Page: « < ... 3 4 5 6 7 8 9 10 11 ... > »
Author | Post |
---|---|
#151 Sat Sep 28, 2024 11:01 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1537
|
प्रकृतीले पनि हामीलाईनै, साह्रै नराम्रोसँग झापड हान्यो, असोज महिनाको झरीले देशभर यत्रो तान्ड़प मच्चाउला भनेर कल्पनासम्म गरिएको थिएन, विपद ब्यबस्थापनमा हामीले गरेको लगानी पनि खेरै गएछ, यस्तो अवस्थामा जनतालाई ढाडस दिने नेतृत्व खोइ हामीले कहिल्यै पाउन सकेनौ, यस्तो बेलामा प्रधानमन्त्रिको टिमले उता आफ्नो भ्रमण सफल पार्दैछ, नेपालीहरुको यसपालीको दशैँ, साह्रै खल्लो हुने भो ! |
#152 Thu Sep 26, 2024 10:07 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1537
|
२०८१-०६-१० (2024-09-26)
---------------------------- सप्तकोशीमा खसेको बसको सबै यात्रुको शकुशल उद्धार गरिएछ, खुशी लाग्यो, सहकारी ठगी गर्नेहरु सबैले थुनामुक्त गर, २-३ बर्षमा सबैको पैसा फिर्ता गर्छौ भनेर भनि रहेका छन्, बिदेशी मुद्राको संचिति बढेको बढ्यै छ, अमेरिकाको राष्ट्रपतीय निर्बाचन जति-जति नजिकिदै छ, त्यति त्यति अमेरिका युद्ध भडकाउन उद्धत देखिन्छ, इजरायल र उक्रेनको युद्धले त्यसै भन्छ l NEPSE:2,486.76..........................................Previous [2,519.57] (-32.81 / -1.30%)...................................Previous (+49.18 / +1.99%) SENSIND (447.45).........................................Previous (452.80) (-5.34 / -1.17%)........................................Previous (+7.91 / +1.78%) Turnover :4,841,407,720.14...................................Previous [4,813,223,004.49] Volume:13,691,596................................Previous [12,498,989] ![]() ![]() |
#153 Wed Sep 25, 2024 9:42 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1537
|
२०८१-०६-०९ (2024-09-25)
---------------------------- 2078 भाद्र २ गते NEPSE 3,198.60 अंकमा पुगेर, त्यो झर्दै, 2079 असोज ९ गते, आजकै दिन, NEPSE 1,815.13 अंकको न्यून बिन्दुमा आएको थियो l सहकारी संचालकहरुले बचतकर्ताहरुको पैसा फिर्ता गरे, उनीहरु बिरुद्ध सरकारले मुद्धा नचलाउने र मिलापत्र गराई दिने रे, महान्यायाधिबकताबाट आएको सर्कुलर हो यो l छबिलाल जोशीले निमोनिया भयो भनेर बयान दिएनन रे, प्रचण्ड र रबिन्द्र मिश्रको हिजोको भेटघाटको चर्चा थप चुलिने देखिन्छ भोलिका दिनमा l NEPSE:2,519.57..........................................Previous [2,470.39] (+49.18 / +1.99%)...................................Previous (-58.93 / -2.33%) SENSIND (452.80).........................................Previous (444.8 ![]() (+7.91 / +1.78%)........................................Previous (-9.52 / -2.09%) Turnover :4,813,223,004.49...................................Previous [5,689,561,356.69] Volume:12,498,989................................Previous [15,504,929] ![]() ![]() |
#154 Tue Sep 24, 2024 7:15 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1537
|
२०८१-०६-०८ (2024-09-24)
---------------------------- पोहोर 'ई:' नाम गरेका मान्छे बालेनले footpath ब्यबसायीलाई सडकबाट हटाएको बिरोधमा, राष्ट्रिय सभाको गेटमा बिरोध जनाउन उभिएका थिए, धेरै घण्टादेखि, पोहोर आजकै दिन बालेनले लौन त बार्ता गरौ भनि उनलाई भित्र बोलाए तर मसँग मात्र होइन मेरो team सँग बार्ता गर्नु पर्छ भनेर उनि बार्तामा गएनन् l NEPSE ले एउटा सूचनाको झटारो हानेर, केहि दिन अघिको अर्थमन्त्रीको NEPSE भ्रमण र उनले जनाएको चिन्ताको सम्बोधन गरे जस्तो गरेको छ, आफ्नो अनुभब नभएका तर मार्केटमा लाग्न चाहने लगानीकर्ताहरुमा चाही, यस्ता सूचना र जानकारीहरुले अन्यौलता सृजना गरि दिने काम गर्छन, लौ ठिक छ अरु बिज्ञे भनाउदाहरुको कुरा कसैले नसुनुन रे, तर NEPSE आफैले त share शिक्षाका कार्यक्रमहरु चलाउन सक्छ नी, यहि मार्केटबाट NEPSE ले त्यत्रो आम्दानी गरि रहेको छ, त्यत्रा कर्मचारीहरु पालिएका छन् यहीको पैसाले, अनि आफ्नो अन्नदाता यो बजारको प्रबर्धनका लागि उसले केहि गर्नु नपर्ने, खाली एउटा सूचनाको झटारो पेली दिएर मात्र हुन्छ ? बिभिन्न स्कुल कलेजमा तालिमहरु संचालन गर्नु पर्दैन ? स्कुल कलेजको पाठ्यक्रममा नेपालको share मार्केट बारेको बिषय राख्न पहल गर्नु पर्दैन ? आफै नियामक बन्ने अनि आफै share मार्केटबाट कमाउने, अनि लगानीकर्ताहरु किन शशंकित नहुन ? NEPSE:2,470.39..........................................Previous [2,529.33] (-58.93 / -2.33%)...................................Previous (-59.02 / -2.28%) SENSIND (444.8 ![]() (-9.52 / -2.09%)........................................Previous (-9.02 / -1.94%) Turnover :5,689,561,356.69...................................Previous [5,660,302,683.50] Volume:15,504,929................................Previous [13,535,903] ![]() ![]() |
#155 Tue Sep 24, 2024 12:05 am
|
|
Member
Registered: Oct 2013
Posts: 1537
|
२०८१-०६-०७ (2024-09-23)
---------------------------- साल्ट ट्रेडिग र खाध्यले दशैँ अघि भन्सार छुटको चिनी ल्याउन नसक्ने, परराष्ट्रले अझै दिएन अनुमती,गत बर्षको कोटा पनि सकिदै, यो ratopati ले छापेको समाचारको शिर्षक हो, यो समाचार पढेपछि देश कस्तो निकम्माको हातमा छ भन्ने प्रष्ट हुन्छ, भन्सार छुटको चिनी आए, कालोबजारी गर्न पाइन्न भनेर, छुटको चिनी ल्याउने अनुमतीनै दिएनछन् l NEPSE:2,529.33..........................................Previous [2,588.35] (-59.02 / -2.28%)...................................Previous (+11.58 / +0.44%) SENSIND (454.40).........................................Previous (463.43) (-9.02 / -1.94%)........................................Previous (+3.50 / +0.76%) Turnover :5,660,302,683.50...................................Previous [5,092,948,690.69] Volume:13,535,903................................Previous [12,485,731] ![]() ![]() |
#156 Sun Sep 22, 2024 8:16 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1537
|
२०८१-०६-०६ (2024-09-22)
---------------------------- २०७९, असोज ६ गते महानगरले बीर अस्पताल अगाडिको फार्मेसीहरु हटाई दिएको थियो, त्यो दिन NEPSE भने 1,838 र Turnover चाही ६५ करोडको थियो l २०७८, असोज ६ गते चाही NEPSE 104.88 अंकले बढेर 2,816 नाकमा पुगेको थियो, त्यो दिन Turnover ६ अर्ब माथिको थियो, अर्को प्रसंग, एक थोपो रगत रहेसम्म केपी ओलीसंग दुर्गा प्रसाई लड्ने रे, उनलाई प्रहरीले बिधुतिय कारोबार ऐन अन्तरगत आज भक्तपुरबाट पक्राउ गरेको थियो, छबिलाल जोशी पक्राउ परेसँगै,रबी लामिछाने पनि आत्तिएछन्, सबै कार्यकर्तालाइ यति राती पार्टी केन्द्रिय कार्यालयमा जम्मा हुन् सर्कुलर जारी भएछ l NEPSE:2,588.35..........................................Previous [2,576.76] (+11.58 / +0.44%)...................................Previous (-4.00 / - 0.15%) SENSIND (463.43).........................................Previous (459.92) (+3.50 / +0.76%)........................................Previous (-0.19 / -0.04%) Turnover :5,092,948,690.69...................................Previous [5,669,194,961.88] Volume:12,485,731................................Previous [13,952,121] ![]() ![]() |
#157 Wed Sep 18, 2024 11:37 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1537
|
२०८१-०६-०२ (2024-09-1
![]() ---------------------------- ओलीजीले ३२०० काटेपछि cake काट्ने हल्ला, कुन मिडियाबाट शुरु भएको थियो, त्यो पत्ता लगाउन गाह्रो छ र ? SEBON को अध्यक्षको नियुक्ति गरेको खोइ ? सिडियसको हालत किन यस्तो ? तिमीहरुलाई भागबन्डा गर्न सजिलो हुन्छ भनेर, सबै नियमकिय निकायको प्रमुख खाली भएपछि मात्र नियुक्ति गरिने हो एकै पटक ? समस्या पारदर्शी छ, छर्लंग छ, अझ भनौ समस्या तपाईहरुलेनै सृजना गरेको हो, ऐनामा अनुहार हेर्न छाडेर, कति न मार्केट र लगानीकर्ताहरुप्रति चिन्ता जनाए जस्तो गर्न, NEPSE भ्रमणको नाटक गर्नुको के अर्थ, सस्तो लोकप्रियताको पछि लागेर देश चल्दैन l अर्को प्रसंग, लेबनानको घटनाले मैले पनि आफ्नो पालाको पेजरलाई सम्झिन पुगे, त्यो बेला नेपालमा पेजरका ४ वटा कम्पनी थिए, आज पनि पेजर चल्दो रहेछ भनेर लेबनानमा भएको हिजोको बिष्फोटपछि मात्र थाहा पाए, यसो सोचे मोबाइल त झन् सिरानमै राखेर सुत्ने बानी परेको छ l पोहोर यो बेला Canada र भारतको सितयुद्धनै चलेको थियो, Canada मा रहेका शिख नेताको हत्याको आरोप Canada ले भारत माथी लगाएको थियो र भारतको राजदुतलाई देश निकाला गरेको थियो र त्यसको प्रतिउत्तरमा भारतले पनि, Canada को कुटनीतिज्ञलाइ देश निकाला गरेको थियो l NEPSE:2,576.76..........................................Previous [2,580.76] (-4.00 / - 0.15%)...................................Previous (-57.03 / -2.16%) SENSIND (459.92).........................................Previous (460.11) (-0.19 / -0.04%)........................................Previous (-8.54 / -1.82%) Turnover :5,669,194,961.88...................................Previous [7,361,988,383.74] Volume:13,952,121................................Previous [17,061,807] ![]() ![]() |
#158 Tue Sep 17, 2024 6:55 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1537
|
अघिल्लो ३ बर्षमा,असोज महिनामा के कस्तो गतिबिधि भएको रहेछ, हेरौ २०८० असोज : Turnover : 29,510,564,354.14 Total कारोबार दिन : 19 दिन रातो भएको : 11 दिन हरियो भएको : 8 दिन NEPSE को उच्च अंक : 2,029.78 NEPSE को निम्न अंक : 1,851.43 धेरै Turnover : 3,293,921,368.32 थोरै Turnover : 870,444,156.82 घटस्थापना २८ गते परेकाले दशैँ कार्तिकमा परेको थियो, २०७९ असोज : Turnover : 12,263,947,400 Total कारोबार दिन : 15 दिन रातो भएको : 8 दिन हरियो भएको : 7 दिन NEPSE को उच्च अंक : 1,898.38 NEPSE को निम्न अंक : 1,815.13 धेरै Turnover : 1,601,822,955 थोरै Turnover : 485,408,767.82 दशैँ अघिको अन्तिम र दशैँ पछिको पहिलो, दुवै कारोबार चाही हरियो भएको थियो, २०७८ असोज : Turnover : 80,733,013,553.70 Total कारोबार दिन : 16 दिन रातो भएको : 9 दिन हरियो भएको : 7 दिन NEPSE को उच्च अंक : 2,819.65 NEPSE को निम्न अंक : 2,517.81 धेरै Turnover : 8,493,401,009.27 थोरै Turnover : 1,497,375,371 दशैँ अघिको अन्तिम कारोबार रातो र दशैँ पछिको पहिलो कारोबार हरियो भएको थियो l ![]() ![]() |
#159 Mon Sep 16, 2024 9:01 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1537
|
२०८१-०५-३१ (2024-09-16)
---------------------------- कारोबार दिनलाई आधार मान्ने हो भने, यो महिना 68% समय बजार रातो भएको छ, २०७९ को भाद्र महिनाको आँकडा पनि ठ्याक्क यस्तैनै थियो l यो महिनाको NEPSE को तल्लो बिन्दु 2,580.76 को थियो, जुन आजको अंक हो भने यो महिनामा NEPSE को उच्च बिन्दु(टिकेको)चाही 2,974.46 सम्मको थियो, यो महिनामा NEPSE 420.05 अंकले घट्न पुगेको छ, २०७८ मा जब बजार टुप्पोमा पुगेर झर्न थालेको थियो, त्यो बेला भाद्र महिनामा 347.94 अंकले घटेको थियो NEPSE, २०७८ र २०८१ भाद्रको समानताको कुरा गर्ने हो भने, त्यो बेला पनि NEPSE ले रातो र हरियो गरेर २ पटक century कटाएको थियो भने यसपाली पनि रातो र हरियो गरेर २ पटकनै century कटेको छ, २०७८ भाद्र महिनाभरको Turnover 230,002,598,942 थियो भने, २०८१ भाद्र महिनाको Total Turnover चाही 250,570,501,988.14 रहेको छ, यो महिनामा १९ दिन कारोबार भएकोमा जम्मा ६ दिन बजार हरियो बनेको थियो l सहकारी ठगी सम्बन्धि संसदिय छानबिन समितिले आफ्नो रिपोर्ट बुझाएको छ, रबी लामिछानेले क्लिन चिट पाउनु भयो भनेर स्वर्णिम वाग्लेले भनेका छन्, स्वयं लामिछानेले पनि आफु निर्दोष भएको पुष्टि भयो भनि सके, बागमती नदि किनारमा २० मिटर छाड्नु पर्ने निर्णयको निर्णय उल्टाउन फेरी सरकारले मुद्धा दर्ता गराएको छ, असोज महिनाका लागि पनि ब्याजदर घटेको छ l NEPSE:2,580.76..........................................Previous [2,637.79] (-57.03 / -2.16%)...................................Previous (-50.73 / -1.88%) SENSIND (460.11).........................................Previous (468.65) (-8.54 / -1.82%)........................................Previous (-7.81 / -1.64%) Turnover :7,361,988,383.74...................................Previous [10,339,235,957.45] Volume:17,061,807................................Previous [24,846,782] ![]() ![]() |
#160 Sun Sep 15, 2024 11:52 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1537
|
२०८१-०५-३० (2024-09-15)
---------------------------- 2079 शाल आजको दिन जय नेपाल हल मुनि टुकुचा फेला परेको थियो, त्यो समयमा यो घटनाले खुब खैलाबैला मचिएको थियो, त्यो दिन पनि बजार ५७ अंकले घटेको थियो, NEPSE चाही 1,924.48 अंकमा थियो, पोहोर चाही एउटा कान नसुन्ने केटोले आफुलाई bike ले ठक्कर दिएको रिषले, तिनकुने स्थित दिब्य समिलमा आएर चार जनाको हत्या गरेको थियो, यो समाचारले पोहोर आजको दिनलाई शोकमग्न बनाएको थियो l NEPSE:2,637.79..........................................Previous [2,688.53] (-50.73 / -1.88%)...................................Previous (+78.31 / +3.00%) SENSIND (468.65).........................................Previous (476.47) (-7.81 / -1.64%)........................................Previous (+13.39 / +2.89%) Turnover :10,339,235,957.45...................................Previous [8,169,274,612.81] Volume:24,846,782................................Previous [19,433,154] ![]() ![]() |
#161 Thu Sep 12, 2024 8:41 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1537
|
२०८१-०५-२७ (2024-09-12)
---------------------------- २०७८ शालको भाद्र महिनामा बजार १३ दिन रातो र ७ दिन हरियो बनेको थियो, यहि महिनाबाट बजार आफ्नो उचाई चुमेर झर्न थालेको थियो, त्यो महिना NEPSE को उच्च बिन्दु 3,198.60 र तल्लो अंक 2,812.38 थियो, Total कारोबार दिनको ६५% समय बजार रातो भएको देखियो l त्यस्तै २०७९ शालको भाद्रमा बजार १७ दिन रातो र ८ दिन हरियो बनेको थियो, त्यो महिना NEPSE को उच्च बिन्दु 2,068.26 र तल्लो अंक 1,910.38 थियो l यो बर्ष चाही ६८% कारोबार दिन बजार रातो भएछ, त्यसै गरि २०८० शालको भाद्रमा चाही बजार ११ दिन रातो र ७ दिन हरियो बनेको थियो, त्यो महिना NEPSE को उच्च बिन्दु 2,045.45 र तल्लो अंक 1,932.45 थियो, यो चाही Total कारोबार दिनको ५५% हो l यो बर्षको भाद्र महिनाको चाही अझै २ दिन बाँकिनै छ, र अहिलेसम्मको आँकडा हेर्दा चाही बजार लगभग ६५% दिन रातो भएको देखिन्छ l लगानीकर्ताहरुले यसो फुर्सत निकालेर यस्ता कुराहरुको पनि अध्ययन गर्ने बानी निकाल्नु पर्छ l NEPSE:2,688.53..........................................Previous [2,610.21] (+78.31 / +3.00%)...................................Previous (-22.73 / -0.86%) SENSIND (476.47).........................................Previous (463.07) (+13.39 / +2.89%)........................................Previous (-4.30 / -0.92%) Turnover :8,169,274,612.81...................................Previous [6,851,179,051.18] Volume:19,433,154................................Previous [15,428,724] ![]() ![]() |
#162 Wed Sep 11, 2024 7:39 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1537
|
२०८१-०५-२६ (2024-09-11)
---------------------------- पोहोर आजकै दिन बिहान ३ बजे सुवासचन्द्र नेवांगलाइ अस्पतालले मृत घोषणा गरि दिएको थियो, उनि राती toilet मा लडेका थिए, आजको दिनले 'लादेन र ट्विन टावर'लाई फेरी एक पटक सम्झाई दिएको छ, देशका नेताहरु कहिल्यै नसुध्रने भए, एकपछि अर्को गरेर system लाई बन्चरो हान्ने काम आफै गर्दैछन्, अहिले उपसभामुखलाई महाभियोग लगाउने तयारी पनि यसकै निरन्तरता हो, कांग्रेसलाई उपसभामुख दिनका लागि, यी र यस्ता काम गरिनु भनेको केवल निम्छरो राजनीति मात्र हो, बजारलाइ आज पनि चाहेको अंकमा ल्याएर बन्द गराइएको छ, साना लगानीकर्ताहरुको मुटु छाम्ने काम हुँदैछ, अनुभबको कमि भएका र आफु अध्ययन नगरी खाली आर्काको भर पर्ने नयाँहरुको, यस्तो बेला सातो पुत्लो उड्ने गर्छ, धैर्य र अनुभवको मिश्रणबाट अगाडिको बाटो तय गर्नु पर्छ यस्तो बेलामा l NEPSE:2,610.21..........................................Previous [2,632.94] (-22.73 / -0.86%)...................................Previous (-13.09 / -0.49%) SENSIND (463.07).........................................Previous (467.3 ![]() (-4.30 / -0.92%)........................................Previous (-1.80 / -0.38%) Turnover :6,851,179,051.18...................................Previous [7,245,568,421.39] Volume:15,428,724................................Previous [19,077,583] ![]() ![]() « Last edit by nissan on Wed Sep 11, 2024 7:42 pm. » |
#163 Tue Sep 10, 2024 8:58 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1537
|
२०८१-०५-२५ (2024-09-10)
---------------------------- बजार लगालग ५ दिन घट्दा, NEPSE 197.26 अंकले घट्न पुगेको छ, यो बर्ष बैशाख महिनाको पहिलो हप्ता पनि बजार ५ दिन लगातार घटेको थियो, तर त्यो बेला चाही NEPSE 63.87अंकले मात्र घटेको थियो l पोहोर आजको दिन एरपोर्ट भन्सारमा बडो रमाइलो भएको थियो, ६१ किलो सुन काण्डपछि भन्सारका कर्मचारीहरुले अन्यत्र सरुवा मागेका थिए, तर सरुवा नगरेर उल्टो सोधपुछ गरेर दुख दिएको भनेर, तिनले पोहोर आजको दिन त्यहाको काम ठप्प पारेका थिए, अन्त कतै हुन् नसक्ने यस्ता काम नेपालमै देख्न पाइन्छ,हैन त ? NEPSE:2,632.94..........................................Previous [2,646.03] (-13.09 / -0.49%)...................................Previous (-55.86 / -2.06%) SENSIND (467.3 ![]() ![]() (-1.80 / -0.38%)........................................Previous (-10.53 / -2.19%) Turnover :7,245,568,421.39...................................Previous [9,439,106,425.54] Volume:19,077,583................................Previous [21,048,911] ![]() ![]() « Last edit by nissan on Tue Sep 10, 2024 9:00 pm. » |
#164 Mon Sep 09, 2024 9:27 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1537
|
२०८१-०५-२४ (2024-09-09)
---------------------------- पोहोर यतिखेर अर्थमन्त्रीले राष्ट बैंकले गलत नीति लियो भनेर भाषण गर्नेदेखि, यहि कुरा भन्दै अन्तरबार्ता दिने काम गरि रहेका थिए, NEPSE चाही 1,942 अंकमा थियो, २०७८ को बुलमा NEPSE ले 3,198.60 को उचाई चुमेको थियो, त्यसपछिको ९ कारोबार दिनमा NEPSE ३८० अंकले घटेको थियो, यसपाली चाही 3,000.81 अंक पुगेको NEPSE आज घट्न थालेको १४ दिनमा, ३५५ अंकले घटेको छ l NEPSE:2,646.03..........................................Previous [2,701.90] (-55.86 / -2.06%)...................................Previous (-25.46 / -0.93%) SENSIND (469.1 ![]() (-10.53 / -2.19%)........................................Previous (-6.63 / -1.36%) Turnover :9,439,106,425.54...................................Previous [10,122,408,249.12] Volume:21,048,911................................Previous [22,262,924] ![]() ![]() |
#165 Sun Sep 08, 2024 7:58 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1537
|
२०८१-०५-२३ (2024-09-0
![]() ---------------------------- दिनभरी बजार बढ्यो, अनि बन्द हुनेबेलामा चाही घटेर बन्द भयो, कसैले अन्तमा NEPSE लाई त्यहि अंकमा पुर्याउन चाहे जसरी l अहिले सिंहदरबारभित्र कर्मचारीलाई TMS चलाउन रोक लगाउने तयारी भनेर अर्को फण्डालाई केके न गर्न लागे जसरी समाचार बनाईदैछ मानौ कि बजार तिनै कर्मचारीले धानी दिएझैँ गरि, रोके पनि के भो त तिनका परिवारले अन्यत्रबाट चलाई हाल्छन् नि, पहिला पनि कहिले facebook त कहिले सिंहदरबारभित्र tiktok बन्द हुने भनेर समाचार बनि रहन्थे l NEPSE:2,701.90..........................................Previous [2,727.36] (-25.46 / -0.93%)...................................Previous (-12.10 / -0.44%) SENSIND (479.72).........................................Previous (486.35) (-6.63 / -1.36%)........................................Previous (-2.36 / -0.48%) Turnover :10,122,408,249.12...................................Previous [9,651,513,246.31] Volume:22,262,924................................Previous [20,153,993] ![]() ![]() |
#166 Thu Sep 05, 2024 11:52 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1537
|
२०८१-०५-२० (2024-09-05)
---------------------------- २०७८ को बुलबाट बजार विस्तार घट्दै थियो, आजको दिन ०७८ शालमा NEPSE १०८ अंकले घटेको थियो भने लगत्तै भोलिपल्ट फेरी १६२ अंकले बढेर २९८० अंकमा पुगेको थियो, बजारमा असम्भब केहि पनि छैन l NEPSE:2,727.36..........................................Previous [2,739.46] (-12.10 / -0.44%)...................................Previous (-90.73 / -3.20%) SENSIND (486.35).........................................Previous (488.71) (-2.36 / -0.48%)........................................Previous (-16.31 / -3.23%) Turnover :9,651,513,246.31...................................Previous [12,925,688,215.22] Volume:20,153,993................................Previous [26,584,192] ![]() ![]() |
#167 Wed Sep 04, 2024 9:42 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1537
|
नेकपा एमालेको २ दिन चलेको पोलिटब्युरो बैठकले थुप्रै निर्णयहरु गरेको छ, त्यसमध्ये एउटा निर्णय, "यो सरकार बनेपछि पुजिबजारमा देखिएको हौशला, आफ्नो सरकारको सफलताको भएको" भनि भनेको छ, पुजिबजारलाईनै सरकारको सफलताको मापक बनाई सकेपछि, यसको बिकास र विस्तारका सबै अबरोधहरुलाई पनि त चिर्नु पर्ला नि ? कि मक्ख परेर पुजिबजारको जस लिएर मात्र बस्ने ? ![]() ![]() |
#168 Wed Sep 04, 2024 8:27 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1537
|
२०८१-०५-१९ (2024-09-04)
---------------------------- पोहोर आजको दिन भारतको मन्त्रि परिषदबाट, नेपालबाट १० बर्षमा १० हजार मेगावाट बिद्युत खरिदको प्रस्ताब पारित भएको थियो, अघिल्लो दिनबाट RONB सामाजिक संजालमा देखिन छाडेको थियो, कारण चाही बालेनले सिंहदरबारमा आगो लगाउछु भन्दा उसले बालेनको श्रीमती सुत्केरी भएको भनि समाचार प्रकासित गरेको थियो, तर मेयरकि श्रीमती भने ९ दिन अघिनै सुत्केरी भएकी रहिछन, गलत संदेश दिएको भनेर सर्बत्र बिरोध हुन् थालेपछि RONB Deactivate गरिएको थियो, दिपेश पुनलाई पनि आजकै दिन सुन काण्डमा बयान लिइएको थियो तर अहिले त उनले सफाई पाई सके क्यार, NEPSE चाही 1,961 अंकमा थियो, यसपाली चाही यतिखेर गठबन्धनमा खटपट भयो अब यो सरकार ढल्छ भनेर अनाबस्यक हल्ला चलाइएको छ, ओलीजी र देउबाजीले होइन हाम्रो सरकार चुनाबसम्मै जान्छ भनेर स्पष्टिकरण दिंदाको हैरान छ, ३००० मा बेच्नेहरुका लागि फेरी entry का लागि बजारमा यस खालका हल्ला चलाईएका मात्र हुन्, फेरी अरु नयाँ मान्छेहरुलाई पनि त बजार छिर्ने अबसर दिनु पर्यो नि, त्यो बजारका लागि राम्रै कुरा होनी, अहिलेका लागि चाही,यस्ता घटनाहरुलाई सहज रुपमा लिने बानी बसालौ र आफ्नो टार्गेटतिर अर्जुन दृष्टि लगाऔ l NEPSE:2,739.46..........................................Previous [2,830.20] (-90.73 / -3.20%)...................................Previous (+6.94 / +0.24%) SENSIND (488.71).........................................Previous (505.03) (-16.31 / -3.23%)........................................Previous (+1.20 / +0.23%) Turnover :12,925,688,215.22...................................Previous [13,577,105,289.17] Volume:26,584,192................................Previous [30,599,890] ![]() ![]() |
#169 Tue Sep 03, 2024 7:15 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1537
|
२०८१-०५-१८ (2024-09-03)
---------------------------- बजारले दिनभर पिङ खेलेको खेल्यै गर्यो, नयाँहरुलाई बजारको यो चालाले अत्याउने काम गर्छ भने, अनुभबीलाई यस्ता घटना सामान्यनै लाग्ने गर्छ, यति भन्न सकिन्छ बजार अहिले अझ तल जाने मुडमा भने देखिन्न, यसको नजर मस्तिरनै छ l NEPSE:2,830.20..........................................Previous [2,823.25] (+6.94 / +0.24%)...................................Previous (+127.32 / +4.72%) SENSIND (505.03).........................................Previous (503.83) (+1.20 / +0.23%)........................................Previous (+22.94 / +4.77%) Turnover :13,577,105,289.17...................................Previous [13,104,631,802.67] Volume:30,599,890................................Previous [31,430,048] ![]() ![]() |
#170 Mon Sep 02, 2024 7:55 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1537
|
२०८१-०५-१७ (2024-09-02)
---------------------------- आफ्नी सुत्केरी श्रीमती चढेको गाडी ट्राफिकले रोकेको भनेर अघिल्लो दिन बालेनले, सिंहदरबारमा आगो लगाई दिने धम्कि दिएका थिए, त्यसैको चर्चा गर्दै अघिल्लो बर्षको आजको दिन बितेको थियो, त्यो समयमा लगानीकर्ताहरुको खाश काम पनि थिएन, NEPSE 1,960 र Turnover पनि जम्मा १ अर्ब अठार करोडको न थियो, परार त झन् आजको दिन NEPSE 1,970 र Turnover त झन् ७० करोड पनि पुगेको थिएन, २०७८ शाल आजको दिन चाही बजार माथी पुगेर घट्ने चरणमा थियो र NEPSE 2,926 र Turnover चाही साँढे नौ अर्बको थियो l NEPSE:2,823.25..........................................Previous [2,695.93] (+127.32 / +4.72%)...................................Previous (-53.63 / -1.95%) SENSIND (503.83).........................................Previous (480.8 ![]() (+22.94 / +4.77%)........................................Previous (-8.91 / -1.81%) Turnover :13,104,631,802.67...................................Previous [10,517,682,349.32] Volume:31,430,048................................Previous [26,246,435] ![]() ![]() |
#171 Sun Sep 01, 2024 9:58 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1537
|
२०८१-०५-१६ (2024-09-01)
---------------------------- भदौ लागेपछि बजार 304.88 अंकले घटेको छ, तिर- चार सय अंकले बजार बढ्दा, संसददेखि सर्बज्ञानीहरुसम्मले हंगामा मच्चाउछन् र लगानीकर्ताहरुलाई अत्याउनु अत्याउछन्, यी अहिले लगातार बजार घट्दा, सब कानमा टेल हालेर सुतेका छन्, बजार बढ्दा कोकोहोलो मच्चाउनेले, घट्दा पनि चिन्ता जनाउन सक्नु पर्छ, कुनै पनि कुरो एकतर्फी गर्नु जायज हुँदैन, बजार बढ्नका लागि समय दिनप्रतिदिन अनुकुल बन्दै गएको छ र अझै बन्दै पनि जानेछ भन्ने मैले चाही ठानेको छु, अरुले जति अत्याउन खोजे पनि, कसैले आत्तिहाल्नु पर्ने चाही जरुरी छैन है, तिन बर्ष त धैर्य गरियो अब २-४ महिना किन प्रतिक्षा नगर्ने ? NEPSE:2,695.93..........................................Previous [2,749.57] (-53.63 / -1.95%)...................................Previous (-36.83 / -1.32%) SENSIND (480.8 ![]() (-8.91 / -1.81%)........................................Previous (-8.35 / -1.67%) Turnover :10,517,682,349.32...................................Previous [12,243,601,365.90] Volume:26,246,435................................Previous [28,346,246] ![]() ![]() |
#172 Thu Aug 29, 2024 7:10 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1537
|
२०८१-०५-१३ (2024-08-29)
---------------------------- पोहोर आजको दिनबाट MCC औपचारिक रुपमा कार्यान्वयनमा आएको थियो, भेप मार्फत भएको सुन तस्करी प्रकरणमा कृष्ण बहादुर महराका सुपुत्र, राहुल महरा पनि आजकै दिन पक्राउ परेका थिए, यस दिन NEPSE चाही 1,990 मा थियो, परार चाही NEPSE 1,993 मा थियो, २०७८-५-१३ मा चाही NEPSE 3,044 अंकमा थियो र यो दिन Turnover चाही १५ अर्ब ६५ करोडको थियो, यो दिनपछि बजारले एकदिन मात्र तिन हजारको अंक देख्न पाएको छ, २०७८ भाद्रमा बजार 347.71 अंकले घटेको थियो, २०७९ भाद्रमा बजार 130.68 अंकले घटेको थियो, २०८० भाद्रमा बजार 68.22 अंकले घटेको थियो, यो बर्ष चाही भाद्र महिनामा जम्मा ७ दिन कारोबार हुँदा बजार 251.24 अंकले घटी सकेको छ, २०७८ भाद्रमा चाही बजार Top लगाएर झर्ने क्रममा थियो भने अहिले २०८१ को भाद्रमा चाही बजार पुरानो Top लाई तोड्ने तरखरमा देखिन्छ l NEPSE:2,749.57..........................................Previous [2,786.40] (-36.83 / -1.32%)...................................Previous (+3.80 / +0.13%) SENSIND (489.79).........................................Previous (498.15) (-8.35 / -1.67%)........................................Previous (+1.68 / +0.33%) Turnover :12,243,601,365.90...................................Previous [13,727,368,393.64] Volume:28,346,246................................Previous [35,007,039] ![]() ![]() |
#173 Wed Aug 28, 2024 8:58 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1537
|
२०८१-०५-१२ (2024-08-2
![]() ---------------------------- साउन १ यता आजको भन्दा कम Turnover एकदिन मात्र भएको छ, साउन २ गते NEPSE 2,364 मा हुँदा १२ अर्बको Turnover भएको थियो, SAFF U-20 मा बंगलादेश Champions बन्दा नेपाली दर्शकहरुको ब्यबहार भने अलि अशोभनीय देखियो, बजारले, प्रचण्डहरुले भने जस्तै २ कदम पछाडी हटेर, ठुलै जम्प हान्ने तयारी गरि रहे जस्तो भान हुँदैछ, हेरौ ! NEPSE:2,786.40..........................................Previous [2,782.60] (+3.80 / +0.13%)...................................Previous (-111.96 / -3.86%) SENSIND (498.15).........................................Previous (496.47) (+1.68 / +0.33%)........................................Previous (-22.87 / -4.40%) Turnover :13,727,368,393.64...................................Previous [18,649,533,170.35] Volume:35,007,039................................Previous [43,868,970] ![]() ![]() |
#174 Tue Aug 27, 2024 7:20 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1537
|
२०८१-०५-११ (2024-08-27)
---------------------------- साउन १ गते यता बजारले ४ पटक सय अंक क्रस गरेको छ NEPSE ले, दुई दिन ११३ र १०८ अंकले बढेर अनि दुई दिन चाही १४५ र १११ अंकले घटेर, अमरेश र प्रकाश सरणहरुले १४५ अंक घट्न सहयोग गरेका थिए भने आफ्नो share बेची सक्काएकाहरुको अनाबश्य हल्लाका कारण आजको १११ अंक घटाईमा मद्धत पुगेको छ, मेरो बिचारमा चाही न धेरै अंकमा बढेको राम्रो नत यस्तो अंकमा घटेकोनै, फेरी यहि बेला संसदमा धितोपत्रको ऐन संसोधन सम्बन्धि बिधेयक बारे छलफल चलेको छ, मार्केट बारे थोरै पनि जानकारी नराख्ने सांसदहरु यो छलफलमा भाग लिएर, नानाथरी फलाक्न थाल्छन् र लगानीकर्ताहरु फेरी संसदमा मार्केटको चर्चा सुनेर आत्तिन्छन l फोहोर आजको दिन NEPSE 1,998 मा र Turnover चाही १ अर्ब मुनिको थियो l NEPSE:2,782.60..........................................Previous [2,894.57] (-111.96 / -3.86%)...................................Previous (-79.88 / -2.68%) SENSIND (496.47).........................................Previous (519.34) (-22.87 / -4.40%)........................................Previous (-14.52 / -2.72%) Turnover :18,649,533,170.35...................................Previous [19,740,593,800.64] Volume:43,868,970................................Previous [42,686,640] ![]() ![]() |
#175 Sun Aug 25, 2024 10:22 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1537
|
२०८१-०५-०९ (2024-08-25)
---------------------------- अघिल्लो बुलमा पनि कुलमान चर्चामा थिए, अहिले पनि उनको चर्चाले शिखर चुमेको अवस्था छ, प्रमको दल पुरै उनको बिरुद्धमा देखिन्छ, २०७८ को बुलमा आजको दिन NEPSE 3,076.45 अंकमा थियो भने Turnover चाही १२ अर्बको थियो, यो NEPSE ले All Time High बनाएपछिको तेस्रो कारोबार दिन थियो र त्यो बेला बजार उचाईबाट घट्ने तरखरमा थियो l NEPSE:2,894.57..........................................Previous [2,974.46] (-79.88 / -2.68%)...................................Previous (+6.01 / +0.20%) SENSIND (519.34).........................................Previous (533.86) (-14.52 / -2.72%)........................................Previous (+3.75 / +0.70%) Turnover :19,740,593,800.64...................................Previous [19,160,652,085.56] Volume:42,686,640................................Previous [40,951,720] ![]() ![]() |
Page: « < ... 3 4 5 6 7 8 9 10 11 ... > »
Sharesansar Forum Powered By Miracle Hub