Forum


ShareSansar Main Page

New Topic

Share Market को अबको बाटो .............. भोली के होला ?

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: < 1 2 3 4 5 6 ... > »

Author Post
Member
Registered: Oct 2013
Posts: 1255
चैत्र महिनालाई फर्केर हेर्दा :











यो महिनाको २१ कारोबार दिनमा NEPSE ८ दिन हरियो र १३ दिन रातो भएको छ,








यो महिनामा जम्मा कारोबार भएको = २१ दिन


एक अर्बको लाइनको कारोबार भएको = १३ दिन


एक अर्बभन्दा मुनिको कारोबार भएको = ८ दिन


दुइ अर्बको लाइनको कारोबार भएको = छैन





यो महिनाको सबभन्दा धेरै Turnover = 1,976,076,732.33 (चैत्र २९ गते )


यो महिनाको सबभन्दा कम Turnover = 816,046,790 (चैत्र २२ गते)


यो महिनाको सबभन्दा धेरै Volume = 6,107,425 (चैत्र २९ गते)


यो महिनाको सबभन्दा थोरै Volume = 2,539,048 (चैत्र १५ गते)




रातो = १३ दिन ( ४ आइतबार, १ सोमबार, १ मंगलबार, २ बुधबार, ५ बिहिबार)




हरियो = ८ दिन ( ३ सोमबार, २ मंगलबार, ३ बुधबार )






यो महिनाको पहिलो कारोबार दिनको NEPSE = 1,938.62


यो महिनाको अन्तिम कारोबार दिनको NEPSE = 1,934.47



यो महिनामा घटेको NEPSE = 4.15 अंक





यो महिनाको Total Turnover = 24,718,282,989.42 (फागुन महिनाकोभन्दा 3,318,924,579.39 ले कम)



यो महिनाको पहिलो कारोबार दिन १४.४१ अंकले रातो भएको NEPSE,

अन्तिम दिनमा पनि २९.०७ अंकले रातो हुन् पुगेको छ,




यो महिनाको Total २१ कारोबार दिनमा, १२ दिन नेप्से १९०० को लाइनमा, र

९ दिन १८०० को लाइनमा अड्रकिएको देखिन्छ,

यो पुरै महिनामा NEPSE ले एकदिन पनि २००० को लाइन छुन सकेन,



मलाई लाग्छ बजारले धेरै मुश्किल समय पार गरि सकेको छ,


लगानीकर्ताहरुमा हतारो हुनु स्वाभाविकै हो, किनकी हेर्दा हेर्दै आफ्नो लगानी कहाँबाट कहाँ आइपुगेको छ,

सायद अब नयाँ बर्षसंगै पुराना घाउमा बिस्तारै मल्हम पट्टि लाग्दै जानेछ l








:) :)
Member
Registered: Oct 2013
Posts: 1255

लघुवित्तका लागि :


परिपत्र नं. ६(घ): नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त 'घ' वर्गका लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन





https://www.nrb.org.np/contents/uploads/2023/04/Circular-6D-Tinmahaley.pdf



:) :)
Member
Registered: Mar 2018
Posts: 2282
बैंकलाई ब्रोकर लाइसेन्स दशक सम्म किन रोकियो ? येस्तै खटारा TMS चलाई राखेर सर्बसाधारणलाई लुटी खान पाइयोस भनेर नै त होला ? बैंक आए भने प्रबिधिमा लगानी गर्छन , लगानीकर्ताले उचित सुबिधा पाऊछन् , त्येसैले यिनिहरुलाई आउन दिनु हुन्न भन्ने नै होला। खै लगानीकर्ताका नेता भनिएकाहरु पनि आफ्नै दुनो सोझ्याउन लागे जस्तो छ , नत्र येस् सम्बन्धमा किन आवाज उठ्दैन ?
« Last edit by Dubosi7 on Tue Apr 04, 2023 8:58 am. »
Member
Registered: Oct 2013
Posts: 1255


अस्ति Pilot बिमार भएको भनेर NAC को अन्तर्राष्ट्रिय उडान १२ घण्टा डिले गरे,

NAC ले प्यासेन्जरलाई होटलमा लगेर आफ्नो खर्चमा राख्नु पर्यो,

अहिले सो घटनाको छानबिनका लागि समिती बनाएका छन् क्यार,




अहिले नयाँ अर्थमन्त्री आएपछिको पहिलो कारोबार दिन(2079-12-19)मा TMS लाई फेरी बिगारी दिए,

र कारोबारको सुरुमै लगानीकर्ताहरुलाई अत्याई दिए,


यसमा चाही कसैले कुनै छानबिन गर्नु पर्दैन ?

कसैलाई जिम्मेवार ठह्र्याउनु पर्दैन ?

के तिनले जनताको करोडौ रुपैया खर्च गरेर बनाएको यो खटारा TMS,

यस्तै भगवान भरोसे चलिरहने हो ?


जनतालाई बिस्वास जगाउन पनि प्रश्न त उठाउनु पर्छ नी,



जिम्मेवारी नलिनेले त्यो कुर्सीमा बसेर तलब र भत्ता खाने कुनै नैतिकता रहदैन,




कि राजिनामा दिएर घर जाउ, कि माथीको निकायले सम्बन्धित पदाधिकारीलाई घोक्रे-ठ्याक लगाओस,




अति भयो यो त,


पोहोर २०७८-११-३० मा पनि TMS बिगारी दिएर कारोबारनै रोक्नु पर्यो,

हिजो पनि यस्तो भयो,


जवाफदेहिता र उत्तरदायित्व बिहीनताको पनि एउटा सिमा हुन्छ नी ?
Member
Registered: Mar 2018
Posts: 2282
"अर्थमन्त्री र गवर्नरको सम्बन्ध कस्तो होला ? ३६ कै आँकडा हुने त होइन ?"

अधिकारीजी पनि लामो समय देखि आर्थिक क्षेत्रको उच्च पदमा (राब र लबो) काम गरिसकेका र अर्थमन्त्री महत पनि धेरै अगाडी देखि सरकारको हिस्सेदारी लिई सकेका ब्येक्ति भएको हुनाले उनीहरुको बिचको पहिले कस्तो सम्बन्ध थियो भन्ने अलिकति पनि उत्खनन नगरी आफ्नो स्वार्थ अनुकुलको समाचार बनाई हाल्नेहरुलाई बेवास्ता गर्नु नै बुद्धिमानी होला।
Member
Registered: Oct 2013
Posts: 1255
ल है सुझाब मागिबक्सेको छ,

दिउ है


सुझाब दिनका लागि email : mfiss@nrb.org.np



https://www.nrb.org.np/contents/uploads/2023/04/notice-on-website.pdf





:) :)
« Last edit by nissan on Sun Apr 02, 2023 4:21 pm. »
Member
Registered: Oct 2013
Posts: 7380
One of the advisers behind all current crisis is ram saran.
Member
Registered: Oct 2013
Posts: 1255




प्रकाश शरण महत,

दाइँ रामशरण महतलाई भेटेर आशिर्बाद लिएको फोटो सार्बजनिक गरिदिने हो भने,


भोलीको बजारमा धेरै scrip हरुमा सर्किट लाग्नेछ,



कतिपय ब्यबहारिक र पारिवारिक कुराहरुले पनि,

लगानीकर्ताहरुको मनोबल बढाउन मद्दत पुग्न सक्छ,


सल्लाहकारज्यूले मन्त्रीजीलाई यसो सल्लाह दिनु पर्यो,





नीतिगत कुराहरुमा परिबर्तन त हुनै पर्यो तर त्यसको लागि अलि दिन लगाउलान नी,




जे भए पनि, ममा चाही थोरै भए पनि आशा पलाएको छ है,


बाँकि त आउने दिनले देखाई हाल्छ,

जेष्ठ १५ मा त बजेट भाषणनै आइ-हाल्छ,



हरि ढकाल र स्वतन्त्र पार्टीले बजेटमा केके पार्न सक्दो रहेछ,

त्यो पनि हेरौ l



:) :)
Member
Registered: Mar 2018
Posts: 2282
पुँजीबजार सुधारका लागि बुँदागत योजना बनाएर अगाडि बढ्नेमा लगानीकर्ताहरु के अब ढुक्क भएका हुन् त ?
Member
Registered: Mar 2018
Posts: 2282
दाह्री महत पछि अब जुंगे महतको पाली बजारमा आफ्नो जादु देखाउने
Member
Registered: Mar 2018
Posts: 2282
दाह्रीको नाम सुन्नासाथ् बुर्लुक्क उफ्रिने बजार अब दाह्री-भाईको नाम सुनेर उफ्रेला कि तर्सेला ? अप्रिल महिना लाग्न लाग्दा लगानीकर्ताको अप्रिल फुल नहोस।
Member
Registered: Oct 2013
Posts: 1255
तिलक कोइरालाले SEBON अगाडी अनसन बस्दा,

प्रकाशशरण महत उनको मागमा एक्यबद्धता जनाउन अनसन स्थल पुगेका थिए क्यार l



:) :)
Member
Registered: Oct 2013
Posts: 1255


online बाट सजिलै कारोबार गर्न सकिने र देशभरीबाट मात्र नभई,

विश्वको जुनै ठाउबाट सजिलै संलग्न हुन मिल्ने, यो नेपालको share market,

उपत्यकामा मात्र मनाइने 'घोडेजात्रा'को दिन पनि किन बन्द गर्नु पर्या होला ?


फेरी राष्ट्र बैंकले यो बिदामा बैंकहरुलाई खोल्नु पनि भनेकै थियो,



SEBON र NEPSE का कर्मचारीहरुलाई बिदाको भत्ता दिएर पनि काममा बोलाएको भए भइहाल्थ्यो,


जे चलिराछ चुपचाप त्यहि गरि रहने बानीलाई अलि परिबर्तन गर्न पनि सिक्नु पर्छ कि ?



:) :)
Member
Registered: Oct 2013
Posts: 7380
Income source bancha. ....... hard to believe. Governor made 40lakh last year.


And these anglo zoo dont reject visa to those in power. Unless they are trying to threaten them.



If governor's income source is not enough then how did prachanda sent his grand daughter to US? Or other maoist and politicians and bureaucrats.
Member
Registered: Oct 2013
Posts: 1255
बजारभरि एउटा प्रश्न छ,

गभर्नरको छोराको Australia को भिषा किन Reject भयो ?





:) :)
Member
Registered: Oct 2013
Posts: 1255
फागुन महिनालाई फर्केर हेर्दा :











यो महिनाको १७ कारोबार दिनमा NEPSE ५ दिन हरियो र १२ दिन रातो भएको छ,








यो महिनामा जम्मा कारोबार भएको = १७ दिन


एक अर्बको लाइनको कारोबार भएको = १५ दिन


एक अर्बभन्दा मुनिको कारोबार भएको = छैन


दुइ अर्बको लाइनको कारोबार भएको = २ दिन





यो महिनाको सबभन्दा धेरै Turnover = 2,525,071,806.13 (फागुन १४ गते )


यो महिनाको सबभन्दा कम Turnover = 1,135,925,357.91 (फागुन ३० गते)


यो महिनाको सबभन्दा धेरै Volume = 6,515,852 (फागुन १४ गते)


यो महिनाको सबभन्दा थोरै Volume = 3,318,108 (फागुन ३० गते)




रातो = १२ दिन ( २ आइतबार, ३ सोमबार, २ मंगलबार, २ बुधबार, ३ बिहिबार)




हरियो = ५ दिन ( १ आइतबार, २ मंगलबार, १ बुधबार, १ बिहिबार)






यो महिनाको पहिलो कारोबार दिनको NEPSE = 2,105.46


यो महिनाको अन्तिम कारोबार दिनको NEPSE = 1,953.06



यो महिनामा घटेको NEPSE = 152.4 अंक





यो महिनाको Total Turnover = 28,037,207,568.81 (माघ महिनाकोभन्दा 25,431,857,616.46 ले कम)



यो महिनाको पहिलो कारोबार दिन १६.४ अंकले रातो भएको NEPSE,

अन्तिम दिनमा चाही १.८५ अंकले हरियो भएको छ,




यो महिनाको Total १७ कारोबार दिनमा, १ दिन नेप्से २१०० को लाइनमा,

९ दिन २००० को लाइनमा र बाँकि समय ७ दिन चाही १९०० को लाइनमा बसेको देखिन्छ,




अब बजारलाई उपर-नीचे पार्न प्रयोग भएको राष्ट्रपती र उपराष्ट्रपतीको फण्डा पनि सकिएको छ l



चैत्र महिनाका लागि,

बिस्वासको मतको कुरो, ब्याजदरको कुरो, नयाँ मन्त्रिपरिषद्को कुरो, नयाँ अर्थमन्त्रीको कुरो,


बैशाख महिनामा घट्ने ऋणको ब्याजदरको कुरो, तेश्रो त्रैमासिक रिपोर्टको कुरो जस्ता मसलाहरु छदै छन् l



:) :)
Member
Registered: Oct 2013
Posts: 1255

३ भिन्न दिनमा भएका ३ भिन्न रेकर्डहरु :



अहिलेसम्म सबैभन्दा धेरै Volume को Record :


२०७८-०३-३१ गते र Volume चाही 58,502,109 कित्ता





अहिलेसम्म सबैभन्दा धेरै Turnover को Record :

२०७८-०४-३१ गते र Turnover चाही 21,647,600,654.5





अहिलेसम्म सबैभन्दा माथील्लो अंकमा NEPSE टिकेको Record :

२०७८-०५-०२ गते र NEPSE चाही 3,198.60



२०७८ शालको भाद्र महिनामा Turnover २१ अर्ब माथी पुगेर,

सोहि महिना ५ अर्बको लाइनमा झरेको पनि देखिन्छ l



:) :)
Member
Registered: Oct 2013
Posts: 1255

अस्ति बुधबारकोले राष्ट्र बैंकको सर्कुलरले थला परेको बजार,

के उठ्न खोज्दै थियो,

आजको एमालेको निर्णय जुन अपेक्षितनै थियो,

त्यसले फेरी एक पटक थचक्क पार्न सहयोग पुग्ने भयो,


तर अब अर्थमन्त्रालय माओबादी बाहेक अरुले लिओस,

र M.Adhikari लाई प्रकृया मिलाएर आराम गर्ने व्यवस्था मिलाओस,

हामीहरु त लंगडाको देशमा छौ,

खुट्टा खल्च्याएर हिंड्ने बानी बसालौ l


:) :)
Member
Registered: Oct 2013
Posts: 1255

आजभोली लाग्दैछ,

हाम्रो share मार्केटमा कम्पनी होइन,

ओली, देउबा, दाहाल- व्यक्ति listing भएका छन्,


हाम्रो बजारमा एमाले, कांग्रेस र माओबादी पार्टीहरु listing भएका छन्,

हाम्रो बजारमा राष्ट्र बैंक र M. Adhikari listing भएका छन्,



किनकी कम्पनीका वासलातलेभन्दा यी व्यक्ति र यिनको दलको क्रियाकलापले बजार कहिले तल र कहिले माथी गर्न बाध्य छ,


हरेक साना साना घटनामा बजार अल्झिनु पर्ने हो ?




M.Adhikari गर्बका साथ फलानोले 'मानिस र बजार त अन्तमा जाने माथीनै हो' भनेका छन् भनेर बजारलाई व्यंग्य कस्छन,


मान्छे माथी जानु भनेको फेरी फर्कनलाई हो ?

मान्छे माथी जानु भनेको स्वोर्गारोहण हुनु होइन ? मानिसको अन्त्य हुनु होइन ?



के बजार माथी जानु भनेको बजारको अन्त्य हुनु हो ? लगानीकर्ताहरुको सर्वस्व सकिनु हो ?

अनि कसरी हल्का रुपमा यस्ता कुरा बीच तुलना गरेर,

अप्ठ्यारो नमानी पिडामा परेका लगानीकर्ताहरुको भावना माथी थप खेलबाड गर्न सकेको ?






बजार बिगार्न पहिला नीति चाही उसैले ल्याउन हुने,

अनि बिगार्नु बिगारी सकेपछि बजार राष्ट्र बैंकले हेर्दैन भन्न मिल्छ ?

जुन जुन नीतिले बजार बिग्रेको छ, त्यो नीति कसले ल्याएको हो ?

राष्ट्र बैंकले हेर्ने र उसका नीतिले हेर्नुमा के फरक छ ?

उसले नहेर्ने हो भने उसका नीतिको पहिलो असारनै यता किन पर्छ त ?




अब हामीले पनि कम्पनीका fundamental हैन,

यी दल, यी नेता र यीनले नियुक्ति दिएका नियामकहरुको,

सोच र ब्यबहारको analysis गर्नु पर्ने भो,

अब बरु कम्पनीका Financial Report को सट्टा यिनैको Medical रिपोर्ट चाही प्रकाशित गर्न थाले हुन्छ,

ताकी अब कुन चाही बहुलाएर के बोल्न सक्छ पहिल्यै अनुमान लगाउन सकियोस्,

अनि त्यहि रिपोर्ट हेरेर,

यी कुन बेला बंगिन्छन र कुन बेला सिधा हुन्छन त्यसैमा ध्यान दिएर आफ्नो लगानी नीति बनाउन सकियोस l



:) :)
« Last edit by nissan on Thu Feb 16, 2023 5:26 pm. »
Member
Registered: Oct 2013
Posts: 1255


राष्ट्र बैंकको गभर्नरको पदावधि ५ बर्ष होइन २ बर्षको लागि मात्र हुनु पर्छ भन्ने देखियो,


कि सरकारले आफ्नो सरकारलाई असहयोग गरेको देखिए, चलाउन मिल्ने हुनु पर्यो,


नत्र कार्यकालभरि कसैले छुन नमिल्ने यस्तो पदमा,


कुनै क्षेत्रप्रति अति पुर्बग्रही मान्छे आयो भने त,

उसको जिद्धिका सामु सब नतमस्तक हुनु बाहेक केहि उपायनै बाँकि नरहने रहेछ,


सांसद जस्तो पद भए पनि त ल अब चुनाबमा तलाई जानेका छौ भनि औला ठड्याउन मिल्थ्यो,



चुनाबमा भाग नलिने पद भएकाले जनताले चाहेर पनि दण्डित गर्न नसक्ने, अतिनै ज्याद्रो पद l



:) :)
Member
Registered: Mar 2018
Posts: 2282
"ब्रह्मा" को असली रुप देखे होलान भक्तहरुले :lol: :lol:
Member
Registered: Oct 2013
Posts: 1255

पुँजी बजारको सबभन्दा बढी जसले खेदो खन्छ नी,

हो तिनी र तिनका आफन्त अनि परिवारको सबभन्दा ठूलो आयको श्रोत भनेकै पुँजी बजार हो,


किनकी नीतिगत फेरबदलको, सबैभन्दा पहिले कासैलाई जानकारी हुन्छ भने, त्यो तिनैलाईनै हुने हो,

हामी जस्ता सामान्य लगानीकर्ताहरु भनेको अनुमान लगाउने मात्र हौ,

अनि हामीले अनुमान लगाउने भनेको चाही,

तिनैको लगानी भएको पोर्टल मार्फत हो,





त्यसैले हामीलाईभन्दा बढी पुँजी बजार, तिनकै लागि पनि चाहिएको छ,



:) :)
Member
Registered: Mar 2018
Posts: 2282
पुंजी बजारमा "ब्रह्माले" नै हो श्रीष्टि गर्ने भन्नेहरुको मुखमा राम्रै बुजो लागेको हुनुपर्छ , शुक्रबार ३ बजे पछि। आज हेरौं कसरि असन्तुस्ट लगानीकर्ताले आफ्नो रिश पोख्छन ? पखाला लाग्ने गरि कि अजीर्ण हुने गरि ?

मुखमा राम राम बगलीमा छुरा
Member
Registered: Oct 2013
Posts: 7380
In Nepal, only bureaucracy, politicians and criminals make money and policy.
Member
Registered: Oct 2013
Posts: 1255

एउटा देशमै केहि गरौ भन्ने उद्धेश्य बोकेको मान्छेले सबैतिरबाट कति दुख पाउछ,

र आफ्नो अन्त्य गर्ने निर्णयमा पुग्छ,

आज संसद भवन अगाडी आफैलाई पेट्रोल छर्केर आगो लगाउने प्रेम प्रसाद आचार्य त्यसको जल्दो बल्दो उदाहरण हुन्,


यस अघि कम्बोडियामा होटलमा आगो लाग्दा माथीबाट हामफालेर ज्यान गुमाएका निराकार पाण्डेले,

आफ्नो छोरालाई पठाएको video संदेश हेरेर आँखा भरि आँशु भरिएका थिए,


आज प्रेमजीको facebook status पढेपछि त्यहि हालत भो,



यो देश गर्नेहरुको लागि हुँदै होइन,

चारैतिर लुटेरा नै लुटेरा मात्र छन् l


साह्रै दुखद !

Post Reply

Page: < 1 2 3 4 5 6 ... > »

Sharesansar Forum Powered By Miracle Hub