Forum


ShareSansar Main Page

New Topic

बैकको सेयर हुने लगानी कर्ताहरु इन्स्योरे

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Feb 2016
Posts: 55
आदरणीय राईजिङ्ग गुरु!
कोटिकोटि नमन:।
गुरुका कुरा एकदम चित्तबुझ्दो छ,लगभग सबै कुरासँग सहमत नै छु!

हुन त पुजिलाभ लिन बैक बाट पनि नसकिने कहाँ हो र? तर मात्र कुरो बढी लाभ कहाँ बाट लिने भन्ने हो!
एकछिन सस्थागत लगानी कर्ता (म्युचुअल फन्ड ,इन्भेस्टमेन्ट कम्पनिहरु,इन्स्योरेन्स कम्पनी आदि , आदि) मध्ये म्युचुअल फन्ड को लगानीले कुन कुन सेक्टरमा कति कति लगानी गरेका छन त? हेरौ:
अहिले बजारमा sigs1,seos,lvf,nmbsf1,nibsf1,nbf र global गरि ७ वटा फन्ड बजारमा छन! ग्लोबल समुन्नत स्किम भर्खर मात्र बजारमा आएको छ,अब हेरौ बाकी ६ मात्र:

६ म्युचुअल फन्डको value केबल 4.5 अर्ब मात्र छ

ती फन्डको बाणिज्य बैकमा २ अर्ब आसपासमा लगानी छ।

माइक्रोमा ७८ करोड रहेछ।

नन लाईफ इन्स्योरेन्समा ५२ करोड र लाईफ इन्स्योरेन्समा ५१ करोड रहेछ!

हाइड्रोमा २४ करोड रहेछ!

टेलिकममा मात्रै करिब १५ करोड लगानी रहेछ!

बिकास बैकमा करिब ३८ करोड रहेछ!

बाणिज्य बैकमा सबैभन्दा धेरै लगानी देखियो होईन?

भनेपछी म्युचुअल फन्डको आकर्षक बाणिज्य बैकमा रहेछ होइन?

कदापी होईन! यहाँ बिचार गर्नै पर्ने कुरा भनेको बर्तमान बजार पुजिमा (total market capitalisation) बाणिज्य बैकको मात्र हिस्सा ७ खर्ब पुग्न लाग्यो!

यत्रो ठुलो बजार पुजि रहेको बाणिज्य बैकमा २ अर्ब (हाल २ अर्बको बजार पुजि ३ अर्ब सम्म पुगेको हुन सक्ने) बालुवामा पानी बराबर होईन त?

त्यसो त तुलनात्मक रुपमा सानो market cap रहेका माइक्रो फाईनान्स,इन्स्योरेन्स (नन लाईफ /लाईफ दुबै ) आदिमा म्युचुअल फन्डको हिस्सा बढी छ!

बाणिज्य बैकमा पनि ebl,scb,nabilp,sbi र sanima मा मात्र करिब ८२ करोड लगानी रहेछ!

५-७ बर्षको maturity cycle मा जन्मिएका म्युचुअल फन्डको entry र exit ले बजारमा केही न केही हद सम्म असर पुर्याउने नै छ!
Member
Registered: Oct 2013
Posts: 7912
You loos to have got it right Paribartan ji. Those who want to increase price bank would have promoted bank not spread non sense about insurance and micro. They may be trying to dump bank and buy insurance and mocro.

So dont sell insurance and micro friends. HOLD.

LIke- I said HBL's target is 1400, it is already close to it well before 6 month. So those holder of HBL can dump their shares 6 month earlier and buy insurance and micro at cheap.

HOPE holder see the evil intention of bad spirit 'some media'.

Those dumbs are so dumb that a few weeks ago they said, nepal's economy is going backward while nepse is moving up. dont they even know, first one to get hit among listed company is bank by short term economic crisis. industries hit first buy they are not listed and those listed are not traded much.

and a week or couple ago, same media trying to increase price of bank and now they are trying to promote handful of banks.

Is it co incident or what, those media trying to increase price of bank and bank price like hbl increased from 1100 to 1350 with in a week.

I see game being played behind the curtain. I too have HBL but they are for long term.
Member
Registered: Feb 2016
Posts: 55
RPG jee
हल्लाले मात्र पनि हुदैन नि होइन र?
खास हेर्न छुट्टाउनु नहुने भनेको FA हो!
market mature हुँदै गको छ!
निश्चित पिरियडमा सेयर mature हुन्छ्न,तर फेरि शिशु अवस्थामा फर्कन्छ्न,
share maturity cycle जान्न सक्नु सबैभन्दा ठुलो खुबी हो!
Member
Registered: Nov 2013
Posts: 44
Paribartan jee,

You have posted a good analysis. But nepali share market ta company analysis vanda pani market ma chalne halla ko paxi paxi lagdo rahexa. Jo investor daily market ma update hudaina ani kaile kai yaso market watch garera trading garxa, tyo ta sidai dubyo. Ramra company vanda pani market ma hune halla le market up and down hunxa. Trust nai garna garo
Member
Registered: Nov 2015
Posts: 316
बजारमा छिरि यसो चिहाएर मात्र हेरे!
बैकको बढेको छैन, under valued भो भन्दै छट्पटी गर्दै गरेका पुराना लगानिकर्ता देखे!
खुब सोचे ,घोत्लिए कारण पनि पत्ता लाग्यो!

सेयरबजारमा कुनै पनि सेयर आफ्नो/पराई र राम्रो/नराम्रो हुदैन !

राजनीतिमा कोहि पनि सर्बकालिन मित्र वा शत्रु हुदैन भन्ने कुरा त हाम्रा नेताहरुले देखाई सके!

सेयरबजारमा यो 100% लागू हुदो रहेछ।

बैक भन्नसाथ प्राय सर्बसाधरण लगानी कर्ताले बाणिज्य बैक , बिकास बैक ,माईक्रो फाईनान्स,फाईनान्समा भेद नपाउदा रहेछ्न ,१० महिना अगाडी म स्वयं त्यस्तै थिए
😀😀😀।

इन्स्योरेन्स भन्नसाथ कुन लाइफ कुन ननलाईफ? कालो अक्षर भैंसी बराबर !

अध्यारोमा तिर चलाउने !

चुरो कुरोतिर लागौ है!

अहिले नेपालका बाणिज्य बैकहरुको कुल चुक्ता पुजि १ खर्ब रुपैयाँ भन्दा बढी छ!
विशाल चुक्ता पुजि हुनु राम्रो कुरा त हो !तर एक अर्ब बाट २ अर्ब चुक्ता पुजि पुर्याउन दात बाट पसिना निस्किरहेको कुरा कहि छिपिरहेको छैन!
यसको अर्थ केही सालको लागि ८ अर्ब चुक्तापुजी पुर्याई non mover को रुपमा बैक लाग्ने छ्न भन्ने कुराको परिदृस्य त NIB ले FPO निकाल्दाको आह्वानपत्रले नै देखाईसकेको छ कि बैकहरु रिजर्ब थुपार्दै सबलिकरण तिर अबस्य लाग्ने छन!

केही बैकहरुलाई राईट सेयरले गलाउने छ भने केहिलाई merger पछिको बाताबरणले।
Merge को कारण पुरानो प्रबिधि ,शैली,culture आदिको कारण Change Management गर्नु पर्ने तथा सोही कारण कर्मचारीहरुमा आउन सक्ने conflict , stress management गर्नुपर्ने चुनौतीहरु थपिने नै छन!

एउटा बैक २ अर्ब बाट ८ अर्बमा पुग्दा आफै पुजि बढाउने क्षमता राखे भने १ कित्ता ४ कित्ता पुग्ने छ!राईट बोनस आदिद्वारा !
मर्जमा गएर पुजि बढाउने काम गरे भने त त्यो भाग पनि खोसिने भो! १ सेयर ४ सेयर बन्न नसक्ने भए!

यो अबधारणा बाट हेर्दा बैक बाट राम्रो लाभ लिन सकिने भनेको ebl ,scb नै हुन तर हेर्नुस त यो महगो मुल्यमा सेयर किन्ने भनेको तपाईं हामी जस्ता सिधासादा लगानिकर्ता हुन!प्राय चतुर खेलाडीले सस्तो हुँदै सेयर किनिहाल्छ्न र हाम्ले किन्ने बेलामा उनले बेच्छन् !

कुरा दोहोर्याउ ....१ खर्ब चुक्ता पुजि को coverage भएका बाणिज्य बैकको market capitalization कति होला??
६खर्ब ६० अर्ब रुपैयाँ भन्दा बढी बाणिज्य बैकको मात्र छ!

यत्रो ठुलो capitalisation भएको बाणिज्य बैकहरुको सेयर कति धेरै लगानी कर्ताहरुसङ्ग होला? कल्पना गर्नुस त??

बजारमा प्रसस्त सम्भाबना बोकेका लगानिका क्षेत्र छन जस्तो नन लाईफ कै कुरा गरौ न !
बजारमा कुल चुक्तापुजी ५ अर्ब पनि छैन! तिनिहरुको market capitalisation हेर्दा ४० अर्बको आसपासमा छ! हेर्नुस त एउटा बैक (NIB) को FPO आउदा बजारमा देखिने पुजि(४८ अर्ब ) भन्दा कम market capitalisation नन लाइफको छ!

बजारमा अब बैकको पालो भन्दै झ्याली पिटाउने अनि सुटुक्क बाणिज्य बैकको सेयर तपाईं हामी जस्ता सिधा सादा नया लगानिकर्तालाई किनाएर ईन्सुरेन्सको सेयर किनिरहेका छ्न कोहि किन्ने तयारिमा छ्न!

लाखौ मानिसको भिड( बाणिज्य बैक को सेयर) मा हजार नपुग्ने चिल्लो पात भएका बिरुवा (इन्स्योरेन्स )कता हराउलान ,आफै बिचार गरौ!

तथ्यमा आधारित बहसको लागि आग्रह गर्दछु!
« Last edit by समय on Thu Apr 07, 2016 6:18 pm. »

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub