Forum


ShareSansar Main Page

New Topic

नन लाईफ ईन्सुरेन्स नै किन?

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Feb 2016
Posts: 55
किनौ है किनौ !मौका आउँछ आईरहन्छ!
Member
Registered: Feb 2016
Posts: 55
छलाङ कसरी मार्ने?
समयको त्यो सुनौलो पल समाउने अनि लुरुलुरु हिड्ने ,हतार नगर्ने!
एकपटक सबै हेर्न अनुरोध!
Member
Registered: Feb 2016
Posts: 55
its my view....facebook forum discussion I could not get there.see this is enough !
Member
Registered: Jan 2016
Posts: 51
Paribartan sir yo facebook discussion kasari herne ho ?
Member
Registered: Feb 2016
Posts: 55
कति जनाले realise गर्नु भको थियो कुन्नी?
Member
Registered: Nov 2015
Posts: 316
Based on facebook discussion....

General insurance companies policies are periodic specially for one year....but one should not judge so quickly the condition of company looking one quarter report.

General insurance has two legs :one is accident and next is awareness .

If awareness increases accident decreases but policy increases.

if accident increases awareness increases again policy increases.

Another ...corporate culture is major aspect of any companies...its management team....promoter group, ..

Is a company really loosing its goodwill or its just a momentary tide...
we have to wait...... to know of good company like sic.


परिबर्तनलाई आत्म सात गर्न नसक्ने पुरातन सोच राख्ने ,
बिकसित देशको stock market सग तुलना गर सोही अनुसारको प्रतिफल नेपालको stock market मा खोज्ने( अझै त्यो समय भइसकेको छैन,होईन र?)

अस्थिर मुलुकमा स्थिर पुजि बजार खोजेर कहाँ पाईएला?

बजार मूल्य चाहिने भन्दा बढी छ कि कम छ P/E हेर्नुस मित्र!

life Insurance को p/e को अबस्था कस्तो छ हेर्नू भको छ मित्र?

hydro को p/e अबस्थामा पनि ध्यान दिनु भको छ कि?

अहिले माईक्रोफाईनान्सले देखाईरहेको balance sheet मा बिस्वास गर्ने हो भने बजार मूल्य बढी होईन कि?
नन लाईफको huge scope हुदा हुँदै पनिब्कुन कुन stock को pe 100 cross भको छ र??
मलाई लाग्छ ,general insurance stock are safe for investment.
Im missinh Rising sir and shooting sir! please express comments agreements disagreements!
« Last edit by समय on Thu Mar 17, 2016 7:21 am. »
Member
Registered: Nov 2015
Posts: 316
Dear Master!
धेरै राम्रो सग बिचार ब्यक्त गर्नु भयो ,धेरै धेरै धन्यवाद !
आखिर यथार्थ पनि त्यही हो, जसले बदलिदो
परिस्थितिसग acclimatize गर्न सक्तैन मेरो पनि भन्नू बाकी केही रहदैन।


यसै गरि बिचार बिश्लेसन गर्दै गर्नु होला!
Member
Registered: May 2014
Posts: 206
MB G ko ko kuro thik ho. Bajar ma Bank vanda bahek lai trust garnai naskne manche dherai chhan, tyahi vayara ajhai ni insuranc ko share ko price yiniharule trust garna sakeko chhainan. kehi tapain le vaneka ra kehi tapaile nai vanna khojeka point lekhdai chchu..
- Hijo jaba bank thorai thiya, capital kaam thiyo ani business badhne thau thiyo tyo bela Bank ko price pani 9000 samma pugekai ho.
- Future ma aauna sakne earning kati cha tyasko aadhar ma mukhya gari share ko price fixed hunxa na ki ahile ko earning ma.
- Non Life insurance le normal gain garne kura ta chhadai cha, tyo vanda pani FPO garera vaya pani premium jamma gari feri bonus dine chhan, tyasle garda return ramro nai aauxa..
- Insurance product diversification vai rakheko le naya source of income pani aauxa future ma tyo pani positive kura ho.
- Insurance lai branch badhaune prasasta thau vayako le business feri pani badhna sakxa..
- Insurance ko income ko thulo hissa ta Investment bata aaune earning ho. Balla Insurance fund badhdai xa, tyo lagani bata feri income multifold garne chhan.
- Hijo ka din ma 150-200 ma dekhirakhera insurance ka share 400-500 pugda pani badhi vo vanekai ho, aja baru tyo price thik thiyo vanna thalne bela vo. Voly insurance ko price 3000-4000 puge pachi pachhutaunu bahek kehi hune chhaina.
- Jaba price badhdai jancha insurace ko taba regulator ni tatdai jancha ni. NRB pani ta betithi huna thale paxi nai tateko thiyo.
- Shikhar insurace jasta company jasko paid up 30-32 crore huda 22-23 crore kamauxa, price kina 5000 napugne, Jabaki FPO garera premium ni jamma pareko cha EPS ni 50 vanda mathi cha ani near future ma capital badhaunai parne necessity cha.
- Afno ghar gadi ko aba insurance garnai parne raixa vanne gyan aauda aba insurance company ko income badhcha vanne buddi aayana??
- Insurance ko share kinnuhos vaneko chhaina. Tara duniya le kinda Duniya kina yasari pagal vaka vanera gali garna vanda pani katai maile po change lai accept garna nasakeko ho ki vanera bichar garnu hos.

TARA BICHAR GARNUHOS EK DIN INSURANCE PANI MATHI PUGERA BANK JASTAI GARI (SCB 9000 BATA 1500) MA JHARE JASARI JHARNE CHA. TYATI KHERA PANI CHUK CHUK GARNA PARDAINA KINA KI LONG TERM HOLD GARNE SCB KA HOLDER LAI NI GHATA VAKO THIYANA KINAKI HATMA BONUS SHARE THIYO CASH DIVIDEND NI KEHI PAKAI THIYA.
Member
Registered: Nov 2015
Posts: 316
Dear Pramshu!
Thanks for your perspective!

हुन त मेरो portfolio कै कुरा गर्नु हुन्छ भने मसग ३५% बाणिज्य बैंकका मात्र सेयर छ्न!मैले बैंकको गुणगान गाए भने मेरो हितमा नै हुन्छ!
तर हेर्नुस ,मैले एक्लै लेख्दैमा केही तलमाथी हुने होईन,मैले बैक नकिन्न भनेको पनि त छैन!
खुल्ला बजार अर्थतन्त्र,प्रतिस्पर्धा बजारमा माग र आपुर्ती ज्यादै नै महत्त्वपूर्ण कुरा हुन!अर्थतन्त्र ले नि त्यही भन्ने हो ,म तपाईं जो कोहिले त्यही भन्ने हो होईन र?
तपाईले केही ओजनदार कुरा पनि लेख्नुभएको छ ,जसको लागि धन्यवाद ...
१) NRB जस्तो नियमक निकाय (Enforcement mechanism) छैन
२)नक्कली दुर्घटना Promoter ले मात्र होईन product को अभिकर्ताले समेत गर्छन।
३) demand and supply ले बजार निर्धारण गर्छ।

एउटा कुरा कृतिम मुल्य वृद्धि को बारे ....
१) बजारमा कुन कुन सेयरको demand मात्र देख्नु भको छ जसको supply छैन! सधैभरी demand मात्र रहेको तर supply नरहेका कुनै एउटा stock छ?
२)कृतिम मुल्य वृद्धिको लागि त supply नहुनु पर्ने हो ,बजारमा त कारोबार भइरहेको छ,किन्न चाहानेले किन्न नपाएको छ र?मुल्य स्थिर पनि त बसेको छैन तलमाथि पनि भइ रहेको छ नि होईन र?
३) पुजि ज्यादै कम छ ,जसको सेयर संख्या पनि ज्यादै नै कम हुने नै भो जसले गर्दा बैकको जस्तो supply नन लाईफको हुदैन ,जुन कुरो मैले शुरुमै लेखेको छु राम्रोसग पढ्न अनुरोध गर्दछु,
४) प्राय नन लाईफ ईन्सुरेन्सको balance sheet हेर्दा त राम्रै फाईदा देखिन्छ नि होईन र? कुनैको त १० करोड मात्र पुजि छ,बजारमा जतिसुकै मूल्य मा सेलर आए अनि एकै जनाले खरिद गर्न सक्छ ,१० करोड चुक्ता पुजि छ १२/१३ सय प्रती सेयरमूल्य रहे पछि capitalisation कति होला ? हिसाब गर्नुस त १.५ अर्ब पनि पुग्दैन, यस्ता सेयरको त भाउ ५००० पुर्याउनु पर्ने हो किर्तिम अभाब सिर्जना गरेर तर १४०० छुन पनि धौ धौ मान्छ किनकि corporate culture छैन,सन्चालक समितिमाथी लगानिकर्ता को भर छैन,balance sheet हेर्नुस कसैलाई आकर्षन गर्ने खालको छैन,होईन र?


अहिले बल्ल पहिलो पटक नन लाईफको bull run शुरु भएको हो नि, होईन र? बैक को त केही साल पहिल्यै bull run face गरि सकेको होईन र? बढेको भाउमा settle हुन्छ हुदैन त्यो त बजारले नै निर्धारण गर्ने कुरा हो,कुनै जमानामा बैकको सेयरमूल्य पनि ९००० पनि थियो नि होईन र?
लाईफ ईन्सुरेन्समा पनि बुल पहिले नै आएको थियो र त ५/६ हजार सम्म बजार भाउ पुगेको थियो होईन र?
चिलिमेको २७०० पनि त पुगेको रहेछ,होईन त?

बिचार राख्दै गर्नुहोला,तर्क प्रस्तुत गर्दा सक्नुहुन्छ भने तथ्य (data) सहित आउनु होला !
Member
Registered: Oct 2013
Posts: 138
तपाईले भनेको ठिकै होला तर कम पुँजी हुनु ननलाइफको राम्रो पक्ष मात्र नभएर कृत्रिम मूल्यवृद्धिको पनि कारण हो । यिनको मूल्य वास्तविक कमाइ वा दिने प्रतिफलका आधारमा हैन मात्र सप्लाइ र डिमान्डको सूत्रबाट चलेको छ । एकाधलाई छोडेर हेर्दा नक्कली दुर्घटना तथा नक्कली दाबी भुक्तानी गरी प्रमोटरमात्र मोटाउनु पनि त यिनको परिचय हो नि मित्र हैन र ? राष्ट्र बैङ्कजस्तै चुस्त नियामक निकाय हुन्थ्यो भने म पनि मित्रका कुरामा विश्वास गरी केही शेयर किन्थेँ तर.... मूल्य निकै बढाइएको छ प्रतिफलका कारण होइन, सप्लाइका कारण, जानीजानी बाँदर किन्नु र ?बैङ्किङको विश्वास र प्रतिफल हेर्नुस् त.....
Member
Registered: Jan 2016
Posts: 51
I appreciate your thoughts deàr saugat sir.
Member
Registered: Nov 2015
Posts: 316
चुक्ता पूंजी

चुक्ता पुजि बाणिज्य बैकको २ अर्ब भन्दा बढी छ ,बढाउने space साघुरो नै छ,१६ अर्ब पुर्याउने परिकल्पना गर्न सकिँदैन,बिकास बैंकको पनि सरदर ५० करोड भन्दा बढी नै छ,लाईफ ईन्सुरेन्सको समेत ५० करोड र सो भन्दा बढी नै छ,फाईनान्स कम्पनिको पनि अलि बढी नै छ!
राम्रा कहलिएका माईक्रो फाईनान्सहरुको समेत बढी नै छ ।
तर नन लाईफ इन्सुरेन्स कम्पनिहरुको औसत चुक्ता पुजि ३० करोड आसपासमा छ!व्यापार बढाउने प्रसस्त ठाउ पनि पनि छ!सोही कारण नन लाईफको पुर्ती बजारमा एकदम कम छ! थोरै प्रबाहको कारण पनि नन लाईफको माग बढिरहेको कुरो घाम जत्तिकै छर्लङ्ग छ! अर्को तर्फ पुजि बढाउने कुरो पनि छ,
चुक्ता पुजि हेर्ने हो भने नन लाईफको सेयर हुनेले पछुतो मान्नु पर्ने अबस्था कहिले आउने छैन!

व्यापार

बैकको व्यापार अन्य क्षेत्रको अतिरिक्त ठुलो ठुलो आयोजना,परियोजना ,उत्पादन ,प्रसोधन,व्यापार,बाणिज्य ,निर्माण लगायतका क्षेत्रमा लगानी प्रवाह गर्नु हो , बिकास बैक ,फाइनान्स,लघुबित्त का आ आफ्नै साघुरा दायरा छ्न,लाईफ इन्स्योरेन्सले जिबित निर्जिब मात्र हेर्छ,तर नन लाईफ नपुग्ने कुनै योजना ,परियोजना, व्यापार,ठाउ,क्षेत्र छैन,बैक,बिकास बैक ,फाइनान्स,माईक्रो फाईनान्स, हाइड्रो आदि कुनै पनि अछुतो रहन सक्ने अबस्था छैन नन लाईफ ईन्सुरेन्सको! पहिला मानिसलाई त चेतना पो थिएन नि ,भुकम्प, दुर्घटना आदिले समेत सबैको आँखा खोली दिएको छ।ब्यापार बिस्तारको लागि नन लाईफको एरिया व्यापक छ! त्यसर्थ लगानी डुब्ने कुनै सम्भाबना छैन! डराउनु पर्दैन।

फाईदा

अहिले सबैभन्दा बढी फाईदा माईक्रो फाईनान्स को देखिन्छ किनकी स्प्रेड दर पनि बढी छ,तर भबिस्यमा कुनै न कुनै तबरले लगाम लाग्ने कुरामा कुनै शन्का छैन!
बैकको लगानी एकदम सुरक्षित छ तर नाफा एकदम कम!हाइड्रो को पनि मार्केट ठुलो छैन! अहिले नेपाललाई १५०० mw को जरुरत छ तर उत्पादन ९०० mw को आसपासमा छ, नया उत्पादन परियोजना बढिरहेको कुरा त लेखिरहनु नपर्ला, बिदेशमा बिजुली बेचेर धेरै नाफा कमाउन मित्र राष्ट्र हुने MOU,BIPPA,PPT,PDA नै नेपालको बृहत् हित मा भएका छैनन न त भबिस्यमा नै हुने छन। यस्तो अबस्थामा सस्तो भाउमा बिजुली नबेची शुखै छैन! तर ती सबै ठाउमा नन लाईफ इअन्सुरेन्स पुग्नै पर्ने बाध्यता छ!
लाईफ ईन्सुरेन्स अर्थात जीवन बिमा नामै काफी छ,कति साघुरो दायरा छ, जिबित मानिस जनाबर आदिको ईन्सुरेन्स गर्यो प्रीमियम संकलन गर्यो! हेर्दा त यस्तो प्रीमियम अर्बौ रुपैयाको देखिन्छ तर दीर्घकालीन रुपमा फाईदा कस्तो होला गहिरिएर सोच्नुस त! मरे पनि तिर्नै पर्छ, बाचे पनि करिब दोब्बर बनाएर फिर्ता गर्नै पर्छ हैन र??? त्यसैले त लाइफ ईन्सुरेन्सको आम्दानी एकदम कमजोर छ,बास्तबमै बबल त लाईफ ईन्सुरेन्समा छ।जतिसुकै नाफा हुने ठाउमा लगानी गरे पनि सेयरधनी मात्र लाभान्बित हुदैनन ,policy holder लाई कुनै पनि हालतमा प्रतिफल दिनै पर्ने!
हेर्नुस त जहाँ पुग्दैन रबि त्यहा पुग्छ कवि भने जस्तै नन लाईफ ईन्सुरेन्स नपुग्ने कुनै ठाउ छ? एउटा सानो मोबाईल देखि लिएर गाडी ,घर,योजना परियोजना ,अझ भन्दा बैकको समेत ईन्सुरेन्स गर्नु पर्ने !लाईफ ईन्सुरेन्समा त पोलिसी होल्डर जसरी पनि लाभान्बित हुन्छ नै तर नन लाईमा यस्तो दोहोरो पना हुदैन! पोलिसिको कि त तिर्नै पर्छ नभए पुरै फाईदा,होईन र??

मैले त मात्र ३ कुरा को बारे लेखे ,अरु धेरै कुरा छन समय मिलाएर लेख्दै गरम्ला!
म जान्ने मान्छे त हुँदै होइन हजुरहरुलाई थाहा भएका कुरा,बिज्ञता सन्तुलित तबरले लेखिदिनु होला! मैले लेखेका कुरामा गल्ती वा अज्ञानता झल्किएमा राम्रो तरिकाले प्रष्ट पारिदिनुहोला।
सबैको सुझाब सल्लाह र बिचार बिमर्शको अपेक्षा sahit......

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub