२१ माघ काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको सञ्चालक समिति निलम्बन गर्दै ब्यबस्थापन नियन्त्रणमा लिएको छ । राष्ट्र बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले बैंक संचालक समिति निलम्बन गर्दै ब्यबस्थापन नियन्त्रणमा लिने निर्णय गरेको हो ।
‘पटक–पटक सुध्रिन मौका दिँदा पनि सञ्चालकहरुमा कुनै सुधार नआएपछि निलम्बन गर्नुपरेको राष्ट्र बैंकका डेपुटी गभर्नर गोपालप्रसाद काफ्लेले अनलाइनखबरलाई जानकारी दिए ।
source: http://www.onlinekhabar.com/2014/02/163064/