Forum


ShareSansar Main Page

New Topic

QUESTIONS

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Oct 2013
Posts: 1577
२ बर्ष अघि मैले राखेको जिज्ञासामा,

JambForum मा sharebuda जीले आज, राम्रो चर्चा चलाउनु भएको रहेछ l

http://www.nepalsharemarket.com/jambforum/Default.aspx?postid=132289#132289
Moderator
Registered: Jun 2013
Posts: 3823
You are right nissan.
Member
Registered: Oct 2013
Posts: 1577
सब भन्दा पहिला त bunkure जी लाई यति स्पस्ट जवाफको लागी धन्यवाद दिन चाहन्छु l

भने पछि यस्ता प्रोजेक्ट जसका नया project हरु छैनन्,तिनमा लगानी गर्न अलि स्वच्नु पर्ने रहेछ l
Member
Registered: Aug 2013
Posts: 272
BOOT (Built Own Operate Transfer) मोडेलमा बनेका आयोजना सम्झौतामा उल्लेख भए बमोजिमको समय पछि स्वतः सरकारको स्वामित्वमा जान्छ |
शेयर हाल्ने कम्पनीमा हो आयोजनामा होइन, आयोजना(प्रोजेक्ट) र कम्पनी फरक फरक कुरा हुन् |
कम्पनीमा हालेको शेयर रही रहन्छ तर आयोजना सरकारको स्वामित्वमा जान्छ |
येस्ता कम्पनीहरुले अरु पनि आयोजना बनाउदै जानु पर्छ (जस्तो कि चिलिमे जलबिद्युत कम्पनीले "सान्जेन", "मध्य भोटेकोशी", "माथिल्लो रसुवागढी" आदि आयोजना बनाउदै छ) नत्र कोल्याप्स भएर जानु पर्छ |
जुन कम्पनी संग बिस्तारको योजना छैन त्यस्ता कम्पनी स्वतः बन्द हुन्छन र शेयर पनि स्वतः नस्ट हुन जान्छ |
Member
Registered: Oct 2013
Posts: 1577
म share बजार प्रति रुची राख्ने मान्छे त हु,तर धेरै कुराको जानकारीको कमि छ l
३,४ वोटा कम्पनीको share पनि किनेको छु,सानो संख्यामा l

मेरो प्रस्न के छ भने चिलिमे ५० बर्ष पछि सरकारको हुन्छ,
भर्खर बन्ने सुरसार गरेको सुरुंग मार्ग ३० बर्ष पछि सरकारलाई हस्तान्तरण हुन्छ l
यस्ता अरु पनि छन् l

हो त्यस पछि shareholder को अवस्था के हुन्छ,तिनीहरु shareholder नै रहन्चन कि सबै सरकारको हुन्छ l

सहि जानकारी चाहन्छु l

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub