Forum


ShareSansar Main Page

New Topic

सानो माछा vs ठुलो माछा

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Oct 2017
Posts: 2102
Ramro Lyric ra flow ma Kabita likhnu bhayeko hunuxa !!

But kase lai gali garna ra arop laguana xai thik hoina !!

I feel so that's my Personal Opinion !! It may vary from Person to Person !!

Every body is putting an effort for the Nation Development some are able to give Ok ! Ok ! Result and some Poor and some Very good !!

;)
Member
Registered: Mar 2018
Posts: 95
इन्वेस्टर भोटर जस्तै भो। कम्पनी पार्टी जस्तै।

म (नेता) आज अल्पमतमा परेको छु। म आफै नराम्रो भने होइन। अल्पमतमा पर्नुमा मेरो केहि गुनासो छैन। यसबाट मैले केहि सिक्ने मौका पाएको छु। Volume हेर Volume भन्थे। भुसुक्कै बिर्सेको। अनि अल्पमतमा परियो।










मन - साला ! चुप, पार्टी छोड्दे !
Member
Registered: Mar 2018
Posts: 95
FM/PM चोर - देश छोड ! हैन भने यता मार्केट मोड !
सौद चोर - नेप्से छोड ! हैन भने छिटो Online जोड !
रेबते चोर - SEBON छोड ! हैन भने नेप्से तोड !

कमसेकम नया लगानीकर्ता छिर्ने बाताबरण बना !
कमसेकम तरलता सहज गरेर ब्याज घटा !

शेयर सप्लाई बढाई दियो खाते चोर !
चिरन्जीवी चोर - देश छोड !
अर्को चिरन्जीवी चोर - देश छोड !

यो अबस्थाको अभ्यास्त थियो तिमीहरुलाई, सोलुशन खोज्नु पर्दैन ?

यता डबल चिरन्जीवी ले सुलेसन (ग्लु) लिएर आएछ।
डबल चिरन्जीवी - (डराई डराई) सर तपाइको जुत्ता टाँस्नलाई हो ?
Member
Registered: Oct 2013
Posts: 7512
:mrgreen:
Member
Registered: Mar 2018
Posts: 95
TA सर को घरमा पुलिस

एक दिन (हिजो राति) भालू(bear) अपरेटर सरलाई निंद्रा नै लागेनछ।

बुढी : निन्द्रा लागेन हो बुढा, किन मुर्मुर्या को ?

भालु सर - एउटा छाउरो ले सेयर संसारको फोरममा के के लेखेछ, त्यो फुच्चेले मलाई नै भन्या हो त्यो।

बुढी - तेस्तो सानो तिनो कुरामा ध्यान नदिनुस् बुढा।

भालु सर -नदिएर के गर्ने या टेन्सन परिसक्यो। (निन्द्रै लागेन १२ :०० बजिसक्यो, अनि केहि त लेख्नै पर्यो, अनि जोश जागरका साथ लेखेर मन शान्त बनाएर सुत्यो)

बिहान भो। बिहानै धोका डक्डकयो।

इन्स्पेक्टर - कोठा भित्र कोहि छैन कि क्या हो ? (बुढीले धोका खोल्छ पुलिस देख्न साथ)

बुढी - आम्मै बुढा ! पुलिस हरु किन हाम्रो घरमा। पक्कै यो बुढाले केहि बिगारेको हुनुपर्छ।

इन्स्पेक्टर- खै यहाको मान्छे ?

बुढी - भित्र छ, के गर्यो र तेस्तो मेरो बुढाले ?

इन्स्पेक्टर - के गर्यो गरेन त मामाकोमा गएपछि था हुन्छ। ए केटी हो भित्र जा लिएर आ।

पुलिसहरु भित्र गएर सुतिरहेको भालु सरलै कठालो समातेर ल्याउछ।

भालु सर- मैले तेस्तो नराम्रो भनेकै छैन सर, वास्तविक कुरा भन्दा उल्टै मलाई समाउन आउने ? हेर एक दिन अबस्य नेप्से १००० पुग्छ।

इन्स्पेक्टर- के भन्या एलले। ओइ केटी छोड उसलाई।

इन्स्पेक्टर- तेरो बुढी खोइ ?

भालु सर- किन सर ? उइ त हो नि। (बुढी तिर देखाएर भनछ)

इन्स्पेक्टर- ये त पो होस्। जम अब मामाघर बोक केटीहरु येल्लाई।

भालु सर - के गरे सर मेरो बुढी ले ?

