Forum


ShareSansar Main Page

New Topic

साना किसानको सेयरमा ३४ गुणा वढी आवेदन, चौथो &

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Jun 2013
Posts: 17
Ye la la sathi sorry... Ma sana kissan Kai pachi daudiyechhu..
Moderator
Registered: Jun 2013
Posts: 574
Location: Kathmandu, Nepal
http://www.sharesansar.com/viewnews.php?id=14953
Member
Registered: Jun 2013
Posts: 46
saathi ramrari padha na 69 crore vaneko mega bank ko kura gareko ho k
Member
Registered: Jun 2013
Posts: 17
bank le kaile 69 core 90 lakh ko share issue garyo ra sathi?
Member
Registered: Jun 2013
Posts: 24
काठकाडौं । साना किसान विकास बैंकले सर्वसाधारणलाई विक्री गर्न छुट्याएको सेयरका लागि ३४ गुणाभन्दा वढीको आवेदन परेको छ । सुरुको तीन दिनमा साना किसानको सेयरमा ३३ करोडको आवेदन परेकोमा अन्तिम दिन १ अर्ब ५० करोड रुपैयाँ बराबरको आवेदन परेको थियो ।
सेयर निस्कासन तथा विक्री प्रबन्धक एलिट क्यापिटलले अझै पनि पुरै विवरण संकलन गर्न भ्याइसकेको छैन । एलिटका अनुसार, अहिलेसम्म १ अर्ब ८३ करोड रुपैयाँ संकलन भएको विवरण मात्र आएको छ । अझै केही संकलन केन्द्रको तथ्यांक आउन वाँकी रहेकाले रकम वढ्ने एलिट स्रोतले जानकारी दियो ।
गत जेठ १९ गते सर्वसाधारणमा गएको मेगाको सेयरमा साढे २२ गुणा वढी आवेदन परेको थियो । बैंकले ६९ करोड ९० लाख रुपैयाँ बराबरको सेयर जारी गरेकोमा १४ अर्ब २० करोड रुपैयाँ बराबरको आवेदन परेको थियो । आवेदन पर्नेमा प्रतिशतका हिसावले मेगालाई साना किसानले जितेको छ ।
साना किसानले असार २३ गतेबाट चार दिनसम्म साधारण सेयर निस्कासन गरेको थियो । कुल ६ करोड रुपैयाँ बराबरको सेयर भएपनि बैंकले सर्वसारणलाई ५ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर छुट्याएको छ । बैंकले निस्कासन गरेको कुल सेयरमध्ये ३० हजार कित्ता सामूहिक लगानी कोष र १८ हजार कित्ता कर्मचारीका लागि छुट्याएको छ ।
साना किसान क्रेडिट रेटिङ गरेर सेयर निस्कास गर्ने पहिलो वित्तीय संस्था हो । बैंकको सेयरका लागि न्युनतम ५० कित्ता र अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सकिन्छ ।
गत पुससम्म बैंकको प्रति सेयर आम्दानी ३० रुपैयाँ ९६ पैसा छ । चालु वर्ष प्रति सेयर आम्दानी २४.७९ रुपैयाँ पुग्ने बैंकको प्रक्षेपण छ । बैंकसँग सञ्चिति नाफा उच्च छ । राम्रो नाफा गरिरहेको र प्रति सेयर आम्दानी उच्च भएकाले बैंकको सेयरमा लगानीकर्ताको चासो वढी देखिएको हो ।

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub