बजारमा छिरिसकेपछि मैले अलि ढिलो बुझेको कुरो maturity cycle पनि हो!
कुन सेयर कहिले परिपक्क हुन्छ भन्ने कुरा बुझ्न अत्यन्त जरुरि नै छ!
नेपाल आफैमा बिकासशिल रास्ट्र हो, यहाका हरेक क्षेत्र बिकासशिल नै छन!
अब हामिले बिकसित देशको सेयरबजार सङ्ग नेपालको सेयरबजारलाई तुलना गरेर केही फाईदा हुदैन!
बिकसित देशमा सबै कुरा परिपक्क भइसकेको हुन्छ।
हाम्रो जस्तो मुलुकमा बिकसित देशको दाजोमा परिपक्वता कुनै कुरामा पनि आइसकेको छैन!
अब लागौ के हो त परिपक्कता?
हाम्रै उदाहरण लेउ! कोहि मानिसमा २०/२२ वर्ष मै परिपक्वता आउँछ कोहिलाई ३०/३२ साल नौ लाग्ला!
परिपक्क मान्छेले जिवनका सबै उतारचढाव बुझिसकेको हुन्छ,जस्तोसुकै परिस्थितिमा पनि आफ्नो कर्म निरन्तर गरिरहेको हुन्छ!
सेयर बजारको परिपक्वता भने अलि लामो छ!
सेयर बजार कहिले mature हुन्छ त भन्दा दीर्घकालीन सोच बनाएर जाने हो भने यो त जुन र घाम जस्तो लामो छ,
एउटा बैक कति साल सम्म रहला त?
के बैकका मुख्य लगानिकर्ताको मृत्यु हुनसाथ बैकको मृत्यु हुन्छ त? कदापी हुदैन!
यश अर्थमा हेर्ने हो भने त बैक कहिले पनि बुढो हुदैन तर बयस्क /परिपक्क भने अबस्य हुन्छ!
मेरो बिचारमा सेयर धेरै पटक परिपक्क हुन्छ जुन हाम्रो उदेश्यमा भर पर्छ!
हामिले कुनै कम्पनिको सेयर छानेर लगानी गर्यौ भने पक्कै पनि केही न केही उदेश्य अबस्य बनाएका हुन्छौं ।
जस्तो सामन्यतया सेयर हरेक साल mature हुन्छ!
एक सालको लागि लगानी गर्नेले त्यस्तो बेला बेचिहाल्ने हो र नाफा सुरक्षित गरिहाल्ने!
५/१० साल लगानी गर्ने उदेश्य हुनेलाई यो एक सालको maturity infant नै लाग्छ,
कोहि अब छिट्टै सेयर mature हुन्छ भनेर किन्छ्न र २/४ महिनामा नै बेच्छ्न!
कोहि त एउटा bull को शुरुआत मा किन्छन र bear शुरु नहुदै बेचिहाल्छन!यस्तो लगानी कर्ताहरु ५/७ दिनमै कारोबार गर्छ्न!अर्थात यस्ताको लागि ५/७ दिनमै सेयर mature हुन्छ!
यसर्थ हाम्रो उदेश्य अनुसार सेयर mature हुने गर्छ!
सामन्यतया Q4 report आउदा सेयर mature हुन्छ!
audited yearly report आई बोनस र divident घोषण हुदाको बखत सेयर full mature भैसकेको हुन्छ!
यो बेला short term objective राखेर सेयर खरिद गरेमा उदेस्य पूरा नहुन पनि सक्छ।