Forum


ShareSansar Main Page

New Topic

४१ प्रतिशतले बढ्यो बिमा कम्पनीको नाफा

Post Reply

Page: 1

Author Post
Member
Registered: Dec 2013
Posts: 45
Profit till chaitara 2070
Nepal life 18 crore National life 11 crore, Prime life 9 crore, surya life 2 crore, asian life 2 crore.
Member
Registered: Dec 2013
Posts: 45
बिमा कम्पनीहरूले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्ममा एक अर्ब १४ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन्। यो नाफा गत आवको यसै अवधिको तुलनामा ४१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष चैत मसान्तसम्ममा यस्तो मुनाफा ८० करोड ६७ लाख रुपैयाँ थियो।

राष्ट्रिय बिमा संस्थान, एनबी इन्सुरेन्स, ओरियन्टल इन्सुरेन्स र नेसनल इन्सुरेन्सले भने तेस्रो त्रैमासिक अवधिको वित्तीय विवरण प्रकाशित गरेका छैनन्। वित्तीय विवरण प्रकाशित भएका सबै बिमा कम्पनीको मुनाफा रकम बढेको देखिएको छ। यद्यपि पुँजीको आधारले मुनाफा वृद्धिदर बढ्न सकेको छैन। बिमा समितिले दिएको निर्देशनअनुसार अघिल्लो साउनदेखि अधिकांश बिमा कम्पनीको पुँजी बढेको छ भने केही बढाउने प्रक्रियामा छन्।

सबैभन्दा बढी मुनाफा गर्ने नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत विवेक झाले आउने दिनमा बिमा कम्पनीको व्यवसाय अझै बढ्दै जाने बताए। बिमा कोषमा हुने रकमले पनि अपरिष्कृत वित्तीय विवरणमा देखाइनेभन्दा कम्पनीको मुनाफा बढी हुन्छ।

वित्तीय विवरणअनुसार नेपाल लाइफपछि सबैभन्दा बढी मुनाफा सगरमाथा इन्सुरेन्सले गरेको छ। सगरमाथाले १४ करोड रुपैयाँ मुनाफा गरेको छ। त्यसपछि नेसनल लाइफले ११ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बिमा समितिले कारबाही गरेको कारण घाटामा रहेको एभरेस्ट इन्सुरेन्स पनि यसपटक नाफामा गएको छ। अघिल्लो वर्षको चैतमा एभरेस्ट इन्सुरेन्स एक करोड ७२ लाख रुपैयाँ घाटामा थियो। अहिले एभरेस्ट इन्सुरेन्सको नाफा तीन करोड १४ लाख रुपैयाँ छ।
बिमा कम्पनीको पुँजी लगानीको आधारले बिमा कम्पनीको नाफा उत्साहप्रद नभएको एक बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताए। 'अधिकांश कम्पनीको पुँजी अघिल्लो वर्षको तुलनामा दोब्बरले बढेको अवस्था छ', उनले भने, 'दोब्बरले पुँजी बढेको अवस्थामामा नाफा ५० प्रतिशतभन्दा तल छ।'

बढ्दै गएको मुनाफासँगै सेयर लगानीकर्ताका लागि लगानीको आकर्षण बिमा कम्पनी बन्न पुगेका छन्। बिमा समितिका निर्देशक राजुरमण पौडेल कम्पनीको मुनाफा वृद्धि भए पनि पुँजीको बढाउने आधारमा सेयर बजारमा चलखेल देखिएको बताए। 'सेयर बजारमा हुने कारोबारको आफ्नै तरिका छ', उनले भने, 'अहिले बिमा कम्पनीको पुँजी वृद्धिको हल्ला चलेको छ। त्यसको आधारले बजारमा बिमा कम्पनीको सेयर मूल्य बढ्नुपर्ने आधार छैन।'

बिमा समितिले तीन वर्षअगाडि बनाएको प्रस्तावित बिमासम्बन्धी ऐनमा निर्जीवन बिमा कम्पनीको चुक्तापुँजी एक अर्ब र जीवन बिमा कम्पनीको चुक्ता पुँजी दुई अर्ब पु:याउने उल्लेख थियो। समितिले अहिलेसम्म पनि बिमासम्बन्धी ऐनको मस्यौदा तयार पारेको छैन। बिमा समितिले अहिले गरेको कामअनुसार बिमासम्बन्धी ऐन पारित हुन न्यूनतम तीन वर्ष लाग्ने देखिन्छ। ऐन पारित भएपछि चुक्तापुँजी बढाउन आवश्यक समय समितिले दिनुपर्ने हुन्छ।

पछिल्लो केही दिनदेखि भने बिमा कम्पनीको सेयर मूल्य ओरालो लाग्न थालेको छ। बजारमा के आधारले बिमाको सेयर मूल्य उच्च अंकले बढ्यो र अहिले किन घट्न थाल्यो, प्रस्ट छैन। दोस्रो बजारमा भएको सेयर कारोबारले बढाएको बिमा समूहको सेयर मूल्यको बारेमा आफूले केही भन्न नसक्ने नेपाल लाइफका सीईओ झाले बताए।

Post Reply

Page: 1

Sharesansar Forum Powered By Miracle Hub

General Error

General Error

An error was encountered. We apologize for any inconvenience.

In file Unknown on line 0:

E_WARNING - Unknown: write failed: No space left on device (28)

This error should probably not have occured, so please report it to the owner. Thank you for your help.

If you are the owner of this board and you believe this is a bug, please send a bug report.