Author |
Post |
|
#201 Wed Apr 12, 2023 6:16 pm
|
Member
Registered: Oct 2013
Posts: 1298
|
२०७९-१२-२९(2023-04-12) ---------------------------- यो एक बर्षमा,
पोहोरको चैत्रबाट यता NEPSE मा ९० अंक माथीको उतार-चढाब जम्मा तीन पटक मात्र भएको देखिन्छ,
अझ भनौ ९० अंकभन्दा बढीले त NEPSE यो अवधिमा घटेको छैन, बरु तिनै पटक बढेको मात्र छ,
२०७९ बैशाख ११ गते आइतबार NEPSE 95.52 अंकले बढेको थियो,
त्यो बेला NEPSE 2,325.45 अंकबाट बढेर 2,420.96 अंकमा पुगेको थियो,
२०७९ असार १२ गते NEPSE 94.92 अंकले बढेको थियो,
यो तिलक कोइरालाको १० दिने अनसन टुंगिएपछिको पहिलो कारोबारको दिन थियो भने,
NEPSE चाही अहिलेको जस्तै 1,862.06 बाट बढेर 1,965.98 अंकमा पुगेको थियो,
र आज तेश्रो पटक त्यो सन्जोग जुरेको छ र NEPSE 92.22 अंकले बढ्न पुगेको छ,
यसमा ब्याजदरलेनै प्रमुख भूमिका खेलेको हुनु पर्छ,
अब यो दिगो कत्तिको हुने हो त्यो चाही महत्वपूर्ण होला,
NEPSE:1,963.55.........................................Previous [1,871.33] (+92.22 / +4.93%)...................................Previous (+27.31 / +1.48%) SENSIND (373.71).........................................Previous (355.45] (+18.25 / +5.14%)........................................Previous (+5.79 / +1.66%) Turnover :1,976,076,732.34....................................Previous [945,249,179.36] Volume :6,107,425................................Previous [3,315,720]
|
|
#202 Tue Apr 11, 2023 6:41 pm
|
Member
Registered: Oct 2013
Posts: 1298
|
२०७९-१२-२८(2023-04-11) ---------------------------- यति पुछारमा आइ पुगेको नेप्से, जाबो २७ अंकले बढ्न पनि,
प्रधानमन्त्री र अर्थमन्त्रीले घोक्रो सुक्ने गरि पालै-पिलो कराउनु पर्ने अवस्था आयो,
M. Adhikari ले लगानीकर्ताहरुलाई कति साह्रो बिच्काए छन् त ?
NEPSE:1,871.33.........................................Previous [1,844.02] (+27.31 / +1.48%)...................................Previous (+5.54 / +0.30%) SENSIND (355.45).........................................Previous (349.66] (+5.79 / +1.66%)........................................Previous (+0.88 / +0.25%) Turnover :945,249,179.36....................................Previous [911,976,049.12] Volume :3,315,720................................Previous [2,960,863]
|
|
#203 Tue Apr 11, 2023 1:31 pm
|
Member
Registered: Oct 2013
Posts: 1298
|
मेरो policy ले गर्दानै अहिले देशको अवस्था यत्तिको छ,
नत्र उहिल्यै श्रीलंका बनि सक्थ्यो भन्न होला पत्रकार सम्मेलन गर्न लागेको,
उनलाई अहिले चौतर्फी दवाब छ,
एमालेले चाहेर मात्र पनि उनले अब धेरै समय सरकारलाई असहयोग गरि रहन सक्ने अबस्था छैन,
उनले विस्तार ब्याज दर घट्दै जान्छ भनि फेरी दोहोर्याउने छन् र
सके यहि अबस्थालाई २-३ महिना तन्काउने कोसिस गर्ने छन्,
यहि पत्रकार सम्मेलन पनि ३ बजेपछि राखिदिएको भए हुन्थ्यो नी l
|
|
#204 Tue Apr 11, 2023 12:24 pm
|
Member
Registered: Oct 2013
Posts: 7561
|
NRB's pressmeet may prevent Rocket today.
NO body likes NRB, no body trusts NRB.
NRB make policy influenced by jealousy, anger, hate, revenge, incompetency .......
NRB should be abolished, it should be turned into a subsidy of finance ministry.
Nepal can stop all elections. Why we need election when supreme power of Nepal are- NRB, President And supreme court and non of them are elected and they are final decision makers ........ legally they have no authority to make decision. They have to flow procedure.
|
|
#205 Mon Apr 10, 2023 6:08 pm
|
Member
Registered: Oct 2013
Posts: 1298
|
२०७९-१२-२७(2023-04-10) ---------------------------- धितोपत्र बोर्डले अर्थमन्त्रीले मागेको सुझाब दियो कि दिएन ?
अदालतले रिट खारेज गरेपछि तुरुन्त धितोपत्र बोर्डले रोकिएको काम किन शुरु गरेन ?
यसका लागि पनि madam कै green signal चाहिने होकी के हो ?
संसदमा सांसदहरुको प्रस्तुती पनि खाशै वजनदार देखिएन,
खाली तत्कालको घटनाको प्रतिकृया दिने मात्र काम भो,
कसैलाई अमृतपालको चिन्ता देखियो त कसैलाई ढाका कुमारको मात्र,
तर उठाउनु पर्ने मुद्धा जुन थियो त्यसमा खासै सांसदहरुको चासो देखिएन,
बालेनले मलाई कसैले सहयोग गरेनन, भनेर घटना सहित सार्बजनिक गर्दा,
खोइ सांसदहरुले मन्त्रि र प्रधानमन्त्रीसंग जवाफ मागेको ?
एमाले बाहेकको सबै सरकारलाई असहयोगको नीति लिएका राष्ट्र बैंकको गभर्नर माथी खोइ प्रश्न उठाएको ?
पहिला ब्याजदर उकास्न चाही सबै अश्त्र प्रयोग गर्ने गभर्नरले,
ब्याजदर घटाउनु पर्दा चाही, त्यो काम बजारलाई छाडीदिउ आफै विस्तार घट्दै जान्छ, भन्न मिल्छ ?
पुराना सबै अश्त्र फिर्ता गरेर ब्याजदर घटाउन सहयोग गर्नु पर्दैन ?
देशको सानो-सानो नियुक्ति माथी दक्षिणको हस्तक्षेप माथी खोइ प्रश्न उठाएको ?
कुनै तयारी नगरी हल्का फुल्का कुरा गर्न मात्रै त,
किन चुनाबका नाममा त्यत्रो अरबौ खर्च गरेर तपाइँहरुलाई छानी रहनु पर्यो र ?
NEPSE:1,844.02.........................................Previous [1,838.48] (+5.54 / +0.30%)...................................Previous (-28.31 / -1.52%) SENSIND (349.66).........................................Previous (348.79] (+0.88 / +0.25%)........................................Previous (-4.24 / -1.20%) Turnover :911,976,049.12....................................Previous [1,159,448,411.72] Volume :2,960,863................................Previous [3,843,713]
|
|
#206 Sun Apr 09, 2023 7:50 pm
|
Member
Registered: Oct 2013
Posts: 7561
|
सरकारको आम्दानीको तुलनामा अनिवार्य दायित्व बढेका कारण तलबै ख्वाउन नसक्ने हो कि भन्ने संशय स्वयम् अर्थकै कर्मचारीतन्त्रमा व्याप्त छ
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खडकाले शनिबार गृहजिल्ला सुर्खेत पुगेर तलब ख्वाउन ऋण लिनुपर्ने अवस्थामा पुगेको बताएका थिए
सरकारको मुख्य आम्दानी राजस्वले अनिवार्य दायित्व तलब/भत्ता/पेन्सन, ऋणको साँवा-ब्याज भुक्तानी, सामाजिक सुरक्षाभत्ता नधानिने अवस्था छ
आर्थिक वर्षको तीनचौथाइ समय बित्न थाल्दा वार्षिक लक्ष्यको ५० प्रतिशत पनि राजस्व उठेको छैन---------------------- - Mon Sep 19, 2022 5:23 pm ( http://forum.sharesansar.com/topic.php?id=6361&page=4) In the past, let's say, govt used to spend 100 for 100 things. Like- 50 for operation, 10 for loan settlement, 40 for development. Now cause of high interest rate and monitory tightening and lower revenue, govt will be spending 50 on operation, 20 for loan and 25 for development (total=95 things and spent 95money) (today we have stagflation) ** And when there is hyper inflation - govt will be spending 150 on operation (since salary and all expenditure will increase by a lot) and has to borrow 50 to settle loan and no development fund.------------------ You are welcome- Good people of Nepal- SECOND TO GODAnd BTW, Your's truly knows how to fix it. You are welcome. PS- dont forget to fire top 5 in NRB.
|
|
#207 Sun Apr 09, 2023 6:55 pm
|
Member
Registered: Oct 2013
Posts: 1298
|
|
|
#208 Sun Apr 09, 2023 6:53 pm
|
Member
Registered: Mar 2018
Posts: 2309
|
राष्ट्र बैंकले गर्न पर्ने काम छोडेर कम्तिमा धितोपत्र बोर्डले गर्न सक्ने काम द्रुत गतिमा अघि बढाए मात्र पनि केहि हाद सम्म अर्थतन्त्र चलाएमान हुने थियो। अर्थमन्त्रालय र धितोपत्र बोर्डको टिउनिंग त एकदमै मिलेको छ , काम गर्न अब के ले रोक्यो त ?
|
|
#209 Sun Apr 09, 2023 6:01 pm
|
Member
Registered: Oct 2013
Posts: 1298
|
२०७९-१२-२६(2023-04-09) ---------------------------- सरकारले असहयोग गरि-गरि बालेन शाहलाई निष्कृय बनाउन खोजे जस्तै,
मलाई लाग्छ ठ्याक्कै त्यस्तै खालको परिस्थितीको सामना,
नयाँ अर्थमन्त्रीले गर्दै छन्,
तिनले गर्न चाहेका सुधारका योजनामा,
कतैबाट पनि खासै सहयोग पाए जस्तो देखिन्न,
अझ एमाले त जनता यो समस्याबाट उम्कन नपाउन र
यहि बिषय अघि सारेर सरकारलाई गाली गर्न पाइयोस् भनेर,
M. Adhikari मार्फत कम्मर कसेरै लागेको छदैछ,
हेरौ कसरी आफ्नो चतुर्याइँ देखाउनु हुन्छ महतजीले l NEPSE:1,838.48.........................................Previous [1,866.79] (-28.31 / -1.52%)...................................Previous (-8.28 / -0.44%) SENSIND (348.79).........................................Previous (353.03] (-4.24 / -1.20%)........................................Previous (-0.92 / -0.26%) Turnover :1,159,448,411.72....................................Previous [920,686,094.33] Volume :3,843,713................................Previous [2,870,819]
|
|
#210 Wed Apr 05, 2023 5:45 pm
|
Member
Registered: Oct 2013
Posts: 1298
|
२०७९-१२-२२(2023-04-05) ---------------------------- नयाँ अर्थमन्त्री आएपछिको चारै दिन NEPSE १८०० को लाइनबाट उक्लन सकेन,
नयाँ अर्थमन्त्री आएपछिको चार दिनको कारोबारमा तीन दिन Turnover १ अर्ब मुनि रह्यो,
नयाँ अर्थमन्त्री आएपछिको तीन दिनमा NEPSE 41.87अंकले घट्यो भने,
एकदिन आज चाही 8.39 अंकले बढेको छ,
पुष ६, २०७९ पछिको सबैभन्दा थोरै Turnover पनि आजकै हो,
यसको अर्थ बजार मन्त्रीका सकारात्मक कुराले मात्र बिस्वस्त हुन् मानेन र
केहि ठोस निर्णयको प्रतिक्षामा रहेको अन्दाज लगाउन सकिन्छ,
मन्त्रीजीले SEBON लाई बजार सुधारका लागि तुरुन्त गर्नु पर्ने के हो,
सो प्रस्ताब लिएर आउ भनेपछि,
समस्या पहिचान भएकै थियो, खुरुक्क भोली पल्टै प्रस्ताब लगेर बुझाउनु पर्दैन ?
के आलटाल गरेर बसेको होला, NEPSE:1,875.07.........................................Previous [1,866.68] (+8.39 / +0.45%)...................................Previous (-5.20 / -0.28%) SENSIND (353.95).........................................Previous (351.97] (+1.97 / +0.56%)........................................Previous (-0.73 / -0.21%) Turnover :816,046,790....................................Previous [917,610,296.04] Volume :2,602,956................................Previous [2,971,947]
|
|
#211 Tue Apr 04, 2023 5:38 pm
|
Member
Registered: Oct 2013
Posts: 1298
|
२०७९-१२-२१(2023-04-04) ----------------------------
अर्थतन्त्रलाई लयमा फर्काउन र ब्यबसायीहरु र लगानीकर्ताहरुको मनोबल बढाउनका लागि,
नयाँ अर्थमन्त्रीले बिभिन्न प्रयत्न गरि रहनु भएको छ,
उहाँले यी सबै काम र कुरा भित्रि मनदेखिनै गरेको जस्तो पनि देखिन्छ,
यत्रो मिहितेत गरेर सत्यानाश गरेको चिजलाई फेरी जीवन दिन अरु थप प्रयत्न गर्नु पर्ने देखिन्छ,
policy लेबलमै परिबर्तन नगरी लगानीकर्ताहरुले विश्वास गर्ने छाँटकाँट देखिदैन,
अब एउटा कुरो चाही भन्न सकिन्छ,
अरु जस्ता मेट्रिक फेल अर्थमन्त्री नभएका कारण,
अब उनले सिधा र स्पष्ट निर्देशन र गलत नीति बारे बहश गर्न सक्छन,
फलानो-फलानो नीतिले यो यो ठाउँमा नकारात्मक असर पर्यो,
त्यो परिबर्तन नगरेर किन यथावत राखेको ?
त्यतिले नपुगे अर्थमन्त्रीले अझ भन्न सक्नेछन् ,
सरकारको नीति अनुकुल हुने गरि केन्द्रिय बैंकको नीति आओस,
नकी छिर्की लगाउने खालको l
NEPSE:1,866.68.........................................Previous [1,871.88]
(-5.20 / -0.28%)...................................Previous (-16.67 / -0.88%)
SENSIND (351.97).........................................Previous (352.71]
(-0.73 / -0.21%)........................................Previous (-3.05 / -0.86%)
Turnover :917,610,296.04....................................Previous [920,249,011.54]
Volume :2,971,947................................Previous [2,829,426]
|
|
#212 Mon Apr 03, 2023 5:25 pm
|
Member
Registered: Oct 2013
Posts: 1298
|
२०७९-१२-२०(2023-04-03) ---------------------------- पहिला एकपछि अर्को प्रहार गरेर बजारलाई खेदेको खेदयै गरे,
अझ भनौ ओलीजीले आफु कुर्सीबाट हट्नु परेको रिष,
M.Adhikari मार्फत सरकारका हरेक नीतिमा असहयोग गर्न लगाएर पुरा गरे,
M.Adhikari ले ब्याज बढ्छ कि बढ्छ र देश श्रीलंका बन्छ कि बन्छ कति पटक भने,
त्यो सबैले सुनेकै कुरा होनी,
देशको अबस्था त्यस्तो भए पनि जनता आत्तिन्छन भनेर कुर्सीमा भएकाले यस्तो कुरा सार्बजनिक रुपमा बोल्न मिल्दैन र बोल्दैनन पनि,
त्यो असहयोगको नीति अझै पनि चल्दैछ किनकी यो सरकार असफल नपारी,
आफ्नो दुनो सोझिने chance छैन,
अहिले हेर त नयाँ अर्थमन्त्रीले लगानीकर्ता भेटे, ब्यबसायी भेटे,
Banker लाई भेटे,रमेश हमाललाई मार्केट कसरी बढाउने हो भनेर सुझाब लिएर आउ भने,
बेलुन र पूजीपतिको कुरा गरेका छैनन्, बजारप्रति सकारात्मक छन्,
तिलक कोइरालालाई अनसन स्थलमा पुगेर उनको मागमा चासो पनि राखेका मान्छे हुन्,
तर पनि बजार रातै,
त्यो किन त ?
त्यसको उत्तर हो Mr. M. Adhikari र उनले खेदेर बिच्किएका लगानीकर्ताहरुमा,
अर्थमन्त्रीको कुरो तिनले मान्दैनन र ओलीजीले नमान्न आदेश दिनेछन भन्ने मनमा रहेको शंका,
त्यो शंका हट्ने हो भने बजारको गतिलाई कसैले रोक्न सक्ने छैन,
आखिर बजार बढ्दा अर्थतन्त्र पनि चलायमान हुन्छ,
यसले घाटा कसलाई हुन्छ र ?
NEPSE:1,871.88.........................................Previous [1,888.55] (-16.67 / -0.88%)...................................Previous (-20 / -1.05%) SENSIND (352.71).........................................Previous (355.75] (-3.05 / -0.86%)........................................Previous (-3.72 / -1.04%) Turnover :920,249,011.54....................................Previous [1,207,122,600.13] Volume :2,829,426................................Previous [3,787,241] « Last edit by nissan on Mon Apr 03, 2023 5:28 pm. »
|
|
#213 Sun Apr 02, 2023 5:41 pm
|
Member
Registered: Oct 2013
Posts: 1298
|
२०७९-१२-१९(2023-04-02) ---------------------------- नयाँ अर्थमन्त्री आएपछिको पहिलो कारोबार पनि सुखद हुन् सकेन,
नयाँ अर्थमन्त्री आउनु र स्वर्णिम वाग्लेजी, जो अर्थतन्त्रका जानकार मानिन्छन उनले,
कांग्रेसलाई गाली गर्दै रास्वपा प्रवेश गर्नुले पनि आजको बजारलाई रातो बनाउन प्रेरित गर्यो कि ?
लगानीकर्ताले महतजीको कुरोमा ध्यान दिन नपाउदै,
शेर दा र madam अनि शाला र भतिजलाई 'गिरोह' भनेकाले,
अहिलेको अर्थमन्त्री पनि त उही समूहको त होनी भन्ने चिसो पसेको हुनु पर्छ लगानीकर्ताहरुमा,
फेरी उधारो आस्वासनको भरमा बजारमा movement आउने सम्भावना देखिदैन,
राष्ट्र बैंकलाई अलिकति लाइनमा ल्याएर, महतजीले तत्काल केहि नीतिगत घोषणा नगरी,
खोइ मैले त केहि भइ हाल्ला भन्ने ठानिन है,
फेरी यो 1,888 मै खड्को परेको देखियो,
अघिल्लो आइतबार पनि 1,888 मै थन्किएको थियो बजार,
NEPSE:1,888.55.........................................Previous [1,908.56] (-20 / -1.05%)...................................Previous (-10.87 / -0.57%) SENSIND (355.75).........................................Previous (359.48] (-3.72 / -1.04%)........................................Previous (-1.66 / -0.46%) Turnover :1,207,122,600.13....................................Previous [899,532,139.4] Volume :3,787,241................................Previous [2,750,655]
|
|
#214 Thu Mar 30, 2023 6:27 pm
|
Member
Registered: Oct 2013
Posts: 1298
|
२०७९-१२-१६(2023-03-30) ---------------------------- आज स्वर्णिम वाग्लेको दिन रहेछ,
सबैतिरको चार्टमा एक नम्बरमा छाएका छन्,
योजना आयोगमा हुँदा त्यति प्रभाबकारी हुन् नसके पनि,
वाग्लेजीलाई अहिलेसम्म मान्छेले राम्रै मान्छे होला भन्ने ठानेका छन्,
यदि उनी राष्ट्रिय स्तवन्त्र पार्टीमा प्रबेश गरे भने,
अरु धेरै राम्रा मान्छेहरु सो पार्टीमा प्रवेश गर्ने सम्भावना देखिन्छ,
र सो पार्टीको गुडवील पनि बढ्नेनै छ,
अब April महिनाको पहिलो कारोबारको दिनसम्म त देशले अर्थमन्त्री आवस्य पाउला,
२ महिनामा बजेट भाषण गर्नु पर्छ, १० वटा दलका योजना बजेटमा पार्नु छ,
बरु २-४ दिन अघिनै अर्थमन्त्री मात्र भए पनि नियुक्त गरेको भए हुने नी,
हतार छैन उहाँहरुलाई, हामीले मात्र चाहेर के गर्नु ?
NEPSE:1,908.56.........................................Previous [1,919.42] (-10.87 / -0.57%)...................................Previous (+1.02 / +0.05%) SENSIND (359.4 .........................................Previous (361.14] (-1.66 / -0.46%)........................................Previous (+0.62 / +0.17%) Turnover :899,532,139.4....................................Previous [816,219,127.76] Volume :2,750,655................................Previous [2,539,048]
|
|
#215 Wed Mar 29, 2023 6:09 pm
|
Member
Registered: Oct 2013
Posts: 1298
|
२०७९-१२-१५(2023-03-29) --------------------------- पुष ६, २०७९ पछिको सबभन्दा थोरै Turnover आजको हो र
पुष ६ गतेपछिको एक अर्ब मुनिको Turnover पनि आजकै हो,
Volume को हिसाब गर्ने हो भने पुष ७ पछिको सबभन्दा थोरै Volume आज देखिएको छ,
सरकार अति सुस्त भयो,
कहिले नीति तथा कार्यक्रम घोषणा गर्ने ?
अनि कहिले मन्त्रिमन्डल विस्तार गर्ने ?
अझै पनि मन्त्रिमन्डल दुई चरणमा विस्तार गर्ने रे,
यिनलाई कहिँ पुग्नु पर्ने भए पो हतार हुन्थ्यो,
देश जति कंगाल भए पनि उनीहरुको सेवा सुबिस्ता र सुबिधामा कुनै कमी आउने होइन क्यारे l NEPSE:1,919.42.........................................Previous [1,918.41] (+1.02 / +0.05%)...................................Previous (+12.41 / +0.65%) SENSIND (361.14).........................................Previous (360.52] (+0.62 / +0.17%)........................................Previous (+2.49 / +0.70%) Turnover :816,219,127.76....................................Previous [1,443,713,878.31] Volume :2,539,048................................Previous [4,077,778]
|
|
#216 Tue Mar 28, 2023 5:42 pm
|
Member
Registered: Oct 2013
Posts: 1298
|
२०७९-१२-१४(2023-03-2 ---------------------------- मिटरब्याजीबाट पिडितहरु आन्दोलन गर्दैछन्,
सुकुम्बासीहरु माइतीघरमा दिनहु प्रदर्शन गर्दैछन्,
उता प्रदेशको नाममा आन्दोलन गरेर ज्यान फाल्नेसम्मको काम हुँदैछ,
बित्तिय संस्थाहरुको किस्ता नतिर्ने आन्दोलन चलेकै छ,
बजार झन् चिसो भको भइछ,
यो देशमा सबकुछ चलेको छ तर यत्रो दिन भईसक्यो,
यी कुराहरुको सम्बोधन गर्ने न अर्थमन्त्री छ,
न गृहमन्त्रीनै,
अब झन् पहिला नीति तथा कार्यक्रम ल्याउने रे l NEPSE:1,918.41.........................................Previous [1,906] (+12.41 / +0.65%)...................................Previous (+17.70 / +0.94%) SENSIND (360.52).........................................Previous (358.03] (+2.49 / +0.70%)........................................Previous (+2.04 / +0.57%) Turnover :1,443,713,878.31....................................Previous [1,382,767,991.84] Volume :4,077,778................................Previous [4,308,645]
|
|
#217 Mon Mar 27, 2023 5:36 pm
|
Member
Registered: Oct 2013
Posts: 1298
|
२०७९-१२-१३(2023-03-27) ---------------------------- कारोबारको अन्तिम समयमा आएर बजारले १८०० को लाइनमा बस्ने रुची देखाएन,
अब बुधबारसम्म त मन्त्रिमन्डल विस्तार गर्लान नी,
अरुको बिकल्पमा,
'महत'जीलाई बजारले कसरी प्रतिकृया जनाउला त यदि उनी अर्थमन्त्री भए भने ?
के उनले गभर्नरबाट आफ्नो योजना मुताबिकको सहयोग पाउलान ?
बजारमा भएपछि यस्ता प्रश्नहरु त आइरहने भइ गए l NEPSE:1,906.........................................Previous [1,888.29] (+17.70 / +0.94%)...................................Previous (-26.85 / -1.40%) SENSIND (358.03).........................................Previous (355.99] (+2.04 / +0.57%)........................................Previous (-5.02 / -1.39%) Turnover :1,382,767,991.84....................................Previous [1,289,371,531.03] Volume :4,308,645................................Previous [3,754,334]
|
|
#218 Sun Mar 26, 2023 5:29 pm
|
Member
Registered: Oct 2013
Posts: 1298
|
२०७९-१२-१२(2023-03-26) ---------------------------- २०७९ पुष ७ गते NEPSE १८०० को लाइनमा थियो,
सोहि दिन सांसदहरुको सपथ ग्रहणको कार्यक्रम पनि थियो,
पुष ११ प्रचण्डले प्रधानमन्त्रीको सपथ खाए,
सपथ खाएको चौथो दिनमा NEPSE 1867.21 बाट बढेर 2029.03 मा पुग्यो,
आठौ कारोबार दिनमा NEPSE 2,125.84 मा उक्लियो,
उनी प्रम बनेको एघारौँ कारोबार दिनमा 2,211.38 मा पुग्यो र
आज ५५ कारोबार दिनमा फेरी घुमिफिरी उही १८०० को लाइनमा उत्रिएको छ,
तर पनि राज्य संयन्त्रको कुनै पनि अंगलाई 'बाल मतलब' छैन,
मानौ कि share market मा आएको पैसा जति सबै अरबपतिका मात्र हुन्,
सरकारलाई कुनै हतारो छैन, अहिले मन्त्रिमन्डल बनिसकेपछि पनि तिनको ध्यान,
यस्ता साना-मसिना कुरामा जाने छैन,
ती सब फेरी बैशाख १० मा हुने भनिएको उपचुनाबमा केन्द्रित हुने छन्,
त्यसपछि फेरी ती जितेर आउनेले फलानो मन्त्रालय नभए हामी सरकार छाड्छौ भनिदिन्छन,
जुन सुकै अबस्थाका लागि पनि लगानीकर्ताहरु तयार भएर रहनु पर्ने अबस्था देखियो,
यिनमा जनता र देशको यो अवस्थाको कुनै चासो देखिन्न l
NEPSE:1,888.29..........................................Previous [1,915.14] (-26.85 / -1.40%)...................................Previous (-18.15 / -0.94%) SENSIND (355.99).........................................Previous (361.01] (-5.02 / -1.39%)........................................Previous (-2.90 / -0.80%) Turnover :1,289,371,531.03....................................Previous [1,413,172,802.50] Volume :3,754,334................................Previous [4,340,270]
|
|
#219 Thu Mar 23, 2023 5:53 pm
|
Member
Registered: Oct 2013
Posts: 1298
|
२०७९-१२-९(2023-03-23) ---------------------------- नालायकहरु देशको यस्तो अबस्था छ,
एउटा अर्थमन्त्री त तुरुन्त बनाई हाल्नु नी,
फेरी १० दल बस्ने, मन्त्रालयको बार्गेनिंग गर्ने, कुरा मिलेन भन्ने फेरी भोली बस्ने भन्ने,
एकले अर्कोलाई गलाउने रणनीति लिएर निर्णयलाई तन्काइ रहने,
अझ अब एकै चोटी केन्द्रदेखि प्रदेशसम्मको प्याकेजमै सहमती गर्ने रे,
त्यो कहिले त ?
तीन महिना अगाडी निकै तामझाम गरेर सरकारको नीति तथा कार्यक्रम बनाएका थिए,
अब फेरी अर्को बनाउने रे,
नमचिने पिङको सय झड्का भने जस्तो, जब भने अनुसार गर्नुनै छैन भने किन नीति तथा कार्यक्रम ल्याउनु पर्यो ?
यिनलाई कुनै हतारो छैन,
अब बैशाख १० गतेको उपनिर्बाचन परिणाम नआईकन पूर्ण रुपमा मन्त्रिमन्डल विस्तार हुने सम्भावाना देखिन्न,
सबै दलहरु एकसे एक फटाहाहरुको कब्जामा गएपछि,
देश र जनताले यसैगरी दुख पाई रहने रहेछन l NEPSE:1,915.14..........................................Previous [1,933.29] (-18.15 / -0.94%)...................................Previous (-15.76 / -0.81%) SENSIND (361.01).........................................Previous (363.91] (-2.90 / -0.80%)........................................Previous (-2.30 / -0.63%) Turnover :1,413,172,802.50....................................Previous [1,333,719,929.67] Volume :4,340,270................................Previous [3,777,400]
|
|
#220 Mon Mar 20, 2023 6:01 pm
|
Member
Registered: Oct 2013
Posts: 1298
|
२०७९-१२-६(2023-03-20) ---------------------------- पुष २६, २०७९ मा प्रचण्डले बिस्वासको मत लिंदा,
संसदमा २७० सांसद उपस्थित थिए र त्यो मध्ये २६८ ले उनको पक्षमा मतदान गरेका थिए,
त्यो दिन बजार 21.34 अंकले घटेको थियो भने Turnover चाही ७ अर्ब माथीको थियो,
आज ६ चैत्र, २०७९ मा फेरी प्रचण्डले बिस्वासको मत लिंदा,
संसदमा उपस्थित २६२ सांसद मध्य १७२ जनाले उनको पक्षमा मतदान गरेका छन्,
तर अस्तिको बिस्वासको मतको दिनको बिपरित आज बजार 22.65 अंकले बढेको छ,
अब छिटो मन्त्रिपरिषद विस्तार गरेर फटाफट काम गर्न थाले हुनी l
NEPSE:1,949.06..........................................Previous [1,926.40] (+22.65 / +1.18%)...................................Previous (-6.90 / -0.36%) SENSIND (366.21).........................................Previous (363.26] (+2.95 / +0.81%)........................................Previous (-1.52 / -0.42%) Turnover :1,298,583,988.29....................................Previous [1,069,804,825.13] Volume :5,255,086................................Previous [3,163,389]
|
|
#221 Sun Mar 19, 2023 5:02 pm
|
Member
Registered: Oct 2013
Posts: 1298
|
२०७९-१२-५(2023-03-19) ---------------------------- पोहोर यहि महिनामा बिमा समितीले Insurance Company हरुको पूंजी बढाउने निर्णय गरेको थियो,
सो निर्णयपछिको पहिलो कारोबारमा NEPSE 41.41 अंकले घट्न पुगेको थियो,
अघिल्लो बर्षको चैत्र महिनामा जम्मा २० दिन कारोबार भएकोमा 5 दिन मात्र बजार हरियो भएको थियो भने,
दुइ पटक त लगालग ५ दिनसम्म बजार रातो भएको थियो,
भोली बिस्वासको मत लिएपछि १-२ दिनमा नयाँ मन्त्रिमन्डल पनि बन्छ र
सायद बजारले पनि पोहोर चैत्र महिनाको जस्तो नियती भोग्नु नपर्ला,
NEPSE:1,926.40..........................................Previous [1,933.31] (-6.90 / -0.36%)...................................Previous (-5.32 / -0.27%) SENSIND (363.26).........................................Previous (364.78] (-1.52 / -0.42%)........................................Previous (-0.51 / -0.14%) Turnover :1,069,804,825.13....................................Previous [1,141,455,062.50] Volume :3,163,389................................Previous [3,402,267]
|
|
#222 Thu Mar 16, 2023 5:57 pm
|
Member
Registered: Oct 2013
Posts: 1298
|
२०७९-१२-२(2023-03-16) ---------------------------- अरु देशमा बैंकको संख्या थोरै देखिन्छन,
तर अमेरिकामा चाही किन बैंकको संख्या चार हजारभन्दा बढी रहेछ ?
पुष ६ - २०७९ पछि बजारमा १ अर्ब मुनिको कारोबार भएको छैन,
बजारमा लगालग १२ दिन भयो Turnover एक अर्बको लाइनमा भएको,
पुष २६ गते प्रधानमन्त्री पुष्पकमल दाहालले बिस्वासको मत लिएको दिन,
बजारमा 7,658,823,579.86 को कारोबार भएको थियो,
त्यो दिन NEPSE 2,211.38 अंकबाट 21.34 घटेर 2,190.42 मा अडिएको थियो l NEPSE:1,933.31..........................................Previous [1,938.62] (-5.32 / -0.27%)...................................Previous (-14.44 / -0.74%) SENSIND (364.7 .........................................Previous (365.29] (-0.51 / -0.14%)........................................Previous (-3.03 / -0.82%) Turnover :1,141,455,062.50....................................Previous [1,202,141,882.65] Volume :3,402,267................................Previous [3,716,684]
|
|
#223 Wed Mar 15, 2023 6:19 pm
|
Member
Registered: Oct 2013
Posts: 1298
|
२०७९-१२-१(2023-03-15) ---------------------------- राजनीति क्षेत्र र नेता, कार्यकर्ता गण अनि कर्मचारीतन्त्रमा सधै उल्लास,
सधै हरियाली, सधै भ्याई-नभ्याई,
त्यो बाहेक अरु सबै क्षेत्र भने उजाड,
ती माथी हावाहुरी र सुख्खा रहने चैत्र महिनाको सुरुवात l
NEPSE:1,938.62..........................................Previous [1,953.06] (-14.44 / -0.74%)...................................Previous (+1.85 / +0.09%) SENSIND (365.29).........................................Previous (368.32] (-3.03 / -0.82%)........................................Previous (-0.17 / -0.05%) Turnover :1,202,141,882.65....................................Previous [1,135,925,357.91] Volume :3,716,684................................Previous [3,318,108]
|
|
#224 Tue Mar 14, 2023 5:26 pm
|
Member
Registered: Oct 2013
Posts: 1298
|
२०७९-११-३०(2023-03-14) ---------------------------- तपाईहरुलाई थाहा छ नी, आज कुन दिन हो,
पोहोर आजकै दिन TMS लाई बिगारेर पुरा कारोबार हुन् नदिएको दिन हो,
यसबारे कुनै छानबिननै भएन,
ठिक एकदिन अघि NEPSE 101.07 अंकले बढेको थियो,
NTC को Dividend बारे अनेक हल्ला चलाइएको र त्यही दिन
NTC को 20% Bonus Share बारे समाचार पनि प्रकाशित भएको थियो,
NEPSE:1,953.06..........................................Previous [1,951.21] (+1.85 / +0.09%)...................................Previous (-24.68 / -1.25%) SENSIND (368.32).........................................Previous (368.49] (-0.17 / -0.05%)........................................Previous (-5.46 / -1.46%) Turnover :1,135,925,357.91....................................Previous [1,162,503,515.16] Volume :3,318,108................................Previous [3,369,136]
|
|
#225 Mon Mar 13, 2023 8:23 am
|
Member
Registered: Mar 2018
Posts: 2309
|
२००८ मा 600 billion $ को Lehman Brothers डुब्दा नेपाललाई केहि फरक परेन भने अहिले २०२३ मा 209 billion $को Silicon Valley Bank डुबेर नेपाली पुंजी बजारलाई असर गर्छ भन्ने तोरी लाउरे विश्लेषकलाई नमस्कार गरिदिए हुन्छ।
|