आदरणीय राईजिङ्ग गुरु!
कोटिकोटि नमन:।
गुरुका कुरा एकदम चित्तबुझ्दो छ,लगभग सबै कुरासँग सहमत नै छु!
हुन त पुजिलाभ लिन बैक बाट पनि नसकिने कहाँ हो र? तर मात्र कुरो बढी लाभ कहाँ बाट लिने भन्ने हो!
एकछिन सस्थागत लगानी कर्ता (म्युचुअल फन्ड ,इन्भेस्टमेन्ट कम्पनिहरु,इन्स्योरेन्स कम्पनी आदि , आदि) मध्ये म्युचुअल फन्ड को लगानीले कुन कुन सेक्टरमा कति कति लगानी गरेका छन त? हेरौ:
अहिले बजारमा sigs1,seos,lvf,nmbsf1,nibsf1,nbf र global गरि ७ वटा फन्ड बजारमा छन! ग्लोबल समुन्नत स्किम भर्खर मात्र बजारमा आएको छ,अब हेरौ बाकी ६ मात्र:
६ म्युचुअल फन्डको value केबल 4.5 अर्ब मात्र छ
ती फन्डको बाणिज्य बैकमा २ अर्ब आसपासमा लगानी छ।
माइक्रोमा ७८ करोड रहेछ।
नन लाईफ इन्स्योरेन्समा ५२ करोड र लाईफ इन्स्योरेन्समा ५१ करोड रहेछ!
हाइड्रोमा २४ करोड रहेछ!
टेलिकममा मात्रै करिब १५ करोड लगानी रहेछ!
बिकास बैकमा करिब ३८ करोड रहेछ!
बाणिज्य बैकमा सबैभन्दा धेरै लगानी देखियो होईन?
भनेपछी म्युचुअल फन्डको आकर्षक बाणिज्य बैकमा रहेछ होइन?
कदापी होईन! यहाँ बिचार गर्नै पर्ने कुरा भनेको बर्तमान बजार पुजिमा (total market capitalisation) बाणिज्य बैकको मात्र हिस्सा ७ खर्ब पुग्न लाग्यो!
यत्रो ठुलो बजार पुजि रहेको बाणिज्य बैकमा २ अर्ब (हाल २ अर्बको बजार पुजि ३ अर्ब सम्म पुगेको हुन सक्ने) बालुवामा पानी बराबर होईन त?
त्यसो त तुलनात्मक रुपमा सानो market cap रहेका माइक्रो फाईनान्स,इन्स्योरेन्स (नन लाईफ /लाईफ दुबै ) आदिमा म्युचुअल फन्डको हिस्सा बढी छ!
बाणिज्य बैकमा पनि ebl,scb,nabilp,sbi र sanima मा मात्र करिब ८२ करोड लगानी रहेछ!
५-७ बर्षको maturity cycle मा जन्मिएका म्युचुअल फन्डको entry र exit ले बजारमा केही न केही हद सम्म असर पुर्याउने नै छ!