इन्स्पेक्टर - त लै थाहा छैन ? थाहा कसरि हुनु। तेरो बुढी ले केटाहरु संग लगेर पैसा धुतेर खाको केश फयिल पर्या छ। छिटो हेर्न आइजे। हिड केटा हो।

भालु सर - (मन मनै) त्यै भएर त मेरो पैसा नबचेको रहेछ। बल्ल बल्ल था पाए।
Member
Registered: Mar 2018
Posts: 95
TA संगको कुराकानी

Disclaimer: this is available here for only purpose of education as well as general knowledge. Any similarity to actual person or firm is purely coincidental.

आकाश - Buyer
धर्ति - Seller

नमस्ते म VJ। अहिले धर्तीमा खडेरी लागिरहेको छ। आकाशले थप्ने र थाम्ने गरिरहेको छ। कतिन्जेल खडेरी हुन्छ र आकाशले कतिन्जेल थाम्न सक्छ भन्ने बिषयमा कुरा गर्नका लागि एक प्रख्यात TA (Temper Analysis) निम्त्याएका छौ। उहा हुनुहुन्छ (ब) स्याल सर।

VJ - सर यहालाई यो कुरामा स्वागत छ। के भन्नु हुन्छ तपाई ?

स्याल सर - धन्यवाद, सर्वप्रथम त यो आकाश र धर्ति जन्मे देखि नै हेर्दै देख्दै आएको हो। समय समय मा आकाश रिसैरहन्छ।

VJ - यो त हामीले पनि देखेकै कुरा भो सर। यो असहज स्थिति किन भन्ने मेरो प्रस्न सरलाई ?

स्याल सर - एज अ TA समुन्द्र सुक्दैन, सुक्दै सुक्दैन। लेबल घट्ने मात्र हो। घटेको मात्रा आकाशमै गैरहेको छ। एक दिन बर्सिहाल्छ।

VJ - तपाईहरु बटम लायन कहिले यो लेवल, कहिले त्यो लेवल भन्नुहुन्छ, कहिले सहज हुन्छ त ?

स्याल सर - मेरो Temper Analysis अनुसार ४५ डिग्री देखि भन्दै आएको हो। अहिले ५० डिग्री मा आइपुगेको छ। अबको महिना हरुमा झनै नराम्रो स्थिति हुदै ६० डिग्री सम्म temperature पुग्छ भन्ने मेरो व्येक्तिगत analysis हो. यो १०० % हुन्छ भन्ने छैन।

VJ - Temper ले मान्छे धेरै मर्ने भो नि हैन ?

स्याल सर - तेही भन्छ मेरो थर्मोमिटर ले।

VJ - कतै तपाइको थर्मोमिटर त बिग्रेको छैन नि ? कुनै त म्यानुफ्याक्चर नै बिग्रेको हुन्छ नि त। तपाइको अनालाईसिस जस्तै।

स्याल सर - भर्खर सरभेसिंग गरेर ल्याको, हेर यो minor digree A B C D wave-१, यो अर्को digree A B C D E wave-२, यो हो मेरो थर्मोमिटरको कमाल।

VJ - एस्तो प्रेसर, टेम्परको उपाय ?

स्याल सर - यो टेम्पर २०१९ संग संगै हट्दै जान्छ। अनि ठुलो बारिश हुन्छ। ७०% पानी भएको यो धर्तीमा ७५% पुग्छ, सुनामी जस्तै।

VJ - भनेपछि समुन्द्र ओरिपरि ५% बस्ति हटाउनु पर्यो तपाइको बिचारमा।

स्याल सर - आती हाल्नु पर्ने स्थिति छैन। अझै छ नि समय।

VJ - तपाइको खाली समय बिताउनु भो धन्यबाद सरलाई।


निर्णय - Bullish and Bearish स्टक मार्केटको जीवनचक्र हो। कुनै पनि theory प्रणालीमा बाँधेको हुन्छ नराम्रो हुदैन ।

निस्कर्ष - Market Maker ले मार्केट लाई नबिगारी बोल्नुपर्छ। मार्केट बचाएर बोल्नु उसको दायित्व हो।
Member
Registered: Mar 2018
Posts: 95
न्यु कमर इन्भेस्टर र ओल्डम्यान इन्भेस्टरको कुराकानी

न्यु कमर- अङ्कल, मैले खतरा एनालिसिस गरेको छु नि हेर्नुस त।

ओल्डम्यान- कुन कम्पनीको ?

न्यु कमर- अंकल, मैले सबैको गर्या छु नि हेर्नुस त। ADBL, API - WOMI, WMBF र YHL गरि २०७ ओटा को।

ओल्डम्यान- ओइ भाई यो के हो हँ ! किताब त एत्रो पढीएन होला जीवनमा, के हो यो एस्तो ?

