Forum


ShareSansar Main Page

New Topic

Under@Value bikash bank

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Jan 2014
Posts: 520
Good analysis Himal sir, but I want to add somethings like we can say overvalue of some microfinance companies in comparison to other BFIs ex. EXCEL, ARANIKO etc. whose return are more beneficial than new microfinance companies. If we get maximum return by investing low priced share then we have to think on it also.
Member
Registered: Jul 2013
Posts: 34
बिकास बैंक पछी, लघुबित्त कम्पनीहरुको पनि एकपटक बिचार गर्ने कि अध्ययन र लगानिका लागि .....!

सबै लघुबित्त कम्पनी राम्रा छन ? सबैभन्दा बढी कुन राम्रा होलान ? सबैले चुक्ता पुंजी बढाउने छन ? अझै पनि लघुबित्तमा लगानी गर्दा लगानीकर्ताले फाईदा लिन सक्छन ?

अहिले पनि 'क' बर्गका बणिज्य बैंक भन्दा राम्रो प्रतिफल दिएका र दिनसक्ने लघुबित्त कम्पनीहरुको मुल्य किन १५००- २०००+ नभएको होला ? कि नेपालमा कुनै पनि कम्पनीको शेयर मुल्य १००० नाग्ने बित्तिकै ओभर भ्यालु हुन्छ ? बिज्ञहरुले तर्क दिन सक्नुहुन्छ ???? सबै लघुबित्त कम्पनीहरु राम्रा छन, अब कुनमा लगानी गर्दा बढी फाईदा हुन्छ भन्ने तर्फ हेर्ने हो । साना तथा धेरैजसो सबैले छान्ने भनेको जुन कम्पनीले क्यास भन्दा धेरै बोनस शेयर दिन सक्छ सोही कम्पनी नै रोजाइमा पर्छन । यसरी हेर्दा पहिला दिएको प्रतिफल, नेट्वोर्थ, प्रतिशेयर आम्दानी र चुक्ता पुंजी कम भएका कम्पनी हेर्नु पर्ने हो कि ?? अब दिने प्रतिफलको अनुमान गर्दा SKBBL सबैको रोजाइमा नै पर्ला, किनकी यस्ले शुरुकै बर्षमा पनि बोनस शेयर दिएको थिओ र अहिलेको आर्थिक बर्षमा चुक्ता पुंजी बढाउने पक्का छ । तेस्तै NLBBL को पनि चुक्त पुंजी कम छ, पहिल यसले ५५% बोनस शेयर दिएको थियो । अरु SWBBL, SLBBL,NUBL, CBBL लगायत सबै राम्रा छन, सबैभन्दा बलियो देखिएको RMDC छ तर चुता पुंजी सबैभन्दा धेरै छ, तेसैले यस्ले बोनस् शेयर भन्दा क्यासमा नै बढी जोड दिनेछ, कुनै टाईममा चुक्ता पुंजी नबढाउला भन्न सकिन्न हाल सम्भाबना कम छ । अर्को KMCDB को पनि शेयर नुनतममा मुल्यमा आएर स्थिर देखिएको छ र यसको चुक्ता पुंजी पनि कम छ, हाल कम्पनीले पुंजी बढाउने सम्भना निकै बलियो छ । दिर्घकालिन लगानिको लागि राम्रो देखिन्छ । यसको शेयर पहिला सबैभन्दा बढी किता ९०० मुल्यमा करोबार भएको थियो, हाल ७००-७३० मा नै छ । बाँकी अरु पनि नयाँ MLBBL, NBBL लगयत पुरना कम्पनी सबै राम्रा छन, खास त चालु आबमा कुन कम्पनीले के देला भनेर सोचेर किन्न सकिन्छ । धेरै जसो लघुबित्त कम्पनीहरुको चुक्तापुंजी थोरै छ, तेसैले सबैले आ-आफ्नो स्तरअनुसार पुंजी बढाउने पक्का छ । तर लघुबित्त कम्पनीहरुको स्तर हेर्नेहो भने समग्र नेपालका क बर्गका बाणिज्य बैंकहरुको भन्दा पनि निकै राम्रो देखिन्छ, केही कम्पनीहरुको त शेयर मुल्य २०००+ हुनुपर्ने हो, तर राष्ट्र बैंकले भबिश्यमा नियन्त्रण गर्नेछ भन्ने मनोबैज्ञानीक असर परेकोले नै निकै राम्रा लघुबित्त कम्पनीहरुको मुल्य अरु कम्पनीको सरह माथि जान सकेको छैन । तर मेरो मनोबिज्ञानले भन्छ कि, लघुबित्तमा लगानी गर्न डराउनु पर्ने अवस्था आउला जस्तो लाग्दैन, होला कि केही लघुबित्तहरुले आफ्नो उदेश्य बिर्सेंका होलान, तर समग्र अब ठीक तरिकाले चलाऊने छन, लगानी गर्ने अवस्था र अहिलेको जग्रित अवस्थालाई राष्ट्र बैंकले राम्रोसँग बुझेको छ, लगानी मैत्री बातावरण बिग्रिने किसिमको नियम, अवस्था कहिले पनि ल्याउने छैन । बाहिर जती हल्ला गरेपनी, हल्ला आएपनी वास्तवमा निर्णय हालसम्म ठीक नै आएको छ । अहिलेको लघुबित्तहरुको शेयर मुल्य स्तर अनुसार बढी भएको भन्न मिल्दैन, अझै पनि लगानी कर्ताले धेरै फाईदा लिन सक्छन । अब पनि के दिनेवाला छन लघुबित्तले सहजै अनुमान लगाउन सकिदैन त ??? अहिले पनि कोही कतैबाट १००० मुल्य नाग्ने बित्तिकै लौ मुल्य ओभर भ्यालु भयो भन्ने चलन छ, तर म भन्छु हाल्को मुल्यमा पनि लघुबित्त कम्पनीहरु ओभर भ्यालु भएकै छैन । यदी बिज्ञ र प्राबिधिकहरुले भन्न सक्न सक्नुहुन्छ भने प्राबिधिक कारण शाहीत प्रमाणित गर्नु त ओभर भ्यालु ??? मात्र लगानिकर्ताहरुको मनोबल उच्च नभएकोले मनोबैज्ञानिक असर लघुबित्त कम्पनीहरुमा अझै नहटेको देखिन्छ । पहिला पनि लघुबित्त सम्बन्धि लेख (प्रतिकृया) निम्न सिर्शकमा थियो.. (नेप्से सात अंकले बढ्यो, ६० करोड रुपैयाँको कारोबार, जलविद्युत् , बीमा र बैंकिङ समूहमा उच्च वृद्धि,प्रकाशित मिति: Jun 29, 2014 ) भन्ने सिर्शकमा प्रतिकृया लेखिसकिएको छ ।

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub

General Error

General Error

An error was encountered. We apologize for any inconvenience.

In file Unknown on line 0:

E_WARNING - Unknown: write failed: No space left on device (28)

This error should probably not have occured, so please report it to the owner. Thank you for your help.

If you are the owner of this board and you believe this is a bug, please send a bug report.