Page: 1
Author | Post |
---|---|
#1 Wed Oct 08, 2025 3:18 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2444
|
के जेन जीहरु पनि पार्टी अनि ब्येक्तिहरुका झोले संगठन कै रुपमा बिकाश अनि बिस्तारित हुँदै जान थालेका हुन् ? के जेन जी आन्दोलनमा सहादत प्राप्त गर्नेहरुको सपना सपना नै रहने भयो ? के जेन जीहरु एक मुट्ठी भएर उभिन सक्दैनन् ? के जेन जी आन्दोलन तुहिएकै हो ?
|
#2 Sun Sep 14, 2025 3:46 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2444
|
स्वास्थ्य मन्त्रीमा सन्दुक रुइत
शिक्षा मन्त्रीमा सुमना श्रेष्ठ निजामती प्रशासनमा ब्याप्त भ्रस्टाचार / अनियमित् ता रोक्नु यो सरकारको प्रमुख जिम्मेवारी अनि चुनौती पनि हो। त्येसैले सामान्य प्रशासन मन्त्रालयमा येस सम्बन्धि राम्रो जानकारी भएका र पहिले उच्च नैतिकता देखाईसकेका ब्येक्ति उपयुक्त हुन सक्छन जस्तै -पूर्व उपसचिव प्रेम संजेल , येस अघिका वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहाल यो समयमा गृह मन्त्रालय कसलाई जिम्मा लगाउने भन्ने बिषय एकदमै महत्वोपूर्ण छ। संबेदनशील भएर निर्णय गर्नु होला | यो सरकारबाट जनताले पाउने सेवा अब छिटो छरितो र झनझट रहित हुनु पर्यो। कुनै पनि सरकारी निकायमा येदि सेवा ग्राहिले भ्रस्टाचारको छनक पाए भने तुरुन्त जानकारी गराउने निकाय बनाउनु पर्यो र तुरुन्तै त्येस्ता भ्रस्टचारीहरुलाई कारबाही पनि हुनुपर्यो। मिल्छ भने भ्रस्टाचार निवारण मन्त्रालय नै बनाए पनि हुन्छ। |
Page: 1
Sharesansar Forum Powered By Miracle Hub