Forum


ShareSansar Main Page

New Topic

घिसिङलाई हटाएको विरोधमा रसुवा बन्द (From http://www.nagariknews.com/main-st

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Jul 2014
Posts: 16
ऊर्जामन्त्री राधा ज्ञवालीको अडानका कारण चिलिमे जलविद्युत आयोजना संकटमा परेको छ । स्थानीयले चिलिमेका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई ऊर्जामन्त्रीले स्वायक्त कम्पनीमा एमडीमार्फत हस्तक्षेत्र गरी उनको पदावदी नथपेको भन्दै आन्दोलनमा उत्रिएपछि चिलिमेमा संकट निम्तिएको हो ।
स्थानीय कुनैपनि हालतमा घिसिङको पुनःस्थापना गरिनुपर्ने माग राख्दै अनिश्चितकालिन आन्दोलनमा रहेका छन् ।
रसुवाका आठ गाविसका स्थानीय र आयोजना सञ्चालित सिन्धुपाल्चोकका स्थानीय समेतले चिलिमेसँग सम्बन्धित सम्पूर्ण आयोजना कार्यलयमा तालाबन्दी गरेका छन् ।
radha kulman gचिलिमे सरोकार समितिका सचिव डुक्साङ तामाङले आफूहरुको माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताउँदै आफूहरुको माग सम्बोधन हुने विस्वास आफूहरुले लिएको बताए । उनले भने–हाम्रो माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहनेछ, हामीलाई शेयर दिन निकै सहयोग गरेका घिसिङलाई सरकारले पूर्वाग्रही भएर हटाएको छ , हामी यसलाई कुनैपनि हालतमा स्विकार गर्दैनौं ।
प्राधिकारणको सञ्चालक समितिले चारवर्षअघि नियुक्त भएका र घिसिङलाई म्याद सकिएको भन्दै गत विहिवार हटाएको थियो । चिलिमे संचालक समितिमै छलफल नै नगरी मन्त्री ज्ञवालीको निर्देशनमा नेपाल विद्युत प्राधिकरणका कामु कार्यकारी निर्देशक रामचन्द्र पाण्डेयले एकलौटी ढङ्गले घिसिङलाई हटाएको स्रोतको दाबी छ ।
नेपालकै नेपाली सिप र नेपाली पुँजिबाट बनेको चिलिमे जलबिद्युत २२ मेगावाट क्षमताको हो । लामो समयसम्म स्थानियलाइ सेयर नदिँदा विवादमा परेर अन्य परियोजना अगाडि बढ्न नसकेको चिलिमेले हाल निर्माण गर्न लागेको थप ४ ओटा आयोजना निर्माण प्रकृयामा छ । घिसिङको बर्हिगमनले ति आयोजना प्रवाभित हुने निश्चित रहेको सरोकारवालाहरु बताउँछन् । आयोजनाहरुलाई सम्पन्न गराउनको लागि पनि अहिले घिसिङ नै आवश्यकता पर्ने स्थानीयको तर्क छ । सरकारे जलमाफियाको चलखेलमा परेर घिसिङलाई हटाएको स्थानीयको दाबी छ ।
चिलिमेको अगुवाइमा हाल रसुवागडी १ सय ११ मेगावाट, सान्जेन ४५ दसमलव ५ मेगावाट, अपर सान्जेन १४ दसमलव ८ र मध्येभोटेकोसी १ सय २ मेगावाट क्षमताको अगुवाइ घिसिङले गरिरहेका छन् ।

रसुवाका नागरिक समाजका अगुवा फुर्पा तामाङले कुलमानलाई हटाइनु थप आयोजना बन्न नदिने चलखेल भएको दाबी गर्छन् । यस विषयमा घिसिङ भने आफु रहे पनि नरहे पनि रसुवालीलाइ समृद्ध बनाउने ४ ओट आयोजना कुनै हालतमा बन्नुपर्ने बताउँछन् । तर, उनी त्यस्ता आयोजना बन्न नदिने तत्वहरु सलबलाएको भन्ने संकेत गर्छन् । ‘म रहनु पर्छ भन्ने छैन, उनी भन्छन्–तर रसुवामा काम गर्न गाह्रो छ ति आयोजना रोकिनु हुन्न ।’
उनले आफूलाई जलमाफियाको चलखेलमा परेर हटाएको आरोप लगाए । मन्त्रीले आफुलाइ कुनै अनुचित काम गर्न नलगाएपनि केहि जलमाफियाको चक्करमा परेर आफुमाथी एकलौटी ढंगले हटाएको उनको दाबी छ ।
नेपाली सिप र नेपाली लगानीमा बनेको चिलिमेले थालेका अरु आयोजना बन्न नदिएर ठुलै माफियाहरुले काम गरेको हुन सक्ने चिलिमेकै एक कर्मचारीले बताए ।
तर, ऊर्जामन्त्री ज्ञवालीले भने आफूले घिसिङलाई हटाउन कुनै दवाव नदिएको दाबी गरेकी छन् । कर्मचारीलाई काममा खटाउन, तथा फिर्ता बोलाउने अधिकार प्राधिकरणका कार्यकारी निर्देशकलाई भएको भन्दै आफूले दवाव दिने कुरै नआउने दाबी गरिन् ।
उनले कर्मचारीले खटाइएको ठाउँमा काम गर्नुपर्ने बताउँदै उनले कामबाट फिर्ता बोलाईँदा आन्दोलन हुनुलाई दुःखद भएको समेत बताइन् ।
आइतबार मन्त्रालयमै आयोजित पत्रकार सम्मेलनमा घिसिङ प्रकरणमा आफ्नो संलग्नाबारे बचाउ गर्दै उनले आफू कुनै दवाव र प्रलोभनमा नफसकेको भन्दै एउटा कर्मचारीलाई फिर्ता बोलाउँदा आयोजनामा ताला लगाइएको छ, यसो गर्दा राज्य संयन्त्र कहाँ पुग्छ भन्दै प्रश्न गरिन् ।
यता प्राधिकरणका कार्यकारी निदेर्शक रामचन्द्र पाण्डेले पनि व्यवस्थापकीय अधिकार प्रयोग गरी कुलमानलाई फिर्ता बोलाइएको दाबी गरे ।

- See more at: http://www.ratopati.com/2014/07/21/152921.html#sthash.QvnMeG4T.dpuf
Member
Registered: Jul 2014
Posts: 16
चिलिमे जलविद्युत् आयोजनाका प्रवन्ध सञ्चालक कुलमान घिसिङलाई हटाइएको विरोधमा आज रसुवा बन्द भएको छ। स्थानीयले घिसिङको पदस्थापनाको माग गर्दै बिहानैदेखि नारा जुलुस गर्दै सडक अबरुद्ध बनाएका छन्।
रसुवाबाट चल्ने यातायातका साधन चल्न सकेका छैनन्। स्थानीयले उर्जा मन्त्री राधा ज्ञवालीको विरोध गर्दै नाराबाजी गरेको बताइएको छ। बन्दको समर्थनमा रसुवाका १८ वटै गाविसका स्थानीयले एक्यवद्धता जनाएको स्थानीय तेम्बा छिरिङ तामाङले बताए। उनका अनुसार चिलिमे बाँधस्थलमा स्थानीयले धर्ना दिइरहेका छन्। माग पूरा नभए स्थानीयले चिलिमेमा बाँधमा हालिएको पानी फर्काउने चेतावनी दिएका छन्। घिसिङलाई हटाइएकोमा एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा माओवादी, राप्रपा लगायतका दलले बन्दको समर्थन गरेका छन्।
- See more at: http://www.nagariknews.com/main-story/story/21613.html#sthash.2jPFCaja.dpuf
« Last edit by THE BIG HOUSE on Mon Jul 21, 2014 4:40 pm. »

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub

General Error

General Error

An error was encountered. We apologize for any inconvenience.

In file Unknown on line 0:

E_WARNING - Unknown: write failed: No space left on device (28)

This error should probably not have occured, so please report it to the owner. Thank you for your help.

If you are the owner of this board and you believe this is a bug, please send a bug report.