New 0 0 0

काठमाडौं । गत साउनमा प्राथमिक सेयर जारी गरेको हाम्रो बिकास बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा मुनाफा तीन गुणा (२१८ प्रतिशत) ले बढेको छ । बैंकले २५ लाख रुपैयाँ नाफा कमाएको हो ।
बैंकको व्याज आम्दानी करीब दोब्बर (९२ प्रतिशत) ले बढेपछि नाफा बढेको हो । बैंकको व्याज आम्दानी ५८ लाख रुपैयाँ रहेको छ । बैंकको निक्षेप ३३ प्रतिशतले बढेर ४० करोड रुपैयाँ र कर्जा लगानी ३४ प्रतिशतले बढेर ३२ करोड रुपैयाँ पुग्यो । बैंकको सञ्चित तथा जगेडा कोषमा १६७ प्रतिशतले रकम बढेर एक करोड ६० लाख पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १६.७१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ९.५७ छ ।
- See more at: http://www.bizmandu.com/content/-4927.html#.UnzYJSf82_w
« Last edit by percash on Fri Nov 08, 2013 6:19 pm. »