प्रकाशशरण महत उनको मागमा एक्यबद्धता जनाउन अनसन स्थल पुगेका थिए क्यार l


Author | Post |
---|---|
#1 Wed Mar 22, 2023 2:05 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1072
|
तिलक कोइरालाले SEBON अगाडी अनसन बस्दा,
प्रकाशशरण महत उनको मागमा एक्यबद्धता जनाउन अनसन स्थल पुगेका थिए क्यार l ![]() ![]() |
#2 Tue Mar 21, 2023 1:29 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1072
|
online बाट सजिलै कारोबार गर्न सकिने र देशभरीबाट मात्र नभई, विश्वको जुनै ठाउबाट सजिलै संलग्न हुन मिल्ने, यो नेपालको share market, उपत्यकामा मात्र मनाइने 'घोडेजात्रा'को दिन पनि किन बन्द गर्नु पर्या होला ? फेरी राष्ट्र बैंकले यो बिदामा बैंकहरुलाई खोल्नु पनि भनेकै थियो, SEBON र NEPSE का कर्मचारीहरुलाई बिदाको भत्ता दिएर पनि काममा बोलाएको भए भइहाल्थ्यो, जे चलिराछ चुपचाप त्यहि गरि रहने बानीलाई अलि परिबर्तन गर्न पनि सिक्नु पर्छ कि ? ![]() ![]() |
#3 Fri Mar 17, 2023 2:44 pm
|
|
Member
Registered: Oct 2013
Posts: 6760
|
Income source bancha. ....... hard to believe. Governor made 40lakh last year.
And these anglo zoo dont reject visa to those in power. Unless they are trying to threaten them. If governor's income source is not enough then how did prachanda sent his grand daughter to US? Or other maoist and politicians and bureaucrats. |
#4 Fri Mar 17, 2023 2:03 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1072
|
बजारभरि एउटा प्रश्न छ,
गभर्नरको छोराको Australia को भिषा किन Reject भयो ? ![]() ![]() |
#5 Tue Mar 14, 2023 6:11 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1072
|
फागुन महिनालाई फर्केर हेर्दा :
यो महिनाको १७ कारोबार दिनमा NEPSE ५ दिन हरियो र १२ दिन रातो भएको छ, यो महिनामा जम्मा कारोबार भएको = १७ दिन एक अर्बको लाइनको कारोबार भएको = १५ दिन एक अर्बभन्दा मुनिको कारोबार भएको = छैन दुइ अर्बको लाइनको कारोबार भएको = २ दिन यो महिनाको सबभन्दा धेरै Turnover = 2,525,071,806.13 (फागुन १४ गते ) यो महिनाको सबभन्दा कम Turnover = 1,135,925,357.91 (फागुन ३० गते) यो महिनाको सबभन्दा धेरै Volume = 6,515,852 (फागुन १४ गते) यो महिनाको सबभन्दा थोरै Volume = 3,318,108 (फागुन ३० गते) रातो = १२ दिन ( २ आइतबार, ३ सोमबार, २ मंगलबार, २ बुधबार, ३ बिहिबार) हरियो = ५ दिन ( १ आइतबार, २ मंगलबार, १ बुधबार, १ बिहिबार) यो महिनाको पहिलो कारोबार दिनको NEPSE = 2,105.46 यो महिनाको अन्तिम कारोबार दिनको NEPSE = 1,953.06 यो महिनामा घटेको NEPSE = 152.4 अंक यो महिनाको Total Turnover = 28,037,207,568.81 (माघ महिनाकोभन्दा 25,431,857,616.46 ले कम) यो महिनाको पहिलो कारोबार दिन १६.४ अंकले रातो भएको NEPSE, अन्तिम दिनमा चाही १.८५ अंकले हरियो भएको छ, यो महिनाको Total १७ कारोबार दिनमा, १ दिन नेप्से २१०० को लाइनमा, ९ दिन २००० को लाइनमा र बाँकि समय ७ दिन चाही १९०० को लाइनमा बसेको देखिन्छ, अब बजारलाई उपर-नीचे पार्न प्रयोग भएको राष्ट्रपती र उपराष्ट्रपतीको फण्डा पनि सकिएको छ l चैत्र महिनाका लागि, बिस्वासको मतको कुरो, ब्याजदरको कुरो, नयाँ मन्त्रिपरिषद्को कुरो, नयाँ अर्थमन्त्रीको कुरो, बैशाख महिनामा घट्ने ऋणको ब्याजदरको कुरो, तेश्रो त्रैमासिक रिपोर्टको कुरो जस्ता मसलाहरु छदै छन् l ![]() ![]() |
#6 Tue Mar 07, 2023 6:23 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1072
|
३ भिन्न दिनमा भएका ३ भिन्न रेकर्डहरु : अहिलेसम्म सबैभन्दा धेरै Volume को Record : २०७८-०३-३१ गते र Volume चाही 58,502,109 कित्ता अहिलेसम्म सबैभन्दा धेरै Turnover को Record : २०७८-०४-३१ गते र Turnover चाही 21,647,600,654.5 अहिलेसम्म सबैभन्दा माथील्लो अंकमा NEPSE टिकेको Record : २०७८-०५-०२ गते र NEPSE चाही 3,198.60 २०७८ शालको भाद्र महिनामा Turnover २१ अर्ब माथी पुगेर, सोहि महिना ५ अर्बको लाइनमा झरेको पनि देखिन्छ l ![]() ![]() |
#7 Mon Feb 27, 2023 1:09 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1072
|
अस्ति बुधबारकोले राष्ट्र बैंकको सर्कुलरले थला परेको बजार, के उठ्न खोज्दै थियो, आजको एमालेको निर्णय जुन अपेक्षितनै थियो, त्यसले फेरी एक पटक थचक्क पार्न सहयोग पुग्ने भयो, तर अब अर्थमन्त्रालय माओबादी बाहेक अरुले लिओस, र M.Adhikari लाई प्रकृया मिलाएर आराम गर्ने व्यवस्था मिलाओस, हामीहरु त लंगडाको देशमा छौ, खुट्टा खल्च्याएर हिंड्ने बानी बसालौ l ![]() ![]() |
#8 Thu Feb 16, 2023 5:23 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1072
|
आजभोली लाग्दैछ, हाम्रो share मार्केटमा कम्पनी होइन, ओली, देउबा, दाहाल- व्यक्ति listing भएका छन्, हाम्रो बजारमा एमाले, कांग्रेस र माओबादी पार्टीहरु listing भएका छन्, हाम्रो बजारमा राष्ट्र बैंक र M. Adhikari listing भएका छन्, किनकी कम्पनीका वासलातलेभन्दा यी व्यक्ति र यिनको दलको क्रियाकलापले बजार कहिले तल र कहिले माथी गर्न बाध्य छ, हरेक साना साना घटनामा बजार अल्झिनु पर्ने हो ? M.Adhikari गर्बका साथ फलानोले 'मानिस र बजार त अन्तमा जाने माथीनै हो' भनेका छन् भनेर बजारलाई व्यंग्य कस्छन, मान्छे माथी जानु भनेको फेरी फर्कनलाई हो ? मान्छे माथी जानु भनेको स्वोर्गारोहण हुनु होइन ? मानिसको अन्त्य हुनु होइन ? के बजार माथी जानु भनेको बजारको अन्त्य हुनु हो ? लगानीकर्ताहरुको सर्वस्व सकिनु हो ? अनि कसरी हल्का रुपमा यस्ता कुरा बीच तुलना गरेर, अप्ठ्यारो नमानी पिडामा परेका लगानीकर्ताहरुको भावना माथी थप खेलबाड गर्न सकेको ? बजार बिगार्न पहिला नीति चाही उसैले ल्याउन हुने, अनि बिगार्नु बिगारी सकेपछि बजार राष्ट्र बैंकले हेर्दैन भन्न मिल्छ ? जुन जुन नीतिले बजार बिग्रेको छ, त्यो नीति कसले ल्याएको हो ? राष्ट्र बैंकले हेर्ने र उसका नीतिले हेर्नुमा के फरक छ ? उसले नहेर्ने हो भने उसका नीतिको पहिलो असारनै यता किन पर्छ त ? अब हामीले पनि कम्पनीका fundamental हैन, यी दल, यी नेता र यीनले नियुक्ति दिएका नियामकहरुको, सोच र ब्यबहारको analysis गर्नु पर्ने भो, अब बरु कम्पनीका Financial Report को सट्टा यिनैको Medical रिपोर्ट चाही प्रकाशित गर्न थाले हुन्छ, ताकी अब कुन चाही बहुलाएर के बोल्न सक्छ पहिल्यै अनुमान लगाउन सकियोस्, अनि त्यहि रिपोर्ट हेरेर, यी कुन बेला बंगिन्छन र कुन बेला सिधा हुन्छन त्यसैमा ध्यान दिएर आफ्नो लगानी नीति बनाउन सकियोस l ![]() ![]() « Last edit by nissan on Thu Feb 16, 2023 5:26 pm. » |
#9 Sun Feb 12, 2023 5:23 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1072
|
राष्ट्र बैंकको गभर्नरको पदावधि ५ बर्ष होइन २ बर्षको लागि मात्र हुनु पर्छ भन्ने देखियो, कि सरकारले आफ्नो सरकारलाई असहयोग गरेको देखिए, चलाउन मिल्ने हुनु पर्यो, नत्र कार्यकालभरि कसैले छुन नमिल्ने यस्तो पदमा, कुनै क्षेत्रप्रति अति पुर्बग्रही मान्छे आयो भने त, उसको जिद्धिका सामु सब नतमस्तक हुनु बाहेक केहि उपायनै बाँकि नरहने रहेछ, सांसद जस्तो पद भए पनि त ल अब चुनाबमा तलाई जानेका छौ भनि औला ठड्याउन मिल्थ्यो, चुनाबमा भाग नलिने पद भएकाले जनताले चाहेर पनि दण्डित गर्न नसक्ने, अतिनै ज्याद्रो पद l ![]() ![]() |
#10 Sun Feb 12, 2023 1:10 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2065
|
"ब्रह्मा" को असली रुप देखे होलान भक्तहरुले
![]() ![]() |
#11 Sun Feb 12, 2023 12:12 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1072
|
पुँजी बजारको सबभन्दा बढी जसले खेदो खन्छ नी, हो तिनी र तिनका आफन्त अनि परिवारको सबभन्दा ठूलो आयको श्रोत भनेकै पुँजी बजार हो, किनकी नीतिगत फेरबदलको, सबैभन्दा पहिले कासैलाई जानकारी हुन्छ भने, त्यो तिनैलाईनै हुने हो, हामी जस्ता सामान्य लगानीकर्ताहरु भनेको अनुमान लगाउने मात्र हौ, अनि हामीले अनुमान लगाउने भनेको चाही, तिनैको लगानी भएको पोर्टल मार्फत हो, त्यसैले हामीलाईभन्दा बढी पुँजी बजार, तिनकै लागि पनि चाहिएको छ, ![]() ![]() |
#12 Sun Feb 12, 2023 8:55 am
|
|
Member
Registered: Mar 2018
Posts: 2065
|
पुंजी बजारमा "ब्रह्माले" नै हो श्रीष्टि गर्ने भन्नेहरुको मुखमा राम्रै बुजो लागेको हुनुपर्छ , शुक्रबार ३ बजे पछि। आज हेरौं कसरि असन्तुस्ट लगानीकर्ताले आफ्नो रिश पोख्छन ? पखाला लाग्ने गरि कि अजीर्ण हुने गरि ?
मुखमा राम राम बगलीमा छुरा |
#13 Tue Jan 24, 2023 7:05 pm
|
|
Member
Registered: Oct 2013
Posts: 6760
|
In Nepal, only bureaucracy, politicians and criminals make money and policy.
|
#14 Tue Jan 24, 2023 6:17 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1072
|
एउटा देशमै केहि गरौ भन्ने उद्धेश्य बोकेको मान्छेले सबैतिरबाट कति दुख पाउछ, र आफ्नो अन्त्य गर्ने निर्णयमा पुग्छ, आज संसद भवन अगाडी आफैलाई पेट्रोल छर्केर आगो लगाउने प्रेम प्रसाद आचार्य त्यसको जल्दो बल्दो उदाहरण हुन्, यस अघि कम्बोडियामा होटलमा आगो लाग्दा माथीबाट हामफालेर ज्यान गुमाएका निराकार पाण्डेले, आफ्नो छोरालाई पठाएको video संदेश हेरेर आँखा भरि आँशु भरिएका थिए, आज प्रेमजीको facebook status पढेपछि त्यहि हालत भो, यो देश गर्नेहरुको लागि हुँदै होइन, चारैतिर लुटेरा नै लुटेरा मात्र छन् l साह्रै दुखद ! |
#15 Fri Jan 20, 2023 6:44 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2065
|
"नाकको डांडी भाच्नु पर्छ" भनेर कुर्लिनेहरुको हातमा अहिले डाडु पनियो आएको छ साथै असली परिक्षा पनि सुरु हुँदै छ। स्वस्तिक छाप लगाउनेहरुले पनि कति खबरदारी गर्छन
|
#16 Fri Jan 20, 2023 4:59 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1072
|
अर्को गज्जबको लेख,
समय निकालेर भए पनि पढ्न सिफारिस, दिपाजी र उकालो teamलाई धन्यबाद l बालमन्दिरको जग्गामा बिशाल ग्रुपको 'कब्जा' : २८ रोपनी हडप्ने दाउ https://www.ukaalo.com/breaking-story/ukaalo-vishesh/31/breaking/3a1bafbe/f7ebd084/breakingdetails/230120-land-possession-by-bishal-group-3418 ![]() ![]() « Last edit by nissan on Fri Jan 20, 2023 5:03 pm. » |
#17 Thu Jan 12, 2023 5:22 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1072
|
पुष महिनालाई फर्केर हेर्दा :
पुष महिना त अझै बाँकि छ तर कारोबार दिन भने अब माघ लागेपछि मात्र सुरु हुने छ, यो महिनाको १८ कारोबार दिनमा NEPSE जम्मा ८ दिन २००० मुनी र १० दिन २००० माथी रहेको देखिन्छ, यहि महिनामानै प्रधानमन्त्रि देखि सातै प्रदेशका मुख्यमन्त्रिहरुसम्म नियुक्त भएका छन्, यो महिनामा जम्मा कारोबार भएको = १८ दिन एक अर्बको लाइनको कारोबार भएको = २ दिन एक अर्बभन्दा मुनिको कारोबार भएको = ३ दिन दुइ अर्बको लाइनको कारोबार भएको = ४ दिन तीन अर्बको लाइनको कारोबार भएको = ३ दिन चार अर्बको लाइनको कारोबार भएको = १ दिन पाँच अर्बको लाइनको कारोबार भएको = ४ दिन सात अर्बको लाइनको कारोबार भएको = १ दिन यो महिनाको सबभन्दा धेरै Turnover = 7,658,823,579.86 (पुष २६ गते ) यो महिनाको सबभन्दा कम Turnover = 863,816,561.06 (पुष ६ गते) यो महिनाको सबभन्दा धेरै Volume = 20,843,952(पुष २६ गते) यो महिनाको सबभन्दा थोरै Volume = 2,440,307 (पुष ६ गते) रातो = ७ दिन ( १ आइतबार, २ मंगलबार, २ बुधबार, २ बिहिबार) हरियो = ११ दिन ( २ आइतबार, ४ सोमबार, २ मंगलबार, १ बुधबार, २ बिहिबार) मंसिर महिनामा पुषको ठिक बिपरित ११ दिन रातो र ७ दिन हरियो भएको थियो, यो महिनाको पहिलो कारोबार दिनको NEPSE = 1,855.06 यो महिनाको अन्तिम कारोबार दिनको NEPSE = 2,149.39 यो महिनामा बढेको NEPSE = 294.33 यो महिनाको Total Turnover = 57,716,353,813 (मंसिर महिनाकोभन्दा 35,038,940,198.05 ले बढि) यो महिनाको पहिलो र अन्तिम दुवै कारोबार दिनमा NEPSE रातो भएको छ, यो महिनाको Total Turnover साउन महिनापछिको सबैभन्दा धेरै हो, साउन महिनामा भने ७२ अर्ब बढीको Turnover थियो, माघ महिना अझै सुखद हुनेछ भनि आश गरिएको छ, हेरौ ! ![]() ![]() |
#18 Wed Jan 04, 2023 2:38 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1072
|
राष्ट्र बैंकले पत्रकार सम्मेलन गर्दै छ भन्ने समाचारको कमाल देखिदै छ l
![]() ![]() |
#19 Thu Dec 29, 2022 2:01 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1072
|
नेपालमा एउटा राजा थियो, उ लगायत उसको सम्पूर्ण परिवारलाई, सेना(सायद २५००को संख्या हो जस्तो लाग्छ)को सुरक्षाले घेरिएको उसकै घरमा, हत्या गरिएको थियो, हत्यारा पत्ता लागेन, आज पौष १४ उनै राजाको जन्मदिन पो रहेछ l हार्दिक श्रद्धासुमन l ![]() ![]() |
#20 Thu Dec 29, 2022 1:53 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2065
|
तरलता अभाव हुन नदिन डेढ महिनाको लागि ५० अर्ब रुपैयाँ बजारमा पठाउदै राष्ट्र बैंक
When frequency of Governor and Finance minister matches, such a decision is possible at frequent interval. |
#21 Thu Dec 29, 2022 1:43 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2065
|
Thats why you have to make prudent decision while selecting scripts.
|
#22 Thu Dec 29, 2022 1:32 pm
|
|
Member
Registered: Oct 2013
Posts: 6760
|
NLIC had crossed 3000, now it's price is just above 500. I bought at 2000-2500.
NEPSE crossing 2000 is not celebration for me. Before crash, I had around 5% investment in NLIC. |
#23 Thu Dec 29, 2022 1:23 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2065
|
सबैलाई बधाई , अब अर्को लक्ष तिर
|
#24 Thu Dec 29, 2022 1:21 pm
|
|
Member
Registered: Oct 2013
Posts: 1072
|
भाद्र १०, २०७९ पछि NEPSE,
2000 को अंक पार गर्न सफल भएको छ l ![]() ![]() |
#25 Wed Dec 28, 2022 6:01 pm
|
|
Member
Registered: Mar 2018
Posts: 2065
|
असन्तुस्ट पक्षले भोलि खेलो-फड्को गरे भने हिस्स बुढी खिस्स दाँत हुन सक्ला नि
![]() ![]() |
Sharesansar Forum Powered By Miracle Hub