Author |
Post |
|
#551 Tue Jan 10, 2023 5:30 pm
|
Member
Registered: Oct 2013
Posts: 1580
|
२०७९-०९-२६ (2023-01-10) ---------------------------- बजारमा निकै उतार-चढाब देखियो आज,
कहिले टुप्पोमा पुग्छ अनि क्षेणभरमै पुछारमा देखिन्छ,
मार्केटमा ६ अर्बको लाइनको Turnover नै देख्न पाईएन यसचोटी,
सिधै ७ अरबमा फड्को मारेको अबस्था छ,
२०७८, माघ २० गते 8,612,174,162 को Turnover भएको थियो,
त्यसपछिको सबभन्दा धेरै Turnover,आजको हो,
त्यसबेला NEPSE 2,876.74 मा थियो,
भाद्र २, २०७८ मा 3,198.60 मा पुगेको NEPSE,
73 कारोबार दिन(मंसीर २७,२०७८)मा 2.281.67 अंकमा आइपुगेको थियो,
यो छोटो अवधिमा NEPSE 916.93 अंकले घटेको थियो,
त्यसपछि फेरी २३ कारोबार दिनमा NEPSE 2,281.67 बाट बढेर 2,947.43 अंक पुगेको थियो,
अनि फेरी 2,947.43 बाट पुरानो Low 2,281.67 ब्रेक हुन् ६८ कारोबार दिन लागेको थियो,
2,281.67 बाट NEPSE 1,815.13 पुग्न थप १०९ कारोबार दिन लागेको थियो,
यसरी हेर्दा २९ सय बाट १८ सय आइपुग्न १७७ कारोबार दिन खर्च भएको देखिन्छ,
अहिलेको ताजा कुरा गर्ने हो भने,
1,815.13 बाट हिजो 2,211.38 पुग्न,
ठ्याक्कै ६० दिन लागेको छ,
यसपाली पनि 1,815.13 बाट फर्किएको NEPSE लाई 2,281.67 को पुरानो Low तोडेर
माथी लाग्न कति कारोबार दिन लाग्ने रहेछ, हेरौ l NEPSE:2,190.42..........................................Previous [2,211.38] (-21.34 / -0.96%)...................................Previous (+46.76 / +2.16%) SENSIND (419.14).........................................Previous (419.84] (-0.77 / - 0.18%)........................................Previous (+8.61 / +2.09%) Turnover :7,658,823,579.86....................................Previous [5,314,307,853.43] Volume :20,843,952................................Previous [14,676,206] 
|
|
#552 Mon Jan 09, 2023 4:01 pm
|
Member
Registered: Oct 2013
Posts: 1580
|
२०७९-०९-२५ (2023-01-09) ---------------------------- जेष्ठ १३, २०७९ पछि आज NEPSE, २२०० को अंक कटाउन सफल भएको छ,
यो पुष महिनामा NEPSE 356.32 अंकले बढेको छ भने,
यो महिनाभर आजको दिनसम्म NEPSE जम्मा 48.28 अंकको मात्र घटेको देखिन्छ,
बजारमा 5 अर्ब माथीको Turnover ले हयाट्रिक मारेको छ,
भोली त झन् बिस्वासको मत पाउने दिन पर्यो फेरी
NEPSE:2,211.38..........................................Previous [2,164.61] (+46.76 / +2.16%)...................................Previous (+20.68 / +0.96%) SENSIND (419.84).........................................Previous (411.23] (+8.61 / +2.09%)........................................Previous (0.00 / 0.00) Turnover :5,314,307,853.43....................................Previous [5,459,925,001.19] Volume :14,676,206................................Previous [14,100,988] 
|
|
#553 Sun Jan 08, 2023 4:56 pm
|
Member
Registered: Oct 2013
Posts: 1580
|
२०७९-०९-२४ (2023-01-0  ---------------------------- लगालग दोश्रो दिन 5 अर्ब माथीको Turnover भएको छ,
३७ करोडभन्दा बढीको कारोबार त अन्तिम 5 मिनेटमा भएको देखिन्छ,
भोलीदेखि संसद अधिबेसन सुरु हुँदै छ,
पर्सि त झन विश्वासको मत लिने दिन भइगो,
यो कुरा सकिएपछि,
ब्याजदरको कुरो चल्छ अनि फेरी,
माघ महिना लागेपछि मौद्रिक नीतिको अर्धबार्षिक समिक्षाले,
फेरी चर्चा कमाउन थाली हाल्छ,
अलि राम्रै correction का लागि त त्यसपछिको समय मात्र उपयुक्त हुन्छ कि के हो ? NEPSE:2,164.61..........................................Previous [2,143.93] (+20.68 / +0.96%)...................................Previous (+18.09 / +0.85%) SENSIND (411.23).........................................Previous (411.23] (0.00 / 0.00)........................................Previous (+2.51 / +0.61%) Turnover :5,459,925,001.19....................................Previous [5,040,740,937.09] Volume :14,100,988................................Previous [12,581,982] 
|
|
#554 Thu Jan 05, 2023 4:36 pm
|
Member
Registered: Oct 2013
Posts: 1580
|
२०७९-०९-२१ (2023-01-05) ---------------------------- फागुन १, २०७८ पछि पहिलो पटक Turnover ५ अर्ब माथी चढेको छ,
त्यो दिन NEPSE 100.67 अंकले घटेर,
३ अर्ब ८२ करोडको Turnover बढेर ५ अर्ब ९७ करोड पुगेको थियो,
आजको बजार पनि बढो रमाइलो थियो,
१२ बजे १.६३ अर्बको Turnover भयो,
१ बजे Turnover २.७० अर्ब पुग्यो,
एक बजेर २८ मिनेटमा ३ अर्ब भयो,
२ बजे ३.३८ अर्बको Turnover भइ सकेको थियो भने,
अन्तमा 5,040,740,937.09 को Turnover सहित बजार बन्द भयो,
अन्तिम १० मिनेटमा ३१ करोडको कारोबार भयो भने,
अन्तिम १ मिनेटमा चाही १० करोडको कारोबार भएको देखिन्छ,
अर्को हप्ता प्रधानमन्त्रीज्यूले विश्वासको मत लिएपछि अर्को राम्रो माहौल बन्नेछ बजारका लागि,
त्यसपछि नयाँ महिना सुरु र
मौद्रिक नीतिको अर्धबार्षिक समिक्षाले पनि सकारात्मकनै बाताबरण बनाउने निश्चित छ,
सायद आजको ५ अर्ब माथीको Turnover ती सब कुरा विचार गरेरनै भएको होला भन्ने मैले ठानेको छु,
NEPSE:2,143.93..........................................Previous [2,125.84] (+18.09 / +0.85%)...................................Previous (+64.78 / +3.14%) SENSIND (411.23).........................................Previous (408.72] (+2.51 / +0.61%)........................................Previous (+14.09 / +3.57%) Turnover :5,040,740,937.09....................................Previous [3,501,142,097.43] Volume :12,581,982................................Previous [8,733,542] 
|
|
#555 Wed Jan 04, 2023 4:29 pm
|
Member
Registered: Oct 2013
Posts: 1580
|
२०७९-०९-२० (2023-01-04) ---------------------------- साउन २३, २०७९ पछि पहिलो पटक NEPSE 2100 अंक पार गर्न सफल भएको छ,
प्रधानमन्त्रीले अर्थमन्त्री र गभर्नरलाई दाँया-बाँया राखेर,
अर्थतन्त्र सुधार गर्न आबस्यक उपकरण प्रयोग गर्न भनि,
निर्देशन दिएको तस्बिर online हरुले हाल्न थाली सकेका थिए बजार समयमै र
राष्ट्र बैंक पनि लचिलो बन्दैछ भन्ने कुराले, यो सम्बेदनशील बजारलाई नछुने कुरै भएन,
अन्तिम मिनेटमानै १० करोडको कारोबार भएको देखिन्छ,
प्रचण्ड प्रधानमन्त्री र बिष्णु पौडेल अर्थमन्त्री भए देखि NEPSE 258.63 अंकले बढेको देखिन्छ,
र यति अंक NEPSE जम्मा ९ कारोबार दिनमानै बढेको देखिन्छ,
NEPSE:2,125.84..........................................Previous [2,061.06] (+64.78 / +3.14%)...................................Previous (-3.03 / -0.15%) SENSIND (408.72).........................................Previous (394.62] (+14.09 / +3.57%)........................................Previous (-0.39 / -0.10%) Turnover :3,501,142,097.43....................................Previous [3,458,089,787.92] Volume :8,733,542................................Previous [8,222,833] 
|
|
#556 Tue Jan 03, 2023 6:04 pm
|
Member
Registered: Oct 2013
Posts: 1580
|
२०७९-०९-१९ (2023-01-03) ---------------------------- बजार नाम मात्रको रातो भएको छ,
यस्तै-यस्तै गरेर पुष महिना बितेर जाने छाँटकाँट छ,
अर्थ र राष्ट्र बैंकलाई ब्यापारी र लगानीकर्ताहरुसंग भेटघाट र सर-सल्लाह गर्न भ्याई-नभ्याई छ,
प्रधानमन्त्री र अरु मन्त्रिहरु, दिनकै ३०-३५ बुंदे निर्देशन कर्मचारीहरुलाई ठेल्न व्यस्त छन्,
ओली 'बा' share मार्केट बढ्छ र बढ्न थाली सक्यो भन्दै हुनुहुन्छ,
आफ्ना पार्टीका नेता पूर्ब अर्थमन्त्री सुरेन्द्र पाण्डे कोसंग र के कारणले हारे भनि,
त्यसका कारण पहिल्याउदै जाँदा,
'share market' नै पो रहेछ मुख्य कारण भनि, अब चाही स्पष्ट भए जस्तो देखिन्छ,
अब 'ब्याजप्रसाद'जीले पनि आफुलाई slowly सेफ ल्यान्डिङ गर्नतिर लाग्नु हुनेछ,
आँखिर देश चल्ने यसै गरि रहेछ, NEPSE:2,061.06..........................................Previous [2,063.83] (-3.03 / -0.15%)...................................Previous (+17.56 / +0.86) SENSIND (394.62).........................................Previous (394.89] (-0.39 / -0.10%)........................................Previous (+0.88 / +0.22%) Turnover :3,458,089,787.92....................................Previous [2,960,927,440.67] Volume :8,222,833................................Previous [8,271,355] 
|
|
#557 Mon Jan 02, 2023 4:58 pm
|
Member
Registered: Oct 2013
Posts: 1580
|
२०७९-०९-१८ (2023-01-02) ---------------------------- हिजो जस्तै आज पनि सत्रै अंकले बढ्यो बजार,
हिजो साँझतिर कुराकानी हुँदा, ब्रोकरकै मान्छे भन्दै थिए,
भोली चाही NTC र NABIL का कारण केहि correction हुन्छ है,
तर त्यसो भएन, राम्रै भो l NEPSE:2,063.83..........................................Previous [2,046.26] (+17.56 / +0.86)...................................Previous (+17.24 / +0.85%) SENSIND (394.89).........................................Previous (394.01] (+0.88 / +0.22%)........................................Previous (+2.71 / +0.69%) Turnover :2,960,927,440.67....................................Previous [4,048,879,510.19] Volume :8,271,355................................Previous [10,880,904] 
|
|
#558 Sun Jan 01, 2023 4:56 pm
|
Member
Registered: Oct 2013
Posts: 1580
|
२०७९-०९-१७ (2023-01-01) ---------------------------- ई.सं. 2022 को नयाँ बर्ष सनिबारको दिन परेको थियो,
त्यसैले अघिल्लो बर्षको पहिलो कारोबार भोलिपल्ट आइतबार मात्र भयो,
अघिल्लो र यो बर्षको पहिलो कारोबारमा दुई वटा संयोग मिलेको छ,
पहिलो : पोहोर र अहिले दुवै कारोबार, ४ अर्बको लाईनमा भएको छ भने,
दोश्रो : नयाँ बर्षको दुवै कारोबार आइतबारकै दिन भएको छ,
तर पोहोर 2021 को अन्तिम कारोबारभन्दा नेप्से ६० अंकले बढेको थियो भने,
आज चाही १७ अंकले मात्र बढेको छ,
पोहोरको पौष महिनाको कारोबार भने बडो बिचित्रको देखिन्छ,
एकै महिनामा कुनै दिनको Turnover दुई अर्ब ३० करोड छ भने,
त्यहि महिनाको अर्को दिन ८ अर्ब माथीको Turnover भएको पनि देखिन्छ,
NEPSE:2,046.26..........................................Previous [2,029.03] (+17.24 / +0.85%)...................................Previous (+56.88 / +2.88%) SENSIND (394.01).........................................Previous (391.30] (+2.71 / +0.69%)........................................Previous (+9.98 / +2.62%) Turnover :4,048,879,510.19....................................Previous [2,860,345,781.68] Volume :10,880,904................................Previous [8,024,559]  « Last edit by nissan on Sun Jan 01, 2023 5:09 pm. »
|
|
#559 Thu Dec 29, 2022 4:53 pm
|
Member
Registered: Oct 2013
Posts: 1580
|
२०७९-०९-१४ (2022-12-29) ---------------------------- ई.सं. 2023 लाई NEPSE ले राम्रैसंग स्वागत गरेको देखिन्छ,
हेर्दै जाँदा रमाइलो data भेटियो,
अघिल्लो बर्षको पौष महिना भरमा NEPSE 498.94 अंकले बढेको रहेछ,
पौष ५ गते सबभन्दा कम 2358.81 अंकमा रहेको NEPSE,
पौष २९ गते सो महिनाको सबैभन्दा बढी 2857.75 अंकमा पुगेको रहेछ,
यो बर्ष भने यो महिनामा अहिलेसम्म NEPSE 173.97 अंकले बढेको देखिन्छ,
जबकी पोहोर १ देखि १४ गतेसम्म NEPSE 232.61 अंकले बढेको थियो,
NEPSE:2,029.03..........................................Previous [1,972.15] (+56.88 / +2.88%)...................................Previous (-11.81 / -0.60%) SENSIND (391.30).........................................Previous (381.32] (+9.98 / +2.62%)........................................Previous (-4.72 / -1.22%) Turnover :2,860,345,781.68....................................Previous [2,153,547,207.91] Volume :8,024,559................................Previous [6,530,415] 
|
|
#560 Wed Dec 28, 2022 4:52 pm
|
Member
Registered: Oct 2013
Posts: 1580
|
२०७९-०९-१३ (2022-12-2  ---------------------------- अतिनै तानातानमा सकियो आजको बजारको समय,
हेर्दा, घट्न मन छैन तर घट्नु पर्ने बाध्यता जस्तो देखियो,
थोरै थोरै घट्दै उकालो लागेको राम्रै हो,
आजको ठ्याक्कै एक बर्ष अघि आजकै दिन Volume (5,828,783) आजभन्दा कम र
Turnover(3,125,575,631) चाही आजभन्दा केहि बढी तर हिजोको भन्दा कम रहेछ,
तर NEPSE चाही 2518.99 मा थियो,
साथीहरुले कत्तिको याद गर्नु भो,
हिजोको Volume यो बर्षकै सबभन्दा धेरै मात्र होइन,
२०७८-१०-२५(6 अर्ब बढीको Turnover र NEPSE २८ सय माथी भएको दिन) पछिको सबभन्दा धेरै हो,
NEPSE:1,972.15..........................................Previous [1,983.95] (-11.81 / -0.60%)...................................Previous (+59.87 / +3.11%) SENSIND (381.32).........................................Previous (386.04] (-4.72 / -1.22%)........................................Previous (+10.59 / +2.82%) Turnover :2,153,547,207.91....................................Previous [3,884,396,997.98] Volume :6,530,415................................Previous [12,029,603] 
|
|
#561 Mon Dec 26, 2022 5:38 pm
|
Member
Registered: Oct 2013
Posts: 1580
|
२०७९-०९-११ (2022-12-26) ---------------------------- साउन ८, २०७९ पछि आज NEPSE सबैभन्दा बढी अंकले बढेको छ,
बिचमा कार्तिक १५ मा पनि बढेको हो तर आजभन्दा केहि कम,
Turnover चाही कार्तिक २१ पछिको यो धेरै हो,
त्यस्तै पौष महिनामा पहिलो पटक NEPSE १९०० अंक पार गर्न सफल भएको छ,
हुन् त बजार घटेर निकै तल आइसकेकोनै हो, योभन्दा कति घट्नु,
तर
कारोबार समयमानै बिष्णु पौडेल अर्थमन्त्री बन्दैछन् भन्ने हल्लाले पनि काम गर्यो होला,
सायद लगानीकर्ताहरुलाई त्यो भन्दा बढी प्रेरणा चाही,
बेलुन मन्त्रि बाटो लाग्नु र,
'ब्याजप्रसादजी'ले अब अर्थमन्त्रिको आदेश पालना गर्छन भन्ने कुराले दिए जस्तो लाग्छ,
अर्को कुरा 'हरि ढकाल'जीको दल सरकारमा गएको हुनाले पनि,
अब लगानीकर्ताको आवाज सजिलै सम्बन्धित निकायमा पुग्छ र
संसदमा घन्कन्छ भन्ने कुराले पनि यसरी बजार बढ्नमा काम गर्यो होला,
अब अर्थमन्त्रीको पहिलो statement कस्तो आउने हो,
प्रचण्डले 'पूंजीपती बर्ग'को कुरो कत्तिको गर्छन,
जे भए पनि अब २ बर्ष सरकार स्थिर हुने कुरा त सत्य हो,
लगानीकर्ताहरुको लागि यो समय पर्याप्त नभए पनि कम चाही होइन,
यो बढाईको फाइदा सबैलाई होस्,
यो सात दिन हेरेर लगानीकर्ताहरुले आगामी दिनको लागि रणनीति बनाउनु होला, NEPSE:1,924.09..........................................Previous [1,867.21] (+56.88 / +3.05%)...................................Previous (-0.01 / - 0.00%) SENSIND (375.45).........................................Previous (367.06] (+8.38 / +2.28%)........................................Previous (+1.72 / +0.47%) Turnover :2,097,049,941.35....................................Previous [1,119,797,921.31] Volume :5,653,053................................Previous [3,111,833] 
|
|
#562 Thu Dec 22, 2022 4:50 pm
|
Member
Registered: Oct 2013
Posts: 1580
|
२०७९-०९-०७ (2022-12-22) ---------------------------- देखिनलाई रातो भए पनि, आज बजार अंकको हिसाबले स्थिरनै रह्यो,
साधारण सभा, dividend र पौष महिनाको चटारो आफ्नो ठाउमा छदैछ,
Banker र ब्यबसायीहरु खुल्लम खुल्ला आरोप प्रत्यारोपमा उत्रन थाले,
दुवै एक आपसमा भन्दा पनि, मिलेर अर्थमन्त्रालय र ब्याजप्रसादको बिरुद्ध चाही उत्रिनु पर्नेथ्यो,
अर्को प्रसंग : हिजोदेखि फेरी चार्ल्स सोभराज एक्कासी चर्चामा आएका छन्,
७९ बर्षको बृद्धले पनि छुटेपछि गर्ने कामको list बनाई सकेछन,
अरु जे जस्तो भए पनि यिनको आत्मविश्वास र हिम्मतलाई चाही मान्नै पर्छ,
हाम्रो बजार त तन्नेरीनै छ,
आजै सांसदहरुले सपथ पनि खाएका छन्,
नयाँ सांसदहरु त्यो भवनभित्र छिरेपछि सेलाए कि झन् उर्जावान भए अब संसद अधिबेशन सुरु भएपछि
तिनको प्रस्तुतीबाट अड्कल काट्न सकिएला,
यस्तै हो यसैगरि यो पौष महिना बिताउनु पर्नेछ, नआत्तीकन l
NEPSE:1,867.21..........................................Previous [1,867.22] (-0.01 / - 0.00%)...................................Previous (-5.89 / -0.31%) SENSIND (367.06).........................................Previous (365.34] (+1.72 / +0.47%)........................................Previous (-1.31 / -0.36%) Turnover :1,119,797,921.31....................................Previous [863,816,561.06] Volume :3,111,833................................Previous [2,440,307] 
|
|
#563 Thu Dec 22, 2022 4:21 pm
|
Member
Registered: Oct 2013
Posts: 1580
|
मैले पनि मार्केट अन्तमा ८-१० अंकले घटेर बन्द हुनेभो भन्ने सोचेको थिए, एकछिनमा सुन्यमा झरेको देखियो, ३ दिन छुट्टि त्यसपछि खुल्दा सरकारले आकार लिने भएकाले बढाउन मन लाग्यो कि ? NTC चाही 58 ले मज्जाले ओइर्याएछ, लाभांस घोषणाको खुशीमा l 
|
|
#564 Thu Dec 22, 2022 3:03 pm
|
Member
Registered: Oct 2013
Posts: 7946
|
-.65% bata -.00% kasari ayo under one minute?????
Kunchai share le lyo or technical problem?
|
|
#565 Wed Dec 21, 2022 4:45 pm
|
Member
Registered: Oct 2013
Posts: 1580
|
२०७९-०९-०६ (2022-12-21) ---------------------------- SEBON ले नेपाली कांग्रेससंग स्पष्टिकरण सोध्नु पर्ने भो,
तपाईहरुको संसदीय दलको नेता छान्ने निर्बाचन,
किन ३ बजेपछि नगरेर, कारोबार समयभित्र गरेको भनेर,
त्यहि चुनाबलेनै यताको बजार थोरै घटायो भने,
उता तस्बिरवाला सांसदहरुको rate चाही सर्किट लाग्ने गरि बढाए जस्तो छ, NEPSE:1,867.22..........................................Previous [1,873.11] (-5.89 / -0.31%)...................................Previous (+14.22 / 0.76%) SENSIND (365.34).........................................Previous (366.65] (-1.31 / -0.36%)........................................Previous (+2.68 / 0.74%) Turnover :863,816,561.06....................................Previous [930,839,901.14] Volume :2,440,307................................Previous [3,022,052] 
|
|
#566 Mon Dec 19, 2022 5:22 pm
|
Member
Registered: Oct 2013
Posts: 1580
|
२०७९-०९-०४ (2022-12-19) ---------------------------- राष्ट्रपतीबाट सरकार बनाउन ७ दिनको समय तोकिदिएसंगै,
नेपालका दलहरु र नेताहरुले मात्र होइन बिदेशी शक्तिहरुले पनि
यहाँ आफ्नो खेल सुरु गरिसकेका छन्,
झन् दलका टाउकेहरुले त सकेको जाल झेल, साम, दाम के मात्र प्रयोग गर्दैनन होला र कुर्सिका लागि,
अहिले जसले गठबन्धन गर्न सक्यो उनीहरुकै भागमा ३५ वटा प्रमुख पदहरु पनि पर्ने हुनाले,
यसपालीनै आफ्नो पक्षको गठबन्धन बनाउन सबै मरिमेटेर लागेका छन्,
'बा'ले त दिनहु प्रचण्ड र माधब नेपाललाई फकाउन मान्छे लगाएका लगाएकै छन्,
सरकार जसको बने पनि,
यसपाली संसद भने केहि बिशेष अबस्य हुने सोचेको छु, हेरौ,
तर सरकार बन्नुभन्दा पहिल्यै,
आफुलाई भने मध्याबधी चुनाबको झल्को आउन थाली सक्यो,
त्यसो नहोस्, र अब आउने चुनाबमा 'समानुपातिक' निर्बाचन प्रणाली चाही खारेज होस्,
यसले आफ्ना आसेपासेलाई मौका दिने र
निर्बाचनमा कसैको बहुमत आउन नदिने बहेक, अर्को राम्रो काम गर्न सकेको देखिएन l NEPSE:1,858.89..........................................Previous [1,855.06] (+3.83 / +0.21%)...................................Previous (-27.54 / - 1.46%) SENSIND (363.97).........................................Previous (362.82] (+1.15 / +0.32%)........................................Previous (- 5.22 / - 1.42%) Turnover :886,098,568.38...................................Previous [1,157,155,099..09] Volume :2,699,331................................Previous [3,778,951] 
|
|
#567 Sun Dec 18, 2022 4:35 pm
|
Member
Registered: Oct 2013
Posts: 1580
|
२०७९-०९-०३ (2022-12-1  ---------------------------- आज पौष महिनाको पहिलो कारोबार,
यो चिसो महिनाले थप चिसो गर्नेनै भयो सबैतिर,
अब अघिल्लो महिनालाई पनि सरसर्ती हेरौ न कस्तो भएछ भनेर, मंसिर महिनालाई फर्केर हेर्दा :
यो महिनाको १८ कारोबार दिनमा NEPSE जम्मा ४ दिन चाही १९०० अंकबाट तल झरेको देखिन्छ,
यहि महिनामानै संघ र प्रदेशको आम निर्बाचन सम्पन्न हुनेदेखि त्यसको अन्तिम मत परिणामसम्म घोषणा गर्ने काम भएको छ,
यो महिनामा जम्मा कारोबार भएको = १८ दिन
एक अर्बको लाइनको कारोबार भएको = ११ दिन
एक अर्बभन्दा मुनिको कारोबार भएको = ६ दिन
दुइ अर्बको लाइनको कारोबार भएको = १ दिन
यो महिनाको सबभन्दा धेरै Turnover = 2,025,489,052.14 (मंसिर ११ गते )
यो महिनाको सबभन्दा कम Turnover = 727,877,897.36 (मंसिर २८ गते)
यो महिनाको सबभन्दा धेरै Volume = 8,092,719(मंसिर २१ गते)
यो महिनाको सबभन्दा थोरै Volume = 2,058,510 (मंसिर २७ गते)
रातो = ११ दिन ( १ आइतबार, २ सोमबार,३ मंगलबार,४ बुधबार, १ बिहिबार)
हरियो = ७ दिन ( २ आइतबार,१ सोमबार, १ मंगलबार, ३ बिहिबार)
यो महिनाको पहिलो कारोबार दिनको NEPSE = 1,936.83
यो महिनाको अन्तिम कारोबार दिनको NEPSE = 1,882.60
यो महिनामा घटेको NEPSE = 54.23
यो महिनाको Total Turnover = 22,677,413,614.95(कार्तिक महिनाकोभन्दा 5,813,238,029.95 ले बढि)
सबैले सम्झेकै होला २०७८-०४-३१ गते एकै दिनमा(लगभग अहिलेको एक महिनाको कारोबार बराबर)नै 21,647,600,654.50 को Turnover भएको थियो,
जुन दिन NEPSE 3,154.34 अंकमा थियो,
यहि महिनामा थापाथली सुकुम्बासी बस्तीमा नगर प्रहरीमाथी आक्रमण,
मौद्रिक नीतिको प्रथम त्रैमासिकको समिक्षा,
चोलेन्द्र सम्शेरलाई महाभियोगबाट क्लिन चिट दिने नाटक देखि
महाभियोगको टुंगो नलागी उनको कार्यकालको अन्त पनि यहि महिनामा हुन् पुगेको छ,
रेसम चौधरी देखि अफताब आलमसम्मलाई जेलमुक्त गर्न मिल्ने गरि सरकारले यहि महिनामानै ल्याएको अध्यादेस,
प्रमाणित नभई राष्ट्रपती कार्यालयमा थन्किएर बसेको छ,
हाम्रो सम्बेदनशील share मार्केटलाई यी तत्वहरुले पनि प्रभाव पार्ने भएकाले,
यी घटनाहरुलाई पनि यहाँ उल्लेख गर्न मन लागेको हो l
NEPSE:1,855.06..........................................Previous [1,882.60] (-27.54 / - 1.46%)...................................Previous (-14.48 / -0.76%) SENSIND (362.82).........................................Previous (368.04] (- 5.22 / - 1.42%)........................................Previous (-2.15 / -0.58%) Turnover :1,157,155,099..09...................................Previous [1,192,616,187.82] Volume :3,778,951................................Previous [4,804,279]  « Last edit by nissan on Sun Dec 18, 2022 4:38 pm. »
|
|
#568 Wed Dec 14, 2022 5:32 pm
|
Member
Registered: Oct 2013
Posts: 1580
|
२०७९-०८-२८ (2022-12-14) ---------------------------- एक बर्षअघि आजकै दिन NEPSE 137.17 अंकले बढेको थियो भने,
Turnover चाही लगभग ४ अर्बबाट, एक अर्ब ८४ करोडमा झरेको थियो,
त्यो दिन नेप्से चाही 2,418.84 अंकको थियो,
'पुष्प-कामरेड'ले पोहोर यहि समयमा लगानीकर्ताहरुलाई 'ईलाईट बर्ग' र सामन्ती भन्न पनि भ्याएका थिए,
त्यति पुरानो पनि होइननी, सम्झना आउनेनै भयो, NEPSE:1,897.08..........................................Previous [1,899.70] (-2.62 / -0.14%)...................................Previous (-2.57 / -0.13%) SENSIND (370.19).........................................Previous (371.30] (-1.12 / -0.30%)........................................Previous (-1.63 / -0.44%) Turnover :727,877,897.36...................................Previous [777,089,165.15] Volume :2,087,876................................Previous [2,058,510] 
|
|
#569 Tue Dec 13, 2022 4:36 pm
|
Member
Registered: Oct 2013
Posts: 1580
|
२०७९-०८-२७ (2022-12-13) ---------------------------- यो महिनाको सबभन्दा चुत्थो Turnover आजको,
अब के होला, अब के होला,
सधैको अनिश्चितता यतै हुने रहेछ,
तरै पनि,
सरकार गठनसंगै पक्कै सबैतिर केहि राम्रो हुनेछ भनि आशा गर्न नछाडौ,
NEPSE:1,899.70..........................................Previous [1,902.27] (-2.57 / -0.13%)...................................Previous (+16.96 / +0.90%) SENSIND (371.30).........................................Previous (372.93] (-1.63 / -0.44%)........................................Previous (+5.57 / +1.52%) Turnover :777,089,165.15...................................Previous [1,366,010,464.02] Volume :2,058,510................................Previous [4,470,625] 
|
|
#570 Mon Dec 12, 2022 5:15 pm
|
Member
Registered: Oct 2013
Posts: 1580
|
२०७९-०८-२६ (2022-12-12) ---------------------------- पहिला ओलीजीले नचाहिदा अध्यादेश ल्याए भनेर बिरोध गर्थे,
अहिले आफै यस्तो अध्यादेश ल्याए, हल्ला रेशमको चलाए पनि यसको लहरो तन्किएर अफताब आलमसम्म पुग्न सक्छ,
आजै धेरै जस्तो 'अर्थ' पोर्टलहरुले परशुराम कुंवर क्षेत्रीको विचार भनेर, पौष महिनामा मज्जाले ब्याज दर घट्छ भनेर लेखेका छन्,
अब सरकार कहिले बन्ने हो, कस्तो बन्ने हो,
को प्रम र को अर्थमन्त्री बन्ने हो,
यो बजारमा कतिधेरै चनाखो बन्नु पर्ने हो ?
उता रसिया र उक्रेनको युद्धले असर गर्ने,
कोहि world cup को सिजनमा दिनभर लगानीकर्ता सुत्ने हुनाले यस्तै हो भन्छन,
कोहि आयात खुल्यो अब टेन्सन भनि हल्ला पिट्छन,
सरकार त्यति सस्तोमा पेट्रोल किनेर पनि अझ नाफा पुगेन भनेर भाउ घटाउदैन,
30% लाभांस कम भएर होला, Number one bank को मुल्य स्वाट्ट घट्छ,
१-२ कुरा जानेर मात्र 'नाफाको' लगानीकर्ता बन्न नसकिने रहेछ,
घाम चर्को लागे किन लाग्यो र यसले बजारमा के असर पार्छ र
पानी दर्के किन यसरी पानी पर्यो र बजारले यसलाई कसरी रियाक्ट गर्छ,
सबको ज्ञान हुनु पर्ने रहेछ,
सिक्न र जान्न धेरै कुरा बाँकि छ l NEPSE:1,902.27..........................................Previous [1,885.31] (+16.96 / +0.90%)...................................Previous (-31.97 / -1.67%) SENSIND (372.93).........................................Previous (367.36] (+5.57 / +1.52%)........................................Previous (-6.28 / -1.68%) Turnover :1,366,010,464.02...................................Previous [1,103,404,045.08] Volume :4,470,625................................Previous [3,512,834] 
|
|
#571 Wed Dec 07, 2022 4:50 pm
|
Member
Registered: Oct 2013
Posts: 1580
|
२०७९-०८-२१ (2022-12-07) ---------------------------- चुनाब र त्यसको मत गणना र हार-जीतको नतिजा अनि
नयाँ बन्ने सरकारका बारेमा सबै व्यस्त भएर,
सायद सबैले भुलिसकेका थिए होलान,
देशका प्रधानन्यायाधिसलाई महाभियोग लगाउने प्रस्ताब संसदमा अड्केर बसेको छ भनेर,
आज एक जना कर्मचारीले उनै प्र.न्या.लाई लेखेको 'Love Letter'का कारण,
आजको दिन पुरै 'चोलेन्द्रमय' बन्न पुग्यो,
अब उनको कार्यकाल सकिन पनि एक हप्ता न बाँकी रहेछ,
हैन एउटा कर्मचारीले यसरी आफ्नो सुरले 'पत्र' लेख्न सम्भब होला र ?
NEPSE:1,917.28..........................................Previous [1,933.88] (-16.61 / -0.86%)...................................Previous (-4.87 / -0.25%) SENSIND (373.64).........................................Previous (378.08] (-4.44 / -1.17%)........................................Previous (-1.56 / -0.41%) Turnover :1,654,662,550.99...................................Previous [965,210,899.14] Volume :8,092,719................................Previous [2,581,425] 
|
|
#572 Wed Dec 07, 2022 11:25 am
|
Member
Registered: Oct 2013
Posts: 1580
|
यस पटकको 'हाउस'मा हुने नयाँ(पहिला कतै परिक्षण नभएकाहरुको)हरुको प्रतिनिधित्वले, युटुबरहरुलाई सबभन्दा बढी प्रेरणा मिल्नेछ सायद, प्रतिनिधिसभामा ब्यबहारिक कुराको घन्टी बजाउन, तत्कालै गर्न सकिने कुरा छाडेर, ठुल ठुला कुरा गरेर 'बा'ले जस्तो प्रतिनिधिसभाको समय बर्बाद नगरुन l 
|
|
#573 Wed Dec 07, 2022 8:12 am
|
Member
Registered: Mar 2018
Posts: 2438
|
हाउसमा २० वोटा घन्टी बज्दा के होला भनेर १७ दिन अघि भनेको अधिकारीहरुले सुनेछन कि, ठ्याक्कै मिलेछ ? 
|
|
#574 Tue Dec 06, 2022 4:58 pm
|
Member
Registered: Oct 2013
Posts: 1580
|
२०७९-०८-२० (2022-12-06) ---------------------------- यो मंगसिर महिनाको १२ दिनमा NEPSE न 1965.98 अंकबाट बढ्न सक्यो,
न त 1921.99 अंकभन्दा तल झर्ननै सकेको छ,
खेला 44 अंक भित्रनै चली रहेको देखिन्छ,
अब गठबन्धन(अहिलेकैमा केहि अरु थपिएर) कै सरकार बन्ने पक्का पक्कि भए जस्तो देखिन्छ,
लगानीकर्ताहरुको खाश चासो पनि को प्रधानमन्त्री बन्ने हो र अर्थमन्त्रालयमा को आउने हो भन्नेमानै देखिन्छ,
अहिले भएका दल थप टुक्रने सम्भावना पनि छदै छ,
नयाँ सरकार बन्ने कामले रफ्तार लिनासाथ्,
NEPSE ले पनि आफ्नो मुड सार्बजनिक गर्न थाली हाल्ने देखिन्छ l
NEPSE:1,933.88..........................................Previous [1,938.76] (-4.87 / -0.25%)...................................Previous (-24.46 / -1.25%) SENSIND (378.0  .........................................Previous (379.64] (-1.56 / -0.41%)........................................Previous (-5.19 / -1.35%) Turnover :965,210,899.14...................................Previous [1,670,455,034.63] Volume :2,581,425................................Previous [4,127,286] 
|
|
#575 Mon Dec 05, 2022 4:59 pm
|
Member
Registered: Oct 2013
Posts: 1580
|
२०७९-०८-१९ (2022-12-05) ---------------------------- गठबन्धनका दलहरुमा चित्रबहादुर केसीजीको दलको सायद कुनै माग(संघियताको बिरोध बाहेक) छैन होला,
तर बाँकि ४ दललाई राष्ट्रपती तिनकै दलबाट चाहिएको छ,
दुइ दललाई अहिल्यै शुरुमै प्रधानमन्त्री नभई भा छैन,
तानतुन गरेर बहुमत पुर्यायो,
२ - ३ महिनापछि आफुले तानेकोलाई अर्कोले तानेर कता पुर्याई सकेको हुन्छ,
फेरी राष्ट्रिय दलनै यति धेरै भए,
बरु सबै मिलेर यो समानुपातिक निर्बाचन प्रणालीलाई हटाऊ र प्रतक्ष्य निर्बाचन प्रणाली लागु गरौ,
नत्र भ्याकुताको धार्नी कहिल्यै नपुग्ने तर जोखीचाई सधै रहनु पर्ने,
यहि चुनाबी प्रणाली रहुन्जेल जति पटक मध्याबधि गरे पनि result उही हो,
बजार पनि पुरा कन्फ्युजनमा देखियो,
कस्तो सरकार बन्छ कस्तो भनेर,
NEPSE:1,938.76..........................................Previous [1,963.22] (-24.46 / -1.25%)...................................Previous (+2.16 / +0.11%) SENSIND (379.64).........................................Previous (384.83] (-5.19 / -1.35%)........................................Previous (+1.17 / +0.30%) Turnover :1,670,455,034.63...................................Previous [1,561,702,992.01] Volume :4,127,286................................Previous [3,694,084] 
|