Forum


ShareSansar Main Page

New Topic

Share Market को अबको बाटो .............. भोली के होला ?

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: « < ... 4 5 6 7 8 9 10 11 12 ... > »

Author Post
Member
Registered: Oct 2013
Posts: 1269

यो चाही निजि कुरा सेर गरे है,


NEPSE ले पुरानो टार्गेट भेट्न 8.5% मात्र बाँकि रहदा,

Portfolio ले भने पुरानो अवस्थामा पुग्न,

अझै 17.5% ले प्रगति गर्नु पर्ने देखियो,


सिधा भन्नु पर्दा,


NEPSE 8.5% घट्दा,

Portfolio मा चाही 17.5% ले पो गिरावट देखियो,

साथीहरुको अबस्था के कस्तो छ कुन्नि ?



:) :)
Member
Registered: Oct 2013
Posts: 1269
Himalayan Bank को साधारण सभामा,

'संचय कोष'लाई अघि सारेर ................लगानीकर्ताहरु माथी यति साह्रो अन्याय गरिदा,

अब केन्द्रिय बैंकले के गर्छ ?

हेरेर बस्छ या action मा उत्रन्छ, हेरौ l

:) :)
Member
Registered: Jun 2017
Posts: 844
@nissan kura thik ho...

Sad part is..looks like crappy stocks seems to lead as before..

:mrgreen: :mrgreen: :mrgreen:
Member
Registered: Oct 2013
Posts: 1269


NEPSE All Time High : 3198.60


आजको NEPSE : 2857.75


Differ : 3198.60 - 2857.75 = 340.85


भनेपछि आजसम्मको हिसाब गर्दा NEPSE, Total 10.65% ले घटेको देखिन्छ,


अब NEPSE को 11% वृद्धिसंगै पुरानो Record ................पुरानै हुनेछ l


:) :)
Member
Registered: Oct 2013
Posts: 1269

Share बजार बारेको आफ्नो ज्ञानले,

अटेस मटेस परेका,

Share Market का पण्डितहरुले,

२-४ दिन अब(बजार यति र उति पुग्छ नभनी बजारलाई आफ्नै गतिमा अघि बढ्न दिए) उपदेश नफलाकेर,

केवल घाम तापेर बसिदिदा,

तिनको र बजार ...............दुबैको स्वास्थ्यमा ...... निकै लाभ हुने संभावना देखिन्छ l


:) :)
Member
Registered: Oct 2013
Posts: 1269


लगानीकर्ता माछा हुन् भने,

share बजार पोखरी हो,




अर्कोलाई हेरेर बजारलाई फोहोर र दुर्थुगन्धित बनाउदै जाने हो भने,

भोली आफ्नै बास मेटिन के बेर,



share बजारलाई बिस्वसनीय बनाउने सबालमा,

सबैको बुद्धि फिरोस्,

त्योभन्दा बढी के भनौ र ?


:) :)
Member
Registered: Oct 2013
Posts: 7501
लगानीकर्ताहरु एक जुट हुनु आजका लागि पहिलो सर्त हो





ashambhav...... there are harams in share market who will support anti share market policy just cause others are more successful than them and they are losers..

new and others should identify those losers, who support anti share market policy. and spit on their face.

in this crash, investors should at least learn to identify/filter fake share market leaders and dumb/jealous expert.




jay hos, i am glad that people are following my leadership even though they are not giving me any credit.

Not just in nepal, in the world, they follow trend which I start ......... like.... i dont follow fake news like cnn for news, i follow to find out their agenda. ... more and more are saying similar. :D
Member
Registered: Oct 2013
Posts: 1269


share बजारलाई गिजोल्दा,

ठुलै vote bank यता उता हुन् सक्छन भनी सबैले बुझ्दै छन्,

'No Vote' अभियानलाई पक्ष-विपक्षमा बाहिर जे भने पनि.....सबै राजनीतिक दलहरुले यो अभियानलाई,

आफ्नो फाइदाका लागि, आफु अनुकुल हुने गरि ब्याख्या गर्न थाली सके,



पहिला बिबेकशील साझा'ले प्रचण्डको अभिव्यक्ति गलत भनेर बिज्ञप्ति निकाल्यो,

डा. चिरन्जिबी नेपालले यसलाई गलत भने तर दिपेन्द्र बहादुर क्षेत्रीले फेरी पनि प्रचण्डको बचाउ गरे,

अस्ति प्रदिप ज्ञवालीले बोले आज केपी ओलीले "कुन share कारोबारीले चन्दा दिएन होला, अनि त्यस्तो भने" भनि दिए,




अबको चुनाबमा share बजारको अजेण्डा एक अर्कालाई सक्नकै लागि पनि प्रबल रुपले उठ्ने छ,

त्यसबाट लगानीकर्ताहरुले फाइदा लिने हो भने,

लगानीकर्ताहरु एक जुट हुनु आजका लागि पहिलो सर्त हो l


:) :)
Member
Registered: Oct 2013
Posts: 7501
Start of bull:

- End of liquidity crisis

- Reversal of 4/12

- Maoist out of FM

- If all happens within few months then from baisak, jestha..... Big traders may enter into the market.
Member
Registered: Oct 2013
Posts: 1269
अहिले लाग्दैछ,

कांग्रेसको यो महाधिबेसनले नयाँ सभापती छानोस्,

त्यसपछि नयाँ सभापतीको पहलमा,

नयाँ सर्बदलीय चुनाबी सरकार बनोस,

यो सरकार, यिनै प्रम र चन्ड-मुण्डको यस्तै रजाई चलिन्जेल,

'कर'मा रजाई गर्नेहरु बाहेक.... अरु कसैको भलो हुने देखिएन,

त्यसैले NO Vote को अभियान यहि महाधिबेसनबाट शुरु गर l
« Last edit by nissan on Mon Dec 13, 2021 1:02 pm. »
Member
Registered: Oct 2013
Posts: 1269
सायद, ब्याज बढ्ने हल्लासंगै,


मेरो बिचारमा share मार्केटलाई तितो लाग्ने,

सबै खालका खराब संदेश र समाचारहरु पनि समाप्त भएको हुनु पर्छ,



कि अझै केहि खराब अश्त्रहरु बाँकि छन ......... बजारलाई थप नकारात्मक बनाई राख्नका लागि ?

Member
Registered: Oct 2013
Posts: 1269
सर्बोच्चले ढुंगानाको पक्षमा आदेश दिएन,

तर


नेपाल धितोपत्र बोर्डबाट 'भीष्मराज ढुंगाना' बर्खास्त भएर के गर्नु,

यत्रो समय बिती सक्दा पनि,

धितोपत्र बोर्डमा नयाँ अध्यक्ष ल्याउन कसैलाई कुनै हतारो देखिन्न,

यो गैह्रजिम्मेवारीपनको हद हो कि हैन ?

अनि सबैतिरबाट अलपत्र छाडिएको बजार स्वत स्फुर्त रुपमा कसरी अगाडी बढ्न सक्छ ?
Member
Registered: Oct 2013
Posts: 1269
बजारमा तागत परिक्षण हुदैछ,

हामी अझ तल झार्छौ भन्ने र हैन यो भन्दा तल जान दिन्नौ भन्नेका बीच,


२ घण्टामा तल झार्ने समुह अलि थाके जस्तो छ आजलाई l
Member
Registered: Oct 2013
Posts: 1269
ओमिक्रोन (omicron) !!!



यसले फेरी संसारलाई एक पटक तरंगित पार्ने छाँट देखियो,

बजारमा पनि यसको असर देखिदै जाला,


बेलैमा सबैले साबधानी अपनाएर, सुरक्षित रहनु होला l
Member
Registered: Oct 2013
Posts: 1269
अब एकै बिषयमा अल्झीरहनु आबश्यक भएन,

बजारले धेरै उतार चढाब बेहोरी सकेको छ,

लगानीकर्ताहरुले पनि यिनै व्यक्ति र यिनै निकायबाट सकारात्मक केहि होला भन्ने आश गरेका थिएनन,


भयो पनि त्यस्तै,

बरु थप नकारात्मक केहि गरिदिएनन भनेर चित्त बुझाऔ,



अब बजारलाई आफ्नो गतिले अगाडी बढ्न दिनु पर्छ,

बजारको शक्ति भनेको लाखौको संख्यामा रहेका लगानीकर्ताहरु हुन्,

जुन भोलिका दिनमा अझ बढ्ने निश्चितनै छ,


बजार आज घट्ला भोली घट्ला तर १०० अंक घट्यो भने,

४ दिनपछि बजार १५० अंकले बढ्ने छ,

अब यो समय लगानीकर्ताहरुले,

कम्पनीको छनौटमा चाही अत्यन्त चनाखो हुनु पर्छ है l


:) :)
Member
Registered: Oct 2013
Posts: 1269


उकाली र ओह्राली मिश्रित, बजारको बाटो त प्रष्ट र चौडा देखिन्छ,

तर,

जसले यसको नियमन गर्नु पर्नेथ्यो,

जसले यसको सम्बर्धन गर्नु पर्ने हो,

तिनै बजार राजमार्गको बिचमा उभिएर,

टायर बाल्दै .............चक्का जाम गर्नमै मज्जा लिई रहेछन,

यो देशमा हरेक कुरा अनिश्चित ......?


Member
Registered: Oct 2013
Posts: 1269


अरुका सहि कुरा सुन्दै नसुन्ने,

आफुले जति सुकै गलत निर्णय र काम गर्न हुने तर त्यसको आलोचना गर्नेलाई,....... शत्रु सम्झने,

आफुले भनेको मात्र सहि,

आफुनै त्यो बिषयको महापण्डित,

मैले बोलेपछि त्योनै हुनु पर्छ भनि लिडेढिपी गरि रहने,



न त घर मुली ठिक हुन्छ ....................न त जनताको 'कर'बाट,

'तलब र अन्य सुबिधा'....... लिएर सार्बजनिक पदमा आसिन व्यक्ति नै l



:) :)
Member
Registered: Oct 2013
Posts: 1269
यो उपयोगी forum,

18 दिन नचल्दा, निकै सुन्य अनुभब भयो,

अब यस्तो नहोस् है ................ShareSansar,


:) :)
Member
Registered: Mar 2018
Posts: 2292
तेल निगमले लामो संघर्ष पछिको प्रतिफलमा पानी खन्याउला जस्तो पो छ त
Member
Registered: Oct 2013
Posts: 1269
लगालग ४ दिन NEPSE उकालो लागेर,

२०७८ असोज ७ गते पछि,

आज NEPSE 2800 अंक पार गर्न सफल भएको हो,



४ दिनमा NEPSE 244 अंकको हाराहारीले बढ्नुले .................

भोलीको दिन अझ सुनौलो हुने आंकलन गर्न ...............कुनै कन्जुस्याई गरि रहनु नपर्ला,



NEPSE 2800 माथीनै रहला या नरहला............त्यसका लागि त अझै डेढ घण्टा हेर्नै पर्छ,

तरै पनि छोटो समयमै NEPSE 2800 पार हुँदा ..................त्यसको स्वागत त गर्नै पर्यो नी :) :) l
Member
Registered: Oct 2013
Posts: 1269
एक घण्टामै लगभग २ अर्बको कारोबार हुनु,

सुखद कुरा हो :) :),



त्यस्तै अर्को सुखद कुरो,

३० दिनपछि NEPSE 2700 कट्नु पनि हो l
Member
Registered: Mar 2018
Posts: 2292
Bull run भयो कि गोरु नै दौडीन्छ मज्जा आउने गरि :mrgreen: :mrgreen: :mrgreen:

जय गुरु
Member
Registered: Oct 2013
Posts: 1269
जसरी.....बजारमा बाली भित्र्याउने बेलामा,

केन्द्रिय बैकको बक्र दृष्टिले,

लगानीकर्ताहरुको सपनामा पानी खन्याई दियो,


त्यस्तै अपराध प्रकृतिले पनि गरेको छ, किसानहरु माथी,

बेमौसमको यो बर्षातले,

काटेर भित्र्याउन ठिक्क पारेको धान छयाप्पै भिजाई दिएको छ,



न त लगानीकर्ताहरुले सोचेका थिए नियामकनै यति क्रुर होला भनेर,


न त किसानलेनी कल्पना गरेका थिए होलान,


कार्तिकमा यत्रो पानी परेर, यति धेरै क्षेती होला भनेर,



प्रकृतिसंग त हाम्रो केनै चल्छ र तर,

अर्को पक्षले त भोली जवाफ दिनु पर्ला नी ?



हामी सबै लगानीकर्ताहरु साच्चैनै अति खराब समय र

बजार प्रति अतिनै खराब सोच भएका मान्छे(गभर्नर,अर्थमन्त्री र प्रम)हरुसंग एक साथ जुध्न बाध्य भएका छौ l

आ-आफ्नो ठाउँबाट बिरोधको आवाज घन्काउन कुनै कसर बाँकि नराखौ l
Member
Registered: Mar 2018
Posts: 2292
समय सांधरबिक कुराकानी

https://www.youtube.com/watch?v=tcOfYGsPP-g
Member
Registered: Oct 2013
Posts: 1269
अब SEBON र NEPSE मा नियुक्त हुन् आउने व्यक्तिहरु चाही सफेद होउन,



बजारलाई माया गर्ने होउन,

तिनको अनुहार मात्र हेरेर पनि...भर पर्न सकियोस,




तर १ ब्रिफकेस बुझाएर...........१० ब्रिफकेश भर्न खोज्ने चाही नआउन,




अहिलेसम्मको अनुभबले भन्छ...


"आशा चाही गर् तर भर चाही नपर"

:) :) l

Post Reply

Page: « < ... 4 5 6 7 8 9 10 11 12 ... > »

Sharesansar Forum Powered By Miracle Hub