: Oct 2013
Posts: 1575
|
२०७९-०८-११ (2022-11-27) ---------------------------- आजको ठ्याक्कै २ बर्षअघि NEPSE ले आफ्नो पुरानो रेकर्ड तोडेको थियो 1,893.25 अंकमा पुगेर, राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने दिन राम्रै छनौट गरेछ भन्नु पर्ला, [२०७७-०८-११ गते भएको कारोबारमा,
२३ हजार ५० लगानीकर्ता सहभागी भएका रहेछन,
र ८७.७५% कारोबार अनलाइन मार्फत भएको रहेछ]
मंगसिर महिना केहि बिशेस छ किनकी,
२०७७ मंसिर १६ गते NEPSE पहिलो पटक 2000 अंक माथी टिकेको थियो,
जबकी NEPSE ले 2000 अंकलाई पार चाही मंसिर १५ गतेनै गरेको हो,
अहिले पनि नेप्से फेरी 2000 माथी उक्लिन निकै कसरत गर्दैछ,
राष्ट्र बैंकको मौद्रिक नीति आएपछि ,
२०७७ मंसीर २१ गते NEPSE 123.34(6%) अंकले घटेको थियो र बजार किन यसरी घट्यो भनेर,
अर्थ समितिले गभर्नरलाई छलफलका लागि बोलाउने नाटक पनि गरेको थियो,
पुराना कुरा सम्झदा पनि रमाईलै हुन्छ,
आजको मौद्रिक नीतिको प्रतिफल(राम्रो आएमा) स्वरुप के थाहा भोली नेप्से 123 अंक(जसरी खराब नीति ल्याउदा घटेको थियो)ले बढ्छ कि त ?
NEPSE:1,965.98..........................................Previous [1,933.55] (+32.43 / +1.68%)...................................Previous (+11.56 / +0.60%) SENSIND (386.26).........................................Previous (380.92] (+5.34 / +1.40%)........................................Previous (+3.02 / +0.80%) Turnover :2,025,489,052.14...................................Previous [925,174,380.45] Volume :4,223,867................................Previous [2,569,229]  « Last edit by nissan on Sun Nov 27, 2022 5:48 pm. »
|
|
#577 Fri Nov 25, 2022 11:42 am
|
Member
Registered: Oct 2013
Posts: 1575
|
यस पटक जनताको पक्षमा भने खुव आवाज उठाउनेछन् सांसदहरुले,
काम भने उस्तै-उस्तै होला,
बजारको कुरा गर्दा हरि ढकालले आफु र आफ्नो दल मार्फत लगानीकर्ताहरुको पक्षमा वकालत गर्लान भनि ठानिएको छ,
सरकार बन्ने कुरा त फेरी उही पुरानो तरिकाले हुने भो,
सांसद किनबेच गरेर,
अहिलेको दलहरुको निर्बाचित संख्या हेर्दा २ बर्षपछि देश मध्यावधिमा जाने सम्भावना उत्तिकै छ,
यी सबको कारक अहिलेको समानुपातिक निर्बाचन प्रणालीनै हो,
पूर्ण समानुपातिकमा जाँदा अबस्था झन् जटिल र गन्जागोल हुने देखिन्छ,
बरु प्रतक्ष्य निर्बाचन प्रणालीमा मात्र जाँदा एउटाको बहुमत आउने सम्भावना रहन्थ्यो l
अर्को कुरा अब बामगठबन्धनको कुरा खुब चल्छ,
किनकी अहिले जसले गठबन्धन गर्न सक्यो उनीहरुकै team बाट राष्ट्रपती, उपराष्ट्रपति, सभामुखहरु छानिने हुन्,
हेरौ राजनीतिक घटनाक्रम कसरी अघि बढ्नेछ l

|
|
#578 Fri Nov 25, 2022 9:08 am
|
Member
Registered: Mar 2018
Posts: 2433
|
रात भरि कराउनेको दक्षीण। हराउला जस्तो छ। छिट पुट जित बाहेक उल्लेख्य नतिजा देखिएन आशा गरेको पक्षमा। पुराना पार्टीको पात हल्लिए पनि जग राम्रै रहेको देखियो। आउने ५ बर्ष गएको ५ बर्ष भन्दा धेरै फरक होला भन्ने अपेक्षा मैले त गरिन।
|
|
#579 Thu Nov 24, 2022 5:46 pm
|
Member
Registered: Oct 2013
Posts: 1575
|
२०७९-०८-०८ (2022-11-24) ---------------------------- 'बा' धेरै अभिमानी नभएका र छोरा-छोरीहरुले पनि त्यो अहंकारमा मलजल नगरेका भए,
सायद यी सबै(केहिले हारे पनि) नेताहरुले चुनाब हार्दैन थिए,
शंकर पोखरेल, इश्वर पोखरेल, राजन भट्टराई, शेर बहादुर तामांग, कोमल ओली, निरु देबी पाल, महेश बस्नेत, भानुभक्त ढकाल, लालबाबु पण्डित, कमल थापा, अग्निप्रसाद खरेल, बिशाल भट्टराई, शेरधन राई, लेखराज भट्ट, सुरेन्द्र पाण्डे,
त्यस्तै स्थानीय चुनाबको अंकगणित केलाएर हामी त गठबन्धन(ओली र देउबा गठबन्धन)का हौ नी भनि सम्झेका यी नेताहरुले पनि आफु हारिन्छ भनि चिताएका थिएनन् होला,जीवनराम श्रेष्ठ, दुर्गा पौडेल, बिरोध खतिवडा, रामकुमारी झाँक्री, पुष्पा भुसाल, बलबहादुर केसी, जगन्नाथ खतिवडा, सुनिल बहादुर थापा, सोमप्रसाद पाण्डे, अनिल कुमार झा, देब गुरुङ, पम्फा भुषाल, ओनसरी घर्ती, गिरिराजमणि पोखरेल, बिना मगर, चक्रपाणी खनाल, उमेश श्रेष्ठ, विश्व पौडेल, कृष्णप्रसाद सिटौला, लक्ष्मणलाल कर्ण, उपेन्द्र यादब
तर जे भयो अति राम्रो भयो, हार्नै पर्ने केहिले यो चुनाब जितेको पनि देखियो, अहिलेको चुनाबी नतिजा त्यसै आएको भने होइन, यसको श्रेय काठमाडौँको मेयरमा उम्मेदवारी दिने बालेन शाह र उनलाई जिताउने काठमाडौँका जनताहरुलाई जान्छ, ओलीजीले गरेको संसद बिघटन र त्यसपछि देखा परेको राजनैतिक भद्रगोलका कारण, काठमाडौँले लौरो र देशले 'घन्टी' उपहार पाएको छ, जनताले यो उपहार पनि तबसम्म सम्हालेर जतन गरेर राख्ने छन्, जबसम्म यिनीहरु ठिक बाटामा छन् भन्ने ठान्ने छन्, नत्र 5 बर्ष आउन त्यति समय पनि लाग्दैन नी l यी सब चुनाबी नतिजामा शंकर पोखरेल र देब गुरुङको हार र,
केन्द्रिय बैंकको गलत नीतिका बिरुद्ध,
बिद्रोही भएर उम्मेदवारी दिने 'हरि ढकाल'को जीत अझ महत्वपूर्ण छ, NEPSE:1,933.55..........................................Previous [1,921.99] (+11.56 / +0.60%)...................................Previous (-7.72 / -0.40%) SENSIND (380.92).........................................Previous (377.90] (+3.02 / +0.80%)........................................Previous (-1.70 / -0.45%) Turnover :925,174,380.45...................................Previous [1,022,293,552.83] Volume :2,569,229................................Previous [2,839,373]  « Last edit by nissan on Thu Nov 24, 2022 5:49 pm. »
|
|
#580 Thu Nov 24, 2022 11:25 am
|
Member
Registered: Oct 2013
Posts: 1575
|
अनि संसद मन्दिर जस्तो हुन्छ,
यी जितेर जानेले बाध्य भएर भए पनि जनताको कुरो संसदमा नउठाई धरै पाउदैनन,
बल्ल संसद अलिकति हेर्न लायक होला जस्तो छ,
नत्र त तमासै तमासा सधै नाराबाजी सधै संसद अबरुद्ध, अनि हाजिर गरेर तलब भत्ता भने खल्तीमा l

|
|
#581 Thu Nov 24, 2022 9:15 am
|
Member
Registered: Mar 2018
Posts: 2433
|
|
|
#582 Wed Nov 23, 2022 5:20 pm
|
Member
Registered: Oct 2013
Posts: 1575
|
२०७९-०८-०७ (2022-11-23) ---------------------------- ४ जना 'राजा'हरु टिकी रहे पनि, तिनले आफ्ना भरपर्दा सेनामेनाहरु गुमाएका छन्,
बोल्न सक्ने धेरै युवाहरु एक साथ् संसद प्रवेश गर्दैछन्,
राजनीति गर्नेहरुमा 'धैर्य' र 'हार स्वीकार्ने' क्षेमता भएन भने केहि समयमा ती तासका घर सरी ढल्ने छन्,
बिशेषगरि नयाँ सिराबाट राजनीति सुरु गरेकाहरुले यी कुराहरुमा बिबेक पुर्याउनु पर्छ,
अहिले त्यो बिबेकशील पार्टी टुटफुट नभएको भए झन् कति राम्रो result आउथ्यो होला ?
अहिलेको 'स्वतन्त्र' पार्टी 5 बर्षसम्म नमात्तिने हो र त्यसबाट जितेका सांसदहरु खसी-बोकाझैँ बिक्रि नहुने हो भने,
अर्को चुनाब कस्तो हुनेछ भन्ने अहिलेनै अड्कल काट्न सकिन्छ,
अब रबी लामिछानेको नागरिकताको केसले कुन मोड लिन्छ हेरौ,
जे भए पनि अब सत्ताको चाबी यहि पार्टीसंग रहने पक्का छ,
कति हार्नु पर्नेहरुले चुनाब जिते पनि,
कयौले चुनाब हारेका पनि छन्,
जसले मतदाताहरुको काम तिनलाई जिताउनु मात्र हो भनि सम्झेका थिए,
बर्षौदेखि जरो गाडेर बसेको चिजलाई स्वाट्टै निकालेर फाल्न पनि कहाँ सकिन्छ र ?
म अहिले आइरहेको परिणामबाट खुशीनै छु,
अहिले धेरै कुरा गर्न अलि छिटो हुन्छ, यिनले देखाउने ब्यबहार र काम हेरेर थप मुल्यांकन गरौला नी,
NEPSE:1,921.99..........................................Previous [1,929.70] (-7.72 / -0.40%)...................................Previous (-7.13 / -0.37%) SENSIND (377.90).........................................Previous (379.60] (-1.70 / -0.45%)........................................Previous (-1.46 / -0.38%) Turnover :1,022,293,552.83...................................Previous [1,352,885,779.65] Volume :2,839,373................................Previous [3,763,836] 
|
|
#583 Thu Nov 17, 2022 5:48 pm
|
Member
Registered: Oct 2013
Posts: 1575
|
२०७९-०८-०१ (2022-11-17) ---------------------------- बजारले चुनाबको स्वागत गरेको छ,
अब झन् ६ गते बजार खुल्दा त मत परिणामले पनि केहि आकार लिन थाली सकेको हुनेछ,
अब यो दुइ दिनको मौन अवधिमा राम्रोसंग चिन्तन गरौ र
देशको चिन्ता गर्ने उम्मेदवारलाई आफ्नो अमुल्य मत प्रदान गरौ,
NEPSE:1,936.83..........................................Previous [1,911.26] (+25.57 / +1.34%)...................................Previous (+13.40 / +0.71%) SENSIND (381.06).........................................Previous (376.57] (+4.49 / +1.19%)........................................Previous (+2.86 / +0.77%) Turnover :1,715,419,286.42...................................Previous [859,468,158.30] Volume :4,384,004................................Previous [2,495,612] 
|
|
#584 Wed Nov 16, 2022 4:42 pm
|
Member
Registered: Oct 2013
Posts: 1575
|
२०७९-०७-३० (2022-11-16) ---------------------------- कार्तिक महिनालाई फर्केर हेर्दा :लगभग अघिल्लो महिना जत्तिनै कारोबार भयो यो महिना पनि,
एक दिन मात्र बढी,
पहिलो दिनको स्वागत रातो भएर गरे पनि, बिदाई चाही हरियो भएर गरेको छ कार्तिक महिनाले,
यो महिनामा जम्मा कारोबार भएको = १६ दिन
एक अर्बको लाइनको कारोबार भएको = ७ दिन
एक अर्बभन्दा मुनिको कारोबार भएको = ८ दिन
दुइ अर्बको लाइनको कारोबार भएको = १ दिन
यो महिनाको सबभन्दा धेरै Turnover = 2,109,163,384 (कार्तिक २१ गते )
यो महिनाको सबभन्दा कम Turnover = 507,689,561 (कार्तिक ३ गते)
यो महिनाको सबभन्दा धेरै Volume = 4,944,076(कार्तिक २१ गते)
यो महिनाको सबभन्दा थोरै Volume = 1,538,042 (कार्तिक ६ गते)
रातो = ९ दिन ( १ आइतबार, १ सोमबार,२ मंगलबार,२ बुधबार, ३ बिहिबार)हरियो = ७ दिन ( २ आइतबार,२ सोमबार, १ मंगलबार, २ बुधबार)यो महिनाको पहिलो कारोबार दिनको NEPSE = 1,845.51
यो महिनाको अन्तिम कारोबार दिनको NEPSE = 1,911.26
यो महिनामा बढेको NEPSE = 65.75
यो महिनाको Total Turnover = 16,864,175,585(असोज महिनाकोभन्दा 4,600,228,185 ले बढि)
NEPSE:1,911.26..........................................Previous [1,897.86] (+13.40 / +0.71%)...................................Previous (-6.59 / -0.35%) SENSIND (376.57).........................................Previous (373.71] (+2.86 / +0.77%)........................................Previous (-1.33 / -0.36%) Turnover :859,468,158.30...................................Previous [1,023,609,960.42] Volume :2,495,612................................Previous [2,745,109] 
|
|
#585 Tue Nov 15, 2022 5:44 pm
|
Member
Registered: Oct 2013
Posts: 7912
|
Add..........
Election commission ra police ko sahayog ma dhari gol mal garla jasto cha.
Any golmal, and new parties should demand cancelation of candidacy of the criminal and re election in the area.
How desperate they are: विनोद चौधरीलाई जिताउन देउवा र प्रचण्डको आग्रह: विकास निर्माण चौधरीमार्फत पठाउन प्रतिबद्धता
|
|
#586 Tue Nov 15, 2022 5:08 pm
|
Member
Registered: Oct 2013
Posts: 1575
|
२०७९-०७-२९ (2022-11-15) ---------------------------- यसपाली पनि ४८ घण्टाको मौन अवधिमा धेरै चलखेल हुने सम्भावना छदैछ पहिला जस्तै,
मतदाताले सके जति लिए हुन्छ दिनेहरुबाट,
तर मत चाही पैसा बाड्न आउने लुटेराहरुलाई होइन,
थोरै भए पनि आश गर्न सकिने युवाहरुलाई दिनु पर्छ है,
अबको 5 दिन बडो महत्वपूर्ण छ है,
यो पाँच दिनमा धेरै सोच विचार गरौ,
र उपलब्ध मध्ये राम्रोको पहिचान गरौ,
यदि
आउने 5 बर्ष पनि अहिले जस्तै खेर जान नदिने हो भने l
NEPSE:1,897.86..........................................Previous [1,904.45] (-6.59 / -0.35%)...................................Previous (+21.29 / +1.13%) SENSIND (373.71).........................................Previous (375.04] (-1.33 / -0.36%)........................................Previous (+4.51 / +1.22%) Turnover :1,023,609,960.42...................................Previous [946,089,521.22] Volume :2,745,109................................Previous [2,452,084] 
|
|
#587 Mon Nov 14, 2022 5:41 pm
|
Member
Registered: Oct 2013
Posts: 1575
|
२०७९-०७-२८ (2022-11-14) ---------------------------- अझै ३ दिन सुन्नु पर्छ बडाहरु बर्बराएको,
गाउ जानेलाई फ्री बस संचालनमा आइ सक्यो,
बाँकि 5 दिनमा कुनै दुर्घटनाको खबर सुन्नु नपरोस्,
मंगसिर ४ युवा र स्वतन्त्रहरुको चमत्कार !
NEPSE:1,904.45..........................................Previous [1,883.16] (+21.29 / +1.13%)...................................Previous (-10.54 / -0.56%) SENSIND (375.04).........................................Previous (370.53] (+4.51 / +1.22%)........................................Previous (-1.83 / -0.49%) Turnover :946,089,521.22...................................Previous [774,911,706.65] Volume :2,452,084................................Previous [2,028,348] 
|
|
#588 Sun Nov 13, 2022 5:37 pm
|
Member
Registered: Oct 2013
Posts: 1575
|
२०७९-०७-२७ (2022-11-13) ---------------------------- अघिल्लो चुनाबमा गगन थापाको घर-दैलो कार्यक्रममा हल्का फुल्का बिष्फोटन गरिएको थियो,
कसले(शंकास्पद घटना) गरायो पत्ता लागेर कारबाही भएको थाहा भएन तर त्यो घटनाले मतदातामा एक किसिमको positive सेन्टिमेन्ट
जगाएका कारण उनी काठमाडौँ क्षेत्र नं ४ बाट निर्बाचित हुन् सफल भए,
अहिले चितवनमा पनि घन्टीको लहर चली रहेको बेला,
गठबन्धनका बेवकुफहरुले उनको गाडीमा आक्रमण गरेछन,
यो समाचार आगोझैँ देशभरि फैलीइ सक्यो,
मलाई लाग्छ रविले ५००-१००० मतको अन्तरले जित्ने थिए होलान,
अब त्यो अन्तर ह्वात्तै बढ्ने भो,
एक हप्तापछि यो समयमा हामी र हाम्रो सन्ततीको भविष्यको,
निर्णायक कडी मतपेटिका भित्र बन्द भइ सकेको हुने छ,
समय छ, घरका सबै पुस्ता सल्लाह गरेर,
नयाँ पुस्तालाई प्राथमिकतामा राखी मतदान प्रकृयामा भाग लिनु होला है l
NEPSE:1,883.16..........................................Previous [1,893.70] (-10.54 / -0.56%)...................................Previous (-23.52 / -1.23%) SENSIND (370.53).........................................Previous (372.37] (-1.83 / -0.49%)........................................Previous (-4.17 / -1.11%) Turnover :774,911,706.65...................................Previous [1,119,461,411] Volume :2,028,348................................Previous [3,114,689] 
|
|
#589 Wed Nov 09, 2022 4:54 pm
|
Member
Registered: Oct 2013
Posts: 1575
|
२०७९-०७-२३ (2022-11-09) ---------------------------- 11 दिन बाँकि छ,
त्यसपछि 5 बर्षलाई यो अबसर हातबाट फुस्कन्छ,
यो मौका हो, तपाई हामीले अपराधी ठानेकाहरुलाई सजाय गर्ने,
मेरो १ मतले के हुन्छ भनि नठानौ,
कसैको पनि २ पटक मतदान गर्न पाउन्नन,
त्यसैले परिवार र आफन्तबीच सल्लाह गरेर उचित पात्रलाई
मत दिने टुंगो गरौ, यसपटकको चुनाबले पक्कै केहि नौलो परिणाम दिनेछ l
NEPSE:1,917.22..........................................Previous [1,956.36] (-39.15 / -2.00%)...................................Previous (-2.57 / -0.13%) SENSIND (376.53).........................................Previous (384.21] (-7.68 / -2.00%)........................................Previous (-1.12 / -0.29%) Turnover :1,407,395,437...................................Previous [1,053,137,467] Volume :3,697,723................................Previous [2,773,737] 
|
|
#590 Mon Nov 07, 2022 4:37 pm
|
Member
Registered: Oct 2013
Posts: 1575
|
२०७९-०७-२१ (2022-11-07) ---------------------------- भाद्र ३० पछिको सबभन्दा धेरै Turnover आजको हो,
त्यो दिन पनि NEPSE १९०० कै लाइनमा थियो र आज पनि उस्तै छ,
त्यो दिन पनि रातो आज पनि रातो,
र २ अर्बको Turnover भएको भोलिपल्ट जम्मा ९० करोडको मात्र Turnover भएको थियो,
बिज्ञज्यूहरुले Turnover र Nepse बढ्नुको कारण,
पनि खोतलिसक्नु भएको छ, उहाहरु सबै खाले लेखहरु तयारी अवस्थामा राख्नु हुँदो रहेछ,
बढे यो, घटे यो भनेर,
अहिले चाही नयाँ लाइसेन्स लिन जम्मा गरेको पैसा, अदालतले लाइसेन्स अहिलेलाई रोकेको कारण,
त्यहि पैसो बजारमा आएको रे,
अनि अर्को विचार पनि आएको छ,
लाइसेन्स रोक्दा बजार नघटोस भन्ने broker ले चाहेकाले पनि यसो भएको रे,
यी बिबिध कुरो सुन्नुस तर लगानी गर्दा धेरै उत्ताउलो चाही बनि नहाल्नुस, समय त्यस्तै छ l
NEPSE:1,958.94..........................................Previous [1,965.36] (-6.43 / -0.33%)...................................Previous (+43.20 / +2.25%) SENSIND (385.33).........................................Previous (387.52] (-2.19 / -0.57%)........................................Previous (+8.09 / +2.13%) Turnover :2,109,163,384...................................Previous [1,548,032,561] Volume :4,944,076................................Previous [3,913,573] 
|
|
#591 Sun Nov 06, 2022 5:17 pm
|
Member
Registered: Oct 2013
Posts: 1575
|
२०७९-०७-२० (2022-11-06) ---------------------------- ठुला दल र तिनका ठुला ठानिएका नेताहरु बिरुद्ध, जनताको असन्तोष र आवेग पहिला पनि नदेखीएको होइन तर
यसपाली देखिएको जस्तो जनमानसको बितृष्णा र बिशेषगरि युवा पंक्तिको बिद्रोह,
सायद यसअघिकोभन्दा आक्रामक र संगठित हो,
अहिले एकातिर स्वतन्त्र भएर त अर्कातिर पार्टीनै दर्ता गरेर युबाहरु चुनाबी मैदानमा उत्रिएका छन्,
यिन(युवा-नयाँ)ले गर्छन गर्दैनन त्येतातिर सोच्नुभन्दा,
पुराना पुरै अयोग्य ठहरिएकाहरुलाई यसपटक रोक्नु मतदाताको प्राथमिकतामा पर्नु पर्छ,
किनकी तिनले आफु-आफ्नो परिवार- आफन्त - आसेपासे र भेटि चढाउनेहरु बाहेक,
बाँकि जनतालाई केनै गरे र ?
पुरानाको सिन्डिकेट तोड्यौ भने नयाँको त कान निमोठ्न त्यति गाह्रो पनि हुँदैन,
मंगसिर ४ लाई केहि बिशेष र उपलब्धिमुलक बनाऔ,
एकपटक पुराना छाडेर राम्रा र नयाँलाई पुरष्कृत गरौ,
यसमै सबैको भलो हुन्छ l
NEPSE:1,965.36..........................................Previous [1,922.16] (+43.20 / +2.25%)...................................Previous (-16.14 / -0.83%) SENSIND (387.52).........................................Previous (379.43] (+8.09 / +2.13%)........................................Previous (-3.50 / -0.92%) Turnover :1,548,032,561...................................Previous [898,907,830] Volume :3,913,573................................Previous [2,767,539] 
|
|
#592 Thu Nov 03, 2022 5:04 pm
|
Member
Registered: Oct 2013
Posts: 1575
|
२०७९-०७-१७ (2022-11-03) ---------------------------- चितवन क्षेत्र नं १ बाट उम्मेदवारी दिएका 'हरि ढकाल'जीले राष्ट्रिय स्वतन्त्र पार्टीको बाचा पत्रमा,
'दोश्रो स्टक मार्केटको स्थापना'
भन्ने बुंदा राख्न लगाउनु भएछ,
अब दलका घोषणा पत्रमा यी कुराभन्दा पनि,
अदालतका न्यायाधिसहरुलाई नियुक्ति पत्र दिनु पूर्ब,
३ महिनाको share मार्केट तालिम अनिबार्य गरिनेछ भनि लेख्दा राम्रो होला नत्र,
जहाँ जेजे गरे र भने पनि कुरो.................. अन्तिम अश्त्रको रुपमा अदालतनै पुग्ने रहेछ,
अनि मार्केट नबुझ्ने मान्छेले के बुझेर, यसको फैसला गर्नु र ?
अहिलेनै हेरौ न अदालतमा नयाँ ब्रोकर लाईसेन्स रोक्न अदालतमा मुद्धाका ताँती लागेको l
अन्तमा, चितवनका मतदाताहरुले हरि ढकालजीलाई बिजयी गराउनु होला,
१ जना मान्छे भए पनि संसदमा मार्केट बुझेको मान्छे पुगोस न l
NEPSE:1,922.16..........................................Previous [1,938.30] (-16.14 / -0.83%)...................................Previous (+7.32 / +0.38%) SENSIND (379.43).........................................Previous (382.94] (-3.50 / -0.92%)........................................Previous (+0.79 / +0.21%) Turnover :898,907,830...................................Previous [1,467,914,875] Volume :2,767,539................................Previous [4,346,708] 
|
|
#593 Wed Nov 02, 2022 2:58 pm
|
Member
Registered: Oct 2013
Posts: 7912
|
👌
|
|
#594 Wed Nov 02, 2022 1:28 pm
|
Member
Registered: Oct 2013
Posts: 1575
|
हमने Investors को Red Tape के जाल में उल्झाने के बजाय,
निवेश के लिए Red Carpet का माहौल बनाया l हमने नए-नए उलझाऊ कानून बनाने
के बजाय उन्हे Rationalise बनाया l
भारतका प्रम नरेन्द्र मोदीले 'कर्नाटक'मा दिएको यो speech सुनेर,
नेपालका नीति निर्माता बिशेस गरि केन्द्रिय बैंकलाई झल्झली सम्झन पुगियो,
जो आफ्नो ढिपी पुरा गर्न, एक पछि अर्को अंकुस लगाउन तत्पर रह्यो र अहिले पनि अबस्था जस्ताको तस्तै छ l 
|
|
#595 Tue Nov 01, 2022 5:47 pm
|
Member
Registered: Oct 2013
Posts: 1575
|
२०७९-०७-१५ (2022-11-01) ---------------------------- भदौ 31 पछि NEPSE ले बल्ल 1900 को अंक टेक्न पाएको छ,
श्रावण ८ गते NEPSE 61.05 अंकले बढेको थियो,
त्यसपछि आजको अंक सबभन्दा धेरै हो,
असोज 9 गतेपछि बल्ल 1 अर्ब माथीको Turnover भएको छ आज,
Volume पनि असोज 9 पछिको धेरै आजै भएको छ,
उता अदालतले broker license रोकिदिनु, यता बजारमा उछाल आउनु,
संयोग मात्रै पक्कै होइन होला भन्ने मैले अनुमान गरेको छु,
पोहोर आजकै दिन NEPSE : 2,819.86, Volume : 13,403,312 र Turnover चाही 7,777,510,778 रहेछ,
सम्झिदा रमाईलै हुन्छ, NEPSE:1,930.97..........................................Previous [1,874.87] (+56.10 / +2.99%)...................................Previous (+16.39 / +0.88%) SENSIND (382.14).........................................Previous (370.86] (+11.28 / +3.04%)........................................Previous (+4.93 / +1.35%) Turnover :1,290,664,642...................................Previous [697,317,611] Volume :3,971,594................................Previous [2,574,975] 
|
|
#596 Mon Oct 31, 2022 6:24 pm
|
Member
Registered: Oct 2013
Posts: 1575
|
२०७९-०७-१४ (2022-10-31) ---------------------------- NEPSE ले तिहार र छठको स्वागत पनि हरियो भएर गरेको थियो भने,
ती पर्वको बिदाई पनि उसै गरि गरेको छ,
अब भने पुरै माहौल चुनाबमय हुनेनै छ,
घोषणापत्रको बाढी आएको छ, गर्नु पर्ने बेलामा केहि ननाप्ने र अहिले चाही
यो गर्छु र त्यो गर्छु भनेर झुठको पुलिन्दा भर्न तछाड-मछाडनै चलेको देखिन्छ,
कसैको बहुमत आउने हैन, बन्ने मिलिजुली सरकारनै हो,
अनि घोषणापत्रवालालाई पनि आनन्दै भइ गो,
गठबन्धन हुँदा हाम्रो मात्र नीति लागु गर्न सकेनौ भन्दिए भइ हाल्यो,
यो समानुपातिकको ब्यबस्था हटाएर, पूर्णरुपमा प्रत्यक्ष चुनाबी प्रणालीनै लागु गर्नु पर्छ,
किनकी समानुपातिक ब्यबस्थाको लाभ, अबसर नपाउनेले हैन,
अवसरनै-अबसरले भरिभराउहरुकै लागि मात्र भयो,
यो बर्षको चुनाब धेरै कुराले बिशेष हुनेछ, जनताहरु ...अझ युवा पंक्तिले आफ्नो मत मार्फत धेरै कुरामा हस्तक्षेप
गर्ने पक्का-पक्क्की छ, NEPSE:1,874.87..........................................Previous [1,858.49] (+16.39 / +0.88%)...................................Previous (+14.35 / +0.78%) SENSIND (370.86).........................................Previous (365.93] (+4.93 / +1.35%)........................................Previous (+2.88 / +0.79%) Turnover :697,317,611...................................Previous [516,803,484] Volume :2,574,975................................Previous [1,538,042] 
|
|
#597 Mon Oct 17, 2022 4:37 pm
|
Member
Registered: Oct 2013
Posts: 1575
|
२०७९-०६-३१(2022-10-17) ---------------------------- असोज महिनालाई फर्केर हेर्दा :
हुन् त कुनै कोणबाट पनि यो फर्केर हेर्न र सम्झन लायक महिना रहेन,
चाडको हिसाबले हिले दशैँ भयो भने बजार पनि पुरै महिना चिसै रह्यो,
तरै पनि..............
यो महिनामा जम्मा कारोबार भएको = १५ दिन
एक अर्बको लाइनको कारोबार भएको = ३ दिन
एक अर्बभन्दा मुनिको कारोबार भएको = १२ दिन
दुइ अर्बको लाइनको कारोबार भएको = छैन
यो महिनाको सबभन्दा धेरै Turnover = 1,601,822,955 (असोज २ गते )
यो महिनाको सबभन्दा कम Turnover = 485,408,767.82 (असोज १२ गते)
यो महिनाको सबभन्दा धेरै Volume = 9,296,445(असोज २ गते)
यो महिनाको सबभन्दा थोरै Volume = 1,370,477 (असोज १२ गते)
रातो = ८ दिन ( ३ आइतबार, २ सोमबार,२ मंगलबार,१ बिहिबार)
हरियो = ७ दिन ( १ आइतबार,१ मंगलबार, ३ बुधबार,२ बिहिबार)
यो महिनाको पहिलो कारोबार दिनको NEPSE = 1,876.41
यो महिनाको अन्तिम कारोबार दिनको NEPSE = 1,858.33
यो महिनामा घटेको NEPSE = 18.08
यो महिनाको Total Turnover = 12,263,947,400( भाद्र महिनाकोभन्दा 19,476,775,359 ले कम)
यो महिना भर NEPSE 1800 (1815 देखि 1898 बिचको अंकमा तल माथी गरि रह्यो) को लाइनमा मात्र रहेको देखिन्छ,
NEPSE:1,858.33..........................................Previous [1,860.94] (-2.61 / -0.14%)...................................Previous (-9.69 / -0.52%) SENSIND (365.62).........................................Previous (365.42] (+0.20 / +0.05%)........................................Previous (-1.72 / -0.47%) Turnover :515,818,990...................................Previous [803,525,533] Volume :1,631,349................................Previous [2,574,785] 
|
|
#598 Wed Oct 12, 2022 5:34 pm
|
Member
Registered: Oct 2013
Posts: 1575
|
२०७९-०६-२६(2022-10-12) -------------------------------------- यसपाली जस्तै पोहोर पनि दशैँपछिको पहिलो कारोबार आइतबारनै भएको रहेछ,
संयोग पनि उस्तै,
आइतबार हरियो, सोम र मंगलबार रातो अनि फेरी ठ्याक्कै बुधबार हरियो यसपाली पनि,
भोलीको चाही नमिलोस्,
तर पोहोर यो समयमा 25 र 26 सयको लाइनमा रहेको नेप्से यसपाली चाही 18 सयको लाइनमा हल्लिरहेको छ.
Nepse 1332.12 अंकले झरी सकेको छ, अब यो भन्दा कति खस्नु ?
घटाउन चाहनेहरुसंग बजार घटाउनका लागि प्रयोग गर्न मिल्ने,
लगभग सबै 'औजार'हरु रित्ति सकेका छन्,
'Propaganda' त तिनका आ-आफ्ना पोर्टलहरु मार्फत नियमित राख्नेनै छन्,
अलि चनाखा लगानीकर्ताहरुले त्यति त बुझी पनि हाल्छन, NEPSE:1,866.48..........................................Previous [1,855.16] (+11.32 / +0.61%)...................................Previous (-16.06 / -0.86%) SENSIND (366.19).........................................Previous (363.63] (+2.56 / +0.70%)........................................Previous (-3.21 / -0.88%) Turnover :691,737,894...................................Previous [552,809,985] Volume :2,085,284................................Previous [1,768,692] 
|
|
#599 Wed Sep 28, 2022 11:36 am
|
Member
Registered: Mar 2014
Posts: 323
|
Happy Dashain Nissan Ji and forum friends. You updated actively.
|
|
#600 Sun Sep 25, 2022 6:20 pm
|
Member
Registered: Oct 2013
Posts: 1575
|
सबै मित्रहरुलाई भोलीबाट शुरु हुने दशैँको धेरै धेरै सुभकामना !
मैले चाही अब २ हप्ताको लागि यो फोरमबाट बिदा लिने निर्णय गरे,
सबैको सुभ होस् l

|