Forum


ShareSansar Main Page

New Topic

Share Market को अबको बाटो .............. भोली के होला ?

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: « < 1 2 3 4 5 6 7 8 ... > »

Author Post
Member
Registered: May 2014
Posts: 26
100% agreed.

They think we are so dumb that we believe whatever they say or are we? We must be, cause we are voting for these same worthless people as long as they have lived.

Even animals have better sense than us choosing a capable leader. If you don't believe it then look at the street dogs.
Member
Registered: Oct 2013
Posts: 1255
घोषणा पत्र भनेको चुनाब अघिको कर्मकाण्ड मात्र हो,

न तिनले आफ्नो बाचा पुरा गर्नलाई त्यो कुरा ल्याउछन् नत जनतालेनै तिनको घोषणापत्र पढ्ने जाँगर गर्छन,

बजार लगायत हर क्षेत्रको सुधार चाहने हो भने,

मंगसिर ४ ठुलो मौका हो,

नत्र 5 बर्षलाई फेरी हात लाग्ने सुन्य नै हो,


अहिलेसम्म हालीमुहाली गर्नेको कुरा नसुनौ,

तिनलाई बिदा गरौ र योग्यको छनौट गरौ l

:) :)
Member
Registered: Oct 2013
Posts: 1255


बजार स्थिर भए पनि,

बालेनजीले काममा speed लिएकोमा म चाही प्रशन्न भएको अबस्था छ है,

ठुलाले बिरोध र मोर्चाबन्दी गर्छन,

हामीले चाही उनको मनोबल बढाउन ... उनको काममा साथ दिनु पर्छ है l

:) :)
Member
Registered: Mar 2018
Posts: 2282
डुबाउने भो जस्तो छ त
शेयर धितो कर्जा: तोकिएको सीमा नाघी कर्जा प्रवाह वा नवीकरण गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त कर्जामा सतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने
Member
Registered: Mar 2018
Posts: 2282
रावले १० अरबको टि बी पर्सि बेच्दै गर्दा CD ले ८८ टेक्न लागेको परिप्रेक्षमा
सर्कसका नाईकेको आगमनसंगै भोलि साँढे दौडाउने बौलाउने हुन् कि भालु घिसार्ने शृङ्गारिने हुन् ?
Member
Registered: Oct 2013
Posts: 1255


२६ औ दिनमा 'शर्मा'जी वापस आउनु भो,

अब अर्थसचिबज्यू चाही पोखराबाट कता जानु हुन्छ होला ?


एमालेमा M. Adhikari काण्ड नघटेको भए,

छानबिन समितिले पनि 'शर्मा'जीलाई पक्कै मन्त्रालय फर्कने अबसर दिदैन थियो होला ?


फेरी उही उखान सम्झन कर लाग्यो : "काले काले मिलेर खाउ भाले" l

:) :)
Member
Registered: Oct 2013
Posts: 1255


राजिनामा गरेको २४ औ दिनमा,

अर्थमन्त्रिले बजेट प्रकरणमा सफाई पाएका छन्,

र सायद यति भटाभट छानबिनको काम सकेर यसरी फटाफट रिपोर्ट पनि बुझाउने,

यस्ता छानबिन समिती,

कम संख्यामानै होलान,

जनताको काम भए तन्काई रहन्थे,

आफुलाई हतारो परेको काम चाही फटाफट गर्दा रहेछन त, भनि जनमानसले सम्झे पनि होलान l


:) :)
Member
Registered: Mar 2018
Posts: 2282
Flash flooding occurs after sometime of the rain event. You must have adequate knowledge & patience :mrgreen: :mrgreen:
Member
Registered: Jun 2017
Posts: 844
Aaja jasto Flood sathai aai rakhos !!!

:mrgreen: :mrgreen: :mrgreen:
Member
Registered: Oct 2013
Posts: 1255



बजेट काण्डमा बनेको छानबिन समितीले,


जनार्दन शर्माजी र माओबादी केन्द्रलाई,धेरै तनाब नदिने र,


M.Adhikari काण्डमा माओबादी केन्द्रले, महाप्रसादजी र एमालेलाई,

धेरै किच-किच नगर्ने सहमति गरे भने,



मैले चाही आश्चर्य नमान्ने निर्णय गरे,

किनकी हाम्रा पुर्खाहरुले यति सुन्दर उखान-तुक्का,


"काले-काले मिलेर खाउ भाले'


यसै कहाँ बनाएका हुन् र l



:) :)
Member
Registered: Mar 2018
Posts: 2282
अस्ति डेढ घण्टाको भारी वर्षा संगै आज ठुलो बाढी पहिरो आउने सम्भावना बढेको छ , नदि छेउ जान साबधानी परख्नु नै बेश हुन सक्छ
Member
Registered: Oct 2013
Posts: 7380
If there is 1% change in budget, impact would be 2%.

If there is 1% change in monetary policy, impact would be 10%.
Member
Registered: Oct 2013
Posts: 1255
पहिला-पहिला बजेट भाषण हुन्थ्यो, त्यसकै छलफल हुन्थ्यो,

मौद्रिक नीतिको खासै चर्चै हुन्नथ्यो,



सबै क्षेत्रको कौतुहल र उत्सुकता हेर्दा,

आजभोली अर्थमन्त्रीले संसदमा पाठ गर्ने 'बजेट भाषण' चाही सहायक र


राष्ट्र बैंकबाट गभर्नरले पाठ गर्ने 'मौद्रिक नीति' चाही प्रधान भएको अन्दाज लगाउन सकिन्छ l



:) :)
Member
Registered: Oct 2013
Posts: 7380
auta kuro, when investors were protesting- police were kind of aggressive against investors even when investors were peaceful. But while jholes protesting, not so peaceful, police seems peaceful why?


police le malik chene ko ho ke?

do all nepalese need to join politics to get good behave from police????





VOTE RIGHT, we pay salary of Police, we need to teach police who pays them salary, police work for public not gunda. VOTE RIGHT
Member
Registered: Oct 2013
Posts: 1255


गभर्नर बिरुद्धको आन्दोलनको जिम्मा,

सत्तारूढ गठबन्धनमा रहेका दलका, तीन भ्रातृ विद्यार्थी संगठनले लिएसंगै,

उनका बिरुद्ध माइतीघरमा गएर आन्दोलन गरि रहने लगानीकर्ताहरुलाई,

हाईसन्चो भएको अबस्था छ l


पर्सिको कार्यक्रम(साउन ५ मा प्रज्ञा भवन डबलीमा कार्टुन प्रदर्शन)मा चाही 'कार्टुन'हेर्न,

प्रज्ञा भवन डबलीतिर जानु पर्ला जस्तो छ l


:) :)
Member
Registered: Oct 2013
Posts: 1255


देशको कुनै पनि क्षेत्रलाई यिनीहरुले ठीकठाकसंग चल्नै दिएनन,

सबै कुरा system मा चल्यो भने त फेरी, आफ्नो दाना पानी सब बन्द हुन्छ भन्ने पीरले त होला ?









भर्खर यहि असार महिनाको एउटा घटना सुनाउ है त,






एउटा भाइ थियो, जो विदेश जाने तरखरमा भएकाले सबै document कलंकीतिरको manpower मा बुझएको थियो,




उसले ३ डोज vaccine पनि लगाई सकेको रहेछ...२ डोज verocell र buster डोज चाही AstraZeneca,


उ १० दिनअघि विदेश पनि उडी सक्यो,


उसको सबै document manpower लेनै बनाई दिएको थियो,


उड्नु २ दिनअघि, छोटो समयमा manpower ले बनाई दिएको document उसले मलाई देखायो,


उसले मलाई QR code सहितको आफ्नो vaccination कार्ड पनि देखायो,



त्यो कार्डमा उसले २ डोज Johnson & Johnson vaccine लगाएको भनि उल्लेख थियो,



यो त duplicate काम हो तिमी फेरी फस्लाउनी यस्तो नक्कली vaccine कार्ड लिएर जाँदा भने,




तै पनि स्वास्थ्य मन्त्रालयको website मा check गरौ न त भनेर हेरेको त,

त्यहाँ सबै नक्कली कुरोलाई सक्कली बनाएर राखिएको रहेछ,




यो त सामान्य उदाहरण मात्र हो,



कर्मचारी नमिली लिदै नलिएको vaccine को नाममा कसरी certificate लिन मिल्छ ?


मसंग प्रमाण सुरक्षित छ, vaccine लगाउदाको नागरिकता नम्बर उल्लेख भएको कार्ड र

स्वास्थ्य मन्त्रालयले उही नागरिकता नम्बरमा दिएको QR code सहितको कार्ड,




तर यो दुइ नम्बरी कामको प्रमाणको के काम,


95% चोर भएको देशमा ?


:) :)
« Last edit by nissan on Fri Jul 15, 2022 5:42 pm. »
Member
Registered: Oct 2013
Posts: 7380
One day, I placed sell order after checking TMS balance. I felt like I placed more shares than I have so did my recalculation- I was right.

So, I tried to delete my sell order but could not. Then I phoned broker. They replied, they cant fix it. Then I phoned TMS (Sebon or ), they are able to remove my order after more than 60 minute.

I asked them, do I have to pay fine in this case since it is due to the technical problem caused by TMS. They told me, I have to. I should have kept my real balance, TMS wont be held liable.



This is what bureaucracy in Nepal is like. They are never responsible for their incompetency. In Nepal, if tenant commits crime, policy would hold landlord responsible.

If son commits crime, policy would arrest father.









Sher bahadur must be asking his wife or IMF.
Member
Registered: Oct 2013
Posts: 1255


गभर्नरले राजीनामा दिनुपर्छ : प्रधानमन्त्री देउवा




देशको सर्बशक्तिमान प्रधानमन्त्रीले,

यो 'माग'चाही कसको सामु राखेको होला ?




देश चलाउने तपाईलेकि अरु कसैले हो ? अनि action मा उत्रिनु पर्ने मान्छेले,

यसरी निरिह भएर माग राखेर ....................राजिनामा कहिले झर्ला भनेर कुरी बस्न सुहाउछ ?

:) :)
Member
Registered: Oct 2013
Posts: 1255

यो एक नम्बरको खटारा TMS लाई कहिलेसम्म झेल्नु पर्ने हो ?


SAPDBL को BUY मा 4294967086 कित्ता देखिन्छ l


:) :)
Member
Registered: Oct 2013
Posts: 7380
:mrgreen: :mrgreen: :mrgreen:

exactly what i was thinking.

kp oli will be searching for person from khotang, adhakari with m .... actually, governor's father and brothers' name could start with 'm'. (as per nepali tradition) :D
Member
Registered: Oct 2013
Posts: 1255
...................खोटांङका मित्रहरुलाई सूचना सूचना सूचना !!! ...................




यदि तपाई अधिकारी थरको हुनुहुन्छ र नाम एम.बाट सुरु हुन्छ भने,

बालकोटले vacancy खुलाएको छ है,



योग्यता : अरु केहि चाहिदैन 'नाम'मात्र भए पुग्छ l



:) :)
« Last edit by nissan on Wed Jul 13, 2022 1:50 pm. »
Member
Registered: Mar 2018
Posts: 2282
आर्थिक मन्दीको असर घरजग्गा क्षेत्रमा
बैना गरेका जग्गा फिर्ता, १ करोडका घरको पनि बिक्री ठप्प
बैंकले लगानी नगर्ने र व्यक्तिसँग अलिअलि भएको पैसा पनि लगानी गर्न डराइरहेका

https://www.capitalnepal.com/news/1207666225

के घर जग्गाले धेरैलाई लान लागेको हो र ?
बैंक /बित्तिय संस्था जान थाले भने ९ रेक्टरको भुइँचालो आऊछ
Member
Registered: Oct 2013
Posts: 1255

माओबादीले छानबिन नसकिई नयाँ मन्त्रि नपठाउने रे,


छानबिनमा निर्दोष देखिए जनार्दन शर्मानै फेरी अर्थमन्त्री हुने रे,

अनन्तले यसो भनेछन l



झन् लथालिंग र भद्रगोलको अबस्था आउने देखियो l


:) :)
Member
Registered: Mar 2018
Posts: 2282
देशको आर्थिक अवस्था गम्भीर मोडमा पुगेको बेला त्येसको तालुकदार कुर्ची (अर्थ मन्त्रालयको) खाली रहदा आर्थिक दुर्घटना हुने सम्भावना बढ्न सक्छ। येथासक्य चाडै उचित ब्येवास्थापन गरियोस।
Member
Registered: Oct 2013
Posts: 1255

सम्भावनाहरु :





(१) सबैले CCTV फुटेज रिकभर गरेर हेर्छन, समाचारमा आए जस्तो 'नासु' देखिदैनन तर एमालेले,

प्रधानन्यायाधिसको महाभियोग जस्तै यो केशलाई चुनाबसम्मै यसै लन्ठ्याइ रहन खोज्छ, र अर्थमन्त्रीलाई छानबिन समितिबाट क्लिन चिट दिएर,

फेरी अर्थमन्त्रालयमा फर्कन नदिने कोसिस गर्ने छ l तर यो प्रतिबेदन पनि सर्बसम्मत भएन भने, बहुमतबाटनै पारित हुनु पर्ने त होलानी,

बहुमतका लागि चाहिने ६ जना गठबन्धनबाटनै पुगि हाल्छन यदि लोसपा एमालेको पक्षमा उभिए पनि l सोहि अनुरुप प्रतिबेदन बन्ने छ l






(२) यदि साच्चै 'नासु' बजेटको अघिल्लो रात त्यहाँ उपस्थित थिए भने, त्यो फुटेज recover गर्ने छैनन र समितिको समय चुनाबसम्मै तन्काइ रहने छन् l





१ नम्बरको कुरा भयो भने, एमालेलाई थप घाटा हुनेछ भने २ नम्बरको कुराले त माओबादी केन्द्र र गठबन्धनलाईनै असर पर्न सक्छ,








तेश्रो सम्भावना पनि देखिन्छ.....................यो केसलाई बामपन्थीहरुको एकीकरणका लागि बार्गेनिंगको tool बनाउने l







तर अर्थमन्त्रीको हकमा जे भए पनि..............कर्मचारीतन्त्रलाई चाही कसैले चलाउने छैनन,






अधिकारीजीले , खुशीले गद्गद् हुँदै.............................. बजारका लागि मौद्रिक नीति मार्फत केहि राम्रो खबर दिने सम्भवना पनि छ है,



यसो गर्दा बजारप्रति असहिष्णु त अधिकारीजी हैन खासमा 'शर्मा'जी पो रहेछन भन्ने संदेश दिन सकिन्छ l





मेरो बुझाइमा दुवै फुलेका बेलुन हुन्,

दुबैको पालैपिलो हावा खुस्केकै ठिक होला, बजारको विकास र विस्तारका लागि l





:) :)

Post Reply

Page: « < 1 2 3 4 5 6 7 8 ... > »

Sharesansar Forum Powered By Miracle Hub