Forum


ShareSansar Main Page

New Topic

को मन्त्री र उच्च तहका कर्मचारी छान्ने People's suggestion

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1

Author Post
Member
Registered: Mar 2018
Posts: 2447
देश के कारणले बिग्रन्छ ? चुनाबमा जनताले कस्ता नेता छान्ने ? कस्ता नेताले देश बनाऊछन् ? देश कसरी बन्छ ?
तमाम प्रश्नको उत्तरका लागि
https://www.youtube.com/watch?v=NoxkNvz6Dqo

येस्तै नेता बन्ने अनि छान्ने प्रयास नेपाली नागरिकले नगर्ने हो भने अबको केहि समयमा युवा जति सबै विदेश पलायन भईसक्नेछन अनि येही बसेका बृद्ध बृद्धा बिस्तारै सकिंदै जानेछन। अनि कसरी गर्छौ राजनीति अनि अनि कसरी गर्छौ भ्रस्टाचार ?
सत्ताको बागडोर सम्हाल्न आउनु भएका जेन जी अनि अभिवावकत्वो ग्रहण गर्नु भएका सबै महानुभावहरुमा ली कुआन युको बाटोमा अग्रसर हुन बिनम्र अनुरोध। गर्न सक्नु भएन भने क्रान्ति भनेर गरिएको कार्य इतिहासमा बिध्वोंसको रुपमा दर्ज हुनेछ, जसरी ५२ पछिको अवस्था द्वोन्दको रुपमा दर्ज भयो।
Member
Registered: Mar 2018
Posts: 2447
के जेन जीहरु पनि पार्टी अनि ब्येक्तिहरुका झोले संगठन कै रुपमा बिकाश अनि बिस्तारित हुँदै जान थालेका हुन् ? के जेन जी आन्दोलनमा सहादत प्राप्त गर्नेहरुको सपना सपना नै रहने भयो ? के जेन जीहरु एक मुट्ठी भएर उभिन सक्दैनन् ? के जेन जी आन्दोलन तुहिएकै हो ?
Member
Registered: Mar 2018
Posts: 2447
स्वास्थ्य मन्त्रीमा सन्दुक रुइत

शिक्षा मन्त्रीमा सुमना श्रेष्ठ

निजामती प्रशासनमा ब्याप्त भ्रस्टाचार / अनियमित् ता रोक्नु यो सरकारको प्रमुख जिम्मेवारी अनि चुनौती पनि हो। त्येसैले सामान्य प्रशासन मन्त्रालयमा येस सम्बन्धि राम्रो जानकारी भएका र पहिले उच्च नैतिकता देखाईसकेका ब्येक्ति उपयुक्त हुन सक्छन जस्तै -पूर्व उपसचिव प्रेम संजेल , येस अघिका वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहाल

यो समयमा गृह मन्त्रालय कसलाई जिम्मा लगाउने भन्ने बिषय एकदमै महत्वोपूर्ण छ। संबेदनशील भएर निर्णय गर्नु होला |

यो सरकारबाट जनताले पाउने सेवा अब छिटो छरितो र झनझट रहित हुनु पर्यो। कुनै पनि सरकारी निकायमा येदि सेवा ग्राहिले भ्रस्टाचारको छनक पाए भने तुरुन्त जानकारी गराउने निकाय बनाउनु पर्यो र तुरुन्तै त्येस्ता भ्रस्टचारीहरुलाई कारबाही पनि हुनुपर्यो। मिल्छ भने भ्रस्टाचार निवारण मन्त्रालय नै बनाए पनि हुन्छ।

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub