Author |
Post |
|
#101 Wed Aug 02, 2023 6:22 pm
|
Member
Registered: Oct 2013
Posts: 1268
|
२०८०-०४-१७ (2023-08-02) ---------------------------- पोहोर आजकै दिनको २ वटा घटना सम्झन मन लाग्यो,
पहिलो घटना :
प्रमोद नेपाल नाम गरेका एक जना gold medalist उपसचिव २२ लाख घुस सहित पक्राउ परेका थिए,
त्यो बेला मेडियामा यो बारे लामा-लामा कथाहरु पनि छापिएका थिए l
हाम्रो देशमा यस्ता घटनाको कमी नभएर होला अहिले यो कुरालाई सायद सबैले भुली सके,
मेरो जिज्ञासा, ती उपसचिव छुटी सके होलान कि जेलमै छन् होला ?
दोश्रो घटना :
अमेरिका र चीनबीच द्वन्द उत्कर्षमा पुगेको थियो, हुन् त सम्बन्ध अहिले पनि सुध्रन सकेको छैन l
ताइवानको बिषयलाई लिएर दुइ देशले, वाकयुद्धदेखि लिएर सैन्य अभ्याससम्मको काम गरेका थिए,
यतिनै बेला अमेरिकाकि House of Representatives कि सभामुख Nancy Pelosi ले ताइवान भ्रमण गर्ने कुरा थियो,
यो कुराले चीन रिसाएको थियो र यो भ्रमण रद्ध गर्न अमेरिकालाई धम्कि पनि दिएको थियो,
तर आजकै दिन Nancy भने ताइवान भ्रमणमा आएरै छाडीन, उच्च सैन्य सुरक्षाका बीच l
हाम्रो बजारलाई सम्झंदा चाही,
ठुला दलका नेताहरु चुनाब कहिले गर्ने भनेर दिनहु बैठक गरेका गर्यै थिए र
बजारका पण्डितहरु चाही अब चुनाब घोषणा हुन्छ र त्यसपछि त,
घरमा नेताहरुले बोरामा खाँदेर राखेको पैसा बाहिर निस्कन्छ र बजारमा बुल सुरु हुन्छ भन्दै थिए,
NEPSE चाही 2,193.48 अंकमा थियो l
NEPSE:2,086.84..........................................Previous [2,077.58] (+9.25 / +0.44%)...................................Previous (-28.59 / -1.35%) SENSIND (398.2 .........................................Previous (396.72] (+1.56 / +0.39%)........................................Previous (-5.13 / -1.27%) Turnover :1,812,473,856.13....................................Previous [1,924,434,899.90] Volume :9,361,786................................Previous [6,015,067] « Last edit by nissan on Wed Aug 02, 2023 6:33 pm. »
|
|
#102 Mon Jul 31, 2023 6:32 pm
|
Member
Registered: Oct 2013
Posts: 1268
|
२०८०-०४-१५ (2023-07-31) ---------------------------- पोहोर पनि एमालेले यस्तै लफडा गरेको थियो,
अर्थमन्त्री र cctv footage delete काण्डमा,
अर्को पक्षले ठ्याक्क त्यतिनै बेला M. Adhikari काण्डलाई उजागर गरि दिएर,
एमालेलाई आच्छु आच्छु पारेको थियो,
छानबिनका लागि भनेर अहिले जस्तै त्यो बेला पनि माग उठ्यो, समिती बन्यो तर हात्ती आयो, हात्ती आयो फुस्सा भइ दियो अन्तमा,
सो समितिले अर्थमन्त्रीलाई चोख्याई दियो l
अहिले पनि सरकार पक्षले,
एमालेको कुन चाही काण्ड सार्बजनिक गरि दिन्छ र यो सुनकाण्डको नाममा भइ रहेको संसद अबरोध सकिन्छ l
पोहोर आजकै दिन, राजिनामा गरेको २६औ दिनमा जनार्दन शर्मा पुन:अर्थमन्त्रीमा नियुक्त भएका थिए,
त्यो दिन NEPSE 54 अंकले हरियो बनेर 2195 मा पुगेको थियो l
जेष्ठ २३, २०८० पछि आज पहिलो पटक Turnover एक अर्बको लाइनमा ओर्लेको छ l
NEPSE:2,106.18..........................................Previous [2,100.34] (+5.84 / +0.27%)...................................Previous (-26.14 / -1.22%) SENSIND (401.85).........................................Previous (399.66] (+2.18 / +0.54%)........................................Previous (-4.17 / -1.03%) Turnover :1,858,002,175.73....................................Previous [2,502,886,527.87] Volume :5,531,737................................Previous [6,860,042]
|
|
#103 Sun Jul 30, 2023 6:37 pm
|
Member
Registered: Oct 2013
Posts: 1268
|
२०८०-०४-१४ (2023-07-30) ---------------------------- धितोपत्र बोर्डको नीति तथा कार्यक्रम २०८० / ८१ :गरिनेछ,
हुनेछ,
गर्ने,
ल्याउने,
ल्याइनेछ,
मिलाइनेछ,
बढाईनेछ,
गराईनेछ,
लिईनेछ,
बर्षौदेखि दोहोरिई रहने सदाबहार शब्दहरु l बजार २२०० को लाइनबाट फेरी २१०० मा आएर अड्किएको छ,
यो बिचमा लगातार 5 दिन बजार रातो हुँदा, 126.82अंकले NEPSE झरेको देखिन्छ,
अघिल्लो बर्ष यो समयमा लगातार 5 दिन बजार बढ्दै थियो, त्यो 5 दिनमा नेप्से 108.09 अंकले बढेको थियो l
NEPSE:2,100.34..........................................Previous [2,126.48] (-26.14 / -1.22%)...................................Previous (-29.71 / -1.37%) SENSIND (399.66).........................................Previous (403.84] (-4.17 / -1.03%)........................................Previous (-5.26 / -1.28%) Turnover :2,502,886,527.87....................................Previous [2,425,780,564.10] Volume :6,860,042................................Previous [6,271,777]
|
|
#104 Thu Jul 27, 2023 6:14 pm
|
Member
Registered: Oct 2013
Posts: 1268
|
२०८०-०४-११ (2023-07-27) ---------------------------- अगिल्लो बर्ष मौद्रिक नीति आएपछि साउन ११ गतेसम्म NEPSE 94.53 अंकले बढेको थियो भने
यसपाली मौद्रिक नीतिपछि NEPSE 100.68 अंकले घटेको छ,
सरकारले M Adhikari जीलाई 'म्यानमार'को राजदुत बनाएर पठाई दिए कति बेस हुन्थ्यो l NEPSE:2,126.48..........................................Previous [2,156.20] (-29.71 / -1.37%)...................................Previous (-8.11 / -0.37%) SENSIND (403.84).........................................Previous (409.11] (-5.26 / -1.28%)........................................Previous (-2.05 / -0.50%) Turnover :2,425,780,564.10....................................Previous [2,432,508,769.57] Volume :6,271,777................................Previous [7,399,474]
|
|
#105 Wed Jul 26, 2023 6:04 pm
|
Member
Registered: Oct 2013
Posts: 1268
|
२०८०-०४-१० (2023-07-26) ----------------------------
पोहोर जेष्ठ १ गतेदेखि १० गतेसम्म बजार ३ दिन रातो भएको थियो भने
यसपाली आजसम्म चार दिन रातो बनेको छ l
पोहोर पनि यो बेला NEPSE २००० माथी थियो
अहिले त झन् २१०० माथीनै रहेको छ l
अब एक दुइ दिनमा SEBON को नीति तथा कार्यक्रम सार्बजनिक होला,
त्यो चाही बजारलाई सकारात्मक तरंग दिने खालको होस्,
पोहोर M Adhikari संग cctv फुटेज काण्ड साँटफेर गर्नेलाई फेरी सुन काण्डमा पनि
छानबिन समिती चाहियो रे,
मलाई लाग्छ तस्कर सबैले चिनेका छन् र तस्करले
नेता पुत्रहरुलाई यसमा च्यानल मिलाउन सहभागी गराएको छ l
म चाही २०८१ को चैत्र महिनाको व्यग्र रुपमा प्रतिक्षा गरि रहेको छु l
NEPSE:2,156.20..........................................Previous [2,164.31]
(-8.11 / -0.37%)...................................Previous (-36.19 / -1.64%)
SENSIND (409.11).........................................Previous (411.16]
(-2.05 / -0.50%)........................................Previous (-7.62 / -1.81%)
Turnover :2,432,508,769.57....................................Previous [2,910,732,418.71]
Volume :7,399,474................................Previous [7,716,277]
|
|
#106 Tue Jul 25, 2023 7:08 pm
|
Member
Registered: Oct 2013
Posts: 1268
|
२०८०-०४-०९ (2023-07-25) ---------------------------- पोहोर मौद्रिक नीति आएपछि,
६१ र ५४ अंकले दुइ दिन बजार बढेको थियो,
यसपाली चाही २६ र ३६ अंकले दुइ दिननै घट्यो l
M. Adhikari जीले २०७६ चैत्र २४ मा पद बहाली गर्नु भएको रहेछ,
भनेपछि अर्को बर्षको मौद्रिक नीति पनि उहाँकै करकमलबाट जारी हुने भो l
२० महिना अझै बाँकि !
समय विताउनै गाह्रो हुने भो l
NEPSE:2,164.31..........................................Previous [2,200.50] (-36.19 / -1.64%)...................................Previous (-26.66 / -1.19%) SENSIND (411.16).........................................Previous (418.78] (-7.62 / -1.81%)........................................Previous (-6.14 / -1.44%) Turnover :2,910,732,418.71....................................Previous [4,737,608,810.44] Volume :7,716,277................................Previous [20,979,887]
|
|
#107 Mon Jul 24, 2023 6:07 pm
|
Member
Registered: Oct 2013
Posts: 1268
|
२०८०-०४-०८ (2023-07-24) ----------------------------
आजको Volume २०७८ भाद्र २० गते(23 महिनापछि)पछिको सबभन्दा ठुलो Volume हो,
त्यो दिनको Volume 23,079,832 थियो भने Turnover 11 अर्ब माथीको थियो,
अनि NEPSE भने अघिल्लो दिनभन्दा 108 अंक घटेर 2,818.73 अंकमा अडिएको थियो l
र यो NEPSE ले ALL-Time High को record बनाएपछिको ठ्याक्कै १०औ कारोबार दिन थियो l
हिजो कारोबारको समयमा मौद्रिक नीति आयो,
पत्रकार सम्मेलन ३ बजेपछि गर्ने भनिएको थियो,
बजार फटाफट हरियो हुन् थालेपछि सर्बसाधारण लगानीकर्ताहरुमा पर्यो,
मौद्रिक नीति गज्जबको आएछ,
मेरो बिचारमा ८०-८५ प्रतिशतले त मौद्रिक नीतिनै बुझ्दैनन् होला,
अब आजको NEPSE हेरेर खाशै राम्रो मौद्रिक नीति आएनछ भनि अर्थ लाउलान,
राष्ट्र बैंकले ठुला र साना लगानीकर्ता भनेर कित्ताकाट गर्यो,
सानाले लाभ पाएको कुरा त राम्रै हो तर
बजार माथी चढ्न ठुलाकै भर्यांग चाहिन्छ l
बजारले अधिकारीजीको योभन्दा ठुलो प्रहार झेलिसकेको हुनाले,
यसपालीको मौद्रिक नीतिलाई सहजै पचाई दिने छाँट देख्छु म,
अझै पनि राष्ट बैंक ब्याजदर घट्नु हुँदैन र अहिले भएको ५०० अर्ब लगानीको लागि काफी छ,
योभन्दा बढी लगानी पनि हुनु हुँदैन भन्नेमा छ,
आज बिहानको रेडियो सम्बादमा राष्ट्र बैंकका भट्टजीले,
ब्याजदर घटे कसैले बचत गर्दैनन र फेरी बैंकमा पैसाको अभाब हुन् सक्छ भन्दै थिए l
NEPSE:2,200.50..........................................Previous [2,227.16] (-26.66 / -1.19%)...................................Previous (+63.24 / +2.92%) SENSIND (418.7 .........................................Previous (424.93] (-6.14 / -1.44%)........................................Previous (+14.41 / +3.51%) Turnover :4,737,608,810.44....................................Previous [4,375,196,232.80] Volume :20,979,887................................Previous [12,002,308]
|
|
#108 Sun Jul 23, 2023 5:46 pm
|
Member
Registered: Oct 2013
Posts: 1268
|
२०८०-०४-०७ (2023-07-23) ---------------------------- गभर्नरजीले मौद्रिक नीति बाचन गर्ने रुची देखाउनु भएन,
राष्ट्र बैंकको website बाट सार्बजनिक गरिदिनु भयो,
सधै चिथोरी रहने मान्छेले, नचिथोर्दा मात्र पनि बजारले सुकुन महशुस गरेको देखियो l
आजै मौद्रिक नीति आउनु,
आजै पुष २५, २०७९(त्यो दिन नेप्से 2,211.38 मा थियो) पछि नेप्सेले पनि २२०० को अंक कटाउनु,
अझ जेष्ठ १२, २०७९ मा NEPSE 2,239.60 मा थियो, र
त्यसपछिको सबभन्दा माथिल्लो अंक आजको हुनुलाई सुखद संयोगनै मान्नु पर्छ l NEPSE:2,227.16..........................................Previous [2,163.92] (+63.24 / +2.92%)...................................Previous (-1.31 / -0.06%) SENSIND (424.93).........................................Previous (410.52] (+14.41 / +3.51%)........................................Previous (+0.05 / +0.01%) Turnover :4,375,196,232.80....................................Previous [3,052,410,659.63] Volume :12,002,308................................Previous [8,424,108]
|
|
#109 Sun Jul 23, 2023 1:53 pm
|
Member
Registered: Oct 2013
Posts: 1268
|
मौद्रिक नीति सार्वजनिक, हेर्नुस् पूर्णपाठhttps://bizpati.com/monetary-policy/71824मौद्रिक नीति सार्बजनिक गर्ने भनेको पोर्टलको server नै down छ त, https://www.nrb.org.np/कि अर्कैबाट हो सार्बजनिक गर्ने ? « Last edit by nissan on Sun Jul 23, 2023 2:05 pm. »
|
|
#110 Thu Jul 20, 2023 6:07 pm
|
Member
Registered: Oct 2013
Posts: 1268
|
२०८०-०४-०४ (2023-07-20) ---------------------------- एक समय माओबादीका YCL निकै सक्रिय थिए,
तिनले 'सिताराम प्रशाई' नाम गरेका व्यवसायीलाई पक्डाउ गरेर टुँडिखेलमा लगेर सार्बजनिक गरेका थिए,
सायद जेपी गुप्ता संचारमन्त्रि थिए कि,
त्यो बेला mobile अहिले जस्तो सर्वसुलभ र सहज थिएन, सिम लिननै ५० हजार धरौटी राख्नु पर्थ्यो क्यार,
त्यसै ताका भन्सार नतिरी तस्करी गरेर ल्याएको भनेर मोबाइल फोन बोकेको एउटा ट्रकलाई,
YCL ले कब्जा गरेर टुँडिखेलमै लगेको थियो,
त्यो बेला पनि त्यो सामानसंग दिपक मलहोत्राको नाम जोडिएको थियो,
पछि कसरी मिलाए थाहा भएन l
पुरानो बानेश्वरतिरका मित्रहरु मलहोत्राजीका अनेक किस्सा सुनाउथे,
चप्पल पडकाउदै बाटामा हिंड्ने तिनी कसरी सम्पन्न भए भनेर चर्चा पनि चलाउथे,
धेरै बर्ष अगाडी पनि मलहोत्राजीले आज जस्तै पत्रकार सम्मेलन गरेका थिए,
तर प्रहरीले उनलाई खोजी रहेका कारण, पत्रकारका बीच उनी उपस्थित थिएनन र रेकर्डेड कुरा बजाईएको थियो l
सय किलो सुन समातियो भनेर समाचार पढी रहदा,
यस्ता कति क्विन्टल सुन पास गराउन बिचौलिया कर्मचारीहरुले सघाए होलान ?
बिजोग छ अवस्था !
यसपाली पनि मलहोत्राजीले पत्रकार सम्मेलनमा challenge गरे जस्तै,
यो सुन काण्डमा पनि उनको बिरुद्ध कुनै प्रमाण फेला पर्ने अवस्था देखिन्न l
जसरी चल्दैछ, देश त्यसै गरि चली रहने छ l NEPSE:2,163.92..........................................Previous [2,165.24] (-1.31 / -0.06%)...................................Previous (+11.17 / +0.51%) SENSIND (410.52).........................................Previous (410.46] (+0.05 / +0.01%)........................................Previous (+3.32 / +0.81%) Turnover :3,052,410,659.63....................................Previous [3,348,679,900.45] Volume :8,424,108................................Previous [8,674,109]
|
|
#111 Wed Jul 19, 2023 6:51 pm
|
Member
Registered: Oct 2013
Posts: 1268
|
२०८०-०४-०३ (2023-07-19) ---------------------------- अघिल्लो बर्ष पनि बजार,
असारको अन्तिमदेखि मौद्रिक नीति नआइंजेलसम्म,
लगातार ८ दिन हरियो बनेको थियो l
यसपाली मौद्रिक नीतिको चर्चा खाशै त्यति धेरै भएको देखिन्न,
लगानीकर्ताहरु भने एकदम तम्तयार अबस्थामा बसे जस्तो देखिन्छन लगानीका लागि l
बितेको केहि समयमा,
लगानीकर्ताहरुले नियामकदेखि लिएर सबैतिरबाट अतिनै पिडा र दुख पाए,
अबको यो समय भने, लगानीकर्ताहरुका लागि उत्साहकै समय हुनेछ भनि मैले अनुमान गरेको छु l
गएको ३० वटा कारोबार दिनमा न त Turnover २ अर्बभन्दा कमको भएको छ,
न त गएको २६ कारोबारमा NEPSE नै २००० मुनि झरेको छ l
यसले पनि त केहि न केहि संकेत दिन्छ नी होइन र ? NEPSE:2,165.24..........................................Previous [2,154.07] (+11.17 / +0.51%)...................................Previous (+9.91 / +0.46%) SENSIND (410.46).........................................Previous (407.13] (+3.32 / +0.81%)........................................Previous (+3.04 / +0.75%) Turnover :3,348,679,900.45....................................Previous [3,548,829,029.13] Volume :8,674,109................................Previous [8,676,438]
|
|
#112 Mon Jul 17, 2023 6:41 pm
|
Member
Registered: Oct 2013
Posts: 1268
|
२०८०-०४-०१ (2023-07-17) ---------------------------- पोहोर पनि एक गते बजार हरियो बनेको थियो,
तर 1.93 अंकले मात्र,
यसपालिको सुरुवातलाई भने राम्रै मान्नु पर्छ l
पोहोर एक गते आइतबार परेको थियो,
बजार आइतबारदेखि बुधबारसम्म लगातार हरियो बनेको थियो भने,
बिहिबार र शुक्रबार चाही रातो भएको थियो l
साउन ६ गते शुक्रबार मौद्रिक नीति आएको थियो,
के यसपाली चाही ५ गते शुक्रबार मौद्रिक नीति आउला त M जीबाट ?
अघिल्लो बर्ष आजको दिन NEPSE 2,011.39 अंकमा थियो,
आजको भन्दा 132.77 अंकले कम l
NEPSE:2,144.16..........................................Previous [2,097.09] (+47.07 / +2.24%)...................................Previous (+12.16 / +0.58%) SENSIND (404.10).........................................Previous (394.15] (+9.95 / +2.52%)........................................Previous (+2.90 / +0.74%) Turnover :2,560,191,288.71....................................Previous [2,376,427,573.77] Volume :7,634,190................................Previous [7,184,254]
|
|
#113 Sun Jul 16, 2023 5:35 pm
|
Member
Registered: Oct 2013
Posts: 1268
|
२०८०-०३-३१ (2023-07-16) ---------------------------- बजारको लागि त भोलिदेखि नयाँ बर्ष शुरु हुँदैछ,
यो बर्षको १२ महिनालाई यसो फर्केर हेर्दा, Monthly Turnover : श्रावण २०७९ : Rs.72,616,108,406
भाद्र २०७९ : Rs.31,740,722,759
असोज २०७९ : Rs.12,263,947,400
कार्तिक २०७९ : Rs.16,864,175,585
मंगसिर २०७९ : Rs.22,677,413,614.95
पुष २०७९ : Rs.57,716,353,813
माघ २०७९ : Rs.53,469,065,185.27
फाल्गुण २०७९ : Rs.28,037,207,568.81
चैत्र २०७९ : Rs.24,718,282,989.42
बैशाख २०८० : Rs.15,947,923,611.18
जेष्ठ २०८० : Rs.48,534,539,630.51
असार २०८० : Rs.80,428,989,353.30
यसरी हेर्दा सबभन्दा कम Turnover असोज महिनामा र सबैभन्दा बढी Turnover यो असार महिनामा भएको देखिन्छ l
यो पुरा बर्षमा २३६ दिन कारोबार हुँदा,
NEPSE १३० दिन रातो र १०६ दिन हरियो बनेको छ l
यो आर्थिक बर्षको सबभन्दा कम NEPSE 1,815.13 (असोज ९,२०७९) र सबैभन्दा बढी NEPSE 2,211.38 (पुष २५, २०७९)रहेको छ l Daily Turnover मा पुष २६, २०७९ गतेको 7,658,823,579.86 को Turnover, सबैभन्दा धेरै हो भने
असोज १२, २०७९ को यो 485,408,767.82 को Turnover सबैभन्दा कम हो l NEPSE:2,097.09..........................................Previous [2,084.93] (+12.16 / +0.58%)...................................Previous (-12.62 / -0.60%) SENSIND (394.15).........................................Previous (391.25] (+2.90 / +0.74%)........................................Previous (-0.90 / -0.23%) Turnover :2,376,427,573.77....................................Previous [3,390,660,605.31] Volume :7,184,254................................Previous [9,382,440]
|
|
#114 Wed Jul 12, 2023 6:06 pm
|
Member
Registered: Oct 2013
Posts: 1268
|
२०८०-०३-२७ (2023-07-12) ---------------------------- सीता दाहालको मृत्युका कारण,
आज मेडियाहरुले हिजोको मनांग air को हेलिकप्टर दुर्घटना र
त्यो दुर्घटनामा ज्यान गुमाउन पुगेका एकै परिवारका पाँच सदस्यको बारेमा कुनै चर्चा गर्न सकेनन,
नत CB Gurung नै समाचारमा आए,
श्रीमान प्रधानमन्त्री हुँदा,
बाबुराम पत्नी हिसिला यामीजीलाई मेडियाले निकै चर्चामा ल्याएका थिए,
केपी ओली, माधब नेपाल र झलनाथ खनालका श्रीमतीहरुलाई कुनै scandal मा परेका थिएनन्,
गिरिजा प्रसाद प्रम हुँदा छोरी सुजाताको पनि उस्तै बदनामी भएको थियो,
शुशील कोइराला एक्ला भइ गए,
सुर्य बहादुर र लोकेन्द्र बहादुरहरुको श्रीमतीको पनि कुनै चर्चा हुँदैन थियो,
आजसम्म सायद बिबादको मात्रा नाप्ने हो भने आरजु देउबा एक नम्बरमा देखिनु हुन्छ,
तर आज बितेर जाने सीता दाहाल यस मामलामा अपबाद थिइन्,
रोगकै कारणले पनि हुन् सक्छ,
उनको सट्टामा छोरा प्रकाश र छोरीहरु भने अनेक बिबादमा पर्न भ्याएका थिए,
अर्को प्रसंग 'चमेली ग्यांग' महानगर घेराउमा गएछ,
footpath ब्यापारीलाई त्यहाँबाट नहटाउ भनेर,
यो ग्यांगका नाईकेहरु बाग्मतीका सुकुम्बासीहरुलाई हटाउन खोज्दा पनि धर्ना दिन पुगेका थिए l
बजार, नयाँ बर्षलाई स्वागत गर्नका लागि व्यग्र प्रतिक्षामा रहेको देखिन्छ l
NEPSE:2,097.55..........................................Previous [2,072.24] (+25.31 / +1.22%)...................................Previous (-4.73 / -0.23%) SENSIND (392.15).........................................Previous (388.86] (+3.28 / +0.84%)........................................Previous (+0.25 / +0.06%) Turnover :3,187,695,774.34....................................Previous [2,859,490,490.47] Volume :8,504,378................................Previous [7,988,986]
|
|
#115 Tue Jul 11, 2023 6:23 pm
|
Member
Registered: Oct 2013
Posts: 1268
|
२०८०-०३-२६ (2023-07-11) ---------------------------- २०७९ माघ १ गते पोखरामा यतिको बिमान दुर्घटना भएको थियो,
लगत्तै हतार-हतारमा सरकारले भोली पल्ट २ गते सार्बजनिक बिदा पनि घोषणा गर्यो,
बिदा किन दिएको भनेर प्रश्न पनि उठेको थियो,
माघ ३ गते प्रधानमन्त्रीले मन्त्रि परिषद विस्तार गरेका थिए,
आज पनि सोलुखुम्बुमा Manang Air को हेलिकप्टर दुर्घटनामा परेर सबै ६ जनाकै मृत्यु भएको छ,
भोलीनै छानबिन समिती बनाउने भनेर मन्त्रीजीले घोषणा गरि सके तर
६ महिना अघिको यतिको बिमान दुर्घटनाको रिपोर्ट अहिलेसम्म सार्बजनिक हुनसकेको छैन l
संयोगनै मान्नु पर्छ,
यसपाली पनि दुर्घटना लगत्तै मन्त्रिपरिषदमा फेरबदल हुने सम्भावनाको समाचारहरु बाहिरिएका छन्,
बजारमा भने Turnover, 5 अर्ब, 4 अर्ब, 3 अर्ब हुँदै 2 अर्बमा आई पुगेको छ l NEPSE:2,072.24..........................................Previous [2,076.96] (-4.73 / -0.23%)...................................Previous (-0.80 / -0.04%) SENSIND (388.86).........................................Previous (388.62] (+0.25 / +0.06%)........................................Previous (+0.11 / +0.03%) Turnover :2,859,490,490.47....................................Previous [3,797,986,583.25] Volume :7,988,986................................Previous [11,182,335] « Last edit by nissan on Tue Jul 11, 2023 6:31 pm. »
|
|
#116 Sun Jul 09, 2023 6:09 pm
|
Member
Registered: Oct 2013
Posts: 1268
|
२०८०-०३-२४ (2023-07-09) ---------------------------- पोहोर असार २८ गतेदेखि साउन ४ गतेसम्म लगालग ८ दिन बजार हरियो बनेको थियो,
गभर्नरलाई बजारले पटक्कै मन पराएको थिएन, अहिले जस्तै,
फेरी मौद्रिक नीतिको बेला आउदै थियो,
ठ्याक्कै त्यतिनै बेला २८ गते एमालेको अर्थ विभागका सदस्य M.Adhikari, गभर्नर भएको शंकाले बजार तातेको थियो,
२४ घण्टा बित्दा पनि एमालेले M.Adhikari को तस्बिरसम्म सार्बजनिक गर्न सकेन,
खोटांगका M बाट नाम आउने अधिकारी थर्का मान्छेहरुको भागाभागनै
चल्यो, आफुलाई नक्कली M.Adhikari बनाई दिने हुन् कि भनेर,
यहि बिषयले सडक र संसद दुवै तात्न थाल्यो,
संसदमा गभर्नरको राजिनामा माग देखि बर्खास्तसम्मको आवाज उठ्न थाल्यो,
बजारले नरुचाएका अधिकारीजी अब बिदा हुन्छन भन्ने आशले लगानीकर्ताहरुमा उत्साह बढ्यो र बजार भटाभट बढ्न थाल्यो,
