Forum


ShareSansar Main Page

New Topic

स्टाण्डर्ड चार्टर्ड बैंकले अझै पाएन बोनस

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: May 2014
Posts: 217
hernos na 2008 bata hold gareko. 5550 per kitta ma murga bhako ho. aba 3500 cross bhayo bhane sell garnu parla. mero ta sabaie lamo samayeko lagani ho.
Member
Registered: May 2014
Posts: 217
40%deyeta mero 164 kitta aaune thiyo lets hope and thank you yo tapieko bicharko lagi.sarbasadharan ji.
Member
Registered: Jun 2014
Posts: 48
नेपाल राष्ट्र बैंकले लामो समय विते पनि स्टाण्डर्ड चार्टर्ड बैंक नेपालको बोनस सेयर स्वीकृत गरेको छैन । बैंकले पहिलो पटक गरेको बोनस सेयर प्रदान गर्ने प्रश्ताव अस्वीकार गरेको राष्ट्र बैंकले दोस्रो पटक पनि पेश गरेको प्रश्ताव पनि त्यत्तिकै थन्क्याएर राखेको हो । स्टाण्डर्ड चार्टर्डले सुरुमा १५ प्रतिशत बोनस सेयर र २७ प्रतिशत नगद लाभांश दिने प्रश्ताव राष्ट्र बैंक समक्ष गरेको थियो । सो प्रश्ताव अस्वीकृत भएपछि बैंकले पुन २५ प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद लाभांश दिने प्रश्ताव गरेको थियो । सो प्रश्ताव पनि पारित नभएको राष्ट्र बैंक स्रोतको भनाइ छ ।

बैंकको बोनस सेयर प्रश्तावलाई राष्ट्र बैंकले अस्वीकार गरेपछि बैंकको सेयर मूल्य भने बृद्धिको क्रममा रहेको छ । राष्ट्र बैंकले २०७४ को असार मसान्तमा बाणिज्य बैंकहरुको चुक्ता पूजी कम्तिमा पनि ८ अर्ब रुपैयाँ हुनै पर्ने ब्यवस्था गरेको छ । यसको लागि भन्दै बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने प्रतिफलमा नगद लाभांशलाई निरुत्साहित गर्दै बोसन सेयर प्रदानलाई प्रोत्साहन गर्ने नीति राष्ट्र बैंकले लिएको छ । स्टाण्डर्ड चार्टर्डले नगद लाभांश दिन लागेको कारण राष्ट्र बैंकले असहमति जनाएको हो ।

नगद लाभांश दिन रोक लगाइमा सो बैंकले करिब ४० प्रतिशत बोनस सेयर प्रदान गर्नेछ । यसैको आशामा केही दिन यता बैंकको सेयर कारोवार संख्या र मूल्य बृद्धि भइरहेको छ ।

मार्च महिनामा बैंकको सवैभन्दा धेरै कित्ता सेयरको कारोवार गत आइतवार भएको थियो । सो दिन स्टाण्डर्ड चार्टर्ड बैंकको १३ हजार ३ सय ९८ कित्ता सेयर कारोवार भएको थियो । मार्च महिनामै सो बैंकको कुनै दिन जम्मा ९ सय ७७ कित्तासम्म सेयर कारोवार भएको थियो । यस्तै यही महिनामा प्रतिकित्ता २ हजार ७ सय ८५ रुपैयाँमा कारोवार भएको सो बैंकको सेयर केही दिनयता बढेर ३ हजार ४० रुपैयाँसम्म पुगेको छ ।

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub

General Error

General Error

An error was encountered. We apologize for any inconvenience.

In file Unknown on line 0:

E_WARNING - Unknown: write failed: No space left on device (28)

This error should probably not have occured, so please report it to the owner. Thank you for your help.

If you are the owner of this board and you believe this is a bug, please send a bug report.