कम्पनी ऐन २०६३ मा संचालक तथा प्रवन्ध संचालको नियुक्ति र कार्यकाल सम्वन्धि व्यवस्था:
संचालकको कार्यकाल शिर्षक अन्तर्गत
दफा ९० (२) पब्लिक कम्पनीको संचालकको कार्यकाल नियमावलीमा उल्लेख भए बमोजिम बढिमा चार वर्षको हुन सक्नेछ ।
दफा ९० (३) प्रचलित कानून वा नियमावलीमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक एक कार्यकाल समाप्त भइ संचालकको पदबाट अवकाश प्राप्त गर्ने व्यक्ति संचालकको पदमा पुन नियुक्त हुन सक्नेछ ।" भन्ने कानूनी व्यवस्था रहेकोछ ।
प्रवन्ध संचालकको नियुक्ति र कम्पनीको व्यवस्थापन:
दफा ९६ (१) नियमावलीको अधिनमा रही संचालकहरुले आफु मध्येबाट एकजनालाइ प्रवन्ध संचालक नियुक्त गर्न सक्नेछन ।
(२) प्रवन्ध संचालकको काम कर्तव्य र अधिकार नियमावलीमा लेखिए बमोजिम वा संचालक समितिले तोकेबमोजिम हुनेछ ।
(३) उपदफा (१) बमोजिम नियुक्त प्रवन्ध संचालक वा कम्पनीको व्यवस्थापनको जिम्मेवारी लिने अन्य संचालकलाइ कम्पनीमा नियुक्त गर्दा नियुक्तिको शर्त पारिश्रमिक तथा सुविधा निर्धारण गरी लिखित सम्झौता गर्नु पर्नेछ र त्यस्तो सम्झौतामा उल्लेखित पारिश्रमिक तथा सुविधा र साधारण सभाले निर्धारण गरे अनुसार पाउने अन्य सुविधा वाहेक अन्य कुनै सुविधा दिन वा भुक्तानी गर्न पाइने छैन ।
(४) उपदफा (३) बमोजिमको सम्झौताको अवधि एकपटकमा चार वर्ष भन्दा बढी हुने छैन ।
----------------------------------
कम्पनी ऐन २०६३ को दफा ९० (३) अनुसार संचालक पुन संचालकको पदमा नियुक्त हुन कुनै कानुनले वाधा गरेको छैन । त्यसैगरी संचालक मध्येबाट प्रवन्ध संचालक नियुक्त गरिने कानुनी व्यवस्था दफा ९६ (१) मा छ र त्यसरी नियुक्ति गर्दा गरिने सम्झौता एकपटकमा चार वर्ष भन्दा बढी हुने छैन भन्ने कानुनी व्यवस्था दफा ९६ (४) मा छ तर त्यसको अर्थ प्रवन्ध संचालक पुन नियुक्त हुन सक्नेछैन भन्ने होइन । त्यसरी व्याख्या गर्नु भनेको दुषित र पुर्वाग्रहित मनसाय सिवाय केहि पनि होइन । दफा ९६ (१) बमोजिम गरिने सम्झौतालाइ चार बर्षमा नबढाइ मात्र गर्न पाइन्छ भन्ने सम्म हो ।
किनकी प्रवन्ध संचालक सर्वप्रथम त्यस कम्पनीको संचालक हो र दफा ९० (२) बमोजिम निजको कार्यकाल बढिमा चार वर्षको हुनेछ भन्ने कानुनी व्यवस्था रहेको हुंदा प्रवन्ध संचालकको कार्यकाल पनि ४ बर्ष सम्म मात्र हुन सक्छ भन्ने कानुनी व्यवस्था अनुसार नै दफा ९६ (३) बमोजिम प्रवन्ध संचालकसंग गरिने सम्झौताको अवधि पनि चार वर्षमा नबढाइ गर्न सकिने व्यव्था गरिएको हो । र दफा ९० (३) ले कुनै पनि संचालकलाइ पुन संचालकमा नियुक्त हुन सक्ने व्यवस्था स्पष्ट व्यवस्था गरेको हुंदा सम्वन्धि सवै सरोकारवालाहरुलाइ कम्पनी ऐन २०६३ मा संचालक तथा प्रवन्ध संचालको नियुक्ति र कार्यकाल सम्वन्धि कानूनी व्यवस्थाको सम्वन्धि जानकारी गराउन चाहन्छु ।