Forum


ShareSansar Main Page

New Topic

HISTORY !!!

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: < 1 2 3 4 5 6 ... > »

Author Post
Member
Registered: Oct 2013
Posts: 1276


भर्खर मन्त्रिमण्डल गठन भएको छ,

सबैले नभए पनि १-२ जना मन्त्रीले राम्रै काम गर्लान जस्तो देखिन्छ,

तर कांग्रेसलाई सत्ताबाट बिमुख हुनु परेको पिडाले आतिनै सताए जस्तो छ,


आफुले चाही प्रमको अफर गर्ने अनि आफुसंग आएन भनेर फेरी उही मान्छेको राजिनामा चाहियो कि चाहियो भनेर

सदन पो अबरोध गर्न थाल्यो त l





महरा लगायतलाई सुन काण्डमा मुद्धा चल्न लाग्यो भनेर पीर परे जस्तो छ l

अस्थिरताका बाहकहरु, बरु निर्बाचन प्रणाली परिबर्तन गर्ने बारे बहस गर न,

यहि निर्बाचन प्रणाली रहिन्जेल हुने यस्तै हो l




:) :)

Member
Registered: Oct 2013
Posts: 1276
२०८०-१२-०१ (2024-03-14)
----------------------------


सुख्खा याम !






NEPSE:2,080.87..........................................Previous [2,108.72]


(-27.84 / -1.32%)...................................Previous (-2.48 / -0.11%)




SENSIND (369.81).........................................Previous (374.65)


(-4.83 / -1.29%)........................................Previous (-0.48 / -0.12%)




Turnover :3,943,592,302.13...................................Previous [4,248,523,332.22]


Volume:11,483,617................................Previous [10,889,634]



:) :)
Member
Registered: Oct 2013
Posts: 1276
२०८०-११-३० (2024-03-13)
----------------------------


2078 फागुन ३० गते TMS बिगारेर कारोबारलाई अबरुद्ध गरियो,

जबकी २९ गते NEPSE सय अंकभन्दा बढीले बढेको थियो भने,

अझ अघिल्लो दिन ५२ अंकले बढेको थियो l


त्यसपछि त NTC को २०% बोनस काण्डले बजार घटाउनेनै भयो किनकी हल्ला १००% को चलाइएको थियो l



पोहोर आजको दिन पनि कम्ति रमाइलो भएको थिएन,

तपाईहरुले कत्तिको सम्झनु भएको छ,

रामचन्द्र पौडेलको गालाबाट कोठी र घाँटीबाट चाउरी हटाएर,

देशभरका कार्यालयमा राख्न भनेर फोटो सार्बजनिक भएको थियो l

त्यसपछि त के चाहिन्थ्यो आलोचना सुरु भईगो,

अहिले सबैतिर राखिएको राष्ट्रपतीको तस्बिर त्यो विरोधका कारण correction भएको तस्बिर हो l





अघिल्लो महिनाभन्दा यस महिना Total Turnover 35 अर्बभन्दा बढीले घटेको देखिन्छ l


आजको TOP 10 Gainers :

WNLB, USLB, ANLB, SAMAJ, JSLBB, GUFL, GLBSL, GMFBS, DLBS, GLH



एउटा Finance र एउटा Hydro बाहेक बाँकि आठ वटै लघुवित्त Top Gainers मा परेका छन् l









NEPSE:2,108.72..........................................Previous [2,111.21]


(-2.48 / -0.11%)...................................Previous (+58.55 / +2.85%)




SENSIND (374.65).........................................Previous (375.13)


(-0.48 / -0.12%)........................................Previous (+10.60 / +2.90%)




Turnover :4,248,523,332.22...................................Previous [4,551,632,347.82]


Volume:10,889,634................................Previous [10,609,597]



:) :)
Member
Registered: Oct 2013
Posts: 1276
२०८०-११-२९ (2024-03-12)
----------------------------


परार आजको दिन NEPSE 101.07 अंकले बढेको थियो

त्यसको भोलिपल्ट TMS बिगारेर कारोबार हुन् दिईएन,

त्यो बेला NEPSE २६६७ .९७ मा थियो l




पोहोर आजको दिन NEPSE १९५१.२१ अंकमा थियो,

पोहोर आजको दिन रामचन्द्र पौडेलले राष्ट्रपतिको सपथ लिएका थिए भने बिद्या भण्डारीले शितल निवास छाडेकी थिइन् l



अहिलेको समयमा चाही अर्थमन्त्रीले लगानीकर्ताहरुलाई केहि उर्जा दिन खोजे जस्तो देखिन्छ,

राजस्व डबल गर्छु भनेपछि राजस्व उठ्ने ठाउँलाइ पनि चलाएमान त बनाउनै पर्यो l

महतजीसंग बिच्किएका लगानीकर्ताहरु पूनजीसंग केहि सकारात्मक भएको देखिन्छ l




त्यसको केहि न केहि रिजल्ट त १५ दिनभित्र देखिनु पर्ने हो l



आज राष्ट्रिय सभाको अध्यक्षका लागि चुनाब भयो,

कृष्णप्रसाद सिटौलाजीको मुखैमा आएको गाँस,

नारायण दाहालजीको पेटमा पुग्यो सर्लक्क,

राजनीतिमा जे पनि सम्भब हुने रहेछ l










NEPSE:2,111.21..........................................Previous [2,052.65]


(+58.55 / +2.85%)...................................Previous (+22.10 / +1.08%)




SENSIND (375.13).........................................Previous (364.53)


(+10.60 / +2.90%)........................................Previous (+4.26 / + 1.18%)




Turnover :4,551,632,347.82...................................Previous [2,922,771,558.91]


Volume:10,609,597................................Previous [7,043,457]




:) :)
Member
Registered: Oct 2013
Posts: 1276
२०८०-११-२४ (2024-03-07)
----------------------------

एक बर्ष अघि आजको दिन २५ गते हुने राष्ट्रपतिको निर्बाचनका कारण,

खुब चहल पहल थियो l

माओबादीले राष्ट्रपतीमा कांग्रेसलाई सहयोग गर्ने निर्णय गरेका कारण,

फागुन १५ गते एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो र

त्यसपछि बजार ५ दिन लगातार रातो बनेको थियो l


प्रचन्डले पोहोर चैत्र ६ गतेका दिन बिस्वासको मत लिएका थिए l









NEPSE:2,030.55..........................................Previous [2,017.03]


(+13.51 / +0.67%)...................................Previous (+9.33 / +0.46%)




SENSIND (360.27).........................................Previous (358.37)


(+1.90 / +0.53%)........................................Previous (+1.06 / +0.29%)




Turnover :3,199,205,820.35...................................Previous [3,450,838,357.20]


Volume:8,929,152................................Previous [9,138,154]



:) :)
Member
Registered: Oct 2013
Posts: 1276
Happy Anniversary! ShareSansar.




:) :)
Member
Registered: Mar 2018
Posts: 2294
कलेजो परिबर्तनसंगै सोचाई पनि परिबर्तन भएको होला भन्ने आशा गरौँ
Member
Registered: Oct 2013
Posts: 1276
२०८०-११-२३ (2024-03-06)
----------------------------


मन्त्रि बन्न र तिनलाई सपथ खुवाउन भ्याई-नभ्याई छ,

अझै मन्त्रीका सिटहरु खालीनै छन्,

अब अझै २-४ दिन मधेसी दल र माधब नेपालको पार्टीले मन्त्रालय र अन्य बार्गेनिंग गर्न लगाउलान जस्तो छ l


ल भन्नुस त एमाले,माओबादी,रास्वपाबाट जो मन्त्रि बन्दैछन्,

ती मध्ये कसको चाही अली आश गर्न सकिन्छ होला ?


मैले चाही रस्वपाकि सुमना श्रेष्ठलाई उत्सुकताका साथ हेरेको छु,

संसदमा त राम्रोसंग प्रस्तुत हुन्थिन l


जहाँसम्म अनन्तको कुरा छ, उनी मन्त्रि भइन्जेल फेरी उनको पुरानो रोग जण्डिस देखा नपरोस,

फटाफट अर्थतन्त्र सुधारका काम र निर्णयहरु गरुन र गर्न लगाउन l




NEPSE:2,017.03..........................................Previous [2,007.69]


(+9.33 / +0.46%)...................................Previous (-70.31 / -3.38%)




SENSIND (358.37).........................................Previous (357.30)


(+1.06 / +0.29%)........................................Previous (-11.97 / -3.24%)




Turnover :3,450,838,357.20...................................Previous [4,113,676,958.02]


Volume:9,138,154................................Previous [11,467,599]



:) :)
Member
Registered: Oct 2013
Posts: 1276
२०८०-११-२२ (2024-03-05)
----------------------------


मंगसिर २४ को positive सर्किटपछि, भोलिपल्ट २५ गते NEPSE 15.4 अंकले घटेको थियो,

र त्यसपछि भने लगातार ७ दिन बजार हरियो बनेको थियो l


आज पनि बजार रातो बनेको छ,


अब को अर्थमन्त्रीभन्दा पनि,

केन्द्रिय बैंकले, आफुलाई नियुक्ति दिनेको पनि सरकार भएकाले,

केहि खुकुला नीति ल्याउछ कि भन्ने आश गर्न सकिन्छ l


बर्षमान पुनले त यसअघि पनि hydro को share हुनेलाई खोजी खोजी ज्वाई बनाउने दिन आउछ भनेकै हुन् l


बिष्णु पौडेल पनि मार्केटलाई फापेकै अर्थमन्त्रीमा पर्छन,

अब ओलीजीले भरेका share का पनि चर्चा होलान l


समग्रमा भन्नु पर्दा, लगानीकर्ताहरुका लागि नेपाली कांग्रेससंगको सरकारभन्दा,

एमालेसंगको यो सरकार 'अनुकुल' र 'दाहिना' होस् l





NEPSE:2,007.69..........................................Previous [2,078.00]


(-70.31 / -3.38%)...................................Previous (+117.70 / +6.00%)




SENSIND (357.30).........................................Previous (369.27)


(-11.97 / -3.24%)........................................Previous (+19.54 / +5.58%)




Turnover :4,113,676,958.02...................................Previous [375,209,978.32]


Volume:11,467,599................................Previous [934,919]



:) :)
Member
Registered: Oct 2013
Posts: 1276
२०८०-११-२१ (2024-03-04)
----------------------------


मंगसिर २४, २०८० मा पनि जम्मा ९ मिनेट जति कारोबार भएर बजारमा ६% को सर्किट लागेको थियो l


त्यो बेला बजारमा धेरै दिनदेखि ल्यांग ल्यांग चली रहेको थियो,

Turnover कहिले एक-दुई अर्ब माथी त कहिले एक अर्ब मुनिको मात्र हुन्थ्यो l

नेप्से ६% सर्किट लाग्दा 1,852.77 बाट 111.2 अंक बढेर 1,963.98 मा पुगेको थियो l



त्यसपछि बढ्न थालेको बजारको Turnover झन्डै-झन्डै 10 अर्ब नजिक पुगेको थियो भने,

NEPSE चाही 2,175.17 मा एकदिन अडेर अनि झर्नतिर लागेको थियो l


भनेपछि यसअघिको ६% को Positive सर्किटपछि NEPSE 322.4 अंकले बढेको देखिन्छ,

यी सब कामका लागि २४ वटा कारोबारको दिन लागेको रहेछ l



आजपनि त्यसै गरि ६%को सर्किट लागेको छ,

NEPSE पनि सर्किट लाग्नु पुर्ब दुई हजार मुनिनै थियो l

यस पटक पनि पहिलाको जत्तिकै अंक बढ्यो भने,

NEPSE 2,282.7 अंक पुग्ने रहेछ l


तर फेरी कुरो चल्दै गर्दा अर्थमन्त्री चाही रास्वपाका वाग्लेजीलाई दिने भनेर खबर आयो भने,


६% कै negative सर्किट पनि लाग्न सक्छ,

नेपालको अर्थतन्त्रलाइ phd वाला अर्थमन्त्री फाप्दैन रहेछ l







NEPSE:2,078.00..........................................Previous [1,960.30]


(+117.70 / +6.00%)...................................Previous (-11.78 / -0.59%)




SENSIND (369.27).........................................Previous (349.73)


(+19.54 / +5.58%)........................................Previous (-1.92 / -0.54%)




Turnover :375,209,978.32...................................Previous [2,082,786,089.08]


Volume:934,919................................Previous [5,574,207]



:) :)
« Last edit by nissan on Mon Mar 04, 2024 5:24 pm. »
Member
Registered: Oct 2013
Posts: 1276
:) :)
Member
Registered: Oct 2013
Posts: 1276
२०८०-११-२० (2024-03-03)
----------------------------

माओबादी र एमाले मिलेर सरकार बनाई दिए हुन्थ्यो भन्ने मुडमा लगानीकर्ताहरु देखिन्छन,

त्यस्तो हुँदा एकातिर राष्ट बैंक पनि आफ्नो नीतिमा अलि नरम हुने र

निकम्मा अर्थमन्त्रीबाट पनि छुटकारा मिल्ने आश गर्नु स्वाभाविक पनि होला l


तर सेटिंगमा खान पल्केकाहरुले,

यो गठजोडलाइ त्यतिकै भत्कन के दिन्थे र ?


हाम्रो समय चाही यिनै मदारीहरुले हामी जनतालाई बाँदरझैँ नचाएको हेर्न र

अब को अर्थमन्त्री बन्ला भनि जोखाना हेर्नमै बित्ला जस्तो छ l







NEPSE:1,960.30..........................................Previous [1,972.09]


(-11.78 / -0.59%)...................................Previous (-28.68 / -1.43%)




SENSIND (349.73).........................................Previous (351.65)


(-1.92 / -0.54%)........................................Previous (-4.79 / -1.34%)




Turnover :2,082,786,089.08...................................Previous [2,598,737,228.86]


Volume:5,574,207................................Previous [7,446,991]




:) :)
Member
Registered: Oct 2013
Posts: 7521
कसैले --- बिना धितो ऋण दिएकोमा सीईओहरूलाई पक्राउ गर्न सीबीआईलाई जानकारी दिनुहोस्
Member
Registered: Oct 2013
Posts: 1276
बिना धितो १५ प्रतिशत ब्याजमा ऋण पाउनेहरू कसरी 'लघुवित्त पीडित'?


https://www.setopati.com/kinmel/economy/323862





:) :)
Member
Registered: Oct 2013
Posts: 1276
२०८०-११-१७ (2024-02-29)
----------------------------

कृषिमा बढी रहेको परनिर्भरता हटाउने कुनै योजना छैन,


शिक्षाको गुणस्तरमा लागेको खिया हटाउने कुनै योजना छैन,


देशमै रोजगारी सृजना गर्नु सट्टा, बिश्वभरिका देशलाई नेपाली निर्यात गर्नमै सरकार मक्ख छ,


स्वास्थ्य सेवा सर्बसुलभ बनाउनुको साँटो,कुन उपकरण खरीद गर्दा कति सुभलाभ मिल्छ, ध्यान त्यसमा मात्र हुन्छ,


उद्योग धन्दा चलाएर रोजगारी सृजना गर्नेहरुलाई प्रोत्साहनको सट्टा दपेटेको द्पेटेइ गरिन्छ,



आफ्नो देशमा उत्पादित बिद्युतको खपत देशमै बढाएर व्यापार घाटा कम गर्नतिर लाग्नु त कता हो कता, उल्टै छिमेकि रिझाउन नयाँ नयाँ पेट्रोलियम पाइपलाइनहरुको सिलान्यास गरिन्छ,



अर्थतन्त्रको कुरा गर्दा,एउटा बैंक बन्द गराउछु भन्दै हिंडीरहेको छ, अर्कोलाई लघुवित्त चाहिएकै छैन,
दलका आसेपासेहरु सहकारीको खरबौ कुम्ल्याएर टाप कसेका छन्, राष्ट्रिय योजना आयोग-अर्थ मन्त्रालय र केन्द्रिय बैंकका मान्छेहरु,एक अर्कासंग ठुस्किएर बस्न्मै मस्त छन्,



स्थिर परराष्ट्र नीति हुनु पर्नेमा, सरकार फेरिएसंगै कहिले उत्तरसंग त कहिले दक्षिणसंग छपक्कै हुने गरेको देखिन्छ,


तर माथिका कुरामा यिनले सिन्को नभाचे पनि,

लाभका पदहरुमा आफ्ना आसेपासे भर्ति गर्न भने यिनीहरुलाई कसैले जित्न सक्तैन l


पशुपतीनाथ छन् र पो यस्तो अबस्थामा पनि यो देश जसो तसो घिस्री रहेको छ l





NEPSE:1,972.09..........................................Previous [2,000.77]


(-28.68 / -1.43%)...................................Previous (-0.87 / -0.04%)




SENSIND (351.65).........................................Previous (356.45)


(-4.79 / -1.34%)........................................Previous (-0.63 / -0.17%)




Turnover :2,598,737,228.86...................................Previous [2,038,100,977.42]


Volume:7,446,991................................Previous [5,115,658]



:) :)
Member
Registered: Oct 2013
Posts: 1276
२०८०-११-१६ (2024-02-28)
----------------------------

वित्तीय क्षेत्र त्राहिमाम:, share मार्केट निराश,

अराजकहरुको हौसला चाही नाप्नै नसक्ने गरि बढेको बढ्यै l


सबैले आफ्नो बचत तथा लगानी असुरक्षित भएको महसुश गरि रहंदा,

ढाडस दिने निकायहरु मौन l

यस्तो लहडी पारा र भगवान भरोसे भएर मात्र देश चल्छ ?






NEPSE:2,000.77..........................................Previous [2,001.64]


(-0.87 / -0.04%)...................................Previous (+9.34 / + 0.46%)




SENSIND (356.45).........................................Previous (357.09)


(-0.63 / -0.17%)........................................Previous (+1.11 / +0.31%)




Turnover :2,038,100,977.42...................................Previous [1,869,813,526.21]


Volume:5,115,658................................Previous [5,239,416]


:) :)
Member
Registered: Oct 2013
Posts: 1276
२०८०-१०-२४ (2024-02-07)
----------------------------

संसदमा घोचपेच शुरु भो,

जनतालाई सुबिधा दिने कानून बनाउनु त कहाँ हो कहाँ,


तिमीहरु नालायक भनेर बिपक्षी कराउने,

सत्ता पक्ष चाही अहिलेसम्मकै ऐतिहासिक काम हामीले गरेका छौ भने आफै मख्ख पर्ने l



अनि अर्थमुन्त्री चाही share मार्केट र जग्गामा पैसा गएर अर्थतन्त्र यो हालतमा पुग्यो भनेर मौका पर्यो की बजारलाई सराप्ने,

अनि फेरी म आएपछि NEPSE १८ सयबाट २१ सय पुग्यो भने जस पनि लिन पछि नहट्ने,


चौधरीजीको सन्दर्भमा न्यायमुर्तीले मन कमलो बनाएछन्,

बिरामी भाको मान्छेलाई डाक्टरले होइन अदालतले पो discharge गरि दियो भनेर सबैतिर कानेखुशी सुरु भएको छ,



अनि अधिबक्ता शम्भु थापा जस्तो मान्छेले किन सधै देशको सम्पत्ती चुना लगाउनेकै पक्षमा बहश गर्ने रहेछन ?


त्यो पेशाले यो गर्न छुट देला तर मनले चाही मान्छ कसरी ?



अब यस्तै कुरामा बानी पारे मात्र मानसिक रुपमा स्वस्थ रहिएला नत्र

पुरा देश(दलका कार्यकर्ता बाहेकका बाँकि जनता)नै डिप्रेसनमा जाने देखियो l








NEPSE:2,090.64..........................................Previous [2,085.71]


(+4.92 / +0.23%)...................................Previous (+9.44 / +0.45%)




SENSIND (377.95).........................................Previous (377.83)


(+0.12 / +0.03%)........................................Previous (-1.45 / -0.38%)




Turnover :2,842,550,237.47...................................Previous [2,591,534,907.76]


Volume:7,732,234................................Previous [7,624,376]



:) :)
Member
Registered: Oct 2013
Posts: 1276
२०८०-१०-२१ (2024-02-04)
----------------------------

माघ महिनामा ९ अर्ब माथिको Turnover पनि देखियो,

र आजको पनि,


बाहिरी बाताबरण जस्तै बजारमा पनि चिसो पसेको छ l


जहिल्यै अब के हुन्छ भन्ने अन्यौलको बताबरण बनि रहने भएर पनि होला,

यस्तो भई रहने l


सनकको भरमा कुन चाहिले कुन नीति मार्फत ठोक्ने हो भनि

तयार भएर बस्नु पर्ने अबस्थामा,

लगानीकर्ताहरुको मनोबल पनि कसरी बढोस र ?





NEPSE:2,061.70..........................................Previous [2,067.01]


(-5.31 / -0.25%)...................................Previous (-30.92 / -1.47%)




SENSIND (373.32).........................................Previous (373.93)


(-0.60 / -0.16%)........................................Previous (-4.69 / -1.24%)




Turnover :3,216,727,221.79...................................Previous [4,180,632,139.37]


Volume:9,272,782................................Previous [11,514,571]



:) :)
Member
Registered: Oct 2013
Posts: 1276
२०८०-१०-१८ (2024-02-01)
----------------------------

https://www.ukaalo.com/ को कमाल,

आज बाँसबारी छालाजुत्ताको जग्गा हडपेको काण्डमा अरुण चौधरी र अजित नारायण पक्राउ परेका छन् l



सुन तस्करी र नक्कली भुटानी शरणार्थी केस जस्तो बिचैमा फासफुस नहोस् l


हुन् त शक्ति केन्द्रहरुको दौडधुप शुरु भइ सकेको देखिन्छ,

त्यसको उदाहरण राष्ट्रपतीको सल्लाहकार 'सुनील थापा'को हतारोलाइ हेर्दा भइ हाल्छ l


हिरासत भन्ने अस्पतालको सुबिधा सम्पन्न कक्षमा आराम गर्ने,

अब उही पुरानै trick त चल्लानी l


अब पशुपतीनाथ र बालमन्दिरको जग्गा चोर्नेहरुलाई पनि यसै गर्नु पर्छ l

अन्तमा फेरी उकालो टिमलाइ धन्यवाद !






NEPSE:2,067.01..........................................Previous [2,097.93]


(-30.92 / -1.47%)...................................Previous (-21.67 / -1.02%)




SENSIND (373.93).........................................Previous (378.63)


(-4.69 / -1.24%)........................................Previous (-3.08 / -0.80%)




Turnover :4,180,632,139.37...................................Previous [5,295,605,057.48]


Volume:11,514,571................................Previous [14,777,120]



:) :)
Member
Registered: Oct 2013
Posts: 1276
२०८०-१०-१७ (2024-01-31)
----------------------------


आज पनि Total Turnover को 42.30% योगदान त Hydro Sector कै रहेको छ,


त्यसपछि दोश्रोमा Others (18.35%),

तेश्रोमा Investment (9.65%),

चौथोमा Commercial Banks (6.05%) र

पाँचौ स्थानमा Life Insurance (4.98%) रहेका छन् l



यी पाँच Sector ले Total Turnover को लगभग 82% हिस्सा ओगट्ने रहेछन l



HRL Turnover को Number 1 मा रहेको आज एघारौ दिन हो l


पोहोर आजको दिन NEPSE 2,111.68 मा थियो, Turnover चाही आजकोभन्दा आधा-आधीले कम थियो l



त्यसबेला रबी लामिछाने फेरी गृह नपाए सरकार छाड्ने धम्कि दिंदै थिए भने प्रचण्ड चाही फैसलाको पूर्णपाठ

नआइन्जेल कसैलाई गृहमन्त्रि बनाईदैन भन्दै थिए,





झन् परार आजको दिन त NEPSE 2,871 मा थियो, Turnover चाही पाँच अरब कटेको भए पनि आजकोभन्दा कम थियो l









NEPSE:2,097.93..........................................Previous [2,119.61]


(-21.67 / -1.02%)...................................Previous (+14.88 / +0.70%)




SENSIND (378.63).........................................Previous (381.71)


(-3.08 / -0.80%)........................................Previous (+0.65 / +0.17%)




Turnover :5,295,605,057.48...................................Previous [5,544,217,593.12]


Volume:14,777,120................................Previous [15,178,368]



:) :)
Member
Registered: Oct 2013
Posts: 1276
२०८०-१०-१५ (2024-01-29)
----------------------------



पोहोर मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा माघ २७ गते आएको थियो,

यसपाली फागुन लागेपछि मात्रै आउने भएछ,


हुन् त घरि-घरि नीतिलाइ निमोठ-नामोठ नगर्ने देश भएको भए,

यस्ता मौद्रिक नीति र तिनको समिक्षाबारे यसरी चासो राखी रहनै पर्दैन थियो हामी जनताले l



तर सनक र व्यक्तिगत स्वार्थका लागि जे गर्न पनि तयार नियामक र नीति-निर्माताहरु भएको हाम्रो देशमा,

यस्तै यस्तै कुराको व्यग्र प्रतिक्षा गर्नु हाम्रो Routine नै बनि सकेको छ l


आजको Top 10 Turnover :


HRL-NGPL-HATHY-NRN-NRIC-API-UNHPL-SONA-UMHL-HDL



आजको Top 10 Volume :

HRL-NGPL-API-UNHPL-NIFRA-HDHPC-UMHL-AKPL-RIDI-NHPC



Sector wise कुरा गर्ने हो भने,

आज Total Turnover को 41.73% हिस्सा Hydro को भागमा परेको छ,

त्यसपछि Others को 17.10%, Investment को 8.59%,

Life Insurance को 6.44% र Commercial Bank को भागमा चाही 6.03% परेको देखिन्छ l













NEPSE:2,104.72..........................................Previous [2,094.46]


(+10.26 / +0.48%)...................................Previous (+10.37 / +0.49%)




SENSIND (381.06).........................................Previous (380.20)


(+0.86 / +0.22%)........................................Previous (+0.73 / +0.19%)




Turnover :4,566,522,230.82...................................Previous [3,833,776,580.76]


Volume:12,322,705................................Previous [10,751,164]



:) :)
Member
Registered: Oct 2013
Posts: 1276
२०८०-१०-१४ (2024-01-28)
----------------------------

आजको Commercial Bank हरुको Turnover : 254,403,019.06

यो Total Turnover को ६.६३% हो l



आजको Hydro Power Sector को Turnover : 1,541,256,052.10

यो Total Turnover को ४०. २०% हो l



AKJCL को 70666 कित्ता कारोबार हुँदा,

NTC को 20970 कित्ता कारोबार भएको देखिन्छ l



यस अघि लगालग ७ दिन रातो भएपछिको बजारमा,


त्यसपछि भएको ११ दिनको कारोबारमा १० दिन हरियो र १ दिन मात्र रातो भएको थियो l

हेरौ अब के हुँदो रहेछ l








NEPSE:2,094.46..........................................Previous [2,084.09]


(+10.37 / +0.49%)...................................Previous (-3.94 / -0.18%)




SENSIND (380.20).........................................Previous (379.46)


(+0.73 / +0.19%)........................................Previous (-0.96 / -0.25%)




Turnover :3,833,776,580.76...................................Previous [3,764,505,450.98]


Volume:10,751,164................................Previous [11,689,955]



:) :)
Member
Registered: Oct 2013
Posts: 1276
२०८०-१०-११ (2024-01-25)
----------------------------

आजको राष्ट्रिय सभाको चुनाबमा,

कोशी प्रदेशमा माओबादीलाई कांग्रेसले राम्रै दनक दिएको छ,

जहाँ कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलालाई जिताएर माओबादी उम्मेदवार चम्पादेवी कार्कीलाई भने हराईएको छ,




पोहोर आजको दिन नेप्से आजकोभन्दा लगभग १०० अंकले बढी थियो भने,

Turnover चाही आजको भन्दा ३० करोडले कम थियो,



यो भन्दा अगाडी मंगसिर महिनामा पनि बजार लगातार ७ दिन रातो भएको थियो,

त्यो बेला NEPSE १,८९६ देखि १,८३७ को लाइनमा बसेको थियो l


अहिले पनि लगातार सातै दिन बजार रातो भएको छ,

यो सात दिनको घटाईमा NEPSE भने २,१७५ बाट २,०८४ मा आइ पुगेको छ l



आजको Top 10 Turnover :


HRL-NGPL-AKPL-API-NRN-MEN-RNLI-SONA-HATHY-NIMBPO





आजको Top 10 Volume :


NGPL-NIMBPO-HRL-AKPL-API-HDHPC-KBLPO-SBCF-KBL-RIDI














NEPSE:2,084.09..........................................Previous [2,088.04]


(-3.94 / -0.18%)...................................Previous (-10.25 / -0.48%)




SENSIND (379.46).........................................Previous (380.43)


(-0.96 / -0.25%)........................................Previous (-0.73 / -0.19%)




Turnover :3,764,505,450.98...................................Previous [3,897,022,598.98]


Volume:11,689,955................................Previous [11,049,949]



:) :)
« Last edit by nissan on Thu Jan 25, 2024 6:29 pm. »
Member
Registered: Oct 2013
Posts: 1276
२०८०-१०-१० (2024-01-24)
----------------------------

२ दिनमा बढेको NEPSE को 86.16 को अंक,

६ दिनमा 87.11 अंक घटेर लगभग बराबरीमा आइ पुगेको छ l



यस अघि पुष महिनामा पनि NEPSE ६ दिनसम्म लगालग रातो भएको थियो,

त्यो घटाईमा NEPSE 111.76 अंकले घटेको थियो l



परार माघमा NEPSE 19 दिन कारोबार भएकोमा, 12 दिन घटेको थियो भने,

पोहोर माघमा 18 कारोबार दिनमा आधा रातो र आधा हरियो भएको थियो l



त्यस्तै पोहोर माघमा NEPSE 2,183 अंकसम्ममा अडिएको थियो भने

परार माघमा NEPSE को उच्च अंक 2,947 थियो l




आज धनगढीमा एकजना ब्यापारीले ५ तले घरबाट हाम फालेर आत्महत्या गरेको समाचार आएको छ,



पोहोर आजकै दिन झापाका जीवन आचार्यले संसद भवन अगाडी आफैमाथी पेट्रोल खन्याएर आगो लगाएका थिए र

भोलीपल्ट अस्पतालमा उनको मृत्यु भएको थियो l






NEPSE:2,088.04..........................................Previous [2,098.29]


(-10.25 / -0.48%)...................................Previous (-0.40 / -0.01%)




SENSIND (380.43).........................................Previous (381.17)


(-0.73 / -0.19%)........................................Previous (-0.19 / -0.05%)




Turnover :3,897,022,598.98...................................Previous [4,294,566,751.66]


Volume:11,049,949................................Previous [11,801,360]



:) :)
Member
Registered: Oct 2013
Posts: 1276
२०८०-१०-०८ (2024-01-22)
----------------------------


दुई दिनमा 86.16 अंकले बढेको NEPSE

चार दिनमा 76.46 अंकले घटेको छ,


अब मौद्रिक नीतिको अर्धबार्षिक समिक्षाको नाममा बजार,

यसै गरि ल्यांग ल्यांगको अबस्थामा रहला जस्तो छ l








आजको Top 10 Turnover :

HRL-NGPL-API-SNLI-NRN-SONA-NRIC-AKPL-HDHPC-RIDI


आजको Top 10 Volume :

HRL-API-NGPL-HDHPC-AKPL-HIDCL-NHPC-RIDI-RADHI-SONA





NEPSE:2,098.69..........................................Previous [2,130.18]


(-31.49 / -1.47%)...................................Previous (-25.63 / -1.18%)




SENSIND (381.36).........................................Previous (386.20)


(-4.84 / -1.25%)........................................Previous (-7.41 / -1.88%)




Turnover :6,366,070,003.35...................................Previous [7,677,740,058.04]


Volume:18,043,244................................Previous [22,820,279]



:) :)

Post Reply

Page: < 1 2 3 4 5 6 ... > »

Sharesansar Forum Powered By Miracle Hub