माघ ४, काठमाडौं । चिलिमे जलविद्युत् कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई वितरण गरेको साधारण शेयरमा ठगी हुन थालेको छ । कम्पनीले रसुवाका स्थानीयवासीलाई ३ वर्षअघि विक्री गरेको साधारण शेयर अहिले केही ‘टाठाबाठा’ले निकै सस्तो मूल्यमा किनेर ठगी गरिरहेको स्थानीयवासीले बताएका छन् । ‘केही दलालहरू स्ट्याम्प प्याड बोकेर गाउँगाउँ पुगेको र सर्वसाधारणलाई शेयरको मूल्य घट्ने भन्दै भ्रम फिँजाएर ठागिरहेको बुझिएको छ,’ स्थानीय पत्रकार एवम् समाजसेवी ज्ञानु न्यौपानेले भने, ‘सोझासाझा स्थानीय शेयरधनीलाई दलालहरूले घरायसी कागज गराएर शेयर किनिरहेका छन् ।’
http://abhiyan.com.np/article-frontpage_5magh2070_chilimey