Author |
Post |
|
#151 Tue Dec 07, 2021 6:41 pm
|
Member
Registered: Oct 2013
Posts: 1072
|
सर्बोच्चले ढुंगानाको पक्षमा आदेश दिएन,
तर
नेपाल धितोपत्र बोर्डबाट 'भीष्मराज ढुंगाना' बर्खास्त भएर के गर्नु,
यत्रो समय बिती सक्दा पनि,
धितोपत्र बोर्डमा नयाँ अध्यक्ष ल्याउन कसैलाई कुनै हतारो देखिन्न,
यो गैह्रजिम्मेवारीपनको हद हो कि हैन ?
अनि सबैतिरबाट अलपत्र छाडिएको बजार स्वत स्फुर्त रुपमा कसरी अगाडी बढ्न सक्छ ?
|
|
#152 Mon Dec 06, 2021 1:21 pm
|
Member
Registered: Oct 2013
Posts: 1072
|
बजारमा तागत परिक्षण हुदैछ,
हामी अझ तल झार्छौ भन्ने र हैन यो भन्दा तल जान दिन्नौ भन्नेका बीच,
२ घण्टामा तल झार्ने समुह अलि थाके जस्तो छ आजलाई l
|
|
#153 Tue Nov 30, 2021 3:53 pm
|
Member
Registered: Oct 2013
Posts: 1072
|
ओमिक्रोन (omicron) !!!
यसले फेरी संसारलाई एक पटक तरंगित पार्ने छाँट देखियो,
बजारमा पनि यसको असर देखिदै जाला,
बेलैमा सबैले साबधानी अपनाएर, सुरक्षित रहनु होला l
|
|
#154 Sun Nov 28, 2021 1:31 pm
|
Member
Registered: Oct 2013
Posts: 1072
|
अब एकै बिषयमा अल्झीरहनु आबश्यक भएन, बजारले धेरै उतार चढाब बेहोरी सकेको छ, लगानीकर्ताहरुले पनि यिनै व्यक्ति र यिनै निकायबाट सकारात्मक केहि होला भन्ने आश गरेका थिएनन, भयो पनि त्यस्तै, बरु थप नकारात्मक केहि गरिदिएनन भनेर चित्त बुझाऔ, अब बजारलाई आफ्नो गतिले अगाडी बढ्न दिनु पर्छ, बजारको शक्ति भनेको लाखौको संख्यामा रहेका लगानीकर्ताहरु हुन्, जुन भोलिका दिनमा अझ बढ्ने निश्चितनै छ, बजार आज घट्ला भोली घट्ला तर १०० अंक घट्यो भने, ४ दिनपछि बजार १५० अंकले बढ्ने छ, अब यो समय लगानीकर्ताहरुले, कम्पनीको छनौटमा चाही अत्यन्त चनाखो हुनु पर्छ है l 
|
|
#155 Thu Nov 25, 2021 4:51 pm
|
Member
Registered: Oct 2013
Posts: 1072
|
उकाली र ओह्राली मिश्रित, बजारको बाटो त प्रष्ट र चौडा देखिन्छ,
तर,
जसले यसको नियमन गर्नु पर्नेथ्यो,
जसले यसको सम्बर्धन गर्नु पर्ने हो,
तिनै बजार राजमार्गको बिचमा उभिएर,
टायर बाल्दै .............चक्का जाम गर्नमै मज्जा लिई रहेछन,
यो देशमा हरेक कुरा अनिश्चित ......?
|
|
#156 Wed Nov 24, 2021 1:58 pm
|
Member
Registered: Oct 2013
Posts: 1072
|
अरुका सहि कुरा सुन्दै नसुन्ने,
आफुले जति सुकै गलत निर्णय र काम गर्न हुने तर त्यसको आलोचना गर्नेलाई,....... शत्रु सम्झने,
आफुले भनेको मात्र सहि,
आफुनै त्यो बिषयको महापण्डित,
मैले बोलेपछि त्योनै हुनु पर्छ भनि लिडेढिपी गरि रहने,
न त घर मुली ठिक हुन्छ ....................न त जनताको 'कर'बाट,
'तलब र अन्य सुबिधा'....... लिएर सार्बजनिक पदमा आसिन व्यक्ति नै l 
|
|
#157 Fri Nov 19, 2021 1:22 pm
|
Member
Registered: Oct 2013
Posts: 1072
|
यो उपयोगी forum,
18 दिन नचल्दा, निकै सुन्य अनुभब भयो,
अब यस्तो नहोस् है ................ShareSansar, 
|
|
#158 Wed Oct 27, 2021 1:41 pm
|
Member
Registered: Mar 2018
Posts: 2065
|
तेल निगमले लामो संघर्ष पछिको प्रतिफलमा पानी खन्याउला जस्तो पो छ त
|
|
#159 Wed Oct 27, 2021 1:24 pm
|
Member
Registered: Oct 2013
Posts: 1072
|
लगालग ४ दिन NEPSE उकालो लागेर, २०७८ असोज ७ गते पछि, आज NEPSE 2800 अंक पार गर्न सफल भएको हो, ४ दिनमा NEPSE 244 अंकको हाराहारीले बढ्नुले ................. भोलीको दिन अझ सुनौलो हुने आंकलन गर्न ...............कुनै कन्जुस्याई गरि रहनु नपर्ला, NEPSE 2800 माथीनै रहला या नरहला............त्यसका लागि त अझै डेढ घण्टा हेर्नै पर्छ, तरै पनि छोटो समयमै NEPSE 2800 पार हुँदा ..................त्यसको स्वागत त गर्नै पर्यो नी  l
|
|
#160 Tue Oct 26, 2021 12:03 pm
|
Member
Registered: Oct 2013
Posts: 1072
|
एक घण्टामै लगभग २ अर्बको कारोबार हुनु, सुखद कुरा हो  , त्यस्तै अर्को सुखद कुरो, ३० दिनपछि NEPSE 2700 कट्नु पनि हो l
|
|
#161 Mon Oct 25, 2021 6:01 pm
|
Member
Registered: Mar 2018
Posts: 2065
|
Bull run भयो कि गोरु नै दौडीन्छ मज्जा आउने गरि जय गुरु
|
|
#162 Tue Oct 19, 2021 9:42 pm
|
Member
Registered: Oct 2013
Posts: 1072
|
जसरी.....बजारमा बाली भित्र्याउने बेलामा,
केन्द्रिय बैकको बक्र दृष्टिले,
लगानीकर्ताहरुको सपनामा पानी खन्याई दियो,
त्यस्तै अपराध प्रकृतिले पनि गरेको छ, किसानहरु माथी,
बेमौसमको यो बर्षातले,
काटेर भित्र्याउन ठिक्क पारेको धान छयाप्पै भिजाई दिएको छ,
न त लगानीकर्ताहरुले सोचेका थिए नियामकनै यति क्रुर होला भनेर,
न त किसानलेनी कल्पना गरेका थिए होलान,
कार्तिकमा यत्रो पानी परेर, यति धेरै क्षेती होला भनेर,
प्रकृतिसंग त हाम्रो केनै चल्छ र तर,
अर्को पक्षले त भोली जवाफ दिनु पर्ला नी ?
हामी सबै लगानीकर्ताहरु साच्चैनै अति खराब समय र
बजार प्रति अतिनै खराब सोच भएका मान्छे(गभर्नर,अर्थमन्त्री र प्रम)हरुसंग एक साथ जुध्न बाध्य भएका छौ l
आ-आफ्नो ठाउँबाट बिरोधको आवाज घन्काउन कुनै कसर बाँकि नराखौ l
|
|
#163 Sat Oct 09, 2021 11:23 am
|
Member
Registered: Mar 2018
Posts: 2065
|
|
|
#164 Wed Oct 06, 2021 6:25 pm
|
Member
Registered: Oct 2013
Posts: 1072
|
अब SEBON र NEPSE मा नियुक्त हुन् आउने व्यक्तिहरु चाही सफेद होउन, बजारलाई माया गर्ने होउन, तिनको अनुहार मात्र हेरेर पनि...भर पर्न सकियोस, तर १ ब्रिफकेस बुझाएर...........१० ब्रिफकेश भर्न खोज्ने चाही नआउन, अहिलेसम्मको अनुभबले भन्छ... "आशा चाही गर् तर भर चाही नपर"  l
|
|
#165 Tue Oct 05, 2021 12:56 pm
|
Member
Registered: Oct 2013
Posts: 1072
|
धन्यवाद L_M जी, प्रत्यक्ष परिचित नभए पनि, हामी यस FORUM मा उपस्थित सबैनै मेरा लागि प्रिय छन्, हर कोहीको विचारबाट मैले केहि न केहि कुरा सिक्ने मौका पाएको छु, हामीहरु बिचको विचार मन्थन र सकारात्मक छलफललेनै, यस FORUM लाई अझ बिस्वस्नीय र जीवन्त राख्न सकिन्छ  l
|
|
#166 Mon Oct 04, 2021 10:26 pm
|
Member
Registered: Jul 2014
Posts: 110
|
In my opinion, there is no one here (leaving less than 1%) who isn' stuck in at least a couple or more stucks due to this "made-bearish" Nepse. The number of such stocks and their volume may vary from small to big ones. Even the mutul funds..just look at their recent NAV. The newbies have lost the most. The declining volume indicates two things: 1. The bigs are still reluctant to enter, in a hope to further fall 2. The smallers or those left with messed-up portfolio are also reluctant to sell at lower rates. Then one thing is clear: Time is not far when both 1 and 2 will start rampant buying to cover previous losses, as it's the only platform where they have confidence to perform better. And that, This liquidity crunch is temporary, NRB is reluctant to cross over the rates in double digits, There will be full cabinet soon...and that they will havve to announce forthcoming elections The significant correction is almost over as it's more than 20% now
So what next? If you fall in 1% you won the battle already But others, if you leave the battlefield now, you are already defeated. Patience is the key, hold on to it..for the victory is sure. Don't put borrwed money until market shows full confidence If you are confident of further fall, sell your holdings and catch it below..this one too is a risky trick. Otherwise, keep on buying on every 5% fall. And hey, stop watching My Portfolio for sometime. There is NO LOSS until you sell off
That's what I've been doing too
|
|
#167 Mon Oct 04, 2021 6:47 pm
|
Member
Registered: Mar 2018
Posts: 48
|
very positive person Nissan je, you are one of my favorite person on this forum😀😀😀
|
|
#168 Mon Oct 04, 2021 4:08 pm
|
Member
Registered: Oct 2013
Posts: 1072
|
Panama Papers को तेत्रो चर्चा छ,
प्रधानन्यायाधिसले आफ्नो भागमा पनि 'मन्त्रि' मागे भनेर हल्ली खल्ली मच्चिएको छ,
मन्त्रीमण्डल आजै बन्छ र भोली बन्छ भनेर.....सबैतिर समाचार बनि रहेका छन्,
रञ्जित रे (नेपालका लागि पुर्बभारतीय राजदुत) को पुस्तकको चर्चा १-२ दिन चल्नै पर्यो,
साथीहरु,
यी सब चर्चा भएका घट्नाहरु सेलाउदै गए पछि,
नियामकहरुले दशैँ, तिहार पनि मनाई सकेपछि,
share market को पनि अबस्य पालो आउने छ,
............. धैर्य गर्नु होला.......मैले जस्तै !
|
|
#169 Thu Sep 30, 2021 2:23 pm
|
Member
Registered: Oct 2013
Posts: 1072
|
यसरी अप्राकृतिक तबरले, यसले पार्ने असर बारे कुनै आंकलननै नगरी, गरेको नीतिगत परिबर्तन र बजारप्रतिको घोचपेचका शब्दहरुले, कसलाई चाही फाइदा पुर्यायो ? १) लगानीकर्ताहरु घाटामा छन्,
२) सरकारले पाउदै गरेको अरबौ रकमको कर गुमेको छ,
३) SEBON र NEPSE ले आम्दानी गुमाएका छन्,
४) ब्रोकरहरुको आम्दानी स्वाट्टै घटेको छ,
५) प्रम, अर्थमन्त्री र गभर्नर प्रति लगानीकर्ताहरु नकारात्मक बन्दै गई रहेका छन्,
६) सबभन्दा खतरनाक(हाम्रो लागि भन्दा पनि यी गठबन्धनवालाहरुका लागि) कुरो..........लगानीकर्ताहरु आक्रोसित भएर संगठित रुपमानै,
चुनाब(फागुनमा हुने स्थानीय चुनाब देखि) को बेला कांग्रेस र माओबादीको बिरुद्धमा जाने र
त्यसको लाभ ओलीजीको 'एमाले'ले लिने सम्भवना बढ्दै गएको छ, प्रभुहरुसंग जनता बारे सोच्ने समय भए,
यसबारे पनि एक पटक घोत्लिनु होला !« Last edit by nissan on Thu Sep 30, 2021 2:25 pm. »
|
|
#170 Mon Sep 27, 2021 6:14 pm
|
Member
Registered: Oct 2013
Posts: 1072
|
Share Market मा भएका कम्तिमा ९०% लगानीकर्ताहरु,
आफुले लगानी गर्ने कम्पनी आफै छान्दैनन,
यसको कारण चाही,
कति कम्पनीहरुको विश्लेषण गर्न जान्दैनन भने,
कति जानेकाहरु पनि, बजारमा अब्बलभन्दा पिछडा कम्पनीहरुकै,
चुरीफुरी देखेर, यसो गर्ने गर्छन,
फेरी यस्तो अबस्थामा, बिभिन्न online portal हरु पनि लगानीकर्ताहरुको मश्तिश्कलाई थप अन्यौल बनाउन, कम्मर कसेर लागेको देखिन्छ, क्लब house का छलफलबाट पनि नया लगानीकर्ताहरु लाभान्वितभन्दा पनि थप confusion मा परेको आभास हुन्छ, बजारमा राहु र केतुको बक्रदृष्टि परेको छ,
share मार्केट प्रति अनुदार देखिने अनुहारहरु अहिले,
मोर्चा कसेरै लगानीकर्ताहरुको सम्पत्ति माथी धावा बोली रहेछन,
यो त नियामक निकायको कस्तो काम भयो भने,
धेरै मान्छेहरु भर्यांग लगाएर माथी चढी रहेका छन् बाटो बनाउदै,
ति मान्छेहरुलाई हेर्दै एउटा नाइके आएर,
माथी नजाउ, .....लडलाउ भनेर मुखले चिन्ता जनाए जस्तो गरेर कराउछ,
अनि ब्यबहारमा चाही, ओर्लन पर्ने भर्याँगे लिएर हिडीदिने काम गर्छ,
अब भर्यांगबाट माथी चढेकाहरु,
भर्यांग स्वाट्टै झिकिदिए पछि,
सक्ने भित्तो समाएर चिप्लिदै,बलड्यान्ग खादै तल ओर्लिए,.....नसक्ने आत्तिएरै माथिबाट हाम फाल्न थाले,
यस्तो बेला तिन(नियमक्लेले) खुरुक्क अझ बलियो भर्यांग राखी दिएर,
लगानीकर्ताहरुमा आड भरोसा जगाई दिनु पर्ने होइन ?
जे कामको लागि तलब खाएर बसेको छ,
'त्यो काम' गर्नु पर्दैन ?
'त्यो काम' भनेको
'कर' उठाए बापत सो क्षेत्रप्रति राज्यले निभाउनु पर्ने जिम्मेवारी र दायित्व हो,
यो मिलिजुलीको सरकार यो बिषयमा नराम्रोसंग चुक्दै गएको छ,
बेलैमा होस् आओस l 
|
|
#171 Sun Sep 26, 2021 9:22 am
|
Member
Registered: Sep 2021
Posts: 7
|
Thank you for your reply, But that was not the case. We Both were allotted same 10 Kitta share. First they distributed 10%, second was 5% and last was 36.5% and last was without tax. So we have to pay the tax. If we calculate the total (10x1.1x1.05x1.365) = 15.76575 Kitta But they transferred 1 kitta in my brother's demat on 2019( I think it was for 5%) which I did not received. Until then was fine. I assumed i have 0.76 kitta in my account but they did not displayed it in my account but they did it for my brother. But when I checked RADHI website for tax amount, It is showing 21.9 for my brother and 20.075 for me. This portion of calculation went out of my mind. And I asked them in email, but you know, they are managing there share by themselves instead of any professional share registrar! I don't expect any reply from them. I shared here so that if someone might have such experience. It's not about only 1 kitta, but trying to know how do they calculate and if it is just a glitch or an intentional approach. 
|
|
#172 Fri Sep 24, 2021 9:12 am
|
Member
Registered: Jun 2013
Posts: 137
|
If ipo was issued in odd number or not divisible by 10 then few will get 11 kittas. in your brother case this might happen. So sometime applying 11 kittas insted 10 gonna beneficial. Hope you understand confused investor ji. « Last edit by prash on Fri Sep 24, 2021 9:14 am. »
|
|
#173 Fri Sep 24, 2021 6:40 am
|
Member
Registered: Sep 2021
Posts: 7
|
There is no issue of Demat, It was all from CASBA. After allotment it is just staying in my and my brother account.
|
|
#174 Thu Sep 23, 2021 12:06 pm
|
Member
Registered: Mar 2014
Posts: 315
|
Confused_investo, तपाइकाे सेयर १ कित्ता कम डिम्याट गर्नु भयाे हाेला । तपाइकाे भाइले अलि ढीला डिम्याट गर्नु भयाे हाेला १ कित्ता थप भए पछि । Radhi काे सेयर रजिष्टार लाइ सम्पर्क गर्नु हाेला ।
|
|
#175 Thu Sep 23, 2021 11:54 am
|
Member
Registered: Mar 2018
Posts: 2065
|
खोइ के खोइ के , बुझ्न धेरै गार्हो भयो। एक दिन तरलतामा सुधार भनेर आऊछ, आज फेरी एस्तो
तरलताको चरम संकट: अहिलेसम्मकै धेरै सापटी चलाए बैंकले, समस्या चर्किएपछि ३० अर्ब बजारमा दिँदै
|