1
janata-bank-logo
गभर्नर डा युवराज खतिवडाको प्रमुख लगानीमा सञ्चालीत भएको जनता बैंकको खुद मुनाफा शंस्कापद भएको बुझिएको छ । बढी मुनाफा आर्जन गरेपछि खुद मुनाफा शंकास्पद देखिएको हो । बित्तीय बिवरण अनुसार बैंकले आव २०७० को असार मसान्तसम्मको अवधिमा १९ करोड ७३ लाख २४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । आव २०६९ को असार मसान्तसम्मको अवधिमा बैकको यस्तो मुनाफा पाँच करोड ७३ लाख ६२ हजार रुपैयाँ रहेकोमा सोही आवको चैत्र मसान्तमा बैंकको खुद मुनाफा १२ करोड ५८ लाख ३० हजार रुपैयाँ रहेको थियो ।
वित्तीय विवरण अनुसार बैंकको वार्षिक सञ्चालन खर्च अत्यधिक मात्रामा बढेर २४ करोड ६८ लाख ६३ हजार रुपैयाँ पुगेको छ । बैंकले कर्मचारीहरुको तलब र अन्य सञ्चालन शीर्षकमा मात्र पछिल्लो चौमासिक अवधिमा उक्त रकम खर्च गरेको हो । सो अवधिमा बैंकको कर्मचारीहरुको तलब तथा भत्ताको लागि १० करोड ४८ लाख २८ हजार रुपैयाँ खर्च गरेको छ भने अन्य शीर्षकमा १४ करोड २० लाख ३५ हजार रुपैयाँ खर्च गरेको छ । आव २०६९ को चैत्र मसान्तसम्मको अवधिमा बैंकको कुल वार्षिक सञ्चालन खर्च जम्मा आठ करोड ७४ लाख ४९ हजार रुपैयाँ रहेको थियो । सो अवधिमा कर्मचारीहरुको तलब तथा भत्ताको लागि सात करोड ८० लाख ३८ हजार रुपैयाँ खर्च भएको वताइएको छ भने अन्य सञ्चालन शीर्षकमा एक करोड ४१ लाख ११ हजार रुपैयाँ मात्र खर्च भएको देखिन्छ । सोही आवको असार मसान्तसम्मको अवधिमा बैंकको कुल सञ्चालन खर्च बढेर २१ करोड ६४ लाख २६ हजार रुपैयाँ पुगेको छ । सो अवधिमा बैकको कुल कर्मचारी व्यवस्थापन खर्च आठ करोड छ लाख ६७ हजार रुपैयाँ रहेको छ भने अन्य सञ्चालन शीर्षकमा बैंकले १३ करोड ५७ लाख ५९ हजार रुपैयाँ खर्च गरेको छ । वार्षिक खर्चको तुलनात्मक अध्ययन गर्दा बैंकको नियमित खर्च सामान्य रुपमा बढेको भए पनि अन्य सञ्चालक शीर्षकको खर्च भने अत्यधिक मात्रामा बढेको छ ।
आव २०७० को असार मसान्तसम्मको चौमासिक वित्तीय विवरण अनुसार सो अवधिमा बैंकले जम्मा १३ अर्ब ५४ करोड ६४ लाख ९८ हजार रुपैयाँ निक्षेप संकलन गरी १२ अर्ब सात करोड ५८ लाख ५५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
बैंकले संकलन गरेको निक्षेपको तुलनामा रियलस्टेट क्षेत्रमा अत्यधिक मात्रामा कर्जा प्रवाह गरको देखिए पनि प्रोभिजनको लागि भने बैंकले पछिल्लो चौमासिक अवधिमा जम्मा पाँच करोड ४९ लाख ३९ हजार रुपैयाँ मात्र छुट्याएको छ । अघिल्लो आवको असार मसान्तमा यस्तो प्र्रोभिजन रकम तीन करोड १५ लाख ७० हजार रुपैयाँ रहेको बैंकको सोही आवको चैत्र मसान्तसम्ममा यस्तो रकम छ करोड २४ लाख ५८ हजार रुपैयाँ रहेको थियो । बैंकका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपानेको कार्यकालमा करौडौं रुपैयाँ कर्जा अनिमित रुपमा प्रवाह भएको आधारमा सम्भावित जोखिम व्यवस्थापनको लागि बैंकले छुट्याएको रकम अपुग देखिएको श्रोतले जनाएको छ ।
गभर्नर डा युवराज खतिवडा, श्रीमती र छोरा तिलकराज खतिवडा समेतको प्रमुख लगानी रहेको बैंकले राष्ट्र बैंकको विशेष संरक्षकत्वमा खुद मुनाफा बढी देखाएर वित्तीय विवरण प्रकाशन गरेको श्रोतको दाबी छ । यसबाहेक बैंकको सुन बिक्रीमा पनि निकै ठूलो अनियमितता हुने गरेको श्रोतले बताएको छ । बैंकको सञ्चालक पदमा सुन व्यवसायी समेत रहेको र उनीहरुले बैंकको सुन खरिद तथा बिक्री गर्ने पालोमा कार्टेलिङ गरी बजार मूल्यभन्दा चर्को गरी सुन बिक्री गर्ने गरेको श्रोतले बताएको छ ।
बैंकका संस्थापक अध्यक्ष गुरुप्रसाद न्यौपानेले आफ्नो कार्यकालमा आफू अनुकूलको सेयरधनीहरुलाई विशेष संरक्षण दिएर लगानी गरेको, सेयरधनी प्रमाणपुर्जा नदिएको लगायतका थुप्रै अनियमितता गरेको आरोप लागे भए पनि केन्द्रीय बैंकले हालसम्म पूर्वअध्यक्ष न्यौपानेलाई कारबाही नगरेको श्रोतले बताएको छ । संस्थापक अ्रध्यक्ष न्यौपाने विसं २०५२ सालको ठूलो एलसी काण्डमा नायक भएको समेत श्रोतले बताएको छ । राष्ट्रिय वाणिज्य बैंकमा प्रबन्धक समेत रहेको अवस्था भएको उक्त एलसी काण्डका अर्का अभियुक्त प्रकाश टिवडेवाला भने सोही अभियोगमा हालसम्म जेलमा रहेका छन् । यता न्यौपाने भने एमाले निकट भएको राजनीतिक छवि बलियो भएको र राष्ट्र बैंकको समेत विशेष संरक्षकत्व पाएको आधारमा हालसम्म कारबाहीमा नपरेको श्रोतले बताएको छ ।