त्यहि माथी असार ३० गते प्रधानमन्त्रिले मार्ग प्रसस्त गरिदिन गभर्नरलाई भन्नु भयो भन्ने समाचार बाहिरियो,
अनि झन् बजार हरियो हुन् थाल्यो,
अन्तिममा हात्ती आयो, हात्ती आयो फुस्सा जस्तो भयो, साउन ६ गते मौद्रिक नीति आयो,
पछि जनार्दन शर्माजीको cctv र M.Adhikari काण्डबीच मिलापत्र भयो l
अहिले पनि मौद्रिक नीतिको समय आउदै छ तर पोहोर जस्तो scandal हरु अहिले छैनन,
गभर्नर ढुक्क र सुरक्षीत अबस्थामा छन्,
लगानीकर्ताहरुलाई मायाँ गर्ने मान्छे यिनी होइनन,
अर्थमन्त्री पनि म्याउ-म्याउ मात्र गर्ने रहेछन l
आशा गरौ सबै राम्रो होस्,
पोहोर जस्तै लगालग बजार हरियो बनेको देख्न पाइयोस् l NEPSE:2,077.76..........................................Previous [2,049.38] (+28.38 / +1.38%)...................................Previous (-0.06 / -0.00%) SENSIND (388.51).........................................Previous (382.16] (+6.35 / +1.66%)........................................Previous (-0.58 / -0.15%) Turnover :3,042,543,961.01....................................Previous [3,077,498,315.30] Volume :8,352,576................................Previous [9,751,985]
|
|
#117 Thu Jul 06, 2023 6:18 pm
|
Member
Registered: Oct 2013
Posts: 1268
|
२०८०-०३-२१ (2023-07-06) ---------------------------- पोहोर आजको दिन NEPSE 2,030.59 अंकमा थियो,
volume आजको भन्दा ११ लाखको हाराहारीले कम थियो भने,
Turnover पनि १० करोडको हाराहारिले थोरै थियो,
अहिले प्रितम सिंहको पुस्तक बिमोचनमा प्रचण्डले बोलेको कुरालाई लिएर,
एमालेले प्रधानमन्त्रीको राजिनामा मागे जस्तै,
पोहोर पनि यो समयमा त्यस्तै-त्यस्तै थियो एमालेको माग,
CCTV को footage delete काण्डमा,उसले अर्थमन्त्रीको राजिनामा माग गरेको थियो,
पोहोर भोलीको दिन(२०७९-०३-२२) जनार्दन शर्माले राजिनामा गरेको त सबैलाई याद होला l
पछि कसरी M.Adhikari काण्डसंग, footage delete काण्डको मिलापत्र गरियो,
त्यो पनि हामीले बिर्सिएका छैनौ,
असार महिनामा यस्ता काम भइ रहने रहेछन,
अब मिलापत्रका लागि एमालेको कुन चाही काण्ड बाहिर आउने हो, हेरौ l
पोहोर असारमा नेप्से 1,848 देखि 2,086 को बिचमा घुमेको थियो,
यसपाली चाही अहिलेसम्म यो महिनामा नेप्से 2,049 देखि 2,186 को बिचमा तलमाथि गरेको देखिन्छ l
NEPSE:2,049.38..........................................Previous [2,049.44] (-0.06 / -0.00%)...................................Previous (-39.26 / -1.88%) SENSIND (382.16).........................................Previous (382.74] (-0.58 / -0.15%)........................................Previous (-5.89 / -1.52%) Turnover :3,077,498,315.30....................................Previous [3,073,992,136.78] Volume :9,751,985................................Previous [8,092,969]
|
|
#118 Tue Jul 04, 2023 4:34 pm
|
Member
Registered: Oct 2013
Posts: 1268
|
२०८०-०३-१९ (2023-07-04) ---------------------------- एक बर्ष अघि आजकै दिन NEPSE आज जस्तै हरियो भएको थियो,
त्यो बेला पनि NEPSE आजकै जस्तो मिल्दोजुल्दो 2,086.42 अंकमा थियो,
Turnover पनि आजकै जस्तो दुइ अर्बकै लाइनमा थियो भने
Volume पनि 6,227,692 को थियो, आजको जस्तै l
यो महिनाको सबैभन्दा कम Turnover आजको हो र २ अर्बको लाइनको Turnover पनि पहिलो हो,
मौद्रिक नीति बारे बिज्ञहरु बर्बराएको चाही सुन्न नभुल्नु होला l
NEPSE:2,088.70..........................................Previous [2,075.97] (+12.73 / +0.61%)...................................Previous (-21.32 / -1.02%) SENSIND (388.62).........................................Previous (386.35] (+2.28 / +0.59%)........................................Previous (-4.17 / -1.07%) Turnover :2,576,140,128.50....................................Previous [4,051,078,375.44] Volume :6,450,934................................Previous [9,418,952]
|
|
#119 Sun Jul 02, 2023 5:58 pm
|
Member
Registered: Oct 2013
Posts: 1268
|
२०८०-०३-१७ (2023-07-02) ---------------------------- 2080-2-1 मा 1,818.31 मा झरेको NEPSE,
2080-3-12 गते NEPSE 2,186.36 अंकमा पुग्यो,
यो बिचमा 32 वटा कारोबार दिनमा नेप्से 368.05अंकले बढेको देखिन्छ,
जेष्ठ १ गते Turnover 72 करोडको थियो भने आजको Turnover 5 अर्ब माथीको छ,
अब 'मौद्रिक नीति'को मसालाले मार्केटमा काम गर्छ केहि दिन,
एकसे एक बिज्ञहरुले त्यसमाथी नून र तेल थप्ने काम गर्छननै,
बैंकहरुले पनि सरकारले सुरक्षा नदिए, सेवा बन्द गर्नेसम्मको धम्कि दिन थालेका छन्,
सरकार पनि खोइ ढुक्कसँग चल्न पाएको देखिदैन.
प्रधानमन्त्री बहुमत पुर्याउन तानतुनमै व्यस्त भएको देखिन्छ l
NEPSE:2,097.29..........................................Previous [2,150.99] (-53.70 / -2.50%)...................................Previous (-35.37 / -1.62%) SENSIND (390.52).........................................Previous (402.75] (-12.23 / -3.04%)........................................Previous (-9.76 / -2.37%) Turnover :5,081,976,179.39....................................Previous [5,972,286,481.45] Volume :11,323,183................................Previous [13,342,996]
|
|
#120 Tue Jun 27, 2023 5:25 pm
|
Member
Registered: Oct 2013
Posts: 1268
|
२०८०-०३-१२ (2023-06-27) ---------------------------- पोहोर आजकै दिन NEPSE 94.92 अंकले बढेको थियो,
बजारमा चमक-धमक देखिदैछ,
२०७९-२-१३ गतेपछि NEPSE ले जम्मा एकदिन,
२०७९ पौष २५ गते मात्र हो २२०० अंकको दर्शन गरेर त्गयहि टिकेको,
त्यसपछि आजसम्म त्यो अबसर मिलेको छैन,
अझ भन्नु पर्दा बर्षदिन भरिमा एक दिनमात्र NEPSE ले २२०० को अंक कटाएको छ l
अनि ज्याकमा यता आउनु र गुरुङजी उता(CBI नियन्त्रणमा) जानु पनि गज्जबको संयोग लागेको छ मलाई l
भ्रष्टहरुलाई समाएको समाचारले पनि बजारका लागि इन्धनको काम गर्ने रहेछ,
भोली अर्को ठुलो माछोको समाचार आए हुने l
NEPSE:2,186.36..........................................Previous [2,129.42] (+56.94 / +2.67%)...................................Previous (+11.69 / +0.55%) SENSIND (412.51).........................................Previous (399.11] (+13.40 / +3.36%)........................................Previous (+3.66 / +0.93%) Turnover :5,476,287,740.48....................................Previous [5,312,422,087.27] Volume :13,107,080................................Previous [11,903,687] « Last edit by nissan on Tue Jun 27, 2023 5:38 pm. »
|
|
#121 Mon Jun 26, 2023 6:22 pm
|
Member
Registered: Oct 2013
Posts: 1268
|
२०८०-०३-११ (2023-06-26) ---------------------------- NEPSE १० कारोबार दिनदेखि २००० अंक माथी रहेको छ भने,
२ दिन देखि चाही २१०० अंक माथी उक्लिएको छ,
७ कारोबार दिनमा ३२ अर्बभन्दा बढीको Turnover हुनु पनि राम्रो कुरो हो,
जबकी जेष्ठ महिनामा लगभग ४९ अर्ब, बैशाख महिनाभरमा लगभग १६ अर्ब, चैत्र महिनामा लगभग २५ अर्ब,
फागुन महिनामा २८ अर्ब Turnover भएको थियो l
बैंकमा अधिक तरलता तर लगानी कतै गएको छैन,
बजारको चढाईको कारण त्यो पनि त होलानी,
अर्को प्रसंग :
पशुपतीमा चढाईएको जलहरिमा,
केपी ओली, बिद्या भण्डारी, भानुभक्त ढकाल लगायत १३ जनाको नाम सुनको अक्षरले कुंदीएको छ रे,
तिनका सन्तानले भविष्यमा हाम्रा पुर्खाले पशुपतीनाथको मन्दिरमा ११० किलो सुनको जलहरि चढाएथे भनुन भनेर होला,
आ-आफ्नो सम्पत्ती बेचेर पशुपतिलाई चढाए जस्तो l
के गगन थापाले ३५ जना जति सांसद लिएर पार्टी फुटाउन लागेका हुन् ?
एमालेले प्रधानमन्त्रीको ललिपप देखाएको छ भन्ने सुनिन्छ,
एकातिर देउबाजीलाई अर्कोतिर थापाजीलाई २ वटा ललिपप देखाएको हल्ला सुनिन्छ l
NEPSE:2,129.42..........................................Previous [2,117.73] (+11.69 / +0.55%)...................................Previous (+62.21 / +3.03%) SENSIND (399.11).........................................Previous (395.45] (+3.66 / +0.93%)........................................Previous (+9.64 / +2.50%) Turnover :5,312,422,087.27....................................Previous [6,490,418,307.89] Volume :11,903,687................................Previous [14,751,247]
|
|
#122 Thu Jun 22, 2023 5:22 pm
|
Member
Registered: Oct 2013
Posts: 1268
|
२०८०-०३-०७ (2023-06-22) ---------------------------- ठिक एक बर्ष अघि आजकै दिन, रास्वपा गठन भएको थियो,
तिलक कोइरालाजीलाई आज धेरैले गाली गरि रहेका छन्,
तर आघिल्लो बर्ष आजकै दिन, उनलाई प्रहरीले अनशन स्थलबाट उठाएर अस्पताल लगेको थियो,
४ घण्टा अस्पताल बसेर फेरी उनी अनशन स्थलमा फर्केका थिए,
पोहोर आजको दिन 39.93 अंक बढेर NEPSE 1,924.74 अंकमा पुगेको थियो l
अदालतले हिन्दी फिल्म नरोक्नु भनेपछि,
बालेनले सरकारलाई गाली गरे र अदालतको निर्णय नमान्ने बताए आज,
अब अदालतले मानहानी गरेको भनेर स्पष्टिकरण सोध्न सक्छ,
जबकी नागरिक उड्डयन प्राधिकरणले सोधेको स्पष्टिकरण बदर गर्ने माग सहित उनी आफै अदालत गएको अवस्था छ l
जोडतोडका साथ् ज्ञानेन्द्र ब. कार्की र सुवास नेवांगहरु कांग्रेस - एमालेको सरकार बनाउन भनेर घनिभूत बार्तामा छन् भन्ने सुनिन्छ,
बजारले, अब उब्जनी खाने बेलामा त्यहि अनुसारको रफ्तार लिने देखिन्छ l NEPSE:2,055.53.........................................Previous [2,050.78] (+4.75 / +0.23%)...................................Previous (-14.05 / -0.68%) SENSIND (385.81).........................................Previous (386.11] (-0.30 / -0.08%)........................................Previous (-2.03 / -0.52%) Turnover :3,444,862,501.60....................................Previous [3,496,822,260.78] Volume :8,008,246................................Previous [8,651,164]
|
|
#123 Thu Jun 22, 2023 11:00 am
|
Member
Registered: Mar 2018
Posts: 2291
|
येस्तो ठोकुवा गर्नु पछाडी को नियेत के हो ? त्यो पनि मार्केट को यो अबस्थामा https://www.youtube.com/watch?v=C3b730C_bGQ
|
|
#124 Wed Jun 21, 2023 6:32 pm
|
Member
Registered: Oct 2013
Posts: 1268
|
२०८०-०३-०६ (2023-06-21) ---------------------------- घोराहीकै IPO को चर्चा,
संसदीय समितिले नयाँ ब्रोकर रोक्नु भन्ने आदेश र फेरी दिनु भन्ने फरमान,
त्रिविका उप-प्राध्यापकलाई यत्रो समय थला पर्ने गरि कुट्ने आफ्नो कार्यकर्ताको मुद्धा फिर्ता लिएको भनेर चौतर्फी सरकारको आलोचना,
समाजबादी मोर्चा घोषणा, त्यसपछि कांग्रेस र एमाले मिलेर सरकार बनाउनु पर्छ भन्ने आवाज,
२ रुपैया किलोमा पनि नकिनेको भनि नेपाली किसानले कालिमाटीमा बाटोभरि गोलभेडा फालेको कुराले मन खिन्न,
बजेटमा आलु-प्याजमा भ्याट लगाएर, ब्यापारीलाई आफ्नो stock को प्याज तेब्बर भाउ बढाएर बेच्ने अबसर,
बालेनको आदिपुरुषको नाममा स्टन्ट,
काठमाडौँका बिद्यालयलाई जेहेन्दार र गरिब बिद्यार्थीलाई छात्रवृत्ति दिन महानगरको उर्दी र
अब एकै बिद्यालयमा बिद्यार्थीबाट बर्षै पिच्छे भर्ना शुल्क लिन नपाउने,
लगानीकर्ताहरुको महासंघ बनाउने 'गफ',
बालेनले सांसदहरुलाई वडा अध्यक्ष बनाई छाडे, आफुसंग स्वीकृति नलिई लगानीको योजना नबनाउनु भनेर,
नत्र कार्यान्वयन गर्न दिन्न भनेर,
अहिलेको समय यस्तै - यस्तै चलिरहेको छ l बजारले पनि यस्ता समाचार र घटनाहरुसंग तालमा ताल त मिलाउनै पर्यो नी l NEPSE:2,050.78.........................................Previous [2,064.83] (-14.05 / -0.68%)...................................Previous (-26.56 /-1.27%) SENSIND (386.11).........................................Previous (388.14] (-2.03 / -0.52%)........................................Previous (-4.25 / -1.08%) Turnover :3,496,822,260.78....................................Previous [4,110,606,953.97] Volume :8,651,164................................Previous [10,792,742]
|
|
#125 Wed Jun 14, 2023 6:22 pm
|
Member
Registered: Oct 2013
Posts: 1268
|
२०८०-०२-३१ (2023-06-14) ---------------------------- यो महिनाको जेष्ठ २ देखि जेष्ठ १० सम्म,
र जेष्ठ २३ देखि जेष्ठ ३१ सम्म लगातार ७ दिनसम्म NEPSE हरियो बनेको छ,
अघिल्लो पटक बढ्दा १८०० को लाइनमा ५ दिन र १९०० को लाइनमा २ दिन थियो बजार भने,
यसपाली अहिलेसम्म १९०० को लाइनमा ५ दिन र २००० को लाइनमा २ दिन NEPSE बसेको देखिन्छ,
अहिल्लो पटकको सातौ दिनमा NEPSE १६.४९ अंकले बढेको थियो भने
यसपालिको सातौ दिनमा पनि NEPSE उस्तै १६.४२ अंकले हरियो भएको देखिन्छ,
बार पनि मिलेको छ दुवै पटक मंगलबारबाट शुरु भएर अर्को बुधबार(भोलीको हेर्न बाँकीनै छ)सम्म बजार बढेको छ,
अघिल्लो बर्ष आजकै दिन NEPSE 1,996.25 अंकमा थियो र त्यो हप्ता लगातार ५ दिन बजार रातो भएको थियो,
त्यो समयमा लगानीकर्ताहरुले बिभिन्न माग राखेर आन्दोलन गरिरहेका थिए र
तिलक कोइराला 'आमरण अनशन'को तयारीमा थिए,
पोहोर जेष्ठ महिनामा बजार लगातार ८ दिन रातो बनेको थियो,
भोली बजार हरियो बन्यो भने फोहोरको रातो 'फच्या' हुन्छ l NEPSE:2,037.06..........................................Previous [2,020.64] (+16.42 / +0.81%)...................................Previous (+34.17 / +1.72%) SENSIND (383.69).........................................Previous (379.87] (+3.82 / +1.01%)........................................Previous (+6.52 / +1.75%) Turnover :5,017,807,682.80....................................Previous [4,126,695,943.97] Volume :12,561,440................................Previous [10,801,693]
|