Forum


ShareSansar Main Page

New Topic

शनिबारको दिन फुर्सद छैन एकछिन,तिमी हरायौ क

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Aug 2015
Posts: 141
चिरबिर चिरबिर
चरीको आवाज
कलकल कलकल
नदिको बहाब
स्मृतिको पानाभरी
छरपस्ट गुन्जिरहदा
बाग्लुङ गल्कोटे
भन्डारी दाईको
सुका माना घिउ

पैयाखर्के जुनेलिको
लाउ है जुगजाने पिरती
गितका भाकाहरु गुन्जदै थिए....

म भने
हिजोको
बिदारक पल सम्झेर
केही लाईन कोर्न थाले
..
सायद
शब्द शब्दका तुनाहरु
सियो धागोले सिउदै
पिचकिरिद्वारा गरेका प्रहार
मौनताद्वारा
उकुसमुकुस बनाउने
भाबहरु
चिसोको सिरेटाेले च्यापेजस्तो
अनि
मरुभुमिको तातो घामले डसेजस्तो
जवाफले
मस्त निद्राबाट ब्युतिए जस्तो महसुस गरे!
Member
Registered: Nov 2017
Posts: 145
ha ha fursad ko upayog... raamro cha sir...:)
Member
Registered: Aug 2015
Posts: 141
आज
गरिन तिमिसङ्ग
फुसफुस ...
हराएको नठान्नु है।

मनले त चिनेकै छौ नि
मुखले ब्यर्थै
शन्का गरेजस्तो
भ्रम नदेखाउ!

खाली छैनन दिलका पानाहरु
मेरो नाम
सुनौलो अक्षरमा
सजाएको छौ!

म जब हराउछु
तिम्रो भाबमा डुबेको हुन्छु
तिम्रो यादमा डुबेको हुन्छु
यहि त रहेछ जीवन....

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub