Forum


ShareSansar Main Page

New Topic

विमलमान जी मलाई स्पष्ट पारिदिनुहोस् न

Post Reply

Page: 1

Author Post
Moderator
Registered: Jun 2013
Posts: 3823
सामान्य अर्थमा कुनै पनि कम्पनीको किताबी मूल्य (Book Value) भनेको मूल पुँजीलाई गणना गर्दा प्रति शेयरको अंकित मूल्यलाई बुझिन्छ/ जस्तै- कुनै पनि बैंकको किताबी मूल्य १०० रुपैया हो/ जब कम्पनी संचालनमा आउछ त्यसपछि कम्पनीले नाफा कमाए त्यो मूल्य बढ्छ र घाटा भए त्यो घट्न जान्छ / पछि गएर त्यसैलाई खुद सम्पति मूल्य (Networth) भनिन्छ/ शुरुको किताबी मूल्यलाई भने पछि गएर अंकित मूल्य मात्र भनिन्छ/ जम्मा सम्पत्तिमा सम्पूर्ण दायित्व घटाएर बाँकी रकमलाई शेयर संख्याले भाग गरी निस्कने अंकलाई नेटवोर्थ भनिन्छ/

Tangible Net Worth = Total Assets - Total Liabilities - Intangible Assets
Member
Registered: Mar 2014
Posts: 53
Dear Bimal Sir. book value of share vaneko k ho ra yesko formula pani bataidinu na???
Moderator
Registered: Jun 2013
Posts: 3823
Dear suil, Earnings per share(EPS) भनेको सामान्य भाषामा एउटा कम्पनीले कमाएको नाफाबाट प्रति कित्ता शेयरहोल्डरलाई कति नाफा बाड्न सक्छ भनेर नाप्ने उपकरण हो/ कम्पनीले कमाएको नाफालाई जम्मा शेयर संख्याले भाग गरि यो निकाल्न सकिन्छ/ प्रायजसो यसलाई बार्षिक रुपमा गणना गर्ने गरिन्छ/ तपाइले कुनै पनि कम्पनीको वासलात हेरेर यो कुरा थाहा पाउन सक्नु हुन्छ/अर्को कुरा, प्रति शेयर आम्दानी(EPS) हेरेरै यो बर्ष कम्पनीले कति नाफा बाड्न सक्छ भनेर अनुमान गर्न सकिन्छ/
जसलाई गणना गर्ने सूत्र
Earnings per share (basic formula)
Earnings Per Share=(Profit- Preferred Dividends)/Weighted Average Common Shares

Earnings per share (net income formula)
Earnings Per Share=(Net Income - Preferred Dividends)/Average Common Shares

Earnings per share (continuing operations formula)
Earnings Per Share=(Income from Continuing Operations - Preferred dividends)/Weighted Average Common Shares
« Last edit by बिमलमान on Fri Jul 04, 2014 3:17 pm. »
Member
Registered: Jun 2014
Posts: 14
eps ko barema pani describe garidinusna bimalman ji
Member
Registered: Dec 2013
Posts: 69
Triveni, Bright and Public signed MoU, Plan to upgrade to National level after merger

TBBL HOLD Or Sales ??????????????????????? विमलमान sir
Member
Registered: Feb 2014
Posts: 111
जानकारीका लागि मुरीमुरी धन्यवाद विमलमानजी, आगामी दिनहरूमा पनि यहाँको सहयोगको अपेक्षा गरेको छु
Moderator
Registered: Jun 2013
Posts: 3823
Dear bmp333,मैले थाहा पाएसम्म र समयले भ्याएसम्म यो लिंकमा सजिलै यो जानकारी पाउन सक्नुहुन्छ/
http://www.sharesansar.com/forum/topic.php?id=1347&page=5
Member
Registered: Jun 2014
Posts: 8
विमलमान जी अब कुन कुन आइ पी ओ बजार मा आउदैछ भन्ने कुरा कसरि कुन पेपर बाट छिटो थाह पाउन सकिन्छ?
Moderator
Registered: Jun 2013
Posts: 3823
Dear jayhanuman, नेटवर्थ भनेको कुनै पनि कम्पनीको सम्पूर्ण सम्पत्तिबाट सम्पूर्ण दायित्व घटाएर बाँकी रहेको रकमलाई भएको जम्मा शेयर संख्याले भाग गरी आउने संख्या लाई जनाउदछ / १०० रुपैया अंकित शेयरको नेटवर्थ १०० भन्दा बढी जति भयो उति राम्रो र जति कम उति नराम्रो मानिन्छ/
जसलाई गणना गर्ने सूत्र
Networth per share=(Total assets -Total liabilities)/No. of shares.

त्यसै गरी पिइ रेसियो भनेको कति आम्दानी गर्न बजारमा कतिमा शेयर किनिदैछ भनेर हेरिने अनुपात हो/ यो जति कम उति राम्रो मानिन्छ/ तपाइले कुनै पनि कम्पनीको वासलात हेरेर यो कुरा थाहा पाउन सक्नु हुन्छ/ मूल्य आम्दानी अनुपातलाई अंग्रेजीमा पिइ रेसियो भनिन्छ/ अर्थात् प्रति शेयर बजार मूल्यलाई प्रति शेयर आम्दानीले भाग गर्दा निस्कने आँकडालाई जनाउदछ /
जसलाई गणना गर्ने सूत्र
P/E Ratio=Market value per share/Earnings per share(EPS)
« Last edit by बिमलमान on Tue Jul 01, 2014 2:42 pm. »
Member
Registered: Feb 2014
Posts: 111
विमलमानजी मलाई देहायका विषयमा खास जानकारी नभएकाले स्पष्ट पारिदिनुहोस् न
1. नेट वर्थ र पिइ रेसियो भनेको के हो ?
2.यिनीहरूको गणना कसरी कसरी गरिन्छ?
3.यी दुबैलाई अङ्कमा कति भए राम्रो र कति भए नराम्रो मानिन्छ?
4. कुनै पनि वित्तीय संस्थाको पिइ रेसियो र नेट वर्थ कति छ भन्ने जान्न कसरी सकिन्छ । अर्थात यो कुरा कहाँ हेर्न पाइन्छ?
यतिकुरा झर्को नमानीकन स्पष्ट पारिदिनु भएमा आभारी हुनेछु ।

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub