मुख्य पृष्ठ
समाचार
बिचार/ब्लग
मनोरञ्जन
बिजनेस
खेलकुद
प्रवास
बिचित्र संसार
साहित्य
भिडियो
अन्तरवार्ता
पत्रपत्रिकाबाट
English

?
बिकाश बैंक बन्ने लक्ष्यसहित रिलायवल, शुभलक्ष्मी र प्यासिफिक गाभिने

१२ असार, काठमाण्डौ । राष्ट्रियस्तरको बिकाश बैंक बन्ने लक्ष्यसहित दुई फाइनान्स र एक बिकाश वैंक गाभिने भएका छन् ।

काठमाण्डौंको रियालवल फाइनान्स र शुभलक्ष्मी फाइनान्स तथा लमजुङको प्यासिफिक डेभलपमेन्ट वैंकवीच एक आपसमा गाभिने समझदारी भएको छ ।

reliable_subhalaxmi-and-pacific-bankमर्जसम्बन्धी समझदारीमा मंगलबार रिलायवलका प्रमुख कार्यकारी अधिकृत नारायबाबु लोहनी, शुभलक्ष्मी फाइनान्सका कामु प्रमुख कार्यकारी अधिकृत रवीन्द्रबल्लभ पन्त र प्यासिफिक डेभेलपमेन्ट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्र अधिकारीले हस्ताक्षर गरेका छन् ।

आगामी असोजसम्म मर्जरपछि एकीकृत कारोबार सुरु गर्ने लक्ष्य राखिएको रिलायवल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले जानकारी दिनुभयो ।

मर्जपछि बन्ने संस्थाको नाम, संचालक समिति र कार्यकारी प्रमुखबारे छलफल भइरहेको लोहनीले बताउनुभयो । ‘अन्य बित्तिय संस्थासँग पनि मर्जका लागि छलफल भइरहेको छ’ लोहनीले अनलाइनखवरसँग भन्नुभयो-’साउन १ गतेसम्म सवै कुराको टुंगो लाग्छ ।’

रिलायवल फाइनान्सका ७ वटा शाखा रहेका छन भने शुभलक्ष्मी र प्यासिफिकका तीन-तीनवटा शाखा छन् ।