Author |
Post |
|
#1 Fri Apr 26, 2024 6:38 pm
|
Member
Registered: Oct 2013
Posts: 1273
|
पहिला चौधरी ग्रुपबाट बाँसबारीको १० रोपनी जग्गा फिर्ता ल्याउन र
अहिले बृहस्पति विद्या सदनसँग भएको बालमन्दिरको जग्गा लिज सम्झौता खारेज गराउन,
ukaalo.com को खोज समाचारले ठुलो योगदान पुर्याएको छ,
ukaalo team लाइ धेरै धेरै बधाई तथा धन्यबाद छ है,
अर्को महत्वपूर्ण कुरा यो बिज्ञापन रहित पोर्टल पनि हो l
|
|
#2 Thu Apr 25, 2024 6:57 pm
|
Member
Registered: Oct 2013
Posts: 1273
|
11. Migration Card
12. Marriage Certificate
|
|
#3 Thu Apr 25, 2024 6:24 pm
|
Member
Registered: Oct 2013
Posts: 7515
|
7: Garib card 8: Student Id 9: Birth certificate 10: Death certificate
In future: 1: Senior citizen 2: Widow card
|
|
#4 Thu Apr 25, 2024 6:05 pm
|
Member
Registered: Oct 2013
Posts: 1273
|
२०८१-०१-१३ (2024-04-25) ---------------------------- एउटा सामान्य नेपाली नागरिकलाई सरकारले दिएको Cardको माला,
1) Voter Card
2) Driving License
3) Citizenship
4) Passport
5) NID Card
6) Pan Card
Voter कार्ड लिन कम्ति दुख दिएन, दुई दुई पटक,
अनि चुनाबको बेला चाही नागरिकता देखाएर मत दिनुहोस भन्छ निर्बाचन आयोग l
Driving License लिँदाको दुख र Card हात पार्न लाग्ने समय त सबैलाई थाहै छ,
NID Card लिन पनि एक बर्षभन्दा बढी कुर्नु पर्छ, print गर्न नभ्याएर l
जनताले पाउने यी सब झामेलाका बाबजुद,
भविष्यमा सरकारले जनतालाई अरु कुन कुन Card भिडाउन सक्ला ?
यसो अड्कल काटौ त l
NEPSE:1,965.93..........................................Previous [1,969.17] (-3.24 / -0.16%)...................................Previous (+0.15 /+0.00%) SENSIND (348.1 .........................................Previous (348.55) (-0.37 / -0.10%)........................................Previous (+0.60 / +0.17%) Turnover :2,366,975,594.12...................................Previous [2,536,431,998.50] Volume:6,312,552................................Previous [7,284,272]
|
|
#5 Wed Apr 24, 2024 6:49 pm
|
Member
Registered: Oct 2013
Posts: 1273
|
२०८१-०१-१२ (2024-04-24) ---------------------------- कतारका राजा पनि गए,
कतारको जनसंख्या थोरै छ,
त्यसमा पनि कतारकै नागरिकको संख्या चाही १२-१३% मात्र छ रे l
सम्भावनाकै कुरा गर्ने हो भने त कतारमाभन्दा नेपालमा कति धेरै चिज छन्,
नेतृत्वनै बिचौलिया जस्तो भएपछि हुने यस्तै रहेछ l NEPSE:1,969.17..........................................Previous [1,969.02] (+0.15 /+0.00% )...................................Previous (-15.41 / -0.77%) SENSIND (348.55).........................................Previous (347.95) (+0.60 / +0.17%)........................................Previous (-2.80 / -0.80%) Turnover :2,536,431,998.50...................................Previous [2,058,305,185.19] Volume:7,284,272................................Previous [5,656,282]
|
|
#6 Mon Apr 22, 2024 6:38 pm
|
Member
Registered: Oct 2013
Posts: 1273
|
२०८१-०१-१० (2024-04-22) ---------------------------- लगानीकर्ताहरु सबैलाई बधाई छ, भोली सरकारले बजार घट्न नदिने भयो,
अनि कसरी भन्न मिल्छ सरकार ६० लाख लगानीकर्ताहरुको चिन्ता गर्दैन भनेर l
नेकपा स्थापनाको ७५ बर्ष पुरा भएको अबसर पारेर, पुर्बराष्ट्रपती बिद्या भण्डारीलाई सम्मान गरिएको कार्यक्रममा,
आफुहरु सत्तामा पुग्दा पनि मदन भण्डारीको हत्यारा किन पत्ता नलगाएको भनेर देउबाले प्रश्न गरेका छन् l
इलामको उपनिर्वाचनको प्रचार र हल्लाले मेडिया र सामाजिक संजाल रंगिएका छन् l
त्यहाँबाट जल्ले जितेनी राष्ट्रिय राजनीतिमा उसको भूमिका खाशै केहि हुने देखिदैन तर
पनि सबैले यसलाई आफ्नो इज्जतको बिषय बनाएका छन्,
कतारका राजाले के के कोशेली ल्याउने रहेछन हेरौ,
अब दुई दिन ट्राफिक जाम त मस्तले गराउलान जस्तो छ l
NEPSE:1,969.02..........................................Previous [1,984.43] (-15.41 / -0.77%)...................................Previous (+12.29 / +0.62%) SENSIND (347.95).........................................Previous (350.75) (-2.80 / -0.80%)........................................Previous (+0.28 / +0.08%) Turnover :2,058,305,185.19...................................Previous [2,259,959,456.89] Volume:5,656,282................................Previous [6,393,245]
|
|
#7 Thu Apr 18, 2024 6:32 pm
|
Member
Registered: Oct 2013
Posts: 1273
|
२०८१-०१-०६ (2024-04-1 ---------------------------- पोहोर बैशाख १० गते चितवन र तनहुँमा उपनिर्वाचन हुँदै थियो,
एमाले र कांग्रेस बीच,
चितवनमा एमालेलाई कांग्रेसले सहयोग गर्ने र तनहुँमा चाही एमालेले कांग्रेसलाई सहयोग गर्ने भित्रि सहमति तुहिएपछि,
पोहोर आजको दिन देउबा,प्रचण्ड,नेपाल र बाबुरामहरु तनहुँमा गोबिन्द भट्टराईका लागि भोट माग्न गएका थिए l
आज इलामको चुनाबमा सब छिन्नभिन्न भएका छन् l
अघिल्लो बर्षनै बैशाख ४ गते रबी लामिछानेका driver ३ तल्लाबाट खसेको अबस्थामा भेटिएका थिए,
र बैशाख १९ मा उनको निधन भएको थियो l
बजारको कुरा गर्ने हो भने आजको दिन,
पोहोर र परार NEPSE हरियो बनेको थियो l
माधब नेपाल र ओलीजीबीच निम्न स्तरको छेडखानी चलेको देख्दा,
र सुपको मुख्यमन्त्रीमा दिर्घ सोडारीलाई हिजो हुँदैन भन्ने एमालेले आज मन नलागी
नलागी समर्थन गरेको देख्दा,
यो गठबन्धन, धेरै परसम्म जाने सम्भावना क्षीण बन्दै गएको छ l
NEPSE:1,972.14..........................................Previous [1,991.71] (-19.56 / -0.98%)...................................Previous (-14.81 / -0.73%) SENSIND (350.47).........................................Previous (353.51) (-3.04 / -0.86%)........................................Previous (-2.26 / -0.63%) Turnover :2,093,612,792.78...................................Previous [2,103,019,218.58] Volume:5,344,613................................Previous [5,471,068]
|
|
#8 Tue Apr 16, 2024 6:11 pm
|
Member
Registered: Oct 2013
Posts: 1273
|
२०८१-०१-०४ (2024-04-16) ---------------------------- दुई दिन के माधब नेपालले निहु खोजेका थिए,
अब सुदूरपश्चिमको मुख्यमन्त्री उनको दललाई दिने रे,
यो सरकार, यी मन्त्रीहरु र नेताहरुको काम भनेकै रिसाएर ठुस्केकाहरुलाई मनाउनु मात्र भएको छ l
कुर्सी जोगाउनमै सबै उर्जा र समय खर्चिएपछि,
जनताले त ऐना अगाडि उभिएर आफैले आफैलाई 'ई खाइस' भने हुनेभो l
फाल्गुण २० पछिको २८सौ कारोबार दिनमा फेरी NEPSE १९ सयको लाइनमा झरेको छ,
अब एकलट धर्का सर-म्यामहरुले लगानीकर्ताहरुलाई अत्याउछन् l NEPSE:1,991.71..........................................Previous [2,006.52] (-14.81 / -0.73%)...................................Previous (-16.82 / -0.83%) SENSIND (353.51).........................................Previous (355.7 (-2.26 / -0.63%)........................................Previous (-2.42 / -0.67%) Turnover :2,103,019,218.58...................................Previous [2,797,577,432.68] Volume:5,471,068................................Previous [7,223,773]
|
|
#9 Sun Apr 14, 2024 5:26 pm
|
Member
Registered: Oct 2013
Posts: 1273
|
२०८१-०१-०२ (2024-04-14) ---------------------------- २०७९ बैशाखको पहिलो कारोबारमा NEPSE २९.६ अंकले घटेको थियो.
२०८० बैशाखको पहिलो कारोबारमा चाही NEPSE २.८ अंकले झरेको थियो,
र आज २०८१ शालको पहिलो कारोबार दिनमा पनि NEPSE रातोनै बनेको छ,
लगालग यी तिनवटै कारोबार आइतबारकै दिन परेका रहेछन् l
पोहोर बैशाखमा १९ दिन कारोबार हुँदा बजार जम्मा ५ दिन मात्र हरियो बनेको रहेछ भने
NEPSE चाही ११०.०४ अंकले घटेको रहेछ l
त्यस्तै परार बैशाखमा चाही १८ दिन कारोबार हुँदा ८ दिन चाही बजार हरियो बनेको रहेछ,
र त्यो समयमा NEPSE चाही ३५.२२ अंकले घटेको रहेछ l
हिजोबाट इरानले इजरायलमाथी आक्रमण शुरु गरेको छ त्यसको असर पनि इजरायललाईभन्दा पहिले,
हाम्रो बजार र हाम्रा बिज्ञहरुलाई पर्ने होला फेरी l NEPSE:2,023.35..........................................Previous [2,025.30] (-2.35 / -0.11%)...................................Previous (-10.71 / -0.52%) SENSIND (358.20).........................................Previous (358.19) (+0.01 / +0.00%)........................................Previous (-1.96 / -0.54%) Turnover :3,063,770,943.62...................................Previous [3,485,660,640.32] Volume:7,795,023................................Previous [8,696,918]
|
|
#10 Fri Apr 12, 2024 6:13 pm
|
Member
Registered: Oct 2013
Posts: 1273
|
भोलीदेखि शुरु हुने नयाँ बर्षको,
सबै सबैमा हार्दिक मंगलमय शुभकामना !
लगानीकर्ताको हिसाबले गत बर्ष जस्तो तनाब अनि पिडा नपाईयोस,
देश भ्रष्ट र अनैतिकहरुबाट छुटकारा पाउने दिशामा लागोस्,
तर आशा भने १% पनि छैन, के गर्ने सुभ त सोच्नै पर्यो l
|
|
#11 Wed Apr 10, 2024 5:31 pm
|
Member
Registered: Oct 2013
Posts: 1273
|
२०८०-१२-२८ (2024-04-10) ----------------------------
परार बर्षको अन्तिम कारोबारको दिन NEPSE ३० अंकले बढेको थियो.
पोहोरको अन्तिम कारोबारको दिन २९ अंकले घटेको थियो.
यसपाली चाही 10 अंकले घटेको छ l
यो चैत्रमा NEPSE जम्मा ५५.५७ अंकले घटेको छ,
पोहोर चैत्रमा NEPSE ४.१५ अंकले घटेको थियो भने
परार चैत्र महिनामा चाही NEPSE २३५.७३ अंकले घटेको थियो l
NEPSE ले 3,198.60 अंकको Record बनाएको पनि ३२ महिना बितेछ l
अरु कुरा संझदा,
पोहोर यतिबेला बालेनले शिंहदरबारको फोहोर उठाउन बन्द गरेका थिए र
सरकारले बालेनलाई फोहोर उठाई दिन अथवा जिम्मेवारी बोध गरि काम गर्न सचेत गराएको थियो आजको दिन,
पाँच दिनदेखि बालुवाटार-शीतलनिवास र सिंहदरबारको फोहोर उठाउन बन्द भएको थियो l
पोहोर आजकै दिन गभर्नरले,
देशको अर्थतन्त्र राम्रो हुँदै गएकोले विस्तार ब्याजदर घट्दै जाने कुरा पत्रकार सम्मेलन गरेर जानकारी गराएका थिए l
जुन रटान आज पनि कायम छ तर बजार झन् झन् लुलो बनेको छ l NEPSE:2,025.30..........................................Previous [2,036.01] (-10.71 / -0.52%)...................................Previous (+9.19 / +0.45%) SENSIND (358.19).........................................Previous (360.15) (-1.96 / -0.54%)........................................Previous (+0.75 / +0.21%) Turnover :3,485,660,640.32...................................Previous [4,143,783,989.11] Volume:8,696,918................................Previous [9,789,416]
|
|
#12 Thu Apr 04, 2024 6:42 pm
|
Member
Registered: Oct 2013
Posts: 1273
|
२०८०-१२-२२ (2024-04-04) ---------------------------- परार चैत्र २२ गते NEPSE 2,452 मा थियो, त्यो दिनको Turnover दुई अर्ब ६७ करोड थियो भने, बजार चाही,
४६ अंकले घटेको थियो l
पोहोर चैत्र २२ गते चाही रबी लामिछानेले फेरी उम्मेदवार बन्न पाउने कि नपाउने भनेर हल्ली खल्ली थियो र ४ वटा उजुरी पनि परेको थियो,
आजकै दिन उनको उम्मेदवारी कायमै रहेको निर्णय आएको थियो l त्यो दिन चाही NEPSE 1,875 मा थियो भने,
Turnover चाही ८१ करोडको थियो र बजार ८ अंक बढेर हरियो बनेको थियो l
आज चैत्र २२ मा पनि उनै रविको चर्चा छ, गृहमन्त्रिबाट जसरी पनि हट्नु पर्छ भनेर l
आजको कुरा गर्दा वाइड बडी जहाज खरिदमा भ्रष्ट्राचार भएको भनेर, अख्तियारले मुद्धा दायर गरेको छ,
रेशम चौधरी र उनको श्रीमतीको दिनहुको राजनीतिक लफडाले झन् रफ्तार बढाएको छ,
मुख्यमन्त्रि को बन्ने भनेर सदाबहार हानाथाप चली रहेकै छ,
सांसद किनबेचको शृंखला पहिलाभन्दा झन् झन् बढी रहेको प्रष्ट रुपले देखिन्छ l
अर्थमन्त्रीले बजार विकास, विस्तार र दिगो सुधारका लागि उपयुक्त निर्णय गर्न गरेको ढिलाईका कारण,
हाम्रो बजारलाई जण्डिसले छुन थालेको छ,
अरु खुशी हुने कुनै ठाउँ देखिन्न,
म चाही भोली र पर्सी बजार नघट्ने भो भनेर दंग परेको छु,
के गर्ने खुशी हुने उपाय त खोज्नै पर्यो l
NEPSE:2,004.05..........................................Previous [2,006.78] (-2.73 / -0.13%)...................................Previous (-3.43 / -0.17%) SENSIND (355.42).........................................Previous (355.77) (-0.34 / -0.09%)........................................Previous (-0.43 / -0.12%) Turnover :3,037,267,307.85...................................Previous [2,536,233,986.67] Volume:6,963,359................................Previous [6,481,834]
|
|
#13 Wed Apr 03, 2024 6:16 pm
|
Member
Registered: Oct 2013
Posts: 1273
|
२०८०-१२-२१ (2024-04-03) ---------------------------- पहिला एक ठाउँमा मात्र सरकार परिबर्तन हुन्थ्यो,
केहि समयमा सरकार परिबर्तनको असर सकिन्थ्यो l
अहिले त केन्द्रमा फेरबदल हुनासाथ सातै प्रदेशमा फेरबदल हुनु परिगो,
त्यसको लागि न्वारनदेखिको बल लगाएर प्रदेशका नेताहरु मल्ल युद्धमा उत्रि हाल्छन,
महिनौ लगाएर जब प्रदेशको सेटिंग मिल्छ,
अनि फेरी केन्द्रमा कुर्सि डगमगाउन थाली हाल्छ,
यस्तै अबस्था रही रहने हो भने,
प्रदेश आशिर्बाद होइन देशका लागि अभिशाप सिद्ध हुनेछ,
यो केवल नेताहरुको settlement को अखडा मात्र बन्नेछ,
नेताहरुको ध्याउन्न भनेको,
केवल पद पड्काउने, आफन्त र आसेपासेहरुलाई अबसर शृजना गर्ने र पैसा कमाउने मात्र देखिन्छ l
नीतिगत सुधारका काम कति छन् कति,
सब छिर्कीदाउमै व्यस्त बनेको बन्यै छन् l NEPSE:2,006.78..........................................Previous [2,010.21] (-3.43 / -0.17%)...................................Previous (-1.85 / -0.09%) SENSIND (355.77).........................................Previous (356.20) (-0.43 / -0.12%)........................................Previous (+0.53 / +0.15%) Turnover :2,536,233,986.67...................................Previous [2,291,645,585.49] Volume:6,481,834................................Previous [6,131,621]
|
|
#14 Tue Apr 02, 2024 6:30 pm
|
Member
Registered: Oct 2013
Posts: 1273
|
२०८०-१२-२० (2024-04-02) ---------------------------- परार चैत्र महिनामा २० दिन कारोबार हुँदा १५ दिन बजार रातो भएको थियो,
पोहोर चैत्र महिनामा २१ दिन कारोबार भएको थियो,
जसमा १३ दिन बजार रातो बनेको थियो,
यो चैत्र महिनामा चाही अहिलेसम्म १३ दिन कारोबार भएकोमा १० दिन बजार रातो बन्यो l
NEPSE:2,010.21..........................................Previous [2,012.07] (-1.85 / -0.09%)...................................Previous (-6.26 / -0.31%) SENSIND (356.20).........................................Previous (355.66) (+0.53 / +0.15%)........................................Previous (-0.91 / -0.25%) Turnover :2,291,645,585.49...................................Previous [2,874,754,305.75] Volume:6,131,621................................Previous [7,290,200]
|
|
#15 Mon Apr 01, 2024 6:13 pm
|
Member
Registered: Oct 2013
Posts: 1273
|
२०८०-१२-१९ (2024-04-01) ---------------------------- बर्षमान पुनजीले किन अर्थमन्त्रालयमा त्यत्रो मरिहत्ते गर्नु भएको रहेछ,
किन बिष्णु पौडेलजीलाइ छाड्न नचाहनु भएको रहेछ,
केहि पत्तो पाउन सकिएन l
उहाँसंग अर्थतन्त्र सुधारका केहि योजना भए त त्यो सार्बजनिक हुनु पर्थ्यो र
कार्यान्वयनको दिशामा अघि बढाईनुपर्थ्यो,
त्यो सब केहि भएको र गरेको देखिन्न l
ध्यान जति सबै यो नयाँ गठबन्धन टुट्ने होकी भन्नेमै देखिन्छ l
नत्र अर्थमन्त्री बनेको आज त २६ दिन पो पुगी सक्यो त,
अर्थमन्त्री बनेको दिन NEPSE 2,030.55 अंकमा थियो भने
अहिले त NEPSE खिइदै(आश गर्दै फेरी निराश हुँदै) 2,012 मा पो आइ पुग्यो त l
NEPSE:2,012.07..........................................Previous [2,018.33] (-6.26 / -0.31%)...................................Previous (-17.30 / -0.85%) SENSIND (355.66).........................................Previous (356.5 (-0.91 / -0.25%)........................................Previous (-2.51 / -0.70%) Turnover :2,874,754,305.75...................................Previous [3,205,332,324.76] Volume:7,290,200................................Previous [7,957,659]
|
|
#16 Wed Mar 27, 2024 6:13 pm
|
Member
Registered: Oct 2013
Posts: 1273
|
२०८०-१२-१४ (2024-03-27) ---------------------------- एमाले, माओबादी र माधब नेपाल लगायतको,
अबको ध्यान भनेको २०८४ को चुनाब अगावै,
कसरी कम्युनिष्ट पार्टीलाई एक बनाउने र
फेरी अर्को ५ बर्षका लागि मस्ती गर्ने भन्नेमा मात्र देखियो l
यिनले जति बल्ड्याग खाए पनि नचेत्ने रहेछन l
अहिले हेरौ न नारायणकाजी श्रेष्ठ अहिले चीन भ्रमणमा छन् र यतिनै बेला
बिष्णु पौडेल पनि उही पुगेका छन् l
देशका नेताहरुले उत्तर र दक्षिणको बिचमा सन्तुलित कुटनीति गरेर देश र जनतालाई लाभ दिलाउनु पर्ने ठाउँमा,
आफ्नो व्यक्तिगत र पार्टीको हितलाई केन्द्रमा राखेर 'छुलिया' कुटनीति मात्र गरेको देखिन्छ l
जुन हामी जनता र देशको अहितमा छ l
सम्पूर्ण उर्जा कुर्सि बचाउनमै खर्च गर्नु पर्ने अबस्था आएपछि,
यिनले देशको अर्थतन्त्रको समस्या र तिनको समाधानको उपाय बारे कतिखेर सोचून र ?
कुन प्रदेशमा कसलाई मुम बनाउने कसलाई पछार्ने, कतिवटा मन्त्रालय लिने, कतिवटा अर्कोलाई दिने,
यो बिषयनै कहिल्यै समाप्त हुने देखिदैन l
बास्तबमा कर्णालीको पुलबाट लाइन लागेर हामफाल्नु पर्नेहरुलाई,
तिनले मान्ने कुनै गुरुले यसो motivate गर्दे पनि हुने,
नत्र कहिलेसम्म र कसरी थेगी रहनु हो हामीले ? NEPSE:2,030.86..........................................Previous [2,041.70] (-10.83 / -0.53%)...................................Previous (+10.14 / + 0.49%) SENSIND (359.46).........................................Previous (361.63) (-2.17 / -0.60%)........................................Previous (+0.86 / +0.23%) Turnover :2,235,485,534.30...................................Previous [2,354,348,503.01] Volume:6,047,021................................Previous [6,842,392]
|
|
#17 Fri Mar 22, 2024 6:26 pm
|
Member
Registered: Oct 2013
Posts: 1273
|
आजको सुखद समाचार :
सरकारको नाममा ल्याइयो चौधरी ग्रुपले हडपेको बाँसबारीको १० रोपनी जग्गा l
Character Certificate पनि मजाले हेरियो l
|
|
#18 Wed Mar 20, 2024 6:04 pm
|
Member
Registered: Oct 2013
Posts: 1273
|
२०८०-१२-०७ (2024-03-20) ---------------------------- यो पानीले निकै राम्रो काम गर्यो,
एक त डढेलो निभ्ने भयो भने अर्कातिर धुम्म भएको आकास पनि खुल्ने भयो l
बजारका लागि पनि यस्तै खालको सकारात्मक नीतिगत वर्षाको आबश्यकता देखिन्छ l
तर हाम्रोमा झाट्झुट कुनै पनि निर्णय गर्न सक्दैनन्,
प्रकृयामा गएपछि, कागजी घोडालाई टेबल-टेबल दौडाउदा दौडाउदै हप्तौ बिती हाल्छ l
बजारलाई माथी उकास्ने नीतिनै बनाउने हो भने पनि,
नीति निर्माताको team ले पनि पहिला सस्तोमा share उठाउने मौका पाउनु पर्यो क्यारे l
नत्र मार्केट बढेर हामीलाई चाही के फाइदा भनि दिन्छन l
आजका Top 5 Gainers :
GUFL (LTP = 946).................10%
BNHC (LTP = 605).................10%
SARBTM (LTP = 672.70)..........9.99% ... GLBSL (LTP = 1507)...............9.94%
DLBS (LTP = 1280) ................9.28%
NEPSE:2,063.95..........................................Previous [2,067.29] (-3.34 / -0.16%)...................................Previous (-6.24 / -0.30%) SENSIND (368.03).........................................Previous (368.39) (-0.36 / -0.09% )........................................Previous (-1.16 / -0.31%) Turnover :3,496,284,036.16...................................Previous [3,633,936,554.87] Volume:9,445,697................................Previous [9,478,933]
|
|
#19 Tue Mar 19, 2024 6:24 pm
|
Member
Registered: Oct 2013
Posts: 1273
|
२०८०-१२-०६ (2024-03-19) ---------------------------- कांग्रेस र माओबादीको सरकार हुँदा एमालेले संसदमा सधै जसो अबरोध गरि रहने,
अहिले एमाले र माओबादी लगायत पार्टीहरुको सरकार छ,
अब संसदलाइ अबरोध गर्ने जिम्मा कांग्रेसले लिएको छ l
यो निर्बाचन प्रणालीमा परिबर्तन नगरेसम्म,
सधै भइ रहने यस्तै हो l
भन्ने बेलामा जनताको लागि राजनीति गरेको भन्ने तर
संसदबाट भटाभट बनाउनु पर्ने कानूनहरुलाई यसरी संसद अबरोध गरेर अघि बढ्नै नदिने l
पहिला ओलीजीले पनि सत्ता गुमाएपछि यसै गरे,
अहिले देउबजीको ताल पनि उस्तै l
यी सब कुरा गरि रहनु सट्टा बरु एमालेले लोकमार्गको यात्रा गरे जस्तै,
कांग्रेस पनि १-२ महिनाको लागि यस्तै यात्रामा निस्कन मिल्दैन ?
आजका Top 5 Gainers :
BNHC, SARBTM, DLBS,ILBS, BGWT
यो सरकारको नीति तथा कार्यक्रम पनि सार्बजनिक भएछ l
आफ्ना बाचा केहि पुरा गर्ने होइनन क्यार,
के के गफ दिएका रहेछन भनेर पढेर हास्नलाइ चाही काम लाग्छ l
NEPSE:2,067.29..........................................Previous [2,073.53] (-6.24 / -0.30%)...................................Previous (+3.27 / +0.15%) SENSIND (368.39).........................................Previous (369.56) (-1.16 / -0.31%)........................................Previous (+1.30 / +0.35%) Turnover :3,633,936,554.87...................................Previous [2,885,637,818.91] Volume:9,478,933................................Previous [7,459,424]
|
|
#20 Mon Mar 18, 2024 6:41 pm
|
Member
Registered: Oct 2013
Posts: 1273
|
२०८०-१२-०५ (2024-03-1 ---------------------------- एकातिर राजनीतिबाट आएका महराजी सुन तस्करी अनुसन्धानमा फेरी तानिएर पक्डाउ परेका छन् आज भने,
अर्कातिर गुन्डागर्दीको ब्याकग्राउन्डबाट आएका मनांगेजीले भौतिक योजना.....मन्त्रीको सपथ खाएका छन् आजै l
सुख्खायाम र डढेलोको असर काठमाडौँको आकासमा पनि देखिन थालेको छ l
आजका Top 5 Gainers :
GUFL (LTP 863.50) ..... Volume = 292,380 kitta
SAPDBL (LTP 315.80) ..... Volume = 197,296 kitta
PPL (LTP 376.20) ..... Volume = 174,150 kitta
DLBS (LTP 1,064.90) ..... Volume = 14,718 kitta
PHCL (LTP 350.20) ..... Volume = 37,842 kitta
NEPSE:2,073.53..........................................Previous [2,070.25] (+3.27 / +0.15%)...................................Previous (-10.62 / -0.51%) SENSIND (369.56).........................................Previous (368.25) (+1.30 / +0.35%)........................................Previous (-1.55 / -0.42%) Turnover :2,885,637,818.91...................................Previous [3,387,980,384.33] Volume:7,459,424................................Previous [8,406,076]
|
|
#21 Sun Mar 17, 2024 6:47 pm
|
Member
Registered: Oct 2013
Posts: 1273
|
२०८०-१२-०४ (2024-03-17) ---------------------------- यस्तो सुख्खायाममा पनि 'कोशी'मा बाढी आएछ आज l
हुन् त रुची र रणनीति आ-आफ्नै हुन्छ क्यार l
NEPSE:2,070.25..........................................Previous [2,080.87] (-10.62 / -0.51%)...................................Previous (-27.84 / -1.32%) SENSIND (368.25).........................................Previous (369.81) (-1.55 / -0.42%)........................................Previous (-4.83 / -1.29%) Turnover :3,387,980,384.33...................................Previous [3,943,592,302.13] Volume:8,406,076................................Previous [11,483,617]
|
|
#22 Fri Mar 15, 2024 5:58 pm
|
Member
Registered: Oct 2013
Posts: 1273
|
|
|
#23 Fri Mar 15, 2024 5:15 pm
|
Member
Registered: Oct 2013
Posts: 1273
|
भर्खर मन्त्रिमण्डल गठन भएको छ,
सबैले नभए पनि १-२ जना मन्त्रीले राम्रै काम गर्लान जस्तो देखिन्छ,
तर कांग्रेसलाई सत्ताबाट बिमुख हुनु परेको पिडाले आतिनै सताए जस्तो छ,
आफुले चाही प्रमको अफर गर्ने अनि आफुसंग आएन भनेर फेरी उही मान्छेको राजिनामा चाहियो कि चाहियो भनेर
सदन पो अबरोध गर्न थाल्यो त l
महरा लगायतलाई सुन काण्डमा मुद्धा चल्न लाग्यो भनेर पीर परे जस्तो छ l
अस्थिरताका बाहकहरु, बरु निर्बाचन प्रणाली परिबर्तन गर्ने बारे बहस गर न,
यहि निर्बाचन प्रणाली रहिन्जेल हुने यस्तै हो l
|
|
#24 Thu Mar 14, 2024 6:50 pm
|
Member
Registered: Oct 2013
Posts: 1273
|
२०८०-१२-०१ (2024-03-14) ---------------------------- सुख्खा याम !NEPSE:2,080.87..........................................Previous [2,108.72] (-27.84 / -1.32%)...................................Previous (-2.48 / -0.11%) SENSIND (369.81).........................................Previous (374.65) (-4.83 / -1.29%)........................................Previous (-0.48 / -0.12%) Turnover :3,943,592,302.13...................................Previous [4,248,523,332.22] Volume:11,483,617................................Previous [10,889,634]
|
|
#25 Wed Mar 13, 2024 5:36 pm
|
Member
Registered: Oct 2013
Posts: 1273
|
२०८०-११-३० (2024-03-13) ---------------------------- 2078 फागुन ३० गते TMS बिगारेर कारोबारलाई अबरुद्ध गरियो,
जबकी २९ गते NEPSE सय अंकभन्दा बढीले बढेको थियो भने,
अझ अघिल्लो दिन ५२ अंकले बढेको थियो l
त्यसपछि त NTC को २०% बोनस काण्डले बजार घटाउनेनै भयो किनकी हल्ला १००% को चलाइएको थियो l
पोहोर आजको दिन पनि कम्ति रमाइलो भएको थिएन,
तपाईहरुले कत्तिको सम्झनु भएको छ,
रामचन्द्र पौडेलको गालाबाट कोठी र घाँटीबाट चाउरी हटाएर,
देशभरका कार्यालयमा राख्न भनेर फोटो सार्बजनिक भएको थियो l
त्यसपछि त के चाहिन्थ्यो आलोचना सुरु भईगो,
अहिले सबैतिर राखिएको राष्ट्रपतीको तस्बिर त्यो विरोधका कारण correction भएको तस्बिर हो l
अघिल्लो महिनाभन्दा यस महिना Total Turnover 35 अर्बभन्दा बढीले घटेको देखिन्छ l
आजको TOP 10 Gainers :
WNLB, USLB, ANLB, SAMAJ, JSLBB, GUFL, GLBSL, GMFBS, DLBS, GLH
एउटा Finance र एउटा Hydro बाहेक बाँकि आठ वटै लघुवित्त Top Gainers मा परेका छन् l
NEPSE:2,108.72..........................................Previous [2,111.21] (-2.48 / -0.11%)...................................Previous (+58.55 / +2.85%) SENSIND (374.65).........................................Previous (375.13) (-0.48 / -0.12%)........................................Previous (+10.60 / +2.90%) Turnover :4,248,523,332.22...................................Previous [4,551,632,347.82] Volume:10,889,634................................Previous [10,609,597]
|