Author |
Post |
|
#426 Sun Jul 09, 2023 6:09 pm
|
Member
Registered: Oct 2013
Posts: 1575
|
२०८०-०३-२४ (2023-07-09) ---------------------------- पोहोर असार २८ गतेदेखि साउन ४ गतेसम्म लगालग ८ दिन बजार हरियो बनेको थियो,
गभर्नरलाई बजारले पटक्कै मन पराएको थिएन, अहिले जस्तै,
फेरी मौद्रिक नीतिको बेला आउदै थियो,
ठ्याक्कै त्यतिनै बेला २८ गते एमालेको अर्थ विभागका सदस्य M.Adhikari, गभर्नर भएको शंकाले बजार तातेको थियो,
२४ घण्टा बित्दा पनि एमालेले M.Adhikari को तस्बिरसम्म सार्बजनिक गर्न सकेन,
खोटांगका M बाट नाम आउने अधिकारी थर्का मान्छेहरुको भागाभागनै
चल्यो, आफुलाई नक्कली M.Adhikari बनाई दिने हुन् कि भनेर,
यहि बिषयले सडक र संसद दुवै तात्न थाल्यो,
संसदमा गभर्नरको राजिनामा माग देखि बर्खास्तसम्मको आवाज उठ्न थाल्यो,
बजारले नरुचाएका अधिकारीजी अब बिदा हुन्छन भन्ने आशले लगानीकर्ताहरुमा उत्साह बढ्यो र बजार भटाभट बढ्न थाल्यो,
त्यहि माथी असार ३० गते प्रधानमन्त्रिले मार्ग प्रसस्त गरिदिन गभर्नरलाई भन्नु भयो भन्ने समाचार बाहिरियो,
अनि झन् बजार हरियो हुन् थाल्यो,
अन्तिममा हात्ती आयो, हात्ती आयो फुस्सा जस्तो भयो, साउन ६ गते मौद्रिक नीति आयो,
पछि जनार्दन शर्माजीको cctv र M.Adhikari काण्डबीच मिलापत्र भयो l
अहिले पनि मौद्रिक नीतिको समय आउदै छ तर पोहोर जस्तो scandal हरु अहिले छैनन,
गभर्नर ढुक्क र सुरक्षीत अबस्थामा छन्,
लगानीकर्ताहरुलाई मायाँ गर्ने मान्छे यिनी होइनन,
अर्थमन्त्री पनि म्याउ-म्याउ मात्र गर्ने रहेछन l
आशा गरौ सबै राम्रो होस्,
पोहोर जस्तै लगालग बजार हरियो बनेको देख्न पाइयोस् l NEPSE:2,077.76..........................................Previous [2,049.38] (+28.38 / +1.38%)...................................Previous (-0.06 / -0.00%) SENSIND (388.51).........................................Previous (382.16] (+6.35 / +1.66%)........................................Previous (-0.58 / -0.15%) Turnover :3,042,543,961.01....................................Previous [3,077,498,315.30] Volume :8,352,576................................Previous [9,751,985] 
|
|
#427 Thu Jul 06, 2023 6:18 pm
|
Member
Registered: Oct 2013
Posts: 1575
|
२०८०-०३-२१ (2023-07-06) ---------------------------- पोहोर आजको दिन NEPSE 2,030.59 अंकमा थियो,
volume आजको भन्दा ११ लाखको हाराहारीले कम थियो भने,
Turnover पनि १० करोडको हाराहारिले थोरै थियो,
अहिले प्रितम सिंहको पुस्तक बिमोचनमा प्रचण्डले बोलेको कुरालाई लिएर,
एमालेले प्रधानमन्त्रीको राजिनामा मागे जस्तै,
पोहोर पनि यो समयमा त्यस्तै-त्यस्तै थियो एमालेको माग,
CCTV को footage delete काण्डमा,उसले अर्थमन्त्रीको राजिनामा माग गरेको थियो,
पोहोर भोलीको दिन(२०७९-०३-२२) जनार्दन शर्माले राजिनामा गरेको त सबैलाई याद होला l
पछि कसरी M.Adhikari काण्डसंग, footage delete काण्डको मिलापत्र गरियो,
त्यो पनि हामीले बिर्सिएका छैनौ,
असार महिनामा यस्ता काम भइ रहने रहेछन,
अब मिलापत्रका लागि एमालेको कुन चाही काण्ड बाहिर आउने हो, हेरौ l
पोहोर असारमा नेप्से 1,848 देखि 2,086 को बिचमा घुमेको थियो,
यसपाली चाही अहिलेसम्म यो महिनामा नेप्से 2,049 देखि 2,186 को बिचमा तलमाथि गरेको देखिन्छ l
NEPSE:2,049.38..........................................Previous [2,049.44] (-0.06 / -0.00%)...................................Previous (-39.26 / -1.88%) SENSIND (382.16).........................................Previous (382.74] (-0.58 / -0.15%)........................................Previous (-5.89 / -1.52%) Turnover :3,077,498,315.30....................................Previous [3,073,992,136.78] Volume :9,751,985................................Previous [8,092,969] 
|
|
#428 Tue Jul 04, 2023 4:34 pm
|
Member
Registered: Oct 2013
Posts: 1575
|
२०८०-०३-१९ (2023-07-04) ---------------------------- एक बर्ष अघि आजकै दिन NEPSE आज जस्तै हरियो भएको थियो,
त्यो बेला पनि NEPSE आजकै जस्तो मिल्दोजुल्दो 2,086.42 अंकमा थियो,
Turnover पनि आजकै जस्तो दुइ अर्बकै लाइनमा थियो भने
Volume पनि 6,227,692 को थियो, आजको जस्तै l
यो महिनाको सबैभन्दा कम Turnover आजको हो र २ अर्बको लाइनको Turnover पनि पहिलो हो,
मौद्रिक नीति बारे बिज्ञहरु बर्बराएको चाही सुन्न नभुल्नु होला l
NEPSE:2,088.70..........................................Previous [2,075.97] (+12.73 / +0.61%)...................................Previous (-21.32 / -1.02%) SENSIND (388.62).........................................Previous (386.35] (+2.28 / +0.59%)........................................Previous (-4.17 / -1.07%) Turnover :2,576,140,128.50....................................Previous [4,051,078,375.44] Volume :6,450,934................................Previous [9,418,952] 
|
|
#429 Sun Jul 02, 2023 5:58 pm
|
Member
Registered: Oct 2013
Posts: 1575
|
२०८०-०३-१७ (2023-07-02) ---------------------------- 2080-2-1 मा 1,818.31 मा झरेको NEPSE,
2080-3-12 गते NEPSE 2,186.36 अंकमा पुग्यो,
यो बिचमा 32 वटा कारोबार दिनमा नेप्से 368.05अंकले बढेको देखिन्छ,
जेष्ठ १ गते Turnover 72 करोडको थियो भने आजको Turnover 5 अर्ब माथीको छ,
अब 'मौद्रिक नीति'को मसालाले मार्केटमा काम गर्छ केहि दिन,
एकसे एक बिज्ञहरुले त्यसमाथी नून र तेल थप्ने काम गर्छननै,
बैंकहरुले पनि सरकारले सुरक्षा नदिए, सेवा बन्द गर्नेसम्मको धम्कि दिन थालेका छन्,
सरकार पनि खोइ ढुक्कसँग चल्न पाएको देखिदैन.
प्रधानमन्त्री बहुमत पुर्याउन तानतुनमै व्यस्त भएको देखिन्छ l
NEPSE:2,097.29..........................................Previous [2,150.99] (-53.70 / -2.50%)...................................Previous (-35.37 / -1.62%) SENSIND (390.52).........................................Previous (402.75] (-12.23 / -3.04%)........................................Previous (-9.76 / -2.37%) Turnover :5,081,976,179.39....................................Previous [5,972,286,481.45] Volume :11,323,183................................Previous [13,342,996] 
|
|
#430 Tue Jun 27, 2023 5:25 pm
|
Member
Registered: Oct 2013
Posts: 1575
|
२०८०-०३-१२ (2023-06-27) ---------------------------- पोहोर आजकै दिन NEPSE 94.92 अंकले बढेको थियो,
बजारमा चमक-धमक देखिदैछ,
२०७९-२-१३ गतेपछि NEPSE ले जम्मा एकदिन,
२०७९ पौष २५ गते मात्र हो २२०० अंकको दर्शन गरेर त्गयहि टिकेको,
त्यसपछि आजसम्म त्यो अबसर मिलेको छैन,
अझ भन्नु पर्दा बर्षदिन भरिमा एक दिनमात्र NEPSE ले २२०० को अंक कटाएको छ l
अनि ज्याकमा यता आउनु र गुरुङजी उता(CBI नियन्त्रणमा) जानु पनि गज्जबको संयोग लागेको छ मलाई l
भ्रष्टहरुलाई समाएको समाचारले पनि बजारका लागि इन्धनको काम गर्ने रहेछ,
भोली अर्को ठुलो माछोको समाचार आए हुने l
NEPSE:2,186.36..........................................Previous [2,129.42] (+56.94 / +2.67%)...................................Previous (+11.69 / +0.55%) SENSIND (412.51).........................................Previous (399.11] (+13.40 / +3.36%)........................................Previous (+3.66 / +0.93%) Turnover :5,476,287,740.48....................................Previous [5,312,422,087.27] Volume :13,107,080................................Previous [11,903,687]  « Last edit by nissan on Tue Jun 27, 2023 5:38 pm. »
|
|
#431 Mon Jun 26, 2023 6:22 pm
|
Member
Registered: Oct 2013
Posts: 1575
|
२०८०-०३-११ (2023-06-26) ---------------------------- NEPSE १० कारोबार दिनदेखि २००० अंक माथी रहेको छ भने,
२ दिन देखि चाही २१०० अंक माथी उक्लिएको छ,
७ कारोबार दिनमा ३२ अर्बभन्दा बढीको Turnover हुनु पनि राम्रो कुरो हो,
जबकी जेष्ठ महिनामा लगभग ४९ अर्ब, बैशाख महिनाभरमा लगभग १६ अर्ब, चैत्र महिनामा लगभग २५ अर्ब,
फागुन महिनामा २८ अर्ब Turnover भएको थियो l
बैंकमा अधिक तरलता तर लगानी कतै गएको छैन,
बजारको चढाईको कारण त्यो पनि त होलानी,
अर्को प्रसंग :
पशुपतीमा चढाईएको जलहरिमा,
केपी ओली, बिद्या भण्डारी, भानुभक्त ढकाल लगायत १३ जनाको नाम सुनको अक्षरले कुंदीएको छ रे,
तिनका सन्तानले भविष्यमा हाम्रा पुर्खाले पशुपतीनाथको मन्दिरमा ११० किलो सुनको जलहरि चढाएथे भनुन भनेर होला,
आ-आफ्नो सम्पत्ती बेचेर पशुपतिलाई चढाए जस्तो l
के गगन थापाले ३५ जना जति सांसद लिएर पार्टी फुटाउन लागेका हुन् ?
एमालेले प्रधानमन्त्रीको ललिपप देखाएको छ भन्ने सुनिन्छ,
एकातिर देउबाजीलाई अर्कोतिर थापाजीलाई २ वटा ललिपप देखाएको हल्ला सुनिन्छ l
NEPSE:2,129.42..........................................Previous [2,117.73] (+11.69 / +0.55%)...................................Previous (+62.21 / +3.03%) SENSIND (399.11).........................................Previous (395.45] (+3.66 / +0.93%)........................................Previous (+9.64 / +2.50%) Turnover :5,312,422,087.27....................................Previous [6,490,418,307.89] Volume :11,903,687................................Previous [14,751,247] 
|
|
#432 Thu Jun 22, 2023 5:22 pm
|
Member
Registered: Oct 2013
Posts: 1575
|
२०८०-०३-०७ (2023-06-22) ---------------------------- ठिक एक बर्ष अघि आजकै दिन, रास्वपा गठन भएको थियो,
तिलक कोइरालाजीलाई आज धेरैले गाली गरि रहेका छन्,
तर आघिल्लो बर्ष आजकै दिन, उनलाई प्रहरीले अनशन स्थलबाट उठाएर अस्पताल लगेको थियो,
४ घण्टा अस्पताल बसेर फेरी उनी अनशन स्थलमा फर्केका थिए,
पोहोर आजको दिन 39.93 अंक बढेर NEPSE 1,924.74 अंकमा पुगेको थियो l
अदालतले हिन्दी फिल्म नरोक्नु भनेपछि,
बालेनले सरकारलाई गाली गरे र अदालतको निर्णय नमान्ने बताए आज,
अब अदालतले मानहानी गरेको भनेर स्पष्टिकरण सोध्न सक्छ,
जबकी नागरिक उड्डयन प्राधिकरणले सोधेको स्पष्टिकरण बदर गर्ने माग सहित उनी आफै अदालत गएको अवस्था छ l
जोडतोडका साथ् ज्ञानेन्द्र ब. कार्की र सुवास नेवांगहरु कांग्रेस - एमालेको सरकार बनाउन भनेर घनिभूत बार्तामा छन् भन्ने सुनिन्छ,
बजारले, अब उब्जनी खाने बेलामा त्यहि अनुसारको रफ्तार लिने देखिन्छ l NEPSE:2,055.53.........................................Previous [2,050.78] (+4.75 / +0.23%)...................................Previous (-14.05 / -0.68%) SENSIND (385.81).........................................Previous (386.11] (-0.30 / -0.08%)........................................Previous (-2.03 / -0.52%) Turnover :3,444,862,501.60....................................Previous [3,496,822,260.78] Volume :8,008,246................................Previous [8,651,164] 
|
|
#433 Thu Jun 22, 2023 11:00 am
|
Member
Registered: Mar 2018
Posts: 2432
|
येस्तो ठोकुवा गर्नु पछाडी को नियेत के हो ? त्यो पनि मार्केट को यो अबस्थामा https://www.youtube.com/watch?v=C3b730C_bGQ
|
|
#434 Wed Jun 21, 2023 6:32 pm
|
Member
Registered: Oct 2013
Posts: 1575
|
२०८०-०३-०६ (2023-06-21) ---------------------------- घोराहीकै IPO को चर्चा,
संसदीय समितिले नयाँ ब्रोकर रोक्नु भन्ने आदेश र फेरी दिनु भन्ने फरमान,
त्रिविका उप-प्राध्यापकलाई यत्रो समय थला पर्ने गरि कुट्ने आफ्नो कार्यकर्ताको मुद्धा फिर्ता लिएको भनेर चौतर्फी सरकारको आलोचना,
समाजबादी मोर्चा घोषणा, त्यसपछि कांग्रेस र एमाले मिलेर सरकार बनाउनु पर्छ भन्ने आवाज,
२ रुपैया किलोमा पनि नकिनेको भनि नेपाली किसानले कालिमाटीमा बाटोभरि गोलभेडा फालेको कुराले मन खिन्न,
बजेटमा आलु-प्याजमा भ्याट लगाएर, ब्यापारीलाई आफ्नो stock को प्याज तेब्बर भाउ बढाएर बेच्ने अबसर,
बालेनको आदिपुरुषको नाममा स्टन्ट,
काठमाडौँका बिद्यालयलाई जेहेन्दार र गरिब बिद्यार्थीलाई छात्रवृत्ति दिन महानगरको उर्दी र
अब एकै बिद्यालयमा बिद्यार्थीबाट बर्षै पिच्छे भर्ना शुल्क लिन नपाउने,
लगानीकर्ताहरुको महासंघ बनाउने 'गफ',
बालेनले सांसदहरुलाई वडा अध्यक्ष बनाई छाडे, आफुसंग स्वीकृति नलिई लगानीको योजना नबनाउनु भनेर,
नत्र कार्यान्वयन गर्न दिन्न भनेर,
अहिलेको समय यस्तै - यस्तै चलिरहेको छ l बजारले पनि यस्ता समाचार र घटनाहरुसंग तालमा ताल त मिलाउनै पर्यो नी l NEPSE:2,050.78.........................................Previous [2,064.83] (-14.05 / -0.68%)...................................Previous (-26.56 /-1.27%) SENSIND (386.11).........................................Previous (388.14] (-2.03 / -0.52%)........................................Previous (-4.25 / -1.08%) Turnover :3,496,822,260.78....................................Previous [4,110,606,953.97] Volume :8,651,164................................Previous [10,792,742] 
|
|
#435 Wed Jun 14, 2023 6:22 pm
|
Member
Registered: Oct 2013
Posts: 1575
|
२०८०-०२-३१ (2023-06-14) ---------------------------- यो महिनाको जेष्ठ २ देखि जेष्ठ १० सम्म,
र जेष्ठ २३ देखि जेष्ठ ३१ सम्म लगातार ७ दिनसम्म NEPSE हरियो बनेको छ,
अघिल्लो पटक बढ्दा १८०० को लाइनमा ५ दिन र १९०० को लाइनमा २ दिन थियो बजार भने,
यसपाली अहिलेसम्म १९०० को लाइनमा ५ दिन र २००० को लाइनमा २ दिन NEPSE बसेको देखिन्छ,
अहिल्लो पटकको सातौ दिनमा NEPSE १६.४९ अंकले बढेको थियो भने
यसपालिको सातौ दिनमा पनि NEPSE उस्तै १६.४२ अंकले हरियो भएको देखिन्छ,
बार पनि मिलेको छ दुवै पटक मंगलबारबाट शुरु भएर अर्को बुधबार(भोलीको हेर्न बाँकीनै छ)सम्म बजार बढेको छ,
अघिल्लो बर्ष आजकै दिन NEPSE 1,996.25 अंकमा थियो र त्यो हप्ता लगातार ५ दिन बजार रातो भएको थियो,
त्यो समयमा लगानीकर्ताहरुले बिभिन्न माग राखेर आन्दोलन गरिरहेका थिए र
तिलक कोइराला 'आमरण अनशन'को तयारीमा थिए,
पोहोर जेष्ठ महिनामा बजार लगातार ८ दिन रातो बनेको थियो,
भोली बजार हरियो बन्यो भने फोहोरको रातो 'फच्या' हुन्छ l NEPSE:2,037.06..........................................Previous [2,020.64] (+16.42 / +0.81%)...................................Previous (+34.17 / +1.72%) SENSIND (383.69).........................................Previous (379.87] (+3.82 / +1.01%)........................................Previous (+6.52 / +1.75%) Turnover :5,017,807,682.80....................................Previous [4,126,695,943.97] Volume :12,561,440................................Previous [10,801,693] 
|
|
#436 Tue Jun 13, 2023 5:36 pm
|
Member
Registered: Oct 2013
Posts: 1575
|
२०८०-०२-३० (2023-06-13) ---------------------------- २०७९ फागुन २५ गतेपछि बल्ल आज NEPSE २००० माथी उक्लिएको छ,
२०७९ माघ ४ गतेपछि बल्ल Turnover ४ अर्ब नाघेको छ,
२०७९ माघ २५ गतेपछि बल्ल Volume एक करोड माथी उक्लिएको छ,
६ दिन बजार लगातार बढ्दा, NEPSE भने बल्ल 118.65 अंकले बढेको छ l
NEPSE:2,020.64..........................................Previous [1,987.87] (+34.17 / +1.72%)...................................Previous (+7.79 / +0.39%) SENSIND (379.87).........................................Previous (373.35] (+6.52 / +1.75%)........................................Previous (+2.83 / +0.76%) Turnover :4,126,695,943.97....................................Previous [2,886,509,415.69] Volume :10,801,693................................Previous [7,454,007] 
|
|
#437 Mon Jun 12, 2023 6:30 pm
|
Member
Registered: Oct 2013
Posts: 1575
|
२०८०-०२-२९ (2023-06-12) ---------------------------- यहि महिनाको २ गतेदेखि १० गतेसम्म NEPSE लगातार ७ दिन हरियो बनेको थियो,
त्यो बेला बढेको अंक चाही 140.78 थियो,
अहिले त २३ गतेदेखि आजसम्म,
जम्मा ५ दिन मात्र बजार निरन्तर हरियो भएको हो र अंक पनि जम्मा 85.88 मात्र बढेको त होनी l
NEPSE:1,987.87..........................................Previous [1,980.09] (+7.79 / +0.39%)...................................Previous (+40.48 / +2.09%) SENSIND (373.35).........................................Previous (370.52] (+2.83 / +0.76%)........................................Previous (+6.10 / +1.67%) Turnover : 2,886,509,415.69....................................Previous [3,454,344,563.9] Volume :7,454,007................................Previous [9,528,255] 
|
|
#438 Sun Jun 11, 2023 6:38 pm
|
Member
Registered: Oct 2013
Posts: 1575
|
२०८०-०२-२८ (2023-06-11) ---------------------------- माघ २९ - २०७९ पछि, आज पहिलो पटक ३ अर्बको Turnover देख्ने अबसर जुर्यो,
त्यो महिना भरमा ११ वटा कारोबार दिनमा ३ अर्ब माथीको Turnover भएको थियो,
त्यो माघ महिनामा,
यतिको बिमान दुर्घटना, सभामुख र उपसभामुखको निर्बाचन, जीवन आचार्यको आत्मदाह,
रबी लामिछानेको नागरिकता बारे सर्बोच्चको फैसला,
स्वतन्त्र पार्टी समर्थन कायम राख्दै सरकारबाट बाहिरियो, बालेनले सुकुम्बासी बस्ति हटाउन प्रमलाई भेटे र सहकारी बारे छलफल गर्न गभर्नरलाई भेटेका थिए,
भने लगानीकर्ताहरुलाई चाही मौद्रिक नीति र राष्ट्रपती निर्बाचनको तनावले गाँजेको देखिन्थ्यो l अहिले चाही लगानीकर्ताहरुको दिमाग,
यो NEPSE को बढाईले २२०० कटाउला कि नकटाउला ?
असारमा ब्याजदर के होला ?
बजेटमा उल्लेख भएको बजार बिरुद्धको नीति, संसोधन मार्फत हटाएर पास होला कि त्यतिकै पास होला ?
मौद्रिक नीति कस्तो आउला ?
कुन सेक्टर चल्ला र कुन अलि पछि पर्ला ?
भन्ने जस्ता प्रश्नहरुले घेरिएको छ कि जस्तो लाग्छ l NEPSE:1,980.09..........................................Previous [1,939.61] (+40.48 / +2.09%)...................................Previous (+7.27 / +0.38%) SENSIND (370.52).........................................Previous (364.42] (+6.10 / +1.67%)........................................Previous (-1.05 / -0.29%) Turnover :3,454,344,563.91....................................Previous [2,305,888,931.72] Volume :9,528,255................................Previous [5,962,093]  « Last edit by nissan on Sun Jun 11, 2023 6:44 pm. »
|
|
#439 Mon Jun 05, 2023 6:23 pm
|
Member
Registered: Oct 2013
Posts: 1575
|
२०८०-०२-२२ (2023-06-05) ---------------------------- कर्मचारीतन्त्रले नराम्ररी रिन्ग्याई दियो यसपाली लगानीकर्ताहरुलाई,
मोनिटरी पोलिसीबाट आश गरेका थिए,
M. Adhikari ले लोप्पा खुवाई दिए,
त्यसपछि बजेटबाट केहि होलाकी भन्ने सपना देखेका थिए,
'महत'जीले जुँगा हल्लाएको देख्दा त केहि गरि हाल्लान कि भन्ने पनि सोच नआएको होइन,
तर यसमा त झन् दिने होइन,
हामीसंग भएको लिने पो कुरो आयो,
त्यो पनि पकेटमा भएको मात्र लिने कुरा हो र घरमा भएको पनि सबै चाहिन्छ रे भन्ने कुरा आयो,
अघिल्लो बर्ष लगानीकर्ताहरुले जेष्ठ २३ गतेदेखि आन्दोलन शुरु गरेका थिए,
यसपालीको आन्दोलन चाही त्यो समय अगावै सकिएको छ र
कर्मचारीतन्त्रको षड्यन्त्रका कारण लगानीकर्ताहरुले केहि नयाँ कुरो पाउन नसकेपनि,
हामीले जित्यौ भनेर मुस्कुराएर हिंड्नु पर्या छ,
जब कि थप भएको र पाएको चाही केहि होइन फेरी,
भोलिको दिनमा यिनीहरु थप आक्रामक तरिकाले बजार र लगानीकर्ताहरु माथी खनिने सम्भावना उत्तिकै देखिन्छ,
यी कर्मचारीहरु हार स्वीकार्न सक्दैनन, ईख लिन्छन र त्यसको बदलामा दुख दिन जुनै स्तरसम्म गिर्न सक्छन,
त्यसैले निश्चित शुल्क(थोरै, सबैले तिर्न सक्ने) लिएर लगानीकर्ताहरुलाई सदस्य बनाउने र लाखौको संख्यामा सदस्य बनिसकेपछि,
तिनकै मत मार्फत चुनिने गरि एउटा 'महासंघ' बनाउन सके, कुनै पनि दलले बजार र लगानीकर्ताहरुलाई हेप्न सक्तैन थिए,
तर दल पिच्छेको लगानीकर्ताहरुको संगठन बनि रहने हो भने,
बजारको दुखको दिन कहिल्यै सकिने छैन l
NEPSE:1,901.99..........................................Previous [1,919.37] (-17.38 / -0.91%)...................................Previous (+53.03 / +2.84%) SENSIND (362.22).........................................Previous (365.10] (-2.88 / -0.79%)........................................Previous (+9.49 / +2.67%) Turnover :1,973,491,107.31....................................Previous [1,656,340,391.57] Volume :5,620,381................................Previous [4,557,169] 
|
|
#440 Thu Jun 01, 2023 7:11 pm
|
Member
Registered: Oct 2013
Posts: 1575
|
तिनको बेकम्मापनले देशको अर्थ ब्यबस्था बिग्रने अनि,
खाश समस्या पत्ता लगाएर समाधानतिर लाग्नु सट्टा,
सिधै जनताको सम्पत्ती माथी आक्रमण गर्ने,
धेरै 'अति' गर्दा 'खति' हुन्छ भन्छन,
बजारका लगानीकर्ताहरुको अबस्था ठ्याक्कै,
झ्याल ढोका बन्द गरेर कुटाइ खाइ रहेको 'बिरालो'को जस्तो छ,
'बिरालो'ले आफु मर्ने अवस्था आएपछि,
बाँच्नलाई जे गर्छ यता पनि त्यहि हुन् सक्छ,
तर त्यो दिन नआओस् र समयमै यो नीति सुधियोस l
|
|
#441 Thu Jun 01, 2023 6:46 pm
|
Member
Registered: Oct 2013
Posts: 7911
|
के सेयर बजार संकटले हिंसक क्रान्ति सुरु गर्न लागेको हो ? जस्तै श्रीलंका, बंगलादेशमा| र बैंकिङ, व्यापार आदि जस्ता अन्य संकटहरू सामेल हुनेछन्|
यो प्रचण्ड र महत र नोकरशाहीलाई थाहा छैन यिनिहरु सबै कति पीडामा छन् |
शेयर बजार, आर्थिक, बैंकिङ संकट मिलाउनुको सट्टा - प्रचण्ड/महत सरकारले सबैमा कर बढाएको छ |
Is share market crisis about to start violent revolution? like in srilanka, bangladesh. and other crisis like banking, business etc will join.
this prachanda and mahat and bureaucracy has no idea how much pain all of them are in.
Instead of fixing share market, economic, banking crisis- prachanda/mahat govt has made things worse and increased tax on all.
|
|
#442 Thu Jun 01, 2023 5:49 pm
|
Member
Registered: Oct 2013
Posts: 1575
|
२०८०-०२-१८ (2023-06-01) ---------------------------- खतिवडा, अधिकारी, शर्मा, क्षेत्री, दाहालले घोचेका घोच्यै थिए शरीर भरि,
झन् केहि राहत मिल्ला कि,
उसले त कुरो बुझेन्, यसले त बुझ्ला कि भनि आश गरेर बसेको,
झन् अहिले 'महत र मैनाली' कम्पनी त, घाँटीनै छप्काउने सुर सारले पो अघि बढे त,
केहि समय अघि यिनले यसै गरि पुस्तकमा कर लगाएका थिए,
ब्यबसायी, प्राध्यापक र बिद्यार्थीहरुले धेरै आन्दोलन गरेपछि मात्र यिनको कानमा तेल पस्यो र अर्को बजेटमा त्यो हटाएका थिए,
त्यो बेला व्यवसायीले पुस्तक नमगाएर बिरोध गरेका थिए र बजारमा आबश्यक पुस्तकको अभाब भएको थियो,
सो करको बिरोध गर्नेहरुको पसलमा करले छापा मारेर अनाबश्यक दुख र झमेला पनि दिएको थियो,
अहिले पनि करको बिरोध गरेको हुनाले,
केहि ठुला लगानीकर्ता माथी यिनले त्यसै गर्ने सम्भावना देखिन्छ,
लगभग 99% कर्मचारीहरु पटक्कै ठिक छैनन्,
मैनालीजीको कोहि नातेदार, खासै नपढेको, लोकसेवामा नाम निकालेर अधिकृत पनि नबनेको तर
मार्केटबाट राम्रै कमाइ गरेर मैनालीजीको भन्दा उच्चकोटीको जीवन शैली अंगालेको त छैन,
त्यहि व्यक्तिको आरिषले पनि यस्तो नीति ल्याई दिन सक्छन,
राष्ट्र बैंककाले आफ्नो छिमेकि लगानीकर्ताको रिष गरे जस्तो गरेर,
कर्मचारीतन्त्र बेकम्माको र नेताहरु कम अध्ययनशील भएको मुलुकमा अक्सर जनताले,
यस्तै दुख र पीर खेपी रहनु पर्छ l फेरी पटक पटक यिनै 'पटके',
'नियमित' रुपमा कुर्सि र पावरमा आको आइ गर्छन,
यिनलाई के गरि खेद्ने होला अझै साढे ४ बर्ष पुरै बाँकि छ l NEPSE:1,866.34..........................................Previous [1,849.79] (+16.54 / +0.89%)...................................Previous (-38.83 / -2.06%) SENSIND (355.62).........................................Previous (353.43] (+2.19 / +0.62)........................................Previous (-7.28 / -2.02%) Turnover :1,654,648,922.34....................................Previous [2,315,169,571.94] Volume :6,128,621................................Previous [8,736,128] 
|
|
#443 Wed May 31, 2023 5:56 pm
|
Member
Registered: Oct 2013
Posts: 1575
|
२०८०-०२-१७ (2023-05-31) ----------------------------
share market बाट घाटा खाएर पलाएन भएकाहरु चुपचाप बस्ने,
तिनले खाशै मेडियाबाजी पनि नगर्ने,
तर बजारबाट कमाएकाहरुको फुर्तिनै बेग्लै,
सामाजिक संजाल, youtube, online र TV Channel हरुमा गएर,
फलानो सालमा यतिमा यो share किने र यतिमा बेचेर,
यति कमाई र फलानो ठाउमा जग्गा जोडे,
फलानो ठाउमा घर किने,
बाउको जन्मदिनमा यति लाखको गाडी दिए,
अबको बुलमा अरबपति बन्ने हो, यो २५-३० करोडको Portfolio त के हो र भन्ने,
हल्ला अलि बढी भएकै हो,
अनि के चाहियो, राष्ट्र बैंककालाई इर्ष्या लाग्ने भइ हाल्यो,
राजस्व कार्यालयकालाई डाहाले पोल्ने भइ-हाल्यो,
गएको बुलमा सबभन्दा बढी फलानोले यति अरब कमायो भनेर पनि सुनिएकै हो,
खोइ गुमेको चर्चा,
बजार कहाँबाट कहाँ आइपुग्यो, कति गुम्यो कति लगानीकर्ताहरुको सम्पत्ती,
अनि नीति बनाउनेहरुले पनि त्यहि कमाउनेहरुलाई देखे,
तिनको फुर्तिफार्ती यिनलाई सहि नसक्नु भयो, अनि 'नीति'को बज्र प्रहार गरे,
हाम्रो जस्तो आरिसेहरुको देशमा, प्रदर्शन कम गर्नु पर्छ भन्ने ज्ञान यो 'कर-काण्ड'ले दिएको छ,
खातिवडाजी, शर्माजी र महतजी सबै टन्न सम्पत्ती भएका बजार पीडक भनेर आफैलाई प्रमाणित गरे,
कर्मचारी, नेता र बिचौलिया बाहेक अरुलाई यो देशमा टिक्न निकैनै मुश्किल बन्दै गएको छ l
NEPSE:1,849.79..........................................Previous [1,888.61]
(-38.83 / -2.06%)...................................Previous (-53.16 / -2.74%
SENSIND (353.43).........................................Previous (360.71]
(-7.28 / -2.02%)........................................Previous (-8.72 / -2.36%)
Turnover :2,315,169,571.94....................................Previous [2,341,777,844.61]
Volume :8,736,128................................Previous [7,074,255]
|
|
#444 Tue May 30, 2023 5:18 pm
|
Member
Registered: Oct 2013
Posts: 1575
|
२०८०-०२-१६ (2023-05-30) ---------------------------- सरकारको नजर 'कर' कसरी धेरै जम्मा गर्नेमै हुन्छ,
करको निर्धारण गर्ने तहमा पुगेकाहरु भनेका,
कर्मचारी र नेताहरुनै हुन्,
यो तहका नेता कर्मचारीहरु पहिला गरिबनै थिए तर जागिर खाएको र राजनीति गरेको भरमा ती अहिले धनी छन्,
तिनलाई २-४ करोड कमाउन, न त उद्योगीले जस्तो उद्योग चलाउनु पर्छ
नत लगानीकर्ताहरुले जस्तो आफ्नो सम्पत्ती डुब्ने होकी भनेर riskनै लिनु पर्छ,
बिचौलिया भइ दिए पुग्छ,
तिनले मार्केटमा पनि लगानी गर्छन, नीति आफै बनाउने भएपछि,
महंगोमा बेच्छन र तिनले ल्याएको नीतिका कारण बजार तल गएको बेला फेरी उठाउ छन्,
तिनीहरु जस्ता सिमित बर्गका मान्छे यस्तो बेला सधै लाभमै हुन्छन,
तिन स्थानीय तह, प्रदेश र संघ भनेर बेहिसाब खर्च गर्ने,
अनेकौ नचाहिने नियुक्तिहरु वितरण गर्ने अनि
तिनको खर्च धान्न हामीले आफ्नो पेट काट्नु पर्ने,
यसरी मार्केटलाई पेल्न गभर्नर, अर्थमन्त्री, प्रधानमन्त्री, अर्थमन्त्रालयका कर्मचारीहरु हौसीनुमा,
सुलसुले लगानीकर्ताहरु, केहि आर्थिक पोर्टलहरु पनि कम जिम्मेवार छैनन्,
अनि ८-१० जनाको एउटा ग्यांग छ, तिनको केहि काम छैन,
न लगानीकर्ताहरुको हितमा लबिंग गर्न सक्छन,
नेताहरुको घर-घर चहारेर फोटो खिच्यो अनि समाचार बन्यो,
तिनीहरुको अन्तिक लक्ष्य भनेकै फोटो सुट मात्र हो,
एउटा बलियो संगठन बनाए पो नीति बनाउनेसंग जुध्न सकिन्छ,
खाली insider मात्र गरेर मार्केटको हित कहिल्यै हुँदैन,
नेपालमा अर्काको पैसामा मस्ती गर्नेहरुलाई मात्र सहज छ,
जो बैंकको ऋण लिई लिई र आफ्नो कमाइ र बचत हालेर केहि गर्न चाहन्छ,
तिनलाई यसै गरि हतोत्साही र पाइला पाइलामा ठेस लगाउने काम गरिन्छ l इतिहासलाई पनि फर्केर हेर्नु पर्छ,
पोहोर बजेट आउनु एक दिन अघिदेखि रातो भएको बजार लगालग ८ दिन रातो भएको थियो र
त्यो बेला बजार 2,239.60 बाट घटेर 2,020.23 सम्म गरेर जम्मा 219.37 अंक घटेको थियो,
बजेटपछिको पहिलो कारोबार दिन भने आजकै जस्तो 50.33 अंकले घटेको थियो,
र बजेट भाषणको छैठौ कारोबार दिनदेखि लगानीकर्ताहरुको आन्दोलन शुरु भएको थियो,
सो आन्दोलनले बजार थप घटेर १८०० को लाइनमा पुगेको थियो l
अहिलेलाई त अब केहि सम्भब छैन अब, बजेट पास भइ हाल्छ,
तर पहल गर्न सके केहि करका दरमा ६ महिनापछि correction हुन् सक्छ,
यदि त्यसको लागि लागि राम्रैसंग लबिंग गर्न सक्यो भने l
NEPSE:1,888.61..........................................Previous [1,941.77] (-53.16 / -2.74%)...................................Previous (-17.35 / -0.89%) SENSIND (360.71).........................................Previous (369.42] (-8.72 / -2.36%)........................................Previous (-1.90 / -0.51%) Turnover :2,341,777,844.61....................................Previous [2,639,509,697.70] Volume :7,074,255................................Previous [7,049,699] 
|
|
#445 Sun May 28, 2023 5:21 pm
|
Member
Registered: Oct 2013
Posts: 1575
|
२०८०-०२-१४ (2023-05-2  ---------------------------- NEPSE लगालग सात दिन बढेको कुरा पनि भुल्नु हुँदैन,
आगामी रातो र हरियो त भोलीको बजेट भाषणले तय गर्ने कुरा भयो क्यार,
अघिल्लो बर्षको बजेट भाषणको ठिक अघिल्लो कारोबारको दिन पनि NEPSE रातै भएको थियो,
त्यो दिन पनि लगभग आजकै हाराहारीमा 15.82 अंकले बजार घटेको थियो l
NEPSE:1,941.77..........................................Previous [1,959.12] (-17.35 / -0.89%)...................................Previous (+16.49 / +0.85%) SENSIND (369.42).........................................Previous (371.31] (-1.90 / -0.51%)........................................Previous (+3.58 / +0.97%) Turnover :2,639,509,697.70....................................Previous [1,873,018,024.09] Volume :7,049,699................................Previous [4,865,475] 
|
|
#446 Tue May 23, 2023 5:38 pm
|
Member
Registered: Oct 2013
Posts: 1575
|
२०८०-०२-०९ (2023-05-23) ---------------------------- २०७९ चैत्र २९ गते NEPSE 1,963.55 अंकमा थियो,
त्यसपछिको NEPSE को माथिल्लोअंक आजको हो,
त्यो दिन नेप्से 92.22 अंकको दबंग शैलीले बढेको थियो,
१९०० माथी उक्लिएको चाही, बैसाख १२ गतेपछि हो,
2 अर्बको Turnover चाही फागुन १४-२०७९ पछि आज मात्र देख्न पाइयो,
NEPSE:1,942.63..........................................Previous [1,891.31] (+51.31 / +2.71%)...................................Previous (+8.10 / +0.43%) SENSIND (367.72).........................................Previous (358.88] (+8.83 / +2.46%)........................................Previous (+0.54 / +0.15%) Turnover :2,200,023,945.87....................................Previous [1,278,704,726.38] Volume :6,067,432................................Previous [3,495,752] 
|
|
#447 Mon May 22, 2023 5:47 pm
|
Member
Registered: Oct 2013
Posts: 1575
|
२०८०-०२-०८ (2023-05-22) ---------------------------- आजसम्म बजार लगातार ५ दिन हरियो बनेको छ,
यसअघि २०७९ साउन, ११ देखि १६ गतेसम्मको ५ कारोबार दिनमा पनि NEPSE हरियो बनेको थियो,
त्यो बेलाको घटना हेर्ने हो भने,
१२ साउन : SEBON को नीति तथा कार्यक्रम सार्बजनिक,
१३ साउन : बजेट निर्माण प्रकृयामा अर्थमन्त्री जनार्दन शर्मालाई सफाई,
१५ साउन : राजिनामा गरेको २६ औ दिनमा शर्मा पुन: अर्थमन्त्री नियुक्त,
जस्ता घटना घटेका थिए,
गत जेष्ठ महिनामा चाही ८ दिनसम्म बजार रातो बनेको देखिन्छ,
बजेट भाषण अघि १ दिन र बाँकि ७ दिन चाही बजेट भाषणपछि l
NEPSE:1,891.31..........................................Previous [1,883.20] (+8.10 / +0.43%)...................................Previous (+5.88 / +0.31%) SENSIND (358.8  .........................................Previous (358.33] (+0.54 / +0.15%)........................................Previous (+0.14 / +04%) Turnover :1,278,704,726.38....................................Previous [1,600,492,731.53] Volume :3,495,752................................Previous [4,828,776] 
|
|
#448 Sun May 21, 2023 6:18 pm
|
Member
Registered: Oct 2013
Posts: 1575
|
२०८०-०२-०७ (2023-05-21) ---------------------------- एक बर्ष अगाडीको कुरो कत्तिको याद छ तपाईहरुलाई,
बिदेशी मुद्रा संचिति घटेको र सोधानान्तर घाटा बढेकोले,
सार्बजनिक बिदा बढाएर खर्च कटौतीको नीति सरकारले लिएको थियो र
सनिबार र आइतबार बिदाको घोषणा गरिएको थियो,
यसकै असर स्वरुप,
पोहोर जेष्ठ (2079-2-6) ६ गतेबाट शुक्रबार पनि share कारोबार गराउने निर्णय NEPSE ले गरेको थियो,
जम्मा १५ वटा शुक्रबार, मार्केट खुलेको देखिन्छ,
पछि २ दिनको सार्बजनिक बिदाले पनि खर्च कटौती हुन् नसकेपछि,
त्यो बिदाको निर्णय ढुस भएको थियो भने,
NEPSE ले भने केहि समय जिद्धि गरेरै पनि ६ दिननै बजार खोलेको थियो,
१५ वटा शुक्रबारे बजारमा, १२ दिन बजार रातो र ३ दिन मात्र हरियो बनेको थियो l NEPSE:1,883.20..........................................Previous [1,877.32] (+5.88 / +0.31%)...................................Previous (+32.30 / +1.75%) SENSIND (358.33).........................................Previous (358.18] (+0.14 / +04%)........................................Previous (+5.23 / +1.48%) Turnover :1,600,492,731.53....................................Previous [1,474,765,388.21] Volume :4,828,776................................Previous [4,422,186] 
|
|
#449 Thu May 18, 2023 4:47 pm
|
Member
Registered: Oct 2013
Posts: 1575
|
२०८०-०२-०४ (2023-05-1  ---------------------------- संसदमा, सांसद र प्रधानमन्त्रीको प्रश्नोत्तरको कार्यक्रम राखिएको रहेछ,
त्यसका लगि पहिल्यै प्रश्न दिनु पर्ने रहेछ,
अनि त्यो प्रश्नको उत्तर प्रमका सहयोगीले लेखि दिने रहेछन,
अनि प्रमले चाही त्यो पाठ गर्ने मात्र रहेछन,
answer sheet लिएर प्रम जवाफ दिने डेस्कमा जाने,
अनि answer sheet को क्रम अनुसार सभामुखले प्रश्न राख्न लगाउने रहेछन,
नियम चाही प्रतिप्रश्न गर्न नपाउने रहेछ,
कतिपय अबस्थामा प्रम उत्तर पढ्न ready भएर बसेको तर,
पहिल्यै Out भएको प्रश्नभन्दा फरक प्रश्न एमालेका सांसदहरुले सोध्न लागेका हुन् कि भनेर,
प्रधानमन्त्री उत्तर लेखेको पाना यता र उता पल्टाएर छट्पटाएको जस्तो आभास हुन्थ्यो,
खाशै गाह्रो प्रश्न कसैले गरेनन,
शिशिर खनालजीले चुनाबी प्रचारको बेला चढेको हेलिकप्टरको भाडा तपाइले आफै तिरेको हो भनि सोधेको प्रश्नको उत्तर आएन,
उता संसदमा यी सब कुरा चलिरहदा,
यता भने NEPSE ले चैत्र ३० पछिको २४ सौ कारोबार दिनमा,
एक अर्बभन्दा बढीको Turnover पुर्याउन कम्मर कसेर लागेको देखिन्थ्यो l NEPSE:1,877.32..........................................Previous [1,845.01] (+32.30 / +1.75%)...................................Previous (+23.39 / +1.28%) SENSIND (358.1  .........................................Previous (352.94] (+5.23 / +1.48%)........................................Previous (+4.00 / +1.15%) Turnover :1,474,765,388.21....................................Previous [857,624,318.46] Volume :4,422,186................................Previous [2,577,210] 
|
|
#450 Wed May 17, 2023 5:26 pm
|
Member
Registered: Oct 2013
Posts: 1575
|
२०८०-०२-०३ (2023-05-17) ---------------------------- ठ्याक्कै एक बर्ष अघि आज(2079-2-3)कै दिन NEPSE,
84.9 अंकले रातो भएको थियो, र त्यो स्थानीय चुनाबपछिको पहिलो कारोबार दिन थियो,
२ बर्षअघि ठिक आजकै दिन(2078-2-3) NEPSE ले ,
All-Time High (2,759.21) को Record बनाएको थियो,
आजको NEPSE को अंक चाही ,
परारभन्दा 914.2 ले कम र पोहोरभन्दा 420.51 ले थोरै हो l
NEPSE:1,845.01..........................................Previous [1,821.62] (+23.39 / +1.28%)...................................Previous (+3.31 /+0.18%) SENSIND (352.94).........................................Previous (348.93] (+4.00 / +1.15%)........................................Previous (-0.08 / -0.02%) Turnover :857,624,318.46....................................Previous [640,117,260.52] Volume :2,577,210................................Previous [2,063,737] 
|