काठमाडौं । बैंक अफ काठमाण्डू (बिओके) ले प्रस्ताव गरेको लाभांस नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । राष्ट्र बैंकको स्वीकृति लिने वित्तिकै बैंकले कात्तिक ११ गते बार्षिक साधारणसभा गर्ने निश्चित गरेको छ । बैंकले गत बर्षको नाफाबाट १४ प्रतिशत वोनस सेयर र कर प्रयोजनका लागि ०.७३ प्रतिशत नगद लभांस दिने भएको भछ ।
बैंकको नाफा गत बर्ष जम्मा डेढ प्रतिशतले बढेर ६१ करोड ७० लाख रुपैयाँ पुगेको थियो । अघिल्लो बर्ष बैंकको नाफा ६० करोड ७६ लाख रुपैयाँ थियो । बैंकले गत बर्ष लगानीकर्तालाई पाँच प्रतिशत वोनस सेयर र २१.३२ प्रतिशत नगद लाभांस वितरण गरेको थियो ।
बैंकले १२ करोड ७४ लाख रुपैयाँ राइट ब्याक गरेको छ भने ११ करोड २२ लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ । बैंकले १३ करोड ३२ लाख रुपैयाँ वैदेशिक मुद्रा किनबेचबाट आम्दानी गरेको छ । बैंकले १९ करोड ८२ लाख रुपैयाँ कमिसनमा आधारित कारोबारबाट कमाएको छ । बैंकले खुद ब्याज आम्दानी ८.३० प्रतिशतले बढाएर एक अर्ब २३ करोड रुपैयाँ पुर्याएको छ । - See more at: http://www.bizmandu.com/content/-4516.html#.UkKBNdIya-Y

source:
http://www.bizmandu.com/content/-4516.html#.UkKBNdIya-Y
http://sharesansar.com/viewnews.php?id=16410

AGM NOTICE
http://sharesansar.com/announcementhead.php?id=16418