Author |
Post |
|
#226 Mon Jun 24, 2024 6:00 pm
|
Member
Registered: Oct 2013
Posts: 1537
|
२०८१-०३-१० (2024-06-24) ---------------------------- DIG पोषराज पोखरेललाई AIG बनाउन सिफारिस गरिएछ,
त्यो पनि २ दिनका लागि,
यो केका लागि थाहा छ ?
बढी सेवा सुबिधा र पेन्सनका लागि,
अनि सिफारिस गर्ने स्वाँठहरु चाही आफ्नो बाउ-बाजेको सम्पत्ती जसरी,
२ दिनका लागि AIG बनेस भनेर आशिर्बाद दिन्छन,
अनि तिनको खर्चको भार चाही हामी जनताले उठाउनु पर्ने l
अहिले अख्तियारले मुद्धा हालेको मुख्यसचिबले पनि अवकाशको २ दिन अघि मात्र नियुक्ति पड्काएका रहेछन l
अलि अगाडि ......मैनालीले सचिब पदबाट अवकास हुने ७ दिन अगाडि मात्र,
स्वैक्छिक अवकाश रोजेर ७ बर्षको तलब भत्ता लिएका थिए र ७ वर्षपछि नियमित पेन्सन पनि चालु भएको थियो l
यसरी यिनीहरु आफुले लुट्ने र आफ्नाहरुलाई लुट्न दिनमै मस्त छन्,
कुनै कुराको सुधारमा यिनको कुनै चासो छैन l
अहिले अख्तियारले मुख्य सचिवलाई बिशेष अदालतमा मुद्धा दायर गरि रहँदा,
पोहोर आजकै दिनको एउटा घटना याद आयो,
पोहोर आजकै दिन, अख्तियारले पशुपतीनाथको मन्दिरमा सेना खटाएर,
सबै ढोका बन्द गरेर, दर्शन गर्न जान पनि नदिएर, जलहरिको सुनको तौल लिएको थियो,
अहिले त्यो काण्डका आरोपी सबै अदालतबाट सफाई पाएर आ-आफ्नो काममा फर्कीसके l
यिनले पनि सफाई पाए भने अनौठो नमान्दा हुन्छ, त्यसकै लागि योजना आयोगमा पद पनि सृजना गरि सकिएको छ l NEPSE:2,066.16..........................................Previous [2,062.94] (+3.21 / +0.15%)...................................Previous (-5.37 / -0.25%) SENSIND (364.81).........................................Previous (364.42) (+0.39 / +0.10%)........................................Previous (-0.63 / -0.17%) Turnover :5,077,255,116.15...................................Previous [4,374,597,458.65] Volume:10,707,878................................Previous [9,561,727] 
|
|
#227 Sun Jun 23, 2024 5:54 pm
|
Member
Registered: Oct 2013
Posts: 1537
|
२०८१-०३-०९ (2024-06-23) ---------------------------- आजका दुई प्रिय खबर :
१) बहालवाला मुख्य सचिब डा.बैकुण्ठ अर्याल बिरुद्ध, अन्तशुल्क स्टिकर खरीद प्रकरणमा,
अख्तियारद्वारा बिशेष अदालतमा मुद्धा दायर, उनि स्वत निलम्बनमा परेका छन्,
२) दक्षिण कोरियाका लागि प्रस्तावित राजदुत शुशील प्याकुरेलद्वारा आफुसंग सल्लाह नगरी आफ्नो नाम प्रस्ताब गरेको भनेर,
राजदुत पद अस्विकार,
पुराना अप्रिय कुरा पनि सम्झनै पर्यो,
परार आजको दिन(२०७९-३-९)मा, NEPSE आफ्नो पुरानो All Time High 1881 अंकबाट,
तल 1,848.28 अंकमा झरेको थियो,
त्यो बेला राष्ट बैंकका गभर्नरको एउटै रटान थियो,
" देश श्रीलंका बन्छ र ब्याजदर अझै बढ्छ " l
पोहोर चाही आजको दिन शनिवार परेको थियो l
NEPSE:2,062.94..........................................Previous [2,068.31] (-5.37 / -0.25%)...................................Previous (-10.44 / -0.50%) SENSIND (364.42).........................................Previous (365.05) (-0.63 / -0.17%)........................................Previous (-269 / -0.73%) Turnover :4,374,597,458.65...................................Previous [3,870,744,903.34] Volume:9,561,727................................Previous [8,663,699] 
|
|
#228 Fri Jun 21, 2024 6:06 pm
|
Member
Registered: Oct 2013
Posts: 1537
|
अघिल्लो बर्ष आजको दिनको कुरा संझौ है त, रमाईलै हुन्छ l
१) तिलक कोइरालाले राष्ट्र बैंकले १२ करोडको cap र लोंनको १५०% लाई चलाउदैन भनेपछि,
तिनको खुब आलोचना भएको थियो,
२) पोहोर नागरिक उड्डयन प्राधिकरण र बालेनबीच गैरीगाउमा पार्क बनाउने बिषयमा लफडा परेको थियो,
प्राधिकरणले बालेनलाई स्पष्टीकरणसम्म सोधेको थियो र स्पष्टिकरण चित्त नबुझे हवाई यात्रामै प्रतिबन्ध लगाउने धम्कि पनि दिएको थियो,
अनी बालेनले त्यो स्पष्टिकरण रद्ध गर्न अदालतमा मुद्धानै हाल्नु परेको थियो,
३) बालेनले काठमाडौँका हलमा हिन्दि चलचित्र(आदिपुरुष चलचित्रको संवादका कारण)चलाउन नदिने भने, हलवालाले मुद्धा हाले, अनि अदालतले यस्तो नगर्न बालेनलाई आदेश दियो,
अनि के चाहियो बालेनले पनि अदालतको यस्तो निर्णय नमान्ने चेतावनी दिए,
४) आजको जस्तै रास्वपाको चियापानमा नेताहरुको भिड लागेको थियो, अनि banker अनिल शाह रास्वपा प्रवेश भनेर समाचार पनि आएको थियो l
परारको कुरा गर्ने हो भने,
तिलक कोइराला आमरण अनसनमा बसेका थिए, उनको स्वास्थ्यमा समस्या आयो भनेर,
अस्पताल लागिएको थियो, केहि घन्टाको उपचारपछि उनि फेरी फर्केर अनसन बसेका थिए,
अर्को कुरा परार आजकै दिन राष्ट्रिय सभा गृहमा बढो तामझामका साथ् रबी लामिछानेले,
आफ्नो पार्टीको घोषणा गरेका थिए l
यसपाली चाही बालेनसंग निहु खोज्ने जिम्मा २२ नं. वडाका एमाले वडा अध्यक्षले लिएका छन्,
पोहोर सुकुम्बासीहरुको जस्तै यसपाली चाही कवाडी ब्यबसायी बनेर पोहोरकै team ले दिनहु आन्दोलन गर्दै छ,
जति बर्ष बिते पनि,
अबस्था उस्तै, चालमाल उस्तै l
 « Last edit by nissan on Fri Jun 21, 2024 6:12 pm. »
|
|
#229 Thu Jun 20, 2024 6:51 pm
|
Member
Registered: Oct 2013
Posts: 1537
|
२०८१-०३-०६ (2024-06-20) ---------------------------- बजारको हालत यस्तो छ,
अर्थमन्त्री हुने दिन खुब लगानीकर्ताहरुको चिन्ता भए जस्तो गरेर
यति र उति लाख लगानीकर्ताहरु भएको क्षेत्र भनेर खुब चिन्ता गरि टोपल्ने,
अनि काम चाही एउटा धितोपत्र बोर्डको अध्यक्ष पनि नियुक गर्न नसक्ने,
अब महान्यायाधिवक्ताले नयाँ प्रक्रियाबाट नियुक्ति गर्न लिखित सुझाब दिने होला,
सार्बजनिक पदका हरेक व्यक्ति कोहि पनि सरासर काम गर्दैनन्,
प्रत्यक काममा मलाई चाही के लाभ हुन्छ,
भनेर खाली bargaining मात्र चलाउछन l
अब त झन् सत्ता गठबन्धन फेर्ने हल्ला चलाउन थालेका छन्,
यस्तो बेला सम्पूर्ण बल आफ्नो कुर्सि जोगाउनका लागि लगाउनुनै पर्यो,
अनि हामी चाही यिनैबाट राम्रो नीति आउलाकि भनेर आशा गरेर बसेका छौ l
पोहोर यो समयमा घोराही सिमेन्टको खुब चर्चा थियो,
१४ जनाले 10 लाख कित्ताका दरले IPO भरेको तर खातामा पैसा नभएको,
IPO Oversubscribed भएको तथ्यांक सार्बजनिक गरेर, IPO भर्ने समय चाही असार १४ सम्म थप्ने तमाशा गरेको,
अनि IPO नै स्थगन गरेको, याद छ नि ?
NEPSE:2,068.31..........................................Previous [2,078.76] (-10.44 / -0.50%)...................................Previous (+2.27 / +0.10%) SENSIND (365.05).........................................Previous (367.75) (-269 / -0.73%)........................................Previous (+0.55 / +0.14%) Turnover :3,870,744,903.34...................................Previous [3,404,372,632.64] Volume:8,663,699................................Previous [7,209,757] 
|
|
#230 Wed Jun 19, 2024 6:20 pm
|
Member
Registered: Oct 2013
Posts: 1537
|
२०८१-०३-०५ (2024-06-19) ---------------------------- संसदमा जे बोल्दा र जे गर्दा बढी प्रचार हुन्छ,
सांसदहरु त्यहि त्यहि गर्न थालेका छन्,
आजको आमरेश कुमार सिंहको प्रस्तुतिनै हेरौ न,
यो बजेट भाषण र त्यसमाथी हुने कर्मकाण्डी छलफल बेतुकका लाग्न थालेका छन् l
प्रमलाई यो गठबन्धनले असजिलो हुन् थाल्यो रे,
उपेन्द्र यादबको पार्टी फुटको मुद्धाको फैसला कस्तो आउछ,
त्यो हेरेर अघि बढ्ने रे,
धितोपत्र बोर्डको अध्यक्ष पदमा कत्रो खेल चल्दो रहेछ त,
अहिले चली रहेको ३ जना उम्मेदवार अनुपस्थित काण्डबाटै प्रष्ट भइ हाल्छ l
पोहोरको कुरा गरौ,
संसदिय समितिले ब्रोकर लाइसेन्समा किचकिच गरि रहेको थियो,
अझ भन्नु पर्दा तिनैलेनै रोकेर राखेका थिए,
धेरै बिरोध हुन् थालेपछि पोहोर आजकै दिन रमेश हमालजीलाई,
संसदिय समितिमा बोलाएर, ब्रोकर लाइसेन्स खोल्न निर्देशन दिएका थिए l
NEPSE:2,078.76..........................................Previous [2,076.49] (+2.27 / +0.10%)...................................Previous (-18.76 / -0.89%) SENSIND (367.75).........................................Previous (367.20) (+0.55 / +0.14%)........................................Previous (-3.72 / -1.00%) Turnover :3,404,372,632.64...................................Previous [4,055,737,884.32] Volume:7,209,757................................Previous [9,544,734] 
|
|
#231 Tue Jun 18, 2024 5:32 pm
|
Member
Registered: Oct 2013
Posts: 1537
|
२०८१-०३-०४ (2024-06-1  ---------------------------- हामी सबैले सुनी आएको एउटा कथा फेरी दोहोर्याउन मन लाग्यो -
कथा यस्तो छ,
एउटा गाउँमा एउटा गरिब बस्दो रहेछ,
उ सधै स्नान गर्न धारामा जाँदो रहेछ,
त्यहि पुजाआजा गर्दो रहेछ, आफ्नो दरिद्रता छिटो हटोस् भनेर प्रार्थना पनि गर्दो रहेछ,
समय बित्दै गयो, ति गरिबको दिन चर्या यसैगरि अघि बढ्दै थियो l
एक दिन उसले धारामा नुहाई-धुवाई गरेर पुजा मात्र के सकेको थियो,
एउटा कुखुरा आएर उसको अगाडि एउटा सुनको अण्डा पारि दियो,
गरिब खुशी भएर अण्डा लिएर घर गयो,
उसले पुजा गरि सकेपछि,
यसैगरि दिनहु त्यो कुखुरा आएर सुनको अण्डा दिन थाल्यो l
जब ती सम्पन्न बन्दै गए, त्यो गरिब र उसको श्रीमतीमा अझ धनि हुने लोभ पलाउन थाल्यो,
एक दिन ति बुढाबुढीले दिनहु एक एक वटा सुनको अण्डा लिई रहनु सट्टा,
बरु कुखुराको पेटको सबै अण्डा एकै चोटी निकाल्ने निर्णय गरे,
बिहान धारामा जब कुखुरा सुनको अण्डा दिन आयो,
तिनले च्याप्पै समाते र सबै अण्डा एकै चोटी निकाल्ने भनेर त्यसको पेट चिर्न थाले,
अन्तमा कुखुरा मर्यो उसको पेटमा केहि थिएन l
यसरी बढी लोभमा फसेर त्यो मान्छेले सुनको अण्डा दिने कुखुरालाई गुमायो l
यो कथा,
विद्याधर मल्लिक आयोगको कर प्रणाली सुधार सम्बन्धि सुझाबसंग ठ्याक्क मेल खाएकाले
यहाँ प्रस्तुत गरेको हुँ,
हामी लगानीकर्ताहरु राज्यको लागि सुनको अण्डा दिने कुखुरानै हौ,
मल्लिकजीले सुझाब दिनु भएछ,
थोरै होइन यिनको पेटबाट घ्याप्पै सबै अण्डा एकै पटक निकाल l
देश स्वाँठ र ल्वाँठहरुकै कब्जामा गयो,
यिनको हातबाट बिगार्न बाँकी, कुनै क्षेत्र बाँकि नरहने भो l NEPSE:2,076.49..........................................Previous [2,095.25] (-18.76 / -0.89%)...................................Previous (-17.04 / -0.80%) SENSIND (367.20).........................................Previous (370.93) (-3.72 / -1.00%)........................................Previous (-3.25 / -0.86%) Turnover :4,055,737,884.32...................................Previous [5,472,253,551.85] Volume:9,544,734................................Previous [13,223,884]  « Last edit by nissan on Tue Jun 18, 2024 5:36 pm. »
|
|
#232 Sun Jun 16, 2024 7:02 pm
|
Member
Registered: Oct 2013
Posts: 1537
|
२०८१-०३-०२ (2024-06-16) ---------------------------- पोहोर असार महिनाको पहिलो कारोबारको दिन बजार 52 अंकले बढेको थियो l
Turnover पनि लगभग ५ अर्बको थियो
अनि NEPSE पनि आजको जत्तिनै थियो, 2,094.33 अंकमा l
बजेट पाश गर्ने दिन नजिकिदै जाँदा,
बिभिन्न स्वार्थ र अनेक नियुक्तिका लागि सरकारभित्र रहेका दलहरु बिच,
दह्रो bargaining चलेको देखिन्छ l
आजको धितोपत्र बोर्डको अध्यक्षका लागि कार्ययोजना प्रस्तुतीकरणमा ३ जना त अनुपस्थितनै भए l
कांग्रेस रास्वपापट्टि अलि नरम सुनिन थालेको छ l
अर्को हचुवाको निर्णय बिरुद्ध सर्बोच्चमा रिट परेछ,
कार्ड छापेर दिन नसक्ने, नभ्याउने अनि,
लागु चाही गरि हाल्ने, त्यो पनि कोबाट भने, बृद्ध वृद्धाहरुबाट l
गर्मि अत्याधिक बढेको छ जताततै रननन्न भएको अबस्था छ,
तर हाम्रो बजार झन् झन् चिसिदै गएको छ l NEPSE:2,095.25..........................................Previous [2,112.29] (-17.04 / -0.80%)...................................Previous (-9.32 / - 0.43%) SENSIND (370.93).........................................Previous (374.1  (-3.25 / -0.86%)........................................Previous (-0.72 / -0.19%) Turnover :5,472,253,551.85...................................Previous [6,443,029,208.11] Volume:13,223,884................................Previous [14,294,712] 
|
|
#233 Thu Jun 13, 2024 6:20 pm
|
Member
Registered: Oct 2013
Posts: 1537
|
२०८१-०२-३१ (2024-06-13) ---------------------------- २०८०, माघ ८ गते सोमबारपछि बल्ल पहिलो पटक बजारमा ६ अर्बको Turnover कटेको छ l
६ अर्बको Turnover कटाउन ९१ वटा कारोबार दिन लागेको छ,
९१ दिनअघि ६ अर्ब माथिको Turnover हुँदा,
Top 10 Turnover :
HRL NGPL API SNLI NRN SONA NRIC AKPL HDHPC RIDI
आजको Top 10 Turnover :
NFS NRN SFCL SDLBSL CHDC BARUN MEN GFCL PROFL HBLPO
पोहोर आजको दिन ५ अर्ब माथीको Turnover भएको थियो भने NEPSE चाही 2,037 अंकमा थियो l
परार आजको दिन १ अर्बको लाइनमा Turnover र NEPSE चाही 1,996 अंकमा थियो l
अन्तत यो जेष्ठ महिनाको Turnover एक खर्ब (100,511,454,693.6 कटेको छ l
NEPSE:2,112.29..........................................Previous [2,121.62] (-9.32 / - 0.43%)...................................Previous (+6.37 / +0.30%) SENSIND (374.1  .........................................Previous (374.91) (-0.72 / -0.19%)........................................Previous (+1.67 /+0.44%) Turnover :6,443,029,208.11...................................Previous [5,894,089,245.13] Volume:14,294,712................................Previous [12,950,407] 
|
|
#234 Thu Jun 13, 2024 6:19 pm
|
Member
Registered: Oct 2013
Posts: 1537
|
२०८१-०२-३० (2024-06-12) ---------------------------- NEPSE:2,121.62..........................................Previous [2,115.24] (+6.37 / +0.30%)...................................Previous (+33.15 / +1.59%) SENSIND (374.91).........................................Previous (373.23) (+1.67 /+0.44%)........................................Previous (+4.18 / +1.13%) Turnover :5,894,089,245.13...................................Previous [5,555,361,739.06] Volume:12,950,407................................Previous [12,665,329] 
|
|
#235 Thu Jun 13, 2024 6:19 pm
|
Member
Registered: Oct 2013
Posts: 1537
|
२०८१-०२-२९ (2024-06-11) ---------------------------- NEPSE:2,115.24..........................................Previous [2,082.09] (+33.15 / +1.59%)...................................Previous (+8.90 / +0.42%) SENSIND (373.23).........................................Previous (369.05) (+4.18 / +1.13%)........................................Previous (+0.86 / +0.23%) Turnover :5,555,361,739.06...................................Previous [5,490,609,782.28] Volume:12,665,329................................Previous [11,634,618] 
|
|
#236 Thu Jun 13, 2024 6:18 pm
|
Member
Registered: Oct 2013
Posts: 1537
|
२०८१-०२-२८ (2024-06-10) ---------------------------- NEPSE:2,082.09..........................................Previous [2,073.19] (+8.90 / +0.42%)...................................Previous (-4.59 / -0.22%) SENSIND (369.05).........................................Previous (368.1  (+0.86 / +0.23%)........................................Previous (-2.15 / -0.58%) Turnover :5,490,609,782.28...................................Previous [5,189,079,522.44] Volume:11,634,618................................Previous [10,452,128] 
|
|
#237 Sun Jun 09, 2024 6:31 pm
|
Member
Registered: Oct 2013
Posts: 1537
|
२०८१-०२-२७ (2024-06-09) ---------------------------- आजको Turnover यो जेठ महिनाको ५ अर्ब माथिको पाँचौ Turnover हो,
लगानीकर्ताहरु यताबाट उता र उताबाट यता फड्केर भए पनि बजारलाई चलाएमान बनाउने प्रयत्नमा छन्,
नियामक र नीति निर्माताहरु चाही अहिले गर्न मिल्ने काम पनि नगरेर,
मौद्रिक नीति लचिलो बनाउछौ भनेर हल्ला पिटेर बसेका छन्,
तिनले त आफ्ना नीति सधै बज्जबनै बनायौ भनि हाल्छन् नी,
त्यसको अनुभब जनताले पो गर्नु पर्यो त,
यस्ता कुटिल नेताहरु छन् सत्तामा,
यिनीहरुमा जनतालाई तुरुन्त केहि राहत अनुभव हुने काम गरि हालौ भन्दा पनि,
अहिले केहि राम्रो नीति बन्यो भने त सब जस अहिलेका प्रम र अर्थमन्त्रीको पोल्टामा जान्छ,
बरु त्यो सब काम आफु प्रम र आफ्नै पार्टीको नेता अर्थमन्त्रि भएको बेला गर्नु पर्छ भन्ने,
छोटो सोच देखिन्छ यिनीहरुमा,
अहिलेसम्म बजारले दुख पाएको प्रमुख कारण पनि यहिनै हो l
त्यसैले अस्ति नयाँ सरकार बन्दा 'अनन्त'भन्दा, 'बिष्णु'जीनै अर्थमन्त्रि भए हुन्थ्यो भनि सोच्नुको कारण पनि त्यहि हो l
आज कर्णालीको झुलुंगे पुलमा खच्चडहरुको जे हाल भयो नी,
हो केन्द्रिय बैंकको, बजारको लठ्ठा चुडाल्ने नीतिका कारण,
लगानीकर्ताहरुको पनि त्यस्तै हालत भएको हो,
लचक नीति ल्याउदै छौ भनेको, फेरी खच्चडलाई उद्धार गर्न नदीमा खसाएझैँ,
यता पनि त्यस्तै गर्ने पो हुन् कि ?
NEPSE:2,073.19..........................................Previous [2,077.78] (-4.59 / -0.22%)...................................Previous (-1.93 / -0.09%) SENSIND (368.1  .........................................Previous (370.34) (-2.15 / -0.58%)........................................Previous (-1.27 / -0.34%) Turnover :5,189,079,522.44...................................Previous [4,388,278,720.38] Volume:10,452,128................................Previous [8,813,374] 
|
|
#238 Sun Jun 09, 2024 6:30 pm
|
Member
Registered: Oct 2013
Posts: 1537
|
२०८१-०२-२४ (2024-06-06) ---------------------------- ..................... NEPSE:2,077.78..........................................Previous [2,079.71] (-1.93 / -0.09%)...................................Previous (-5.58 / -0.26%) SENSIND (370.34).........................................Previous (371.61) (-1.27 / -0.34%)........................................Previous (-0.41 / -0.11%) Turnover :4,388,278,720.38...................................Previous [3,992,976,492.79] Volume:8,813,374................................Previous [8,042,767] 
|
|
#239 Sun Jun 09, 2024 6:29 pm
|
Member
Registered: Oct 2013
Posts: 1537
|
२०८१-०२-२३ (2024-06-05) ---------------------------- ............... NEPSE:2,079.71..........................................Previous [2,085.30] (-5.58 / -0.26%)...................................Previous (+6.22 / +0.29%) SENSIND (371.61).........................................Previous (372.02) (-0.41 / -0.11%)........................................Previous (+1.95 / +0.52%) Turnover :3,992,976,492.79...................................Previous [4,084,715,877.41] Volume:8,042,767................................Previous [8,305,786] 
|
|
#240 Wed Jun 05, 2024 8:39 am
|
Member
Registered: Oct 2017
Posts: 2148
|
Ok
|
|
#241 Tue Jun 04, 2024 6:49 pm
|
Member
Registered: Oct 2013
Posts: 1537
|
२०८१-०२-२२ (2024-06-04) ---------------------------- चुनाबी नतिजाले BJP को एकल बहुमत नआउने र गठबन्धनको हालत पनि त्यति आश लाग्दो नदेखिएपछि,
त्यताको share मार्केट पनि नराम्ररी घटेछ l
यता,
पुरा एमाले एउटा मेयरको पछि लागेको छ,
आज संसदमा योगेश भट्टराईले बालेनकै बारेमा बोलेर समय सके,
पोहोर आजको दिन संसदमा रमाइलो दृश्य देखिएको थियो,
प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण बारे जानकारी दिन लागेका थिए,
एमालेले हो-हल्ला गरेर बोल्न दिएन्,
पछि बोल्दा बोल्दै सभामुखले प्रति प्रश्न गर्न पनि दिनु भयो,
जुन प्रचलन पहिला थिएन,
पछि प्रचन्डले सबै कुरा बेली विस्तार गरेर एमालेको चित्त बुझाएका थिए l
आजको अबस्था पनि प्रमको लागि त्यति फेबरमा देखिन्न,
दिनहु दलका नेतालाई भेट्नु र तिनको चित्त बुझाउने प्रयत्न गर्नमै,
सम्पूर्ण समय व्यतित भइ रहेको छ l
अनि जनताले केको सुख पाउन ?
NEPSE:2,085.30..........................................Previous [2,079.07] (+6.22 / +0.29%)...................................Previous (-3.97 / -0.19%) SENSIND (372.02).........................................Previous (370.06) (+1.95 / +0.52%)........................................Previous (-1.58 / -0.42%) Turnover :4,084,715,877.41...................................Previous [4,004,070,243.60] Volume:8,305,786................................Previous [8,820,125] 
|
|
#242 Mon Jun 03, 2024 7:00 pm
|
Member
Registered: Oct 2013
Posts: 1537
|
२०८१-०२-२१ (2024-06-03) ---------------------------- गिरिबंधु टि स्टेटको जग्गा बारे विस्तार चर्चा चल्न थालेको छ l
कस्तो लुच्चो कुरो जग्गा सट्टा पट्टा गर्ने रे,
यिनले त newroad को जग्गासंग ताप्लेजुंग(उदाहरणको लागि मात्र यो नाम प्रयोग गरेको) को जग्गा साटफेर गर्न पो लागेका रहेछन l
कति साह्रो लुट चलेको हो देशमा ?
गोदावरीको मेयर निलम्बनमा परेछन, भ्रष्ट्राचारको मुद्धा परेका कारण,
मेरो त वडाका वडा सदस्यनै कति धनि छन्,
तर तिनको अरु ब्यबसाय केहि छैन l
अब positive सोचौ,
गभर्नर साबले गज्जबको मौद्रिक नीति ल्याउन अन्तिम मौका पाउदै छन् l
जाने बेलामा मान्छेले सबको भलो चिताउछन् भन्छन l
पोहोर आजको दिन अर्थमन्त्रालयमा बार्ता सफल भयो भनेर चली रहेको
आन्दोलन लगानीकर्ताहरुले स्थगित गरेका थिए l
NEPSE:2,079.07..........................................Previous [2,083.04] (-3.97 / -0.19%)...................................Previous (+13.51 / +0.65%) SENSIND (370.06).........................................Previous (371.65) (-1.58 / -0.42%)........................................Previous (+1.45 / +0.39%) Turnover :4,004,070,243.60...................................Previous [4,311,015,629.95] Volume:8,820,125................................Previous [9,697,206] 
|
|
#243 Sun Jun 02, 2024 6:55 pm
|
Member
Registered: Oct 2013
Posts: 1537
|
२०८१-०२-२० (2024-06-02) ---------------------------- सडकमा युवा युवतीहरुले राम्रैसंग duty गरि रहेका थिए,
तिनीहरु प्रशन्नै पनि देखिन्थे,
तर सर्बोच्चले सडकमा नखटाउन अन्तरिम आदेश दिएछ,
अब यो निर्णय पनि अलपत्र पर्ने भो,
महिला ट्राफिकको बिषय चाही कसरी मिलाउछन् अब ?
महानगरले पनि सार्बजनिक सौचालय प्रयोगकर्तासंग पैसा नलिनु भनेको छ क्यार,
त्यो निर्णयको बिरुद्धमा कसैले अदालतमा रिट त हालेको छैन नी ?
नत्र यो निर्णयले पनि पानी पिउन नपाउला फेरी l
छिमेकमा फेरी 'मोदी'नै आउने हल्लाले,
हाम्रा केहि नेताहरु एक-दुई दिनदेखि अन्टसन्ट फलाक्न थालेका छन् l
NEPSE:2,083.04..........................................Previous [2,069.53] (+13.51 / +0.65%)...................................Previous (-19.89 / -0.95%) SENSIND (371.65).........................................Previous (370.19) (+1.45 / +0.39%)........................................Previous (-3.90 / -1.04%) Turnover :4,311,015,629.95...................................Previous [4,217,494,195.65] Volume:9,697,206................................Previous [9,864,482] 
|
|
#244 Fri May 31, 2024 5:45 pm
|
Member
Registered: Oct 2013
Posts: 1537
|
पोहोर यो बेला 'नियमित' र 'पटके' शब्द खुब चर्चामा आएको थियो,
एकै बर्ष अघिको कुरा न हो,
बजेटमा लगानीकर्ताहरुले धेरै कर तिर्नु पर्ने बुँदा राखेको भनेर,
आजको दिन लगानीकर्ताहरु जम्मा भएर बिरोधका कार्यक्रमहरु घोषणा गरेका थिए,
धितोपत्र, नेप्से र ब्रोकरहरुलाई ज्ञापनपत्र बुझाएका थिए र
पर्यो भने TMS सम्म बन्द गराउने योजनामा थिए l
गभर्नर त आलोचित छदै थिए,
त्यो बेला राजस्वका DG दिर्घराज मैनाली पनि गभर्नर जत्तिकै आलोचनामा परेका थिए l
म चाही अब संसदमा कुरा उठाउछु भनेर हरि ढकालजीले पनि फुर्ति लगाएका थिए l
त्यसपछि 1,866 मा रहेको NEPSE बढ्दै,
जम्मा १९ वटा कारोबार दिनमा 2,186 अंकमा पुगेको थियो l
परारको कुरा गर्ने हो भने,
बजेटपछि रिसाएका लगानीकर्ताहरुले जेष्ठ २३ गतेदेखि आन्दोलन शुरु गरेका थिए,
2079 जेष्ठ महिनाको Turnover 25,876,815,612 थियो,
पोहोर जेष्ठ महिनाको Turnover 48,534,539,630.51 को थियो भने
यसपाली जेष्ठ १७ गतेसम्मको Turnover चाही 51,158,228,232.53 भएको देखिन्छ l

|
|
#245 Thu May 30, 2024 6:43 pm
|
Member
Registered: Oct 2013
Posts: 1537
|
२०८१-०२-१७ (2024-05-30) ---------------------------- सांसद जस्तो मान्छेले कुनै देशले visa नदिएको भनेर उसको बिरुद्धमा नारा लगाउदै जुलुश निकाले,
सरकारले आत्तिएर कुटनैतिक नोट समेत लेख्न भ्याएछ,
Result आज देखिई हाल्यो, यस्तो कच्चा काम पनि गर्ने हो ?
पोहोर आजको दिन राष्ट्रपतीबाट नागरिकता विधेयक प्रमाणित भएको थियो l
प्रधानमन्त्रीको भारत भ्रमण पनि आजकै दिनबाट शुरु भएको थियो l
अघिल्लो बर्ष, बजेट मार्फत share लगानीकर्ताहरुलाई Income Tax को स्ल्याबमा राख्न लागेको भनेर लगानीकर्ताहरु निराश बनेका थिए र ५%, ७.५% या १०% अन्तिम कर होकी होइन भनेर,
एक आपसमा जिज्ञाशा व्यक्त गर्दै थिए l
अहिले चाही,
ट्राफिक उल्लंघन गर्नेहरुलाई 10-५ को सडक duty को आलोचना र
महिनाबारी भएका महिला ट्राफिकहरुलाई ४ दिन सडकमा उभिनु नपर्ने निर्णयको चाही तारिफ भएको देखिन्छ l
NEPSE:2,069.53..........................................Previous [2,089.42] (-19.89 / -0.95%)...................................Previous (-23.81 / -1.12%) SENSIND (370.19).........................................Previous (374.09) (-3.90 / -1.04%)........................................Previous (-4.82 / -1.27%) Turnover :4,217,494,195.65...................................Previous [4,575,063,274.39] Volume:9,864,482................................Previous [10,738,169] 
|
|
#246 Wed May 29, 2024 6:53 pm
|
Member
Registered: Oct 2013
Posts: 1537
|
२०८१-०२-१६ (2024-05-29) ---------------------------- राष्ट्र बैंकको मौद्रिक नीति र ३ -३ महिनामा हुने त्यसको समिक्षा र बजेट भाषण जस्ता
कुराहरुले लगानीकर्ताहरुलाई अल्मलिन सहयोग पुर्याएको छ l
मौद्रिक नीतिमा फुस्सा भयो भने,
३ महिनापछि समिक्षामा केहि हुन्छ भनि आश गर्यो,
त्यसमा पनि लोप्पा खाएपछि अर्धबार्षिक समिक्षामा त पक्कै केहि हुन्छ भनि आश गर्यो l
अनि बजेटको हल्ला शुरु हुन्छ,
मेडियाले यो र त्यो कुरा हुँदैछ भनेर अनेक कथा बुनेर समाचार बनाउन थाल्छ,
लगानीकर्ताहरु झन् तिरिमिरी पर्छन,
बजेट भाषण सुन्यो,
यो गरिनेछ र त्यो गरिनेछ भनेर उही पुरानै रटान दुहोर्याउछन l
बजेट त आयो गयो,
अब पोहोर-परार जस्तै आश नभए पनि,
मौद्रिक नीतिमा ध्यान केन्द्रित गर्न बानी जो परि सक्यो l
परार बजेटपछिको पहिलो कारोबार सोमबारको दिन भएको थियो र
बजार 50.33 अंकले घटेको थियो,
पोहोर बजेटपछिको पहिलो कारोबार मंगलबारको दिन भएको थियो र
बजार 53.16अंकले घटेको थियो,
यसपाली चाही बजेटपछिको पहिलो कारोबार आज अर्थात् बुधबारको दिन भएको छ र
बजार 23.81 अंकले घटेको छ,
पोहोर र परारको तुलनामा यसपाली NEPSE कम अंकले घटेको देखिन्छ भने
Turnover चाही यसपालिको अलि धेरैनै देखिन्छ l
लगानीकर्ताहरुले दिनको निश्चित समय योग, ध्यान या अन्य exercise का लागि पनि छुट्टयाउने गरौ है,
किनकी यो अलि बढीनै मानसिक खेल हुने क्षेत्र हो l
NEPSE:2,089.42..........................................Previous [2,113.24] (-23.81 / -1.12%)...................................Previous (+3.89 / +0.18%) SENSIND (374.09).........................................Previous (378.92) (-4.82 / -1.27%)........................................Previous (-0.30 / -0.08%) Turnover :4,575,063,274.39...................................Previous [3,893,764,143.93] Volume:10,738,169................................Previous [9,330,295] 
|
|
#247 Mon May 27, 2024 6:36 pm
|
Member
Registered: Oct 2013
Posts: 1537
|
२०८१-०२-१४ (2024-05-24) ---------------------------- लगालग ७ दिन बजार हरियो बनेपछि, पोहोर आजको दिन चाही बजार रातो बनेको थियो l
आजभोली सहकारी काण्डले संसद तताएझैँ पोहोर चाही
यो समयमा पशुपतीनाथको जलहरी काण्डले संसद तातेको थियो l
परार चाही यो समयमा बजार लगालग ८ दिन रातो बनेको थियो,
बजेट भाषण अघि र पछि गरेर l
प्रतिपक्षले न नीति तथा कार्यक्रमको चासो राख्यो न त बजेटकोनै,
यसका लागि त सांसदहरुले अध्ययन गर्नु पर्यो, तार्किक बहष गर्न सक्नु पर्यो,
त्योभन्दा सजिलो त बरु नारा लगायो, बेल घेर्यो, भत्ता पचायो,
तिनलाई जनताको के चासो l
बुढानिलकण्ठ बैठक सकेर कांग्रेस नेताहरु गुरुरुरु फेरी बार्ता गर्ने भनेर बालुवाटार छिरेछन्,
यो बार्ताको नाटक चलेको कति दिन भयो भन्नुस त,
यिनीहरुलाई जनताले यहि गर्नका लागि पठाएका हुन् त ?
NEPSE:2,113.24..........................................Previous [2,109.34] (+3.89 / +0.18%)...................................Previous (-22.14 / -1.03%) SENSIND (378.92).........................................Previous (379.23) (-0.30 / -0.08%)........................................Previous (-3.44 / -0.89%) Turnover :3,893,764,143.93...................................Previous [4,441,538,471.70] Volume:9,330,295................................Previous [11,044,485] 
|
|
#248 Sun May 26, 2024 6:59 pm
|
Member
Registered: Oct 2013
Posts: 1537
|
२०८१-०२-१३ (2024-05-23) ---------------------------- कांग्रेसका सांसदहरुले बेल घेरेको र संसदमा नाराबाजी गरे बापत,
भत्ता त असुल्छन नि हैन ?
अब पर्सि अनन्तले बजेट भाषण गरिन्जेल पनि,
छेउमा कुर्सि खाली राखेर, खुट्टा दुख्ने गरि उभिनु पर्ला जस्तो छ l
पाँच दिनमा 113.52 अंकले बढेको NEPSE
आज छैठौ दिन भने 22.14 अंकले घटेको छ,
प्रचन्डले यसपालिको बजेट गज्जब ल्याउदैछौ भनेर धेरै अघिदेखि भन्दै आएका थिए,
अब २ दिनमा थाहा भइ हाल्छ,
त्यो गज्जब भनेको 'जनता'को लागि होकी अरु कसैको लागि हो भनेर l
अघिल्लो बर्षको बजेटले FPO र merge हुँदाको स्वाप ratio बाट भएको फाइदामा पनि,
कर लगाएर लगानीकर्ताहरुलाई निराश बनाएको थियो,
त्यस्तै CGT तिरीसकेर पनि ५० लाख माथीको कमाइ हुनेले ३९% कर तिर्नु पर्ने बुंदाले त,
झन् लगानीकर्ताहरुको निंद हराम भएको थियो,
सायद यसपाली धेरै निराशावादी बजेट नआउला भनेर आशा गरिएको छ, हेरौ l NEPSE:2,109.34..........................................Previous [2,131.49] (-22.14 / -1.03%)...................................Previous (+15.54 / +0.73%) SENSIND (379.23).........................................Previous (382.67) (-3.44 / -0.89%)........................................Previous (+5.06 / +1.34%) Turnover :4,441,538,471.70...................................Previous [5,687,680,912.80] Volume:11,044,485................................Previous [14,419,521] 
|
|
#249 Fri May 24, 2024 2:11 pm
|
Member
Registered: Oct 2013
Posts: 1537
|
हो यिनीहरुको 'लहड'को भरमा जनताले दुख पाई रहेछन,
कुवाका भ्यागुताहरुको नजर त्यो कुवाभन्दा पर पुग्नै सक्दैन,
हामीहरुले यिनको 'लहडी पारा'बाट कहिलेसम्म दुख र पिडा खेपी रहनु पर्ने हो कुन्नि ?
पशुपतीनाथको भेटि त गन्नेहरुलेनै, दैनिक रुपमा चोरी गरि रहने देश पर्यो,
अनि अन्तका लोभी-पापीहरुबाट त झन् के आश गर्नु ? 
|
|
#250 Thu May 23, 2024 6:46 pm
|
Member
Registered: Oct 2013
Posts: 7911
|
हरेक खेर गएको दिनले थप पीडामा परेका मानिसहरूलाई थपिदिनेछ|
यो आर्थिक संकट अन्त्य गर्ने एउटै उपाय भनेको kick start गर्नु हो |
मौद्रिक समीक्षामा राष्ट्र बैंकले राम्रो कर्जाको कर्जा जोखिमलाई १.२५ बाट १.२० मा ल्याएको छ| के यो मजाक हो?
राम्रो ऋणको लागि पनि यस्तो कोष किन छ? र NPL को लागी यस्तो कोष 100% भन्दा बढी हुनु हुँदैन|
|