Forum


ShareSansar Main Page

New Topic

चुनाबमा को जित्यो ? को हार्यो ?

Post Reply

Page: 1

Author Post
Member
Registered: Oct 2013
Posts: 1273
nomoney4630 जी कमेन्टका लागि धन्यवाद l

तपाई र मेरो चासो एउटै हो l बिकसित नेपाल l

चुनाबमा काँग्रेस र एमालेको २/३ मत नपुग्ने निश्चित भयो l मिलेर हाम्रा राजनीतिक दलहरुले अगाडी बढ्न जानेकै छैनन् l

सधै आफ्नो पार्टी भित्र र अरु पार्टीसंग झगडा गर्न मै यिनको उर्जा सकिन्छ l संबिधान बन्दैमा हुने केहि होइन,तर नबन्दा संक्रमण तन्काई रहन्छन यी राजनीति गर्नेहरुले l

म आफु कुनै पार्टीको मान्छे नभई एक नेपाली नागरिक मात्र हु l मैले अलिकति बुझेको कुरा के हो भने,माओबादीले मत कम पाएपनि -बेवास्ता गर्न सकिने पार्टी यो होइन l

अझै पनि म के भन्छु भने यिनीहरुले मिलेर काम गरेनन भने यो चुनाबमको परिणामले जसलाई जिताय वा हराय पनि, हामी जनताको भने हार मात्र हुनेछ l
Member
Registered: Oct 2013
Posts: 191
nissan जी के माओबादी लाई संबिधान सभा चाहिएको थियो त ?
माओबादी शान्ति प्रक्रिया मा आएपछि तिनारुको दैनिकी कार्यसैली जीवनशैली र पार्टी को नीति तथा ब्यबहार ले तिनारु जातियता को थोत्रो नारा दिएर जनता लाई गुमराह मा पारेर सत्ता हत्याउने र राज्यसक्ति को दोहन गर्न मात्र युद्द र त्येस्पछी शान्ति प्रक्रिया मा आएका हुन् भन्ने बुझियो नि र जनता ले पनि त माओबादी बाट संबिधान बन्दैन भनेर माओबादी लि संबिधान बनाउने जिम्मा दिएनन् नि त
मा त संबिधान बन्ने देक्छु किन भने काँग्रेस एमाले को दुइ तिहाई आइसक्यो र संबिधान र संबिधान को धारा हरु पारित गर्न दुइ तिहाई भए पुग्ने हो
रह्यो कुरो संबिधान को के तपाईं लाई लाग्छ देस को विकास को लागि संबिधान चाहिने हो ?
बेलायत मा संबिधान नभए पनि देस कति बिकसित छ
आबस्यकता त देसको माटो सुहाउदो नीति तथा कार्यक्रम र तिनको प्रभाबकारी कार्यान्वन हो
संबिधान त माओबादी को राजनीति मा रहिरहने मुद्धा मात्र हो
मलाई लाग्दैन कि संघियता सहित को संबिधान लेखियो भने पनि देसको विकास सुनिस्चित हुन्छ भनेर
कुरो राजनीतिक इच्छाशक्तिको पनि हो रास्ट्रीयता को भावना लिएर देस क लागि लागिपर्ने हो भने गर्न नसकिने के छ र ?
बाबुराम ले कर उठाएको गोकर्ण बिस्ट ले उर्जा मन्त्रालय मा गरेको सुधार प्रसंसनिय छ र अनुकरणीय छ
अब बल कांग्रेस एमाले को पोल्टा मा छ पोस्ट मा हान्ने कि आउट गर्ने
जनता जनार्दन ले इनै दुइवोटा लाई मिलेर जाऊ भने क्यारे
Member
Registered: Oct 2013
Posts: 1273
आखिर चुनाब पनि राम्रोसंग सम्पन्न भयो र जनताले पनि आफ्नो अभिमत जाहेर गरिसके l

हामी सबैले बुझ्नै पर्ने एउटा कुरा के हो भने,यो चुनाब राज्य चलाउन ५ बर्षका लागि गरिएको

चुनाब नभई संबिधान लेख्ने एक मात्र लक्ष्य राखिएको चुनाब हो l

यो सब लफडा तब सुरु भो जब जनयुद्ध सुरु भो (फेरी जनयुद्ध सुरु हुनुका आफ्नै कारणहरु छदै छन्),

यहि युद्धलाई शान्तिमा परिणत गर्न यी सब कुरा गरिदै आएको हो l

तर जसलाई संबिधान सभा चाहिएको थियो,त्यो शक्तिनै संबिधान सभामा नजाने भएपछि,
संबिधान नबन्ने निश्चित भो lयसको अर्थ यत्रो वर्षको समय, आर्थिक लगानी र नेपाली जनताको धैर्य खेर जाने भो l

अब द्वन्द चर्कन गइ नेपाली जनताले झन् दुख पाउलान जस्तो छ l

द्वन्दको असर समग्र समाजमा पर्छ,share market यहि समाजको एउटा आयाम न हो l

यस्तो भयो भने यो चुनाबमा ज-जसले जिते पनि ज-जसले हारेपनि - हामी नेपाली जनता जो कुनै पार्टीका गुलाम होइनौ - हामीले भने
हार्ने छौ l

म चाहन्छु मैले माथि लेखेका कुराहरुलाई यी ठुला भन्ने दलहरुले उल्टा साबित गरिदिउन र समयमै संबिधान बनाई दिउन l

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub