युनाइटेड इन्स्योरेन्सले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुक क्लोज ?
Jun 08, 2016
Mero Lagani


युनाइटेड इन्स्योरेन्स कम्पनी (UIC) ले बिमा समितिबाट वित्तीय विबरण स्वीकृत भए पछि साधारण सभा बोलाएको छ । शेयरधनीलाई २० प्रतिशत बोनस बितरण गर्ने प्रस्ताव गरको कम्पनीले साधारण सभा प्रायोजनका लागि शेयरधनी पुस्तिका बन्द हुने मिति पनि ताकेको छ ।

कम्पनीको जेठ २६ गते बसेको २ सय ५६ औं सञ्चालक समितिले असार २० गतेका लागि साधारण सभा आह्वान गरेको हो । सोही प्रायोजनका लागि कम्पनीले असार ३ देखि २० गतेसम्म शेयरधनी पुस्तिका बन्द हुने जनाएको छ । अहिले कम्पनीको चुक्ता पूँजी २५ करोड २० लाख रुपैंया रहेको छ । २० प्रतिशत बोनस बितरण पश्चात उसको चुक्ता पूँजी ३० करोड २५ लाख रुपैंयाको हारहारीमा पुग्नेछ ।

अग्नि बिमामा भएको गडबडी पछि बिमा समितिको गंभीर निगरानीमा परेको युनाईटेडले त्यस काण्डबाट मुक्ति पाउन अदालतको समेत सहारा लिइरहेको छ । झण्डै अर्ब रुपैंयाको गडबडी भएको विषमा परेको मुद्धा अझै सम्म पुनरावेद अदालत पाटनमा बिचाराधिन अवस्थामा छ । कम्पनीका अनुसार पुनरावेदन अदालतमा मुद्धा बिचाराधिन अवस्थामा रहेका कारण मुद्धाले कता बाजी मार्छ र त्यसले युनाइटेड इन्स्योरेन्सलाई कस्तो असर पार्छ अहिले नै भन्न सक्ने अवस्था छैन ।