न्यु कमर- यो फ़ण्डामेण्टल, यो टेक्निकल... हेर्नुस अंकल यो ABC कम्पनी कम राम्रो छ त अहिलेको प्रायिस ! यो SCRIPT को संगै मिलेर हाल्नुपर्छ है बुढा।

ओल्डम्यान- हेर भाई तिमिलाई केही थाहा छैन शेयरको बारेमा, भर्खर भेटेर आको NHPC को धेरै राम्रो भन्या छ, दुई महिनामा २०० पुग्छ भन्या छ, बुटवलमा रक्तदान कार्यक्रम पनि गर्दैछ रे, राउटेलाई कम्मल पनि बाड्दै छ, अस्ति मात्र न्यायधिस हरुलाई पनि टन्नै बाँडयाछ, भोलुम हेर त्याँ कस्तो ! पुग्छ अब त डबल। लेखेर राख केटा लेख्ने बानि रहेछ तेरो।

न्यु कमर- (मनमनै) हावा बुढा ! रक्तदान र कम्मल !

(केहिमहिना पछि)

न्यु कमर- (टेन्सन हुदै) बुढोले ठिक भन्या रैछ। म पनि ह्या तेत्तिकै टाउको दुखायेछु। अहिलेसम्म तेत्रो खर्च पनि गयो, शेयरको मुल्य पनि खतम, मेहनत पनि खेर गयो। खतम सबै, बरु बुढाहरुको पछि नै लागे हुने रैछ।

निस्कर्ष : नेपालको अहिलेसम्मको स्टक मार्केटमा हल्लै हल्ला र राजनीतिको खेती धेरै फ़स्टौछ ।
Member
Registered: Mar 2018
Posts: 95
ढुकुर भन्दा कुकुर नै छिटो ..................



so,
ढुकुर उड्न छोडेर कुकुर माथी सयर।































key terms
ढुकुर - न्युकमर इन्वेस्टर
कुकुर - ओल्डम्यान
Member
Registered: Mar 2018
Posts: 95
सुन् केटा सुन् नेप्सेको धुन
RSI अन्डर ३०, दुइ दिन जब ग्रीन
किन् केटा किन्, जति सक्छ किन्
EPS अप्पर २०, PE जब Teen
किन् केटा किन्, जति सक्छ किन्

0% Fundamental, 0% Technical

भाड्मे जा chutiya sab
Member
Registered: Mar 2018
Posts: 95
नया मन्जुश्री औछ र तालको पानी सागर जान खोलिदिन्छ। अनि हाइब्रिड माछाको पोर्टफोलियो हेरौला .
नयाँ मन्जुश्री लाई चै ठुलो बन्चरोले काट भन्नु पर्छ । नत्र व्हेल माछा नछिर्ला नि । चोबारमा सानो छ नि त ।
« Last edit by Gylsu on Mon Mar 12, 2018 4:49 pm. »
Member
Registered: Dec 2017
Posts: 16
गर्ने के त केटा ??? हाहाहाहा ।।।
Member
Registered: Mar 2018
Posts: 95
तेस्रो लगानीकर्ता भ्यागुता

ठुलो वर्षा भएपछी नेप्से भन्ने कुवाको पानी पनि उर्लेर खोलामा मिसिने दिन आएको रहेछ अनि कुवाको भुराहरु दङ्ग हुदै खोलातिर लाग्यो। वर्षा रोकियो, एउटा सानो माछा भने कुवामै छुटेछ। साँझ परेकोले एउटा भ्यागुतो विदेशबाट फर्किदैमा बास बस्न तेही कुवामा छिरेछ। माछा र भ्यागुतो मस्त निन्द्राको बेला ब्वासोको बथान आएर कुवाको पानी खैदिन्छ। ल बर्बाद !!

भ्यागुता : (रिसाउदै माछालाई कराउछ) म निदाउने बेलामा तिमि पनि निदाउनु पर्छ त !

सानो माछा : (मुर्मुराउदै) धेरै नकाराउनु है याँ टेन्सन भाको बेलामा।

(भ्यागुतो उफ्रिन्छ, बाहिर जान खोज्छ, सक्दै सक्दैन, धेरै बेर बारम्बार ट्रई गर्छ, सक्दैन। दिन बित्छ दुबैलाई भोग लाग्छ भेलले सबै सोहोरेर लगिसक्यो खानेकुरा केहि हुदैन, दुइजना एक अर्काको आची खाएर भए पनि बाच्ने भद्र सहमति गर्छ। )

(दिनहरु बित्दै जान्छ, दुवै मोटाको र सफल भाको फिल हुन्छ।एकदिन ठुलोमाछा नाम गरेको सर्प पानी खान तेही कुवामा औछ अनि भ्यागुतालाई देखेर भोग जाग्छ र नखाई नछोड्ने निधो गर्छ। चलाख माछो र भ्यागुतो सर्प छिर्न नसक्ने ठाउमा गएर लुक्छ।)

(यी दुई डराएर भित्रको भित्रै, रात बित्यो, बिहान भयो, दिउसो भयो, रातै भयो। भोलिपल्ट बिहान भो, दिउसो भो, रातै भो। पर्सिपल्ट पनि बिहान-दिउसो रातै। )

(यसै गरि १२ - १५ दिन रातै (Red) बित्यो। एकदिन कुवाको छेउको सरकार भन्ने नाम गरेको रुखबाट हरियो पात झरेछ। दुइजना नौलो खानेकुरा देखेर रमाए तर सर्पको डरले उनीहरु बाहिर निस्केन, भोलिपल्ट पनि हरियो देख्यो तेही पातै को असर रहेछ, साला पात भन्दै बसे, अर्को दिन पनि हरियो !! अनि दुइ सल्लाह गर्न थाले।)

सनोमाछा : धेरै दिन भो हेर केटा, त्यो सर्प गए होला, हामी डराएर हुदैन।

भ्यागुतो : ल तेसो भए जसरि नि त्यो हरियो खानैपर्छ है आज।

(ok, done गर्दै भ्यागुतो अघि अघि, सानो माछा पछि पछि लागेछ)

भ्यागुतोलाई देख्नासाथ त्यो कालो सर्पले च्याप्पै समातेर खैहल्यो।ल खतम !!!

फेरी बिहान-दिउसो रातै। थु नेप्से।


सानो माछाको निर्णय : अब अर्को heavy वर्षाको पर्खाईमा। हरियो भए नि होस्, रातो भए नि होस्।

निस्कर्ष : ठुलो माछा अर्को सिकार खोज्दै ब्यस्त।
Member
Registered: Mar 2018
Posts: 95
सानो माछा र ठुलो माछाको कथा

हिन्द सागरको छेउमा भएको एउटा अभागी तालमा अलि धेरै पानी जम्मा भएछ। पहिला त्यो तालमा साना साना भुरा माछाहरु मात्र हुन्थे। धेरै पानी देखेर ब्रोकर र नेप्सेका छोराहरुले ठुलो माछा पाल्ने सोच गरेर विकासे लाटा लाटा माछाहरु हलेछन। त्यो तालमा सधै ठुलो माछाले सानो माछा खाने गरेपछि साना माछाहरु सल्लाह गरेछन र ठुलो माछालाई सोध्न गएछ।

सानो माछा: ए ठुलो माछाहरु तिमीले किन सधै हामीलाई खाएको ? हामीसित तिम्रो के दुस्मनी छ हँ ?

ठुलो माछा: तिमीहरु भुरा, ठुलोले सानोलाई त खाने हो नि, जीवनचक्र पढेर आ, जा, कि त भित्र आ, खानुपर्यो। (एउटा सानो माछा ज्यादै चतुर थियो र उस्ले भन्यो। )

चतुर सानो माछा: हामीलाई नखाउ, हामी तिमीहरुलाई चाहिने जति खाना ल्यैदिञ्छौ तर मलाई तिम्रो साथमा सुरक्षित राख्नु पर्छ ।

(ठुलोमाछा र सानोमाछाको सहमति भयो र सानो माछाहरु खाना खोज्नतिर लाग्यो, त्यो सानो चतुर माछा ठुलो माछाको ओरिपरि हेर्दै भन्न थाल्यो। )
चतुर सानो माछा: तिमीहरु किन एकै ठाउमा बस्छौ ? कोहि यता उता किन जादैनौ ?

ठुलो माछा: हामी त पालेको माछा हुँ नि त।

चतुर सानो माछा: खै त तिमीहरुलाई बाधेको देख्दिन त, नाकमा अङ्कुसे फुली पनि छैन।

ठुलो माछा: हामीहरु यहाबाट बाहिर निस्कन सक्दैनौ किनकि हामीलाई जाल भित्र राखेको छ।

(यो कुरा सुन्नासाथ चतुरोले ओरिपरि हेर्न थाले। )

चतुर सानो माछा: ओहो कत्रो जाल। अम्मममम ! (यो देखेपछि सानो माछा रमाउदै भित्र बाहिर गर्न थाले, जहाँ सानो माछा हरु जालको भित्र बाहिर सजिलै गर्न सक्ने र जालको ख्यालै नहुने रहेछ। )

सानो माछाहरुकोको निर्णय: कहिले नि त्यो जाल भित्र नछिर्ने ।

निष्कर्स : तर पनि नया नया माछाहरुलाइ के थाहा ठुलो माछा त्यहा छ भनेर, खेल्दै जान्छ अनि ठुला माछाको आहार पुगेकै छ।

आशा/भरोषा: नया मन्जुश्री औछ र तालको पानी सागर जान खोलिदिन्छ। अनि हाइब्रिड माछाको पोर्टफोलियो हेरौला।

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub