Forum


ShareSansar Main Page

New Topic

Share Market को अबको बाटो .............. भोली के होला ?

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: « < 1 2 3 4 5 6 7 8 9 ... > »

Author Post
Member
Registered: Oct 2013
Posts: 1133


यस बर्षको आफ्नो प्रगति बिबरणमा NEPSE ले गर्बका साथ् घोषणा गर्नेछ,


"हामीले गत बर्षदेखि हप्तामा ६ दिन share मार्केट खोलेका छौ,

र यो ऐतिहासिक कदम बजारको सुधार र विकासको लागि कोसेढुंगा साबित हुने छ l"



सरकारले आइतबार सार्बजनिक बिदा थप्दा .......यता बजारमा शुक्रबार थपे,

अब आइतबारको बिदा फिर्ता भएपछि मार्केटलाई पनि पहिलाझै खोल्नु पर्दैन ?




बजार सुधारका लागि लगानीकर्ता आमरण अनसनमा बसेका छन् त्यसको मतलब छैन,

अनि कसैले माग नगरेको चिज चाहि प्याट्ट लागु गरिदिने,



"काम कुरो एकातिर, कुम्लो बोकी कतातिर" भनेको यहि त हो l


:) :)
Member
Registered: Mar 2018
Posts: 2112
स्याल र ब्वासाहरुको घुसपैठ हेर्दा आन्दोलन सफलीभूत हुने सम्भावना घटेर गएको देखछु। आम-लगानीकर्ताहरुको हित हुने मुद्दा भन्दा बिज्ञापनदाताका मुद्दा बोक्न तिर आन्दोलनकारी मोडिन थालेका छन् , जसको नतिजा पक्कै राम्रो आउने छैन।
Member
Registered: Oct 2013
Posts: 1133


तिलक कोइरालाजीले भोलीबाट शुरु गर्न लाग्नु भएको आमरण अनसन सफल होस्,

र नियामकहरुमा धितोपत्र बजारको सुधार र विकासका लागि उठाईएको सबै माग सम्बोधन गरिदिने बुद्धि पलाओस्,

बजार हामीले बढाई दिनु पर्ने भनी कुर्लेर,

हाम्रै 'कर'बाट बाँचेकाहरुले, हाम्रो अपमान नगरुन,





एउटा कुरा भने मलाई अझै शंका लागिरहेछ,

तिलकजी कमजोर देखिनु हुन्छ,

औषधी पनि खानु हुन्छ भनि सुनेको छु,

लामो समय उहालाई अनसन बस्न के स्वास्थ्यले साथ् देला त ?

उहाँको स्वास्थ्यमा केहि तलमाथी पो हुने होकी ?



डा.केसीको अनसनलाई फर्केर हेरौ न,

सरकारले ८-१० दिन त वास्तै गरि दिदैन,



सबैले आ-आफ्नो तबरबाट सकेको सहयोग गरौ,

कृपया आफु-आफु पछि जुद्धा हुन्छ, अहिले आन्दोलनको क्रममा चाही,

आन्दोलनको बिरुद्धमा कसैले पनि नकारात्मक कुरा नगरौ है l

:) :)
Member
Registered: Oct 2013
Posts: 6911
Instead they should go for bike rally. After office hour 6-6.30.

Start from SEBON office area. Organizer can join from 5 pm.


Investors have already showed power during local election. They will show greater power during general election.
Member
Registered: Oct 2013
Posts: 1133
नेपालमा त Lamb Meat त्यति धेरै रुचाउदैनन,

त्यो समयमा यो सबै Bangladesh र India मा पठाईएको थियो रे,

र त्यसको payment कसरी भयो होला,


हामीलाईभन्दा केन्द्रिय बैंकलाईनै जानकारी होला,








अर्को कुरा लगानीकर्ताहरुको आन्दोलनलाई १-२ दिन हेरौ न,


जहाँसम्म 'आमरण अनसन'को कुरा छ,

तिलकजीमा शाहस चाही देखियो तर उहाँ sugar को रोगी औषधी खानु पर्ने मान्छे हुनुहुदो रहेछ,

२ दिन टिक्न पनि मुश्कित हुन्छ उहाँलाई,

रोहन कार्की अलि young र यसमा सक्रिय भएर लागेको पनि देखिन्छ बरु उहाँ चाही अनसन बस्दा उचित होला,

पहिला जस्तै राती गएर police ले नउठाउला भन्न पनि सकिन्न,





अब भटाभट राम्रा राम्रा(फिल्मी भनेको हैन) मान्छेहरुले स्वतन्त्र उम्मेदवारी घोषणा गर्दा राम्रो होला,
Member
Registered: Mar 2018
Posts: 2112
पुँजीबजार सुधार संघर्ष समितिको अगुवाइमा आज पनि लगानीकर्ताहरुले माइतीघर मण्डलामा
भेलामा विभिन्न लगानीकर्ता संघसंगठनका नेताहरुको उपस्थिति

अहिले उठ्न लागेको स्वोतन्त्र आवाज फेरी तुहिने सम्भावना बढेर गयो
au-revoir ou au revoir till next free movement
Member
Registered: Oct 2013
Posts: 6911
sacho ho bhane, dollar misuse bhayo jasto cha.

Black money safe heaven ma transfer garna ko lagi hunu parcha.

2$ billion lamb meat, nepal ma ak barsa ma ta consumption hundaina hola, ra, custom to data le dekhaudaina.

Not a single product Nepal imports reach 2$ billion. Most imported single product could be diesel.
Member
Registered: Oct 2013
Posts: 1133


आज बिहान ऋषि धमलाको रेडियो कार्यक्रममा,

ज्योती बानियाँ भन्दै थिए,

नेपालमा लकडाउन भएर सबै होटल र restaurant हरु बन्द भएको समयमा,

नेपालको एउटा ब्यापारिक घरानाले विदेशबाट पौने २ अर्ब डलरको,

Lamb Meat मगाएको थियो रे,

राष्ट्र बैंकलाई थाहा होला कसले मगायो र सबैतिर बन्द भएको बेला त्यो कहाँ खपत भयो ?


हुन् त् राष्ट्र बैंक ४/१२ मा व्यस्त छ क्यार



अर्को कुरा,


आयल निगमले आफ्ना सबै डिपो खाली गरिसकेपछि मात्रै पेट्रोल-डिजेलमा १० रुपैया बढाएको थियो रे,

देशलाई घाटा भएर के भो त................पम्पवालासंग कमिसन लिन पाएपछि,

यो कुरा पनि त्यहि सुनेको l


देशको दुर्दशा,


:) :)
Member
Registered: Mar 2018
Posts: 2112
६८ वर्षमा बृद्धभत्ता १५ प्रतिशतले तलब बढाउने अनि महँगी नियन्त्रणमा हुने लक्ष्य निर्धारण गर्ने -धन्य नेपाली बिज्ञ अनि तिनको उपदेश मान्ने सरकार
Member
Registered: Oct 2013
Posts: 1133


नेपाली कांग्रेसकि सांसद पुष्पा भुषालले,

४/१२ को राष्ट्र बैंकको नीति गलत भएको र त्यसलाई सुधार गरेर लगानीकर्ताहरुलाई न्याय दिन,

संसदमा आवाज उठाई छन्,

सब चुप बसेका बेला यति भए पनि बोलिदिनु भएकोमा धन्यवाद छ l




https://arthasansar.com/news/40307


:) :)
Member
Registered: Oct 2013
Posts: 6911
- 4/12 end
- nrn
- banks should be able to do what ever they want with their capital and reserve, including investing in banks, including their own bank (tell them, they should hold their share for at least 4 year.
- cooperative should also be able to invest in shares.

Monitory policy should be passed by govt not nrb. and should be stable.
Member
Registered: Mar 2018
Posts: 2112
एजेन्डा थप्ने र परिस्कृत भन्दा पनि अहिले राखिएका एजेन्डाको कार्यन्वोयेन तिर दवाब बढाऊन सकियो भने सबै भन्दा श्रेयेस्कर हुन्छ लगानीकर्ताहरुको लागि।
टिकेहरुको कुरा नगरेकै बेश, फोटो खिच्न र भित्रि सूचना थुत्न छोडीदिउँ, टिके नेता भन्न पनि छोडीदिउँ

मार्जिन कलको ठुलो बाढी आउने सम्भावना पनि ख्यालमा राख्दै सुरक्षित कसरि रहने विचार पुर्याउन जरुरि छ अहिलेको अबस्थामा
Member
Registered: Oct 2013
Posts: 1133
माओबादी केन्द्रमा 'MCC' को बिषयमा ठुलै लफडा भएको थियो,

'नारायणकाजी'जीलाई प्रचण्डले पार्टी छाडेर गए पनि फरक पर्दैन भनेकै पनि हो,

स्थानीय चुनाब सामुन्ने थियो,

चुनाबको परिणाम बिग्रने डरले तिनले, MCC को बहशलाई चुनाबसम्मका लागि स्थगित गरि दिए,


त्यस्तै रामचन्द्र पौडेल र देउबाजीले पनि चुनावलाई हेरेर अहिले द्वन्द नगरेकै हो.



आपसी द्वन्दले अहित हुने देखेर, नमिल्ने पक्षले पनि सामुन्नेको समस्या समाधान गर्न,
एक आपसमा अंकमाल गरेका, यस्ता उदाहरण प्रसस्त भेटिन्छन,




अब मूल कुरातिर जाऔ,


देश चलाउनेहरु खाली पुराना सिद्धान्त घोकेर हुर्केकाहरु मात्र छन्,

जसरी Technology को विकासले हर क्षेत्रलाई असर गरेको छ,

त्यो बिषयको धेर थोर ज्ञान सबैलाई अबस्यक भएको छ त्यस्तै हो,

अर्थतन्त्रका लागि share market पनि,



यदि यसको महत्व नहुँदो हो त,

america, china ले उहिल्यै यस्ता बजार बन्द गरि सक्थे,


हामी हर कुरामा भारतबाट प्रभावित छौ,

हाम्रा नेताहरुले भारतको share मार्केट हेरे पनि त अलिकता भए पनि आखा खुल्थ्यो,




नेपालको बजार 'पुर्बग्राही' र 'इबी' साँध्ने थलो भएको छ,



त्यस्तै लगानीकर्ताहरुका संगठनहरु पनि पुरै बेकम्मा रहेछन,



अहिले यति भनम, बजारप्रति चासो भएका सबै समुहहरुले आफ्ना व्यक्तिगत तुषहरुलाई ,

माओबादीले MCC बहश स्थगित गरेझैँ, केहि समयका लागि स्थगित गरेर



'तिलक'जीको अनसनलाई कसरी साथ् दिन सकिन्छ त्यसका लागि छलफल चलाउ,


चुपचाप बसेर केहि हुने रहेनछ भनेर त्,

अस्ति बिमा समितिका अध्यक्षको गैह्र जिम्मेवार अभिव्यक्ति

(Merger मा जाँदा share रोकिएर हामीलाई समस्या पर्यो भनेर कुनै लगानीकर्ताले
हामीलाई गुनासो गरेको छैन, गुनासो आए विचार गरौला भनेर)

बाट पनि प्रष्ट हुन्छ,


सबैले छलफल गरेर अजेण्डा अझ परिष्कृत बनाए पनि भयो,


सबै मिलेर यो अनसनको प्रचार पनि आ-आफ्नो तबरले थाल्दा राम्रो हुन्छ,

तिलकजीले पनि पत्रकार सम्मेलन गर्ने हो कि ?
Member
Registered: Mar 2018
Posts: 2112
तिलक कोइरालाद्वारा तेश्रोपटक आमरण अनसन बस्ने घोषणा, लाभकर ३% कायम गर्नुपर्नेसहित १९ वटा माग
https://bizshala.com/story/%E0%A4%A4%E0%A4%BF%E0%A4%B2%E0%A4%95-4

असार १ गतेदेखि
« Last edit by Dubosi7 on Wed Jun 01, 2022 9:45 am. »
Member
Registered: Oct 2013
Posts: 1133



दुई महान ब्यक्तित्वहरु जबसम्म पदमा रही रहनु हुन्छ तबसम्म,


मार्केटमा लागेको ग्रहण हट्ने सम्भावना देखिदैन,




हुन् त उहाँहरुको कृपा नपरेको कुन क्षेत्र बाँकी रह्यो र,

बजारको मात्र चिन्ता गर्नु ?


फेरी SEBON का हाकिम पनि कामभन्दा हल्ला बढी गर्ने बाटोमा लागेको देखियो,

राष्ट्र बैंक(मर्जरका कारण रोकिएका share कारोबार बारे)संग एक चरणको पनि कुरा नगरी मेडियामा आएर,

किन अलमल्लिइ रहेको होला ?


अनि यो आयोग त भत्ता खुवाउन र आफुले चाहेको कुरा सुझाब मार्फत लेखाउन न हो l


:) :)
Member
Registered: Mar 2018
Posts: 2112
नेपाली सेयर बजारमा ब्रोकर कम्पनीको संख्या बढाउन आवश्यक छ कि छैन ? यही विषयमा अध्ययन गर्न जिम्मा दिएको एक निजी कम्पनीले केही सातामै प्रतिवेदन सार्वजनिक गर्ने
https://bizshala.com/story/%E2%80%98%E0%A4%AC%E0%A5%8D%E0%A4%B0%E0%A5%8B%E0%A4%95%E0%A4%B0%E0%A4%95%E0%A5%8B-1

कहिले कार्की अध्यन , कहिले झाँक्री अध्यन अनि अहिले कुनी के अध्यन समिति ? कहिले सम्म लगानीकर्तालाई झुलाऊछौ कान चिरेका जोगीहरु हो ? अध्यनको नाममा दशौँ बर्ष फालिसक्यौ फेरी पनि अध्यन सकिएन। अध्यन गर्न लगाउनेहरुले पिण्ड खाने बेलामा पनि अध्यनको शिलशिला सकिएला जस्तो छैन। अनि कसरि विश्वास गर्ने जोगीहरुले पुंजी बजार बिकाश गर्छन भनेर
Member
Registered: Oct 2013
Posts: 1133


गएको शुक्रबारको रेकर्ड आजै तोडिने छाँटकाँट देखियो,

भोली फेरी,

एक त कारोबारका लागि बानी नपरेको बार,

त्यहि माथी 'बजेट भाषण' अघिको अन्तिम कारोबार,

दुवै कुराले मज्जाको support देखिन्छ l


:) :)
Member
Registered: Mar 2018
Posts: 2112
वर्तमान परिप्रेक्ष्यमा
बकेर्नो भैंसी गोठमा हुल्नेको बिल्ली बाठ लाग्ने अवस्था बनेको छ
लैनो भैंसी हुनेले केहि नभए नि दुध र दहि त खान पाउने छन्
Member
Registered: Oct 2013
Posts: 1133


Insurance मा भागाभाग(कारोबार रोक्का हुने हुनाले) बनाई दिए,


Micro Finance मा त्यस्तै खेल चल्दो छ,



Hydro कहिले 48 त कहिले १२ - १५ सयको पिङ खेल्छ,



Commercial बैंक हाती जस्तो बसे मात्र लम्कन सकेनन,




अर्थमन्त्री र गभर्नर एक अर्कालाई सक्न कम्मर कसेर लागेता पनि,



बजारलाई सेक्ने दुबैको अभिष्ट भने ठ्याक्कै मेल खाएको छ,





अहिले समग्र अवस्थाको बिचार गर्दा,



यी दुई पात्र बजारका लागि निकै घातक देखिए,



अब यिनीहरुले केहि नगरे पनि, बजार र लगानीकर्ताहरु यिनको छायाँलेनी तर्सने अवस्था आयो,




दुबैको बिदाई बजारका लागि सुखद हुन् सक्छ l



:) :)




Member
Registered: Mar 2018
Posts: 2112
अब त माइक्रोबाट पनि १० कोष पर नै बसेको ठिक होला जस्तो छ

नेपाल राष्ट्र बैंकले संस्था बढि भए भनेर मर्जर/प्राप्तिलाई जोड दिइरहेका बेला आगामी संघीय र प्रादेशिक चुनावअघि नै लघुवित्त वित्तीय संस्थाको लाइसेन्स बाँड्ने गरी खुलाउन राष्ट्र बैंकलाई दबाब
https://bizmandu.com/content/20220522133018.html
Member
Registered: Oct 2013
Posts: 1133


अर्थमन्त्री र गभर्नर,

कट्टी गरेर बस्नु भा छ रे,


पद छाडेर जे जे गरेनी हुन्थ्यो ...यसरी महत्वपूर्ण पदमा जनताको 'कर' खाएर बसेकाहरुले,

जे गर्दा नी हुने हो ?

तिनलाई नत्थी कसले लगाउने ?


अर्थतन्त्र डामाडोल छ,

तिनै पात्रहरु रहुन्जेल केहि आशा गर्न नसकिने भो l

:) :)
Member
Registered: Oct 2013
Posts: 6911
sarkari gajir

This adalat is same adalat, which said - if you happen to choose wrong Name, your party will be dissolved, mps of one party can vote for another party.


des siddya siddyos, jagir janu hunna.


One of the main reason, Nepal has become sh!t hole is judiciary. We need to audit all legal cases and hang corrupt and crook judges.









Musk been selling his Tesla shares in many Names. Could he be in finding reasons to dumb Tesla shares? Tesla's market capitalization is as big as all the major car company together. I dont think, Tesla will aver be able to control half the world car market. May start to lose market shares in coming years since many known brand have joined electric car market. May increase sells no, but may not increase market share, or even lose most of its market shares probably 70-90% of electric car market.
Member
Registered: Oct 2013
Posts: 1133
सबैलाई बधाई र आइतबारका लागि सुभकामना छ,


'अधिकारी'जीले हामीलाई छोडेर नजाने हुनु भो,

:) :)
Member
Registered: Oct 2013
Posts: 1133

भोली चाही,

'हेरेको हेर्यै' नगर्लान भन्ने आशा गरौ l

:) :)
Member
Registered: Mar 2018
Posts: 2112
एक हप्तामा १० अर्बले घट्यो बैंकको निक्षेप
https://www.onlinekhabar.com/2022/04/1116431

चुनाबमा राम्रै खर्च गर्ने भएछन् उमेद्वारहरुले , बैंकबाट त एक हप्तामा १० अर्ब झिके भने गोजीबाट त कति होला ?

Post Reply

Page: « < 1 2 3 4 5 6 7 8 9 ... > »

Sharesansar Forum Powered By Miracle Hub