काठमाडौं । तेस्रो पटक पनि सक्रिट ब्रेक लागेपछि नियमति समय अगावै नै नेपाल स्टकको बजार (सोढे एक बजे) बन्द भएको छ । बजार उच्च विन्दुले बढेपछि विहीवार लगानीकर्ताले जम्मा ४५ मिनेट कारोबार गर्न पाए । कारोबार शुरु हुँदा नै अघिल्लो कारोबार दिनभन्दा पाँच अंकले बढेर शुरु भएको बजार तीव्र रुपमा बढेको थियो ।
संविधान सभाको निवार्चन पछि खुलेको बजारमा खरिदकर्ता अत्याधिक चाप देखियो । कारोबार खुलेको १५ मिनेटमा पहिलो पटक सत्र्रिmट ब्रेकर लागेको नेप्से १५ मिनेट पछि खुलेको थियो । तर, त्यसको केही समयमै बजारमा पुन दोस्रो सत्र्रिmट बे्रकर लाग्यो । बजारमा अझै एक दुई दिन खरीद चाप उच्च रहने ब्रोकरहरुले अनुमान गरेका छन् ।
नेप्से परिसूचक ३३.८८ अंक (५.६४ प्रतिशत) ले बढेर ६३४.३ बिन्दुमा आइपुगेको छ । समय अगावै बजार बन्द भएपछि जम्मा १० करोड २६ लाख रकमको मात्र कारोबार भएको छ । कुल बजार पूँजीकरण भने ३५ अर्बभन्दा धेरैले बढेको देखिन्छ । जम्मा ५५ कम्पनीको सेयर कारोबार भएकोमा सबैको सेयर मूल्य बढेको छ ।नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेर दुई हजार छ सय ९५ मा किनबेच भएको छ । नेपाल लाइफ इन्स्योरेन्स र नेपाल बंगलादेश बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने नबिल लगायत पाँच कम्पनीको नौं प्रतिशतभन्दा धेरैले मूल्य बढ्यो । बीमा, अन्य, जलविद्युत् र बैंकिङ समूहको परिसूचक ३८ देखि ७८ अंकसम्म बढेको छ ।
सबैभन्दा धेरै कारोबार भने नबिल बैंकको भएको छ । बैंकको दुई करोड ४८ लाखको करोबार भएको छ । कारोबार रकमको आधारमा नेपाल बंगलादेश बैंक (दुई करोड १४ लाख रुपैयाँ) दोस्रो भएको छ ।


अपडेट
काठमाडौं । नेप्से सूचक पाँच प्रतिशत माथि चढेपछि बिहिवार तेस्रो सर्किट ब्र्रेक लागेको छ । नेपाल स्टकमा तीन पटक सर्किट ब्रेक लागेपछि त्यो दिनको सबै कारोवार रोकिन्छ । अब आइतवार मात्रै नेपाल स्टक एक्सचेञ्ज खुल्नेछ । तेस्रो सर्किट ब्रेक अघि नेपाल स्टक ३० अंकले बढेर ६३० अंक माथि पुगेको छ । दिउँसो साढे १ बजेसम्म चार करोडको कारोवार भएको छ भने कारोवार भएका ३९ सबै कम्पनीको सेयर मूल्य बढेको छ । दुई कम्पनी नेपाल लाइफ इन्सुरेनस र नेपाल बंगलादेश बैंकको सेयर मूल्य दश प्रतिशत बढेको छ भने छ कम्पनीको सेयर मूल्य नौ प्रतिशत माथि बढेको छ ।

दोस्रो सर्किट ब्रेकपछि बजार फेरी खुल्यो, तर बजार अहिले संयमित हुन थालेको छ ।

बजारमा अहिलेसम्म १७ कम्पनीको सेयर कारोवार भएको छ । १७ कम्पनीको सेयर कारोवार हुँदा कुनै पनि कम्पनीको मूल्य घटेको छैन् । बजार फेरी चार प्रतिशत बढेपछि नेपाल स्टकले दोस्रो सर्किट ब्रेक लगाएको छ । अब एक बजेपछि मात्रै कारोवार सूचारु हुनेछ । एकै दिन नेप्से पाँच प्रतिशतले बढे दिनभर नै कारोवार बन्द हुनेछ ।

१५ मिनेटको सर्किट ब्रेकपछि फेरी बजार खुलेको छ । पहिलो आधा घण्टामा नेपाल स्टकमा जम्मा एक करोड रुपैयाँको मात्रै कारोवार भएको छ ।

लगानीकर्ताले १२ अर्ब कमाए
१५ मिेटको कारोवारमा लगानीकर्ताले १२ अर्ब रुपैयाँ कमाएका छन् । यसअघि बजार बन्द हुँदा छ खर्ब आठ अर्ब रहेको बजार पुँजीकरण १५ मिनेटको कारोवारपछि बढेर ६ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ ।

काठमाडौं । संविधान सभाको निवार्चन पछि खुलेको बजारमा अत्यधिक चाप देखिएपछि बजार उच्चले बढ्यो । कारोबार खुलेको १५ मिनेट मै परिसूचक २१.२८ अंक (३.५४ प्रतिशत ) बढेपछि नेप्सेले सक्रिट ब्रेक लगाएको हो । अब करिब १२ बजेर ३० मिनेटमा बजार सुचारु हुनेछ । देस्रो पटकमा पनि परिसूचक प्रतिशतसम्म बढेमा आधा घण्टाको लागि र दिनभरमा पाँच प्रतिशतसम्मले वृद्धि भए बजार सो दिनको लागि नै बन्द हुन्छ । नेप्सेमा करोबार भएका नेपाल टेलिकम, एशियन लाइफ र बैंकहरुमा जनता, लक्ष्मी, नबिल, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक लगयतको मूल्य बढेको छ ।

काठमाडौं । कारोवार सुरु भएको पहिलो १५ मिनेटमै नेपाल स्टक एक्सचेञ्जमा सर्किट ब्रेक लागेको छ । सर्किट ब्रेक लाग्नुअघि जम्मा आठ कम्पनीको सेयर कारोवार भएको थियो । सबैभन्दा बढी नबिल बैंकको सेयर ९.९६ अंकले बढेर प्रतिकित्ता २४५१ रुपैयाँ पुगेको छ । नेपाल टेलिकमको सेयर पनि प्रतिकित्ता ६६९ रुपैयाँ पुगेको छ भने एनसिसि बैंकको सेयर पनि प्रतिकित्ता ३१४ मा कारोवार भएको छ । सूचक पाँच अंक माथि चढेर बजार खुलेको थियो । - See more at: http://www.bizmandu.com/content/-5108.html#.Uo7O4xyaXgE
« Last edit by FREEMAN on Fri Nov 22, 2013 9:23 am. »