नेपाल बंगलादेश बैंकको प्रमुख सेयर लगानीकर्ता बंगलादेशको आइएफआइसीले एनबी समूहको नाउँमा सोही बैंकमा कायम रहेको संस्थापक सेयर खरिद बापत्को पहिलो किस्ता रकम पठाएको छ ।
आइएफआइसीले प्रतिकित्ता दुई सय ६० रुपैयाँ अन्तिम मूल्यमा ५७ लाख कित्ता सेयर एक अर्ब ४८ करोड रुपैयाँमा खरिद गरेकोमा पहिलो किस्ता बापत्को ३८ लाख कित्ता सेयरको झण्डै ९८ करोड ८० लाख रुपैयाँ रकम पठाएको हो बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले भन्नुभयो । उक्त संस्थाले उताबाट रकम पठाइसकेको भए पनि यो हप्ता सार्वजनिक बिदा धेरै परेकाले रकम आउन केही ढिला भएको हो, प्रमुख कार्यकारी अधिकृत ढुंगानाले भन्नुभयो ।
source: http://www.aarthikdainik.com.np/news_details/3541/%E0%A4%86%E0%A4%87%E0%A4%8F%E0%A4%AB%E0%A4%86%E0%A4%87%E0%A4%B8%E0%A5%80%E0%A4%B2%E0%A5%87-%E0%A4%8F%E0%A4%A8%E0%A4%AC%E0%A5%80-%E0%A4%B8%E0%A4%AE%E0%A5%82%E0%A4%B9%E0%A4%B2%E0%A4%BE%E0%A4%88-%E0%A4%B0%E0%A4%95%E0%A4%AE-%E0%A4%AA%E0%A4%A0%E0%A4%BE%E0%A4%AF%E0%A5%8B-.html#.UhsgZmkyZzA