Forum


ShareSansar Main Page

New Topic

HISTORY !!!

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1 2 3 4 5 ... > »

Author Post
Member
Registered: Oct 2013
Posts: 1365
२०८१-०५-१३ (2024-08-29)
----------------------------

पोहोर आजको दिनबाट MCC औपचारिक रुपमा कार्यान्वयनमा आएको थियो,

भेप मार्फत भएको सुन तस्करी प्रकरणमा कृष्ण बहादुर महराका सुपुत्र,

राहुल महरा पनि आजकै दिन पक्राउ परेका थिए,

यस दिन NEPSE चाही 1,990 मा थियो,




परार चाही NEPSE 1,993 मा थियो,




२०७८-५-१३ मा चाही NEPSE 3,044 अंकमा थियो र

यो दिन Turnover चाही १५ अर्ब ६५ करोडको थियो,





यो दिनपछि बजारले एकदिन मात्र तिन हजारको अंक देख्न पाएको छ,




२०७८ भाद्रमा बजार 347.71 अंकले घटेको थियो,

२०७९ भाद्रमा बजार 130.68 अंकले घटेको थियो,

२०८० भाद्रमा बजार 68.22 अंकले घटेको थियो,

यो बर्ष चाही भाद्र महिनामा जम्मा ७ दिन कारोबार हुँदा बजार 251.24 अंकले घटी सकेको छ,



२०७८ भाद्रमा चाही बजार Top लगाएर झर्ने क्रममा थियो भने

अहिले २०८१ को भाद्रमा चाही बजार पुरानो Top लाई तोड्ने तरखरमा देखिन्छ l








NEPSE:2,749.57..........................................Previous [2,786.40]


(-36.83 / -1.32%)...................................Previous (+3.80 / +0.13%)



SENSIND (489.79).........................................Previous (498.15)

(-8.35 / -1.67%)........................................Previous (+1.68 / +0.33%)




Turnover :12,243,601,365.90...................................Previous [13,727,368,393.64]


Volume:28,346,246................................Previous [35,007,039]



:) :)
Member
Registered: Oct 2013
Posts: 1365
२०८१-०५-१२ (2024-08-28)
----------------------------

साउन १ यता आजको भन्दा कम Turnover एकदिन मात्र भएको छ,

साउन २ गते NEPSE 2,364 मा हुँदा १२ अर्बको Turnover भएको थियो,



SAFF U-20 मा बंगलादेश Champions बन्दा नेपाली दर्शकहरुको ब्यबहार भने अलि अशोभनीय देखियो,


बजारले, प्रचण्डहरुले भने जस्तै २ कदम पछाडी हटेर,

ठुलै जम्प हान्ने तयारी गरि रहे जस्तो भान हुँदैछ,


हेरौ !





NEPSE:2,786.40..........................................Previous [2,782.60]


(+3.80 / +0.13%)...................................Previous (-111.96 / -3.86%)



SENSIND (498.15).........................................Previous (496.47)

(+1.68 / +0.33%)........................................Previous (-22.87 / -4.40%)




Turnover :13,727,368,393.64...................................Previous [18,649,533,170.35]


Volume:35,007,039................................Previous [43,868,970]


:) :)
Member
Registered: Oct 2013
Posts: 1365
२०८१-०५-११ (2024-08-27)
----------------------------


साउन १ गते यता बजारले ४ पटक सय अंक क्रस गरेको छ NEPSE ले,

दुई दिन ११३ र १०८ अंकले बढेर अनि

दुई दिन चाही १४५ र १११ अंकले घटेर,


अमरेश र प्रकाश सरणहरुले १४५ अंक घट्न सहयोग गरेका थिए भने

आफ्नो share बेची सक्काएकाहरुको अनाबश्य हल्लाका कारण आजको १११ अंक घटाईमा मद्धत पुगेको छ,

मेरो बिचारमा चाही न धेरै अंकमा बढेको राम्रो नत यस्तो अंकमा घटेकोनै,




फेरी यहि बेला संसदमा धितोपत्रको ऐन संसोधन सम्बन्धि बिधेयक बारे छलफल चलेको छ,

मार्केट बारे थोरै पनि जानकारी नराख्ने सांसदहरु यो छलफलमा भाग लिएर,

नानाथरी फलाक्न थाल्छन् र लगानीकर्ताहरु फेरी संसदमा मार्केटको चर्चा सुनेर आत्तिन्छन l





फोहोर आजको दिन NEPSE 1,998 मा र Turnover चाही १ अर्ब मुनिको थियो l







NEPSE:2,782.60..........................................Previous [2,894.57]


(-111.96 / -3.86%)...................................Previous (-79.88 / -2.68%)



SENSIND (496.47).........................................Previous (519.34)

(-22.87 / -4.40%)........................................Previous (-14.52 / -2.72%)




Turnover :18,649,533,170.35...................................Previous [19,740,593,800.64]


Volume:43,868,970................................Previous [42,686,640]



:) :)
Member
Registered: Oct 2013
Posts: 1365
२०८१-०५-०९ (2024-08-25)
----------------------------


अघिल्लो बुलमा पनि कुलमान चर्चामा थिए,

अहिले पनि उनको चर्चाले शिखर चुमेको अवस्था छ,

प्रमको दल पुरै उनको बिरुद्धमा देखिन्छ,



२०७८ को बुलमा आजको दिन NEPSE 3,076.45 अंकमा थियो भने

Turnover चाही १२ अर्बको थियो,

यो NEPSE ले All Time High बनाएपछिको तेस्रो कारोबार दिन थियो र

त्यो बेला बजार उचाईबाट घट्ने तरखरमा थियो l







NEPSE:2,894.57..........................................Previous [2,974.46]


(-79.88 / -2.68%)...................................Previous (+6.01 / +0.20%)



SENSIND (519.34).........................................Previous (533.86)

(-14.52 / -2.72%)........................................Previous (+3.75 / +0.70%)




Turnover :19,740,593,800.64...................................Previous [19,160,652,085.56]


Volume:42,686,640................................Previous [40,951,720]



:) :)
Member
Registered: Oct 2013
Posts: 1365


नेपाली तिर्थयात्रुहरु चढेका बस भारतमा कति दुर्घटना भए कति,

नत हाम्रा मन्त्रीलाई उताबाट ब्रिफिंग हुन्थ्यो नत हाम्राहरुले पहल गरेर,

छिटोभन्दा छिटो मृतकको सब ल्याउने र घाइतेहरुको कुरानै सुन्ने काम गर्थे,


डेढ अरब जनसंख्या भएको देशले आफ्नो जनताको दु:ख सुखको ख्याल गर्न सक्छ तर

३ करोड पनि जनसंख्या नभएको देशले किन यस्तो गर्न नसकेको होला ?


के होला भन्नुस त,

इक्षा शक्ति या श्रोतको कमि ?

कि नालायकहरुलाई हामीले देश चलाउन पठाएर हो ?


[सन्दर्भ : भरतपुरबाट भारतीय सेनाले दुर्घटनामा परेका आफ्ना नागरिकको सब तुरुन्त लगेको र मन्त्रि काठमाडौँ आएर

घाइतेहरुलाई भेटेको ]

Member
Registered: Oct 2013
Posts: 1365
२०८१-०५-०६ (2024-08-22)
----------------------------

onlinekhabar ले अर्थमन्त्रीसंग अन्तरबार्ता लिएछ,

त्यसमा सोधिएका २० प्रश्नमा,

share मार्केट र मौद्रिक नीति सम्बन्धि ७ वटा प्रश्न रहेछन,


अनि अन्तरबार्ताको शिर्षक पनि share market लाई जोडेर राखिएको छ,





बास्तबमै गाउँदेखि शहरसम्म र चिया पसलदेखि संसदसम्मै आजभोली,

share मार्केटकै कुरा हुन् थालेको छ,




पारिवारिक जमघटमा पहिला राजनीतिक दल र नेताहरुलाई

गाली गर्नमा अधिकांस समय खर्च हुन्थ्यो भने,


आजभोली त्यस्तो समय

share मार्केट र आफ्नो stock को price को बारेमा चर्चा गरेर बित्न थालेको छ l



Tiktok को प्रतिबन्ध हटेसँगै यसपालीको तीज थप रंगिन हुने देखियो,




यसपाली राखी बाँध्ने दिन भारत भ्रमणमा हुँदा हुँदै पनि,

परराष्ट्रमन्त्री आरजु राणाले 'बिजेपी'का भाइलाइ राखी बाँधेको समाचार पढ्न पाइएन,

जबकी २ बर्षअघि ति भाइ नेपाल भ्रमणमा आउदा उनले बाकाइदा राखी बाँधी दिएको तस्बिर र

समाचार पढ्न पाइएको थियो,



यसपाली मोदिजीले आरजुजीलाई राम्रै महत्व दिएको देखियो,

यहि निहुमा नेपालको सयको नोटमा छापिने भनेको चुचे नक्शा कतै

नछापिने पो होकी, या

भारतले परराष्ट्रमन्त्रीसंग खुशी भएर लिपुलेकनै फिर्ता पो गर्ने होकी ?









NEPSE:2,974.46..........................................Previous [2,968.44]


(+6.01 / +0.20%)...................................Previous (+2.11 /+0.07%)



SENSIND (533.86).........................................Previous (530.11)

(+3.75 / +0.70%)........................................Previous (+1.25 / +0.23%)




Turnover :19,160,652,085.56...................................Previous [18,906,373,792.01]


Volume:40,951,720................................Previous [41,454,611]



:) :)
Member
Registered: Oct 2013
Posts: 1365
२०८१-०५-०५ (2024-08-21)
----------------------------


पोहोर आजको दिन बिश्वमभर प्रसाद श्रेष्ठले प्रधानन्यायाधिस पदको सपथ लिएका थिए,

अघिल्लो बर्ष यो समयमा एमालेले निरन्तर संसद अबरुद्ध गरि रहेको थियो,

त्यो हटाउन आजकै दिन राष्ट्रपतिले सर्बदलीय बैठक आह्वान गरेका थिए,

त्यो बैठकमा एमाले सहभागी भएन, अनि त्यो दिन पनि संसद खुल्न सकेन,




कांग्रेस माओबादीलाई अर्थमन्त्रालय दिएर आफुले गृह लिन निकै जोडतोडले लागेको थियो,





पोहोर आजको दिन NEPSE 2,015 र Turnover चाही १अर्ब तेत्तिस करोडको थियो,





यसपालीको कुरा गर्दा धेरै पक्षहरु बजार बिकासका लागि सकारात्मक देखिन्छन्,

Share बेच्नेले अब Correction आउछ र Share किन्ने या hold गर्नेले चाही अब बजार त

बढ्नेनै हो भन्नु एकदम सामान्य कुरा हो, यसमा कसैले दिमाग घुमाइ रहनै परेन,



मौद्रिकनीतिको पहिलो त्रैमासिक समिक्षामा अझ डोरी खुकुलो हुन् सक्छ,

अहिलेसम्मको बाताबरणले त्यहि भन्छ l











NEPSE:2,968.44..........................................Previous [2,966.33]


(+2.11 /+0.07%)...................................Previous (-34.47 / -1.14%)



SENSIND (530.11).........................................Previous (528.85)

(+1.25 / +0.23%)........................................Previous (-6.65 / -1.24%)




Turnover :18,906,373,792.01...................................Previous [28,836,997,376.12]


Volume:41,454,611................................Previous [65,475,366]


:) :)
« Last edit by nissan on Wed Aug 21, 2024 7:54 pm. »
Member
Registered: Oct 2013
Posts: 1365
२०८१-०५-०२ (2024-08-18)
----------------------------


भाद्र २ गतेलाई त कसैले भुलेको छैन होलानी,


२०७८ को भाद्र २ गते NEPSE ले All Time High को Record बनाएको थियो,

जुन आज पनि यथावतनै छ,




२०७८ शाल जेष्ठ ३१ गते पहिलो पटक NEPSE ले ३००० अंक कटाएको थियो,

त्यो दिन Turnover लगभग १९ अर्बको थियो,




त्यस दिनको सबैभन्दा बढी share कारोबार भएका 10 कम्पनीहर यस प्रकार छन् :

Hydro : NHPC, API, AHPC,AKPL, HDHPC,

Bank : SRBL, KBL,CBL,MEGA र NCCB




असार १ मा धितोपत्र बोर्डले ५१ वटा अयोग्य कम्पनीको नाम सार्बजनिक गर्यो र

भोलीपल्ट नेप्से २९०० को लाइनमा झर्यो,



२०७८ साउन १९ मा NEPSE ले पहिलो पटक ३१०० को अंक पार गरेको थियो,

३१०० अंक पार गरेको १२ औ दिनमा Nepse मा All Time High को Record बनेको थियो,




अहिलेसम्म जम्मा १४ दिन मात्र NEPSE ३१०० अंक माथी टिक्न सकेको छ l





NEPSE:2,966.33..........................................Previous [3,000.81]


(-34.47 / -1.14%)...................................Previous (+43.05 / +1.45%)



SENSIND (528.85).........................................Previous (535.51)

(-6.65 / -1.24%)........................................Previous (+16.01 / +3.08%)




Turnover :28,836,997,376.12...................................Previous [29,958,519,216.95]


Volume:65,475,366................................Previous [68,980,346]



:) :)
Member
Registered: Oct 2013
Posts: 1365


यो साउन महिनामा २२ दिन कारोबार भएछ,

जस मध्ये १७ दिन बजार हरियो भयो भने ५ दिन मात्र रातो,


साउन १ गते NEPSE 2,310.59 अंकमा थियो भने

हिजो यो महिनाको अन्तिम कारोबारको दिन NEPSE 3,000.81 मा पुगेर अडिएको छ,


भनेपछि यो महिनामा NEPSE 690.22 अंकले बढेको छ,


यो महिनामा कुल 1,016,499,523 कित्ता share को कारोबार भयो भने

यो महिनाको कुल Turnover 418,203,070,798.61 भएको छ,



यो महिनाको सबैभन्दा कम Turnover 9,138,629,642.41 हो भने

सबैभन्दा धेरै Turnover 29,958,519,216.95 को हो,


यो महिनामा १० वटा कारोबार त २० अर्ब माथिको भएको छ जसमध्ये

२५ अर्ब माथिको ३ वटा कारोबार पर्छन l





:) :)
Member
Registered: Oct 2013
Posts: 1365
२०८१-०४-३१ (2024-08-15)
----------------------------



पुराना सबै Turnover र Volume को Record तोडिएको छ आज,

लगभग ३० अर्बको Turnover पनि यति छिटै देख्न पाइयो,



५ दिनको लगालगको कारोबारमा एक खर्बको Turnover नाघेको छ,

यो हप्ता आइतबारदेखि बिहिबारसम्ममा 127,925,599,276.53 को अर्थात् १२ अंकको कारोबार भएको छ,


त्यस्तै यो हप्ता 298,173,058 कित्ता share को कारोबार भएको छ,

यसपाली NEPSE ले सबैलाई झुक्याएको अवस्था छ,


पोहोर आजको दिन NEPSE 2,025 अंकमा थियो भने

पोहोर अघिल्लो दिनको मन्त्रिपरिषद्को बैठकले देशभर जग्गाको कित्ताकाट खोल्ने निर्णय गरेको थियो,

त्यो निर्णयले अब मार्केटमा बुल आउछ भनेर खुब हल्ला थियो,



२०७८ शालमा आजको दिन भने बुलको उत्कर्षको समय या हप्ता चली रहेको थियो,

आजको दिन NEPSE 3,154 र

Turnover चाही अघिल्लो बुलको सबैभन्दा धेरै भएको दिन थियो,

त्यो दिन 21,647,600,654.50 को Turnover भएको थियो l









NEPSE:Turnover :3,000.81..........................................Previous [2,957.75]


(+43.05 / +1.45%)...................................Previous (+34.29 / +1.17%)



SENSIND (535.51).........................................Previous (519.49)

(+16.01 / +3.08%)........................................Previous (+8.34 / +1.63%)




Turnover :29,958,519,216.95...................................Previous [23,430,581,150.48]


Volume:68,980,346................................Previous [51,230,340]



:) :)
« Last edit by nissan on Thu Aug 15, 2024 7:45 pm. »
Member
Registered: Oct 2013
Posts: 1365
:) :)
Member
Registered: Oct 2013
Posts: 1365
२०८१-०४-३० (2024-08-14)
----------------------------


आज TRC बिधेयक संसदमा छलफल भएको र यो पास हुँदैछ भन्ने घटनालाई,

बजारले सकारात्मक तरिकाले लिएको छ,

राम्रा कुराहरुले सधै लगानीकर्ताहरुको मनोबल बढाउने काम गर्छ,

त्यसैले बजारलाई संबेदनशील भनिएको हो,



एक बर्ष अघि चाही आजको दिनमा यी कुरा भएका रहेछन :



NEPSE ३१ अंकले घटेर २,०४५ मा आइपुगेको थियो,

Turnover २ अर्ब १५ करोडको थियो,

मान्छेहरु आजको Turnover मात्र हेर्छन र प्याच्च संसदमा बोलि दिन्छन,

तिनीहरुले एक बर्षअघिको लगानीकर्ताहरुको दुख कस्तो थियो,

त्यसको कुनै पर्वाहनै गर्दैनन्,

पोहोर आजकै दिन,

एक क्विन्टल भनेको सुन गालेर जोख्दा ६०.७१६ kg निस्किएको थियो,

महराले फलफुल ब्यापारीको रुपमा सुन तस्कर भनिएका चिनिया नागरिकलाई चिनेको भनि बताएका थिए र

केशब स्थापित एमालेबाट अलग भएका पनि रहेछन l


आज अर्को एउटा Record बन्यो,

यस अघि NEPSE मा लगालग ५ दिनको Turnover 97,596,137,865 को थियो,

यो Turnover २०७८ शालमा NEPSE ले All Time High बनाएको हप्ताको हो,

तर खुशीको कुरो त्यो Turnover यसपाली ४ दिनमानै तोडिन पुगेको छ र

यो हप्ताको ४ दिनको Turnover 97,967,080,059.58 रहेको छ l







NEPSE:2,957.75..........................................Previous [2,923.46]


(+34.29 / +1.17%)...................................Previous (-8.18 / -0.27%)



SENSIND (519.49).........................................Previous (511.15)

(+8.34 / +1.63%)........................................Previous (-1.32 / -0.25%)




Turnover :23,430,581,150.48...................................Previous [21,515,010,633.31]


Volume:51,230,340................................Previous [52,764,832]



:) :)
Member
Registered: Oct 2013
Posts: 1365
२०८१-०४-२९ (2024-08-13)
----------------------------

२१ अर्बको Turnover आउदा पनि,

आज किन थोरै Turnover आयो भनि सम्झने दिन पनि आयो,




पोहोर आजको दिन अर्थमन्त्रीले banker हरुलाई बोलाएर किन ऋण लगानी हुन् सकेन भनेर सोधेका थिए,


पोहोर आजको दिन NEPSE 2,077 मा थियो,



परार पनि आजको दिनमा NEPSE 2,010 मा थियो,

त्यहि दिन भारतका सफल Share लगानीकर्ता राकेश झुनझुनवालाको ६२ बर्षको उमेरमा निधन भएको थियो l






NEPSE:2,923.46..........................................Previous [2,931.65]


(-8.18 / -0.27%)...................................Previous (+70.81 / +2.47%)



SENSIND (511.15).........................................Previous (512.47)

(-1.32 / -0.25%)........................................Previous (+10.56 / +2.10%)




Turnover :21,515,010,633.31...................................Previous [27,242,034,765.89]


Volume:52,764,832................................Previous [64,876,217]



:) :)
« Last edit by nissan on Tue Aug 13, 2024 7:14 pm. »
Member
Registered: Oct 2013
Posts: 1365
२०८१-०४-२८ (2024-08-12)
----------------------------



Share Market मा आज फेरी अर्को Record बनेको छ,

Turnover र Volume दुबैले हिजोको आफ्नो Record तोडेका हुन्,


२०७८ माघ ४ गते मंगलबारका दिन Turnover लगभग साढे ८ अर्ब र NEPSE चाही 2,936.65 अंकमा थियो,


NEPSE ले All Time High को Record बनाएको ७३ औ कारोबार दिनमा नेप्से 2,281.67 अंकमा आइपुगेको थियो,

हो त्यसपछि बढ्दै - घट्दै NEPSE 2,947अंकसम्म पुगेको थियो,

हो त्यसपछि बल्ल ३० महिनापछि NEPSE ले २९०० को अंक देख्न पाएको हो,

हेर्दा छिटो-छिटो २९०० अंकमा पुगेको देखिए पनि लगानीकर्ताहरुले यो अंक देख्नका लागि अढाई बर्ष कुर्नु परेको छ l





NEPSE:2,931.65..........................................Previous [2,860.84]


(+70.81 / +2.47%)...................................Previous (+94.46 / +3.41%)



SENSIND (512.47).........................................Previous (501.91)

(+10.56 / +2.10%)........................................Previous (+18.23 / +3.76%)




Turnover :27,242,034,765.89...................................Previous [25,779,453,509.90]


Volume:64,876,217................................Previous [60,321,323]



:) :)
Member
Registered: Oct 2013
Posts: 1365
२०८१-०४-२७ (2024-08-11)
----------------------------

यस अघि न त ६ करोडको लाइनको Share को कित्ता कारोबार भएको थियो,

न त

कहिल्यै २५ अर्ब बढीको Turnover मार्केटमा देखिएको थियो l


र आजैनै NEPSE २८ सय कटेर त्यसैमा टिकेको छ,



NEPSE लाई २८ सयको अंकमा पुग्न अढाई बर्ष कुर्नु परेको थियो,

यस अघि २०७८-१०-२७ गते बिहिबारका दिन NEPSE 2,801.56 अंकमा थियो l






NEPSE:2,860.84..........................................Previous [2,766.38]


(+94.46 / +3.41%)...................................Previous (+6.70 / +0.24%)




SENSIND (501.91).........................................Previous (483.68)

(+18.23 / +3.76%)........................................Previous (+0.21 / +0.04%)




Turnover :25,779,453,509.90...................................Previous [20,070,434,103.38]


Volume:60,321,323................................Previous [50,946,832]



:) :)
Member
Registered: Oct 2013
Posts: 1365
२०८१-०४-२४ (2024-08-08)
----------------------------

संबेदना सुन्य सांसदहरु भएको देश,

राजनीतिमा गरिने छल बाहेक केहि नजान्ने सांसद भएको देश,

बोलेर हिरो बन्न खोज्ने तर त्यसको असर कहाँसम्म पुग्छ भन्ने बाल नभएका सांसदहरुको देश,


उदाहरणका लागि आजको अर्थसमितिको बैठक चलेको समयलाई हेर्नुस,

आफ्नो विज्ञता नभएको क्षेत्रबारे बोल्दा र संवाद गर्दा त त्यो क्षेत्रका बिज्ञहरुसंग यसो भलाकुसारी गर्नु,

बजार दुई तिन बर्ष यसरी घट्दा कोहि चुइक्क नबोल्ने अनि,

अलिकता उँभो लाग्न थाल्यो कि,

कोहि share बेच्नेले दिएको चिर्कटो संसद्को बैठकमा पढ्ने त

कोहि अर्थ समितिको बैठक राखेