Forum


ShareSansar Main Page

New Topic

Hold Grand Share ग्राण्ड बैंकले डुबेको ऋण उठाउँन धितो लि&

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Jul 2014
Posts: 106
GRAND TA GAYO...KANGAL BHAYO BANK ANI HAMILAI NI BANAYO...NO BUYER OF THIS SCRIPT..SAME ON U CEO PASHU RAM
Member
Registered: Jul 2013
Posts: 986
dhito auction gardaima sale hunchha bhanne guarantee hunna. kasto dhito ho tesma pani bhar hunna. grand ko past practice samjhinda dhito ko quality ramro (over valued) na huna sakchha. alik samaye nahheri kei bhanna sakinna.
Member
Registered: Apr 2014
Posts: 54
Hold for 5years with out any bonus
Member
Registered: Jun 2013
Posts: 193
http://merolagani.com/NewsDetail.aspx?newsID=6381

ग्राण्ड बैंकले आफ्नो डुबेको ऋण उठाउँन धितो लिलामको कार्यलाई तीब्रता दिने भएको छ । ग्राण्ड बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शूराम कुंवर क्षेत्रीले मेरो लगानी डटकमसंग कुरा गर्दै गत आर्थिक बर्षमा घाटामा गएको १ अर्ब ९३ करोड रुपैयाँ असुल गर्न निस्क्रिय कर्जाका धितोहरु लिलामी कार्यलाई तीब्र पारिने जानकारी दिनुभयो ।


उहाँले हाल निस्क्रिय कर्जामा परिणत सबै कर्जामा आबश्यक धितो भएकाले आत्तिनुपर्ने अबस्था नभएको जानकारी दिनुभयो ।


बैंक पुरै घाटामा गएर डुबेको छैन, निस्क्रिय कर्जाका लागि रकम ब्यवस्था गरिएको मात्रै हो, प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले भन्नुभयो –धितो लिलाम भएर आएपछि बैंकको अबस्था सवल हुनेछ ।

चालु आर्थिक बर्षको प्रथम त्रैमासमा डुबेको अधिकांश ऋृण उठाईसक्ने दृढता पनि उहाँले ब्यक्त गर्नुभयो । आफु ग्राण्डमा प्रमुख कार्यकारी अधिकृत भएर गएको झण्डै दुई महिनाको अवधिमा बैंक सुधारको काममा ध्यान केन्द्रित गरेको र संस्थापक लगानीकर्ता र प्रबद्र्धकहरु पनि उत्तिकै सक्रिय रहेको उहाँको भनाई छ । बैंकलाई सवल पार्न हकप्रद शेयर जारी गर्न परे पनि प्रबद्र्धकहरु रकम थप्न तयार रहेको उहाँले बताउनु भयो । त्यसैगरी उपयुक्त र सवल बैंकसंग मर्जमा जानेबारेमा पनि बैंक ब्यवस्थापन छलफलमा रहेको तर कुनै निर्णय नभएको उहांको भनाई छ ।

बैंक गत आर्थिक बर्षमा १ अर्ब ६० करोड ६५ लाख घाटामा गई प्रतिशेयर ८० रुपैया ऋणात्मक भएको छ । बैंकको जगेडा कोष १ अर्ब ४२ करोड ३६ लाखले ऋणात्मक भएको छ । बैंकको निस्क्रिय कर्जा ३.५२ प्रतिशतबाट १९ प्रतिशत बढ्न गई १ अर्ब ९३ करोड जगेडा कोषमा राख्न परेकाले बैंक घाटामा गएको देखिएको छ । बैंकको मुल्य आम्दानी अनुपात ३.९७ ले ऋणात्मक भएको छ भने प्रति शेयर नेटवर्थ २८ मा झरेको छ ।
बैंकले शुल्क, ब्याज, विदेशी मुद्राको कारोबारबाट राम्रै आम्दानी गरेको भए पनि निस्क्रिय कर्जा डरलाग्दो रुपमा बढेकाले धरासायीको अबस्थामा पुग्नु परेको छ । बैंकको निक्षेप २१ अर्ब र ऋण परिचालन १५ अर्ब छ । २ अर्ब चुक्ता पूँजी रहेको बैंकको तरलता अनुपात ३७ छ ।
« Last edit by rajendra on Mon Aug 18, 2014 12:04 pm. »

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub