Author |
Post |
|
#126 Thu Sep 07, 2023 5:11 pm
|
Member
Registered: Oct 2013
Posts: 1305
|
२०८०-०५-२१ (2023-09-07 ---------------------------- यसपाली त यस्तैनै भयो,
आउनुस पुराना कुरा सम्झेर चित्त बुझाउ :
दुइ बर्ष आगाडी आजकै दिन NEPSE 162.06 अंकले बढेको थियो.
जुन दिन NEPSE 2,980.79 अंकमा पुगेको थियो l
त्यस्तै पोहोर आजकै दिन भने NEPSE अहिलेको जस्तै १९०० कै लाइनमा थियो l
राजनैतिक स्वार्थपूर्तिका खातिर देश र जनताप्रति ओहोदामा बसेकाहरुले,
कतिसम्म गद्दारी गर्न सक्ने रहेछन,
त्यो पूर्ण रुपमा अनुभब गर्न पाइयो l
तिनलाई किन यति 'निच हर्कत' गरेको जनतामाथी भनि,
प्रश्नले जिन्दगीभर पच्छयाइ रहने छ l
NEPSE:1,932.45..........................................Previous [1,961.37] (-28.92 / -1.47%)...................................Previous (-6.45 / -0.32%) SENSIND (371.5 .........................................Previous (377.24] (-5.65 / -1.49%)........................................Previous (-0.47 / -0.12%) Turnover :1,150,920,607.60...................................Previous [796,870,408.05] Volume :3,769,033................................Previous [2,480,929]
|
|
#127 Mon Sep 04, 2023 8:47 am
|
Member
Registered: Mar 2018
Posts: 2310
|
बेकम्मा, लुच्चा र दुष्टहरुलाई देश जिम्मा लगाको येही जनताले होइन ? अनि मुख्य दोषी को भए त ? जसले देश जिम्मा लगायो यी दुष्टहरुलाई, फिर्ता ल्याउने जिम्मा पनि यिनै जनताको होइन र ? तर सब जना तैं चुप मै चुप। जनता जिम्मेवार भएको भए दुष्टहरुले कसरि ताण्डब मच्चाउन पाऊथे यो देश मा ?
|
|
#128 Sun Sep 03, 2023 5:36 pm
|
Member
Registered: Oct 2013
Posts: 1305
|
२०८०-०५-१७ (2023-09-03 ---------------------------- राज्यको संयन्त्र प्रयोग गरेर सबै निजी स्वार्थ सिद्धिमै केन्द्रित भएको देखिन्छ l
देश संघियतामा गयो भने, सबै कुरो केन्द्रमा मात्र हुँदा विकास हुन् सकेन भने,
सात वटा महंगा प्रदेस बनाए,
अनि मुख्यमन्त्रीहरुलाई आवास चाही केन्द्रमा बनाए,
अझ प्रदेश प्रमुखको त के भूमिका हुन्छ भनेको ?
तिनलाई पनि यतै महल खडा गरे l
अहिले संसदीय सभापती चयन भएका छन्, तिनलाई पनि सुबिधा त कति हो कति l
देशमा तस्करी बढ्छ, अनि तस्करी गर्नेसंग साझेदारी गर्ने मान्छे आफ्नो दलको पर्यो भने,
त्यसलाई उम्काउन हदैसम्मको शक्ति प्रदर्शन हुन्छ l
तर देशको हालत बिग्रदो छ, जनता देश छाडेर गको गईछन्,
बाँकिको योजना पनि त्यस्तै सुनिन्छ l
share market कै कुरा गरौ न,
केहि सन्काहाहरुले आफ्नो पद र अधिकारको दुरुपयोग गरेर,
आफ्नो रिष र इर्ष्या यसमाथी साँधेका साध्यै छन्,
तर कोहि चुइक्क बोल्दैन l
सबै आ-आफ्ना झमेला, भ्रस्टाचार र दुइ नम्बरी कामको,
दोषबाट सफेद भएर निस्कने ध्याउन्न्नमा मात्र देखिन्छन,
बालकृष्ण खाँडलाई जेल हाल्यो भनेर कांग्रेस रिसाउछ, एमालेकालाई लौ त छोएर देखा भनेर,
ओलीजी कडकिन्छन,
महराको कुरो आउँदा माओबादी टार्न मात्र खोज्छ अनि केहि सिप लागेन भने,
आफ्ना भ्रष्ट बचाउन अर्को भ्रष्टलाई पनि उन्मुक्ति दिने काम हुन्छ l
यी सब सम्झिंदा रगत उम्लिएर आउँछ,
कस्ता बेकम्मा, लुच्चा र दुष्टहरुको हातमा देश पर्यो भने l
NEPSE:1,960.78..........................................Previous [1,990.59] (-29.81 /-1.49%)...................................Previous (-2.82 / -0.14%) SENSIND (376.62).........................................Previous (381.71] (-5.09 / -1.33%)........................................Previous (-1.13 / -0.29%) Turnover :1,186,618,410.87...................................Previous [1,130,008,041.15] Volume :4,053,368................................Previous [3,803,244]
|
|
#129 Wed Aug 30, 2023 7:04 pm
|
Member
Registered: Oct 2013
Posts: 7568
|
तीन दलको व्यक्तित्व:NC- सोझो, murkha| लुटपाट र इम्प्लिमेन्ट मालिकको आदेश सोझो तरिका le Maoist- धेडे, हिंस्रक- लुटपाट र मालिकको आदेश लागू गर्ने ma UML- chattu- लुटपाट र मालिकको आदेश लागू गर्ने ma Look at UML's governor adhakari- * at first he used some in share market against share market, he used maoist fm sharma, other maoist and nc politicians to pass bad policies. (This was during the beginning of economic crash, share market crash) - those share investors were mostly micro investors and later uml governor destroyed micro companies and share. And they are crying today. And maoist sharma had to resign. * then uml governor, by using chettery governor and ime boss as bridge, to reach to prachanda and passed bad policy. - now ime boss is complaining. * now uml governor is working closely with IMF to pass bad policy. (UML governor has been destroying Nepal using everyone to harm maoist/nc govt, but he never took help from uml/kp oli. If you are dumb like maoist/nc- you dont need enemy to destroy you.)
|
|
#130 Wed Aug 30, 2023 5:09 pm
|
Member
Registered: Oct 2013
Posts: 1305
|
२०८०-०५-१३ (2023-08-30) ---------------------------- २०७८ भाद्र १३ गते NEPSE 3,044.86, Turnover 15,651,244,505 र Volume 24,888,313
२०७९ भाद्र १३ गते NEPSE 1,993.02, Turnover 1,266,619,150 र Volume 3,440,900
पोहोरको र आजको अबस्था उस्तैनै देखियो,
बिपक्षी दलका नेता सत्ता गठबन्धनलाई पछारेरै छाड्छु भनेर दिनहुँ कुर्लन्छन,
ठाउँ-ठाउँमा उनैले नियुक्ति गरेका मान्छेहरु विराजमान छन्,
तिनले नीतिगत रुपमा र कार्यान्वयनको तहमा पालै-पिलो असहयोग गरेको गर्यै छन्,
सरकारका मन्त्रि र प्रधानमन्त्री भने,
तिनलाई नत्थी कस्ने नभए,
ब्यबस्थित तरिकाले तिनीहरुलाई घर पठाउने उपाय खोज्नतिर नलागेर,
चाहिने, नचाहिने कुरामा बराल्लिएको बराल्लीयै छन् l NEPSE:1,990.59..........................................Previous [1,993.42] (-2.82 / -0.14%)...................................Previous (-5.05 / -0.25%) SENSIND (381.71).........................................Previous (382.85] (-1.13 / -0.29%)........................................Previous (-0.71 / -0.18%) Turnover :1,130,008,041.15...................................Previous [865,120,452.40] Volume :3,803,244................................Previous [4,006,739]
|
|
#131 Wed Aug 23, 2023 6:41 pm
|
Member
Registered: Oct 2013
Posts: 7568
|
प्रत्येक ऋण जारी गर्दा बैंकहरूले कम्तिमा १०% वार्षिक खर्चमा बचत गर्नेछ।
That's a lot.
|
|
#132 Wed Aug 23, 2023 6:23 pm
|
Member
Registered: Oct 2013
Posts: 1305
|
२०८०-०५-०६ (2023-08-23) ---------------------------- Shangrila Development Bank को Share Loan को बिज्ञापनले,
लगानीकर्ताहरुमा झिनो भए पनि आशाको संकेत पलाएको देखिन्छ,
सायद अब यस्ता बिज्ञापनको प्रतिष्पर्धानै चल्ने छ l
NEPSE:2,045.45..........................................Previous [2,015.98] (+29.47 / +1.46%)...................................Previous (+17.69 / +0.88%) SENSIND (390.2 .........................................Previous (385.98] (+4.30 / +1.11%)........................................Previous (+3.36 / +0.87%) Turnover :1,510,488,984.60...................................Previous [1,332,564,769.51] Volume :4,237,069................................Previous [6,031,356]
|
|
#133 Tue Aug 22, 2023 6:38 pm
|
Member
Registered: Oct 2013
Posts: 1305
|
२०८०-०५-०५ (2023-08-22) ---------------------------- गृहमन्त्रालय कांग्रेसले लिएर,
अर्थमन्त्रालय माओबादिलाई दिने रे भन्ने हल्ला चलाउन थालेका छन् l
नारायणकाजी श्रेष्ठको एक्कासी बढेको उचाइले,
माओबादी पार्टीकै नेताहरु अत्ताल्लिएका थिए,
प्रचण्डपछिको को त भन्दा उनी स्थापित हुँदा,
प्रभाकर र अनन्तहरुभन्दा उनीनै अघि आउने सम्भावना थियो l
कांग्रेस र माओबादी दुवै मिलेर प्रकाशको तेजोबध गरे भने अचम्म नमान्दा हुन्छ l
हाम्रो देशको राजनीति साच्चिकै फोहोरीनै छ,
धेरैनै फोहोरी l NEPSE:2,015.98..........................................Previous [1,998.28] (+17.69 / +0.88%)...................................Previous (-12.93 / -0.64%) SENSIND (385.9 .........................................Previous (382.62] (+3.36 / +0.87%)........................................Previous (-1.50 / -0.39%) Turnover :1,332,564,769.51...................................Previous [1,408,981,601.68] Volume :6,031,356................................Previous [4,163,872] « Last edit by nissan on Tue Aug 22, 2023 6:45 pm. »
|
|
#134 Mon Aug 21, 2023 6:44 pm
|
Member
Registered: Oct 2013
Posts: 1305
|
२०८०-०५-०४ (2023-08-21) ---------------------------- आजको दिन जस्तै निथ्रुक्क भिज्यो NEPSE पनि,
जेष्ठ २९, २०८० पछि NEPSE १९०० को लाइनमा झर्यो आज l
६३ वटा कारोबार दिनमा NEPSE लगातार २००० मुनि बसेपछि बल्ल,
जेष्ठ ३० गते २००० माथी उक्लिएको थियो l
त्यसपछि हिजोसम्म गरेर लगातार ४८ कारोबार दिन नेप्से २००० माथी टिक्न सफल भएको थियो l
आजको Turnover जेष्ठ ८, २०८० पछिको सबभन्दा कम Turnover हो l
NEPSE बाहेकका अन्य क्षेत्रमा पनि गाईजात्रा छ,
कोशी प्रदेशमा फेरी सभाअध्यक्षले बिस्वासको मत दिए l
उपसभामुख संसद चलाउनु पर्छ भनेर काठमाडौँ आएकी थिइन् भने,
अरु कति सांसद चाही सन्चो छैन भनेर घरै बसेका थिए l
NEPSE:1,998.28..........................................Previous [2,011.22] (-12.93 / -0.64%)...................................Previous (-21.91 / -1.07%) SENSIND (382.62).........................................Previous (384.12] (-1.50 / -0.39%)........................................Previous (-3.25 / -0.84%) Turnover :1,408,981,601.68...................................Previous [1,447,408,942.67] Volume :4,163,872................................Previous [4,459,459]
|
|
#135 Sun Aug 20, 2023 5:28 pm
|
Member
Registered: Oct 2013
Posts: 1305
|
२०८०-०५-०३ (2023-08-20) ---------------------------- खराब मान्छेहरुलाई नेता बनाउदा,
औकातै नभएकाहरुलाई शीरमा राखेर भगवान् जस्तो बनाउदा,
आज हामीले यस्तो दिन देख्न परेको हो l
बिपक्षी र सत्ता पक्ष दुवै मिलेर,
देशको हरेक क्षेत्र तहस-नहस बनाएका छन् l
यिनकै कारण देशबासीहरु frustration को सिकार बनि सकेका छन् l
यति हुँदा हुँदै पनि न कसैलाई यसको केहि मतलब छ,
न जिम्मेवारीबोधनै l
खाली औला अर्कातिर तेर्स्याउने काम बाहेक यिनबाट कहिल्यै केहि गरेनन l
बाहिरतिर गलत निर्णय भए तुरुन्त सच्च्याइ हाल्छन, गलत निर्णय गर्नेलाई तत्काल पदबाट out पनि गर्छन,
तर नेपालमा भने गल्ति सुधार्नु त परै जाओस अझ जिद्धि गरेर थप बिगार्ने काम हुन्छ l
युवाहरु नेपालमा बस्नै नसक्ने अबस्था कसले बनायो ?
............ कांग्रेस, एमाले र माओबादीले हैन ?
यिनीहरुमा त्यो फिल छैन, सबका सब पैसा थुपार्न र आफ्ना सन्तानका लागि अबसर सिर्जना गर्न मात्र तल्लिन छन् l
NEPSE:2,011.22..........................................Previous [2,033.13] (-21.91 / -1.07%)...................................Previous (+8.01 / +0.39%) SENSIND (384.12).........................................Previous (387.38] (-3.25 / -0.84%)........................................Previous (+1.08 / +0.28%) Turnover :1,447,408,942.67...................................Previous [1,541,367,398.79] Volume :4,459,459................................Previous [4,009,263]
|
|
#136 Thu Aug 17, 2023 5:50 pm
|
Member
Registered: Oct 2013
Posts: 1305
|
२०८०-०४-३२ (2023-08-17) ---------------------------- आजको Volume र Turnover दुवै,
यो महिनाभरिको सबभन्दा थोरै Volume र Turnover हो l
अर्थतन्त्रमा सुधारको छाँट देखिएन,
त्यो सुधार गर्न सक्ने ल्याकत नभएका मान्छे पदमा पुगेछन भन्नु पर्यो अब l
गभर्नर गजधम्म परेर बस्ने अनि अर्थमन्त्री चाही गफ बाहेक अरु केहि गर्न नसक्ने,
प्रत्यक महिनाको ३ साता बितेपछि, बैंकको ब्याजदरको चिन्ता गर्नु पर्ने,
लफडाहरु एउटा सकियो, अर्को निस्की हाल्ने,
बाह्रै महिना गाइजात्रा चल्ने देश बनाएरै छाडे l
NEPSE:2,033.13..........................................Previous [2,025.12] (+8.01 / +0.39%)...................................Previous (-20.31 / -0.99%) SENSIND (387.3 .........................................Previous (386.30] (+1.08 / +0.28%)........................................Previous (-5.54 / -1.41%) Turnover :1,541,367,398.79...................................Previous [1,679,980,623.09] Volume :4,009,263................................Previous [4,838,106]
|
|
#137 Wed Aug 09, 2023 6:02 pm
|
Member
Registered: Oct 2013
Posts: 1305
|
२०८०-०४-२४ (2023-08-09) ---------------------------- NEPSE 2,000 मा पुग्यो तर त्यहाँ बस्न रुचाएको देखिएन l
पोहोर आजको दिन पनि NEPSE को अंक same थियो भन्दा पनि फरक पर्दैन,
त्यो बेला NEPSE 2,062.80 मा थियो l
यसै त शिथिल बनेको देश,
बाढी,पहिरो र डुबानले थप अस्त ब्यस्त बनेको छ l
परिवारै पहिरोमा परेका छन्,
राजमार्गहरु बगेका छन्,
जनता राहतका लागि सरकार र आफ्ना सांसदहरुको बाटो हेरी रहेका छन् l
तर यस्तो बेला देशको संसद र सांसदहरु भने यी सब कुराबाट अन्जान बने जसरी,
सब काम छाडेर बेल घेराउ गरेर बसेका छन् l
त्यो पनि एक दिन दुइ दिन हो र, सधै l
NEPSE:2,060.91..........................................Previous [2,019.85] (+41.06 / +2.03%)...................................Previous (-28.40 / -1.38%) SENSIND (393.05).........................................Previous (385.56] (+7.48 / +1.94%)........................................Previous (-4.86 / -1.24%) Turnover :1,888,326,469.62...................................Previous [1,737,014,499.56] Volume :5,010,716................................Previous [4,860,741]
|
|
#138 Mon Aug 07, 2023 5:58 pm
|
Member
Registered: Oct 2013
Posts: 1305
|
२०८०-०४-२२ (2023-08-07) ---------------------------- कामको चांग छ संसदमा,
तर संसद सधै अबरुद्ध l
सांसदहरु सबै बेरोजगार l
तिनलाई सांसद बनाएर पठाएको कानून बनाउनका लागि होइन र ?
अनेक काण्डमा हिस्सेदारी खोज्न तिनलाई पठाएको हो र ?
फोहोर पनि यस्तै थियो संसद्को हालत,
अघिल्लो बर्ष आजकै दिन प्र.न्या. चोलेन्द्र शमसेर बिरुद्दको महाभियोगको प्रस्ताब माथी संसदमा छलफल सुरु भएको थियो,
र सो सिफारिसलाई समितीमा पठाईएको थियो l अहिलेको हालत पनि उस्तै,
अनि दिनहु सरकार यस्तै लफडामा फसिरहेपछि,
केको जनताको गुनासोको सुनुवाई हुनु ?
केको सुशाशन आउनु ? NEPSE:2,048.26..........................................Previous [2,051.47] (-3.21 / -0.15%)...................................Previous (-38.37 / -1.83%) SENSIND (390.43).........................................Previous (392.02] (-1.59 / -0.40%)........................................Previous (-7.52 / -1.88%) Turnover :2,333,573,297.98...................................Previous [2,687,148,234.55] Volume :6,647,143................................Previous [8,007,361]
|
|
#139 Sun Aug 06, 2023 6:42 pm
|
Member
Registered: Oct 2013
Posts: 1305
|
२०८०-०४-२१ (2023-08-06) ----------------------------
लगानीकर्ताहरुले पहिल्यै अन्दाज गरि सकेका थिए,
यसपाली बैंकहरुको कस्तो रिपोर्ट आउछ भनेर,
समग्रमा भन्नु पर्दा,
देशको अहिलेको अबस्था, सौतेला ब्यबहारका नियामकहरु, असक्षम नेतृत्व, बिबिध खालका अर्थब्यबस्था बिरुद्धका आन्दोलनहरु,
जस्ता प्रतिकुल बाताबरणका बीच पनि,
अहिले सार्बजनिक भएका रिपोर्टहरुलाई त्यति साह्रो खराब भन्न मिल्दैन l
त्यसैले लगानीकर्ताहरु निराश भएर बजार घट्यो भन्न त्यति नसुहाउला,
किनकी लगानीकर्ताहरु केहि बाहेक अधिकांसको रिपोर्ट त्यति आशा लाग्दो आउने छैन भनी,
पहिल्यै ढुक्क देखिन्थे,
बजार 'धर्का'ले घटाइ दिन्छ, २२०० र १८०० को मानसिक पिङ्ले घटाइ दिन सक्छ,
ब्रोकरले तलमाथि पार्न सक्छन l
तर रिपोर्टलाई देखाउन र भन्न चाही सजिलो भयो नी, अनि सबैतिर यहि रिपोर्टलाई देखाएर हल्ला पिटी रहेछनl
NEPSE:2,051.47..........................................Previous [2,089.84]
(-38.37 / -1.83%)...................................Previous (+3.00 / +0.14%)
SENSIND (392.02).........................................Previous (399.54]
(-7.52 / -1.88%)........................................Previous (+1.25 / +0.31%)
Turnover :2,687,148,234.55...................................Previous [1,781,941,701.81.]
Volume :8,007,361................................Previous [5,130,520]
|
|
#140 Thu Aug 03, 2023 6:17 pm
|
Member
Registered: Oct 2013
Posts: 1305
|
२०८०-०४-१८ (2023-08-03) ---------------------------- सडकमा सधै, सहकारी पिडितको धर्ना,
लघुवित्त पिडितको आन्दोलन,
निर्माण ब्यबसायीहरुको र्याली,
सदनमा सधै,
एमालेको अबरोध,
निर्बाध, बिना अबरोध सधै यो देशमा चलिरहने चाही,
तस्करी, ठगी, घुसखोरी र नीतिगत भ्रष्ट्राचार मात्र रहेछ l
पोहोर आजको दिन, चुनाब मंसिर ४ मा गर्ने भनेर सहमती गरेका थिए,
चुनाब घोषणापछि बजार हरियो होला भनि आश गरेर बसेका लगानीकर्ताहरु,
बजार रातो बन्न थालेपछि निराश बनेका थिए,
अबस्था अहिले पनि उस्तै l NEPSE:2,089.84..........................................Previous [2,086.84] (+3.00 / +0.14%)...................................Previous (+9.25 / +0.44%) SENSIND (399.54).........................................Previous (398.28] (+1.25 / +0.31%)........................................Previous (+1.56 / +0.39%) Turnover :1,781,941,701.81....................................Previous [1,812,473,856.13] Volume :5,130,520................................Previous [9,361,786]
|
|
#141 Wed Aug 02, 2023 6:22 pm
|
Member
Registered: Oct 2013
Posts: 1305
|
२०८०-०४-१७ (2023-08-02) ---------------------------- पोहोर आजकै दिनको २ वटा घटना सम्झन मन लाग्यो,
पहिलो घटना :
प्रमोद नेपाल नाम गरेका एक जना gold medalist उपसचिव २२ लाख घुस सहित पक्राउ परेका थिए,
त्यो बेला मेडियामा यो बारे लामा-लामा कथाहरु पनि छापिएका थिए l
हाम्रो देशमा यस्ता घटनाको कमी नभएर होला अहिले यो कुरालाई सायद सबैले भुली सके,
मेरो जिज्ञासा, ती उपसचिव छुटी सके होलान कि जेलमै छन् होला ?
दोश्रो घटना :
अमेरिका र चीनबीच द्वन्द उत्कर्षमा पुगेको थियो, हुन् त सम्बन्ध अहिले पनि सुध्रन सकेको छैन l
ताइवानको बिषयलाई लिएर दुइ देशले, वाकयुद्धदेखि लिएर सैन्य अभ्याससम्मको काम गरेका थिए,
यतिनै बेला अमेरिकाकि House of Representatives कि सभामुख Nancy Pelosi ले ताइवान भ्रमण गर्ने कुरा थियो,
यो कुराले चीन रिसाएको थियो र यो भ्रमण रद्ध गर्न अमेरिकालाई धम्कि पनि दिएको थियो,
तर आजकै दिन Nancy भने ताइवान भ्रमणमा आएरै छाडीन, उच्च सैन्य सुरक्षाका बीच l
हाम्रो बजारलाई सम्झंदा चाही,
ठुला दलका नेताहरु चुनाब कहिले गर्ने भनेर दिनहु बैठक गरेका गर्यै थिए र
बजारका पण्डितहरु चाही अब चुनाब घोषणा हुन्छ र त्यसपछि त,
घरमा नेताहरुले बोरामा खाँदेर राखेको पैसा बाहिर निस्कन्छ र बजारमा बुल सुरु हुन्छ भन्दै थिए,
NEPSE चाही 2,193.48 अंकमा थियो l
NEPSE:2,086.84..........................................Previous [2,077.58] (+9.25 / +0.44%)...................................Previous (-28.59 / -1.35%) SENSIND (398.2 .........................................Previous (396.72] (+1.56 / +0.39%)........................................Previous (-5.13 / -1.27%) Turnover :1,812,473,856.13....................................Previous [1,924,434,899.90] Volume :9,361,786................................Previous [6,015,067] « Last edit by nissan on Wed Aug 02, 2023 6:33 pm. »
|
|
#142 Mon Jul 31, 2023 6:32 pm
|
Member
Registered: Oct 2013
Posts: 1305
|
२०८०-०४-१५ (2023-07-31) ---------------------------- पोहोर पनि एमालेले यस्तै लफडा गरेको थियो,
अर्थमन्त्री र cctv footage delete काण्डमा,
अर्को पक्षले ठ्याक्क त्यतिनै बेला M. Adhikari काण्डलाई उजागर गरि दिएर,
एमालेलाई आच्छु आच्छु पारेको थियो,
छानबिनका लागि भनेर अहिले जस्तै त्यो बेला पनि माग उठ्यो, समिती बन्यो तर हात्ती आयो, हात्ती आयो फुस्सा भइ दियो अन्तमा,
सो समितिले अर्थमन्त्रीलाई चोख्याई दियो l
अहिले पनि सरकार पक्षले,
एमालेको कुन चाही काण्ड सार्बजनिक गरि दिन्छ र यो सुनकाण्डको नाममा भइ रहेको संसद अबरोध सकिन्छ l
पोहोर आजकै दिन, राजिनामा गरेको २६औ दिनमा जनार्दन शर्मा पुन:अर्थमन्त्रीमा नियुक्त भएका थिए,
त्यो दिन NEPSE 54 अंकले हरियो बनेर 2195 मा पुगेको थियो l
जेष्ठ २३, २०८० पछि आज पहिलो पटक Turnover एक अर्बको लाइनमा ओर्लेको छ l
NEPSE:2,106.18..........................................Previous [2,100.34] (+5.84 / +0.27%)...................................Previous (-26.14 / -1.22%) SENSIND (401.85).........................................Previous (399.66] (+2.18 / +0.54%)........................................Previous (-4.17 / -1.03%) Turnover :1,858,002,175.73....................................Previous [2,502,886,527.87] Volume :5,531,737................................Previous [6,860,042]
|
|
#143 Sun Jul 30, 2023 6:37 pm
|
Member
Registered: Oct 2013
Posts: 1305
|
२०८०-०४-१४ (2023-07-30) ---------------------------- धितोपत्र बोर्डको नीति तथा कार्यक्रम २०८० / ८१ :गरिनेछ,
हुनेछ,
गर्ने,
ल्याउने,
ल्याइनेछ,
मिलाइनेछ,
बढाईनेछ,
गराईनेछ,
लिईनेछ,
बर्षौदेखि दोहोरिई रहने सदाबहार शब्दहरु l बजार २२०० को लाइनबाट फेरी २१०० मा आएर अड्किएको छ,
यो बिचमा लगातार 5 दिन बजार रातो हुँदा, 126.82अंकले NEPSE झरेको देखिन्छ,
अघिल्लो बर्ष यो समयमा लगातार 5 दिन बजार बढ्दै थियो, त्यो 5 दिनमा नेप्से 108.09 अंकले बढेको थियो l
NEPSE:2,100.34..........................................Previous [2,126.48] (-26.14 / -1.22%)...................................Previous (-29.71 / -1.37%) SENSIND (399.66).........................................Previous (403.84] (-4.17 / -1.03%)........................................Previous (-5.26 / -1.28%) Turnover :2,502,886,527.87....................................Previous [2,425,780,564.10] Volume :6,860,042................................Previous [6,271,777]
|
|
#144 Thu Jul 27, 2023 6:14 pm
|
Member
Registered: Oct 2013
Posts: 1305
|
२०८०-०४-११ (2023-07-27) ---------------------------- अगिल्लो बर्ष मौद्रिक नीति आएपछि साउन ११ गतेसम्म NEPSE 94.53 अंकले बढेको थियो भने
यसपाली मौद्रिक नीतिपछि NEPSE 100.68 अंकले घटेको छ,
सरकारले M Adhikari जीलाई 'म्यानमार'को राजदुत बनाएर पठाई दिए कति बेस हुन्थ्यो l NEPSE:2,126.48..........................................Previous [2,156.20] (-29.71 / -1.37%)...................................Previous (-8.11 / -0.37%) SENSIND (403.84).........................................Previous (409.11] (-5.26 / -1.28%)........................................Previous (-2.05 / -0.50%) Turnover :2,425,780,564.10....................................Previous [2,432,508,769.57] Volume :6,271,777................................Previous [7,399,474]
|
|
#145 Wed Jul 26, 2023 6:04 pm
|
Member
Registered: Oct 2013
Posts: 1305
|
२०८०-०४-१० (2023-07-26) ----------------------------
पोहोर जेष्ठ १ गतेदेखि १० गतेसम्म बजार ३ दिन रातो भएको थियो भने
यसपाली आजसम्म चार दिन रातो बनेको छ l
पोहोर पनि यो बेला NEPSE २००० माथी थियो
अहिले त झन् २१०० माथीनै रहेको छ l
अब एक दुइ दिनमा SEBON को नीति तथा कार्यक्रम सार्बजनिक होला,
त्यो चाही बजारलाई सकारात्मक तरंग दिने खालको होस्,
पोहोर M Adhikari संग cctv फुटेज काण्ड साँटफेर गर्नेलाई फेरी सुन काण्डमा पनि
छानबिन समिती चाहियो रे,
मलाई लाग्छ तस्कर सबैले चिनेका छन् र तस्करले
नेता पुत्रहरुलाई यसमा च्यानल मिलाउन सहभागी गराएको छ l
म चाही २०८१ को चैत्र महिनाको व्यग्र रुपमा प्रतिक्षा गरि रहेको छु l
NEPSE:2,156.20..........................................Previous [2,164.31]
(-8.11 / -0.37%)...................................Previous (-36.19 / -1.64%)
SENSIND (409.11).........................................Previous (411.16]
(-2.05 / -0.50%)........................................Previous (-7.62 / -1.81%)
Turnover :2,432,508,769.57....................................Previous [2,910,732,418.71]
Volume :7,399,474................................Previous [7,716,277]
|
|
#146 Tue Jul 25, 2023 7:08 pm
|
Member
Registered: Oct 2013
Posts: 1305
|
२०८०-०४-०९ (2023-07-25) ---------------------------- पोहोर मौद्रिक नीति आएपछि,
६१ र ५४ अंकले दुइ दिन बजार बढेको थियो,
यसपाली चाही २६ र ३६ अंकले दुइ दिननै घट्यो l
M. Adhikari जीले २०७६ चैत्र २४ मा पद बहाली गर्नु भएको रहेछ,
भनेपछि अर्को बर्षको मौद्रिक नीति पनि उहाँकै करकमलबाट जारी हुने भो l
२० महिना अझै बाँकि !
समय विताउनै गाह्रो हुने भो l
NEPSE:2,164.31..........................................Previous [2,200.50] (-36.19 / -1.64%)...................................Previous (-26.66 / -1.19%) SENSIND (411.16).........................................Previous (418.78] (-7.62 / -1.81%)........................................Previous (-6.14 / -1.44%) Turnover :2,910,732,418.71....................................Previous [4,737,608,810.44] Volume :7,716,277................................Previous [20,979,887]
|
|
#147 Mon Jul 24, 2023 6:07 pm
|
Member
Registered: Oct 2013
Posts: 1305
|
२०८०-०४-०८ (2023-07-24) ----------------------------
आजको Volume २०७८ भाद्र २० गते(23 महिनापछि)पछिको सबभन्दा ठुलो Volume हो,
त्यो दिनको Volume 23,079,832 थियो भने Turnover 11 अर्ब माथीको थियो,
अनि NEPSE भने अघिल्लो दिनभन्दा 108 अंक घटेर 2,818.73 अंकमा अडिएको थियो l
र यो NEPSE ले ALL-Time High को record बनाएपछिको ठ्याक्कै १०औ कारोबार दिन थियो l
हिजो कारोबारको समयमा मौद्रिक नीति आयो,
पत्रकार सम्मेलन ३ बजेपछि गर्ने भनिएको थियो,
बजार फटाफट हरियो हुन् थालेपछि सर्बसाधारण लगानीकर्ताहरुमा पर्यो,
मौद्रिक नीति गज्जबको आएछ,
मेरो बिचारमा ८०-८५ प्रतिशतले त मौद्रिक नीतिनै बुझ्दैनन् होला,
अब आजको NEPSE हेरेर खाशै राम्रो मौद्रिक नीति आएनछ भनि अर्थ लाउलान,
राष्ट्र बैंकले ठुला र साना लगानीकर्ता भनेर कित्ताकाट गर्यो,
सानाले लाभ पाएको कुरा त राम्रै हो तर
बजार माथी चढ्न ठुलाकै भर्यांग चाहिन्छ l
बजारले अधिकारीजीको योभन्दा ठुलो प्रहार झेलिसकेको हुनाले,
यसपालीको मौद्रिक नीतिलाई सहजै पचाई दिने छाँट देख्छु म,
अझै पनि राष्ट बैंक ब्याजदर घट्नु हुँदैन र अहिले भएको ५०० अर्ब लगानीको लागि काफी छ,
योभन्दा बढी लगानी पनि हुनु हुँदैन भन्नेमा छ,
आज बिहानको रेडियो सम्बादमा राष्ट्र बैंकका भट्टजीले,
ब्याजदर घटे कसैले बचत गर्दैनन र फेरी बैंकमा पैसाको अभाब हुन् सक्छ भन्दै थिए l
NEPSE:2,200.50..........................................Previous [2,227.16] (-26.66 / -1.19%)...................................Previous (+63.24 / +2.92%) SENSIND (418.7 .........................................Previous (424.93] (-6.14 / -1.44%)........................................Previous (+14.41 / +3.51%) Turnover :4,737,608,810.44....................................Previous [4,375,196,232.80] Volume :20,979,887................................Previous [12,002,308]
|
|
#148 Sun Jul 23, 2023 5:46 pm
|
Member
Registered: Oct 2013
Posts: 1305
|
२०८०-०४-०७ (2023-07-23) ---------------------------- गभर्नरजीले मौद्रिक नीति बाचन गर्ने रुची देखाउनु भएन,
राष्ट्र बैंकको website बाट सार्बजनिक गरिदिनु भयो,
सधै चिथोरी रहने मान्छेले, नचिथोर्दा मात्र पनि बजारले सुकुन महशुस गरेको देखियो l
आजै मौद्रिक नीति आउनु,
आजै पुष २५, २०७९(त्यो दिन नेप्से 2,211.38 मा थियो) पछि नेप्सेले पनि २२०० को अंक कटाउनु,
अझ जेष्ठ १२, २०७९ मा NEPSE 2,239.60 मा थियो, र
त्यसपछिको सबभन्दा माथिल्लो अंक आजको हुनुलाई सुखद संयोगनै मान्नु पर्छ l NEPSE:2,227.16..........................................Previous [2,163.92] (+63.24 / +2.92%)...................................Previous (-1.31 / -0.06%) SENSIND (424.93).........................................Previous (410.52] (+14.41 / +3.51%)........................................Previous (+0.05 / +0.01%) Turnover :4,375,196,232.80....................................Previous [3,052,410,659.63] Volume :12,002,308................................Previous [8,424,108]
|
|
#149 Sun Jul 23, 2023 1:53 pm
|
Member
Registered: Oct 2013
Posts: 1305
|
मौद्रिक नीति सार्वजनिक, हेर्नुस् पूर्णपाठhttps://bizpati.com/monetary-policy/71824मौद्रिक नीति सार्बजनिक गर्ने भनेको पोर्टलको server नै down छ त, https://www.nrb.org.np/कि अर्कैबाट हो सार्बजनिक गर्ने ? « Last edit by nissan on Sun Jul 23, 2023 2:05 pm. »
|
|
#150 Thu Jul 20, 2023 6:07 pm
|
Member
Registered: Oct 2013
Posts: 1305
|
२०८०-०४-०४ (2023-07-20) ---------------------------- एक समय माओबादीका YCL निकै सक्रिय थिए,
तिनले 'सिताराम प्रशाई' नाम गरेका व्यवसायीलाई पक्डाउ गरेर टुँडिखेलमा लगेर सार्बजनिक गरेका थिए,
सायद जेपी गुप्ता संचारमन्त्रि थिए कि,
त्यो बेला mobile अहिले जस्तो सर्वसुलभ र सहज थिएन, सिम लिननै ५० हजार धरौटी राख्नु पर्थ्यो क्यार,
त्यसै ताका भन्सार नतिरी तस्करी गरेर ल्याएको भनेर मोबाइल फोन बोकेको एउटा ट्रकलाई,
YCL ले कब्जा गरेर टुँडिखेलमै लगेको थियो,
त्यो बेला पनि त्यो सामानसंग दिपक मलहोत्राको नाम जोडिएको थियो,
पछि कसरी मिलाए थाहा भएन l
पुरानो बानेश्वरतिरका मित्रहरु मलहोत्राजीका अनेक किस्सा सुनाउथे,
चप्पल पडकाउदै बाटामा हिंड्ने तिनी कसरी सम्पन्न भए भनेर चर्चा पनि चलाउथे,
धेरै बर्ष अगाडी पनि मलहोत्राजीले आज जस्तै पत्रकार सम्मेलन गरेका थिए,
तर प्रहरीले उनलाई खोजी रहेका कारण, पत्रकारका बीच उनी उपस्थित थिएनन र रेकर्डेड कुरा बजाईएको थियो l
सय किलो सुन समातियो भनेर समाचार पढी रहदा,
यस्ता कति क्विन्टल सुन पास गराउन बिचौलिया कर्मचारीहरुले सघाए होलान ?
बिजोग छ अवस्था !
यसपाली पनि मलहोत्राजीले पत्रकार सम्मेलनमा challenge गरे जस्तै,
यो सुन काण्डमा पनि उनको बिरुद्ध कुनै प्रमाण फेला पर्ने अवस्था देखिन्न l
जसरी चल्दैछ, देश त्यसै गरि चली रहने छ l NEPSE:2,163.92..........................................Previous [2,165.24] (-1.31 / -0.06%)...................................Previous (+11.17 / +0.51%) SENSIND (410.52).........................................Previous (410.46] (+0.05 / +0.01%)........................................Previous (+3.32 / +0.81%) Turnover :3,052,410,659.63....................................Previous [3,348,679,900.45] Volume :8,424,108................................Previous [8,674,109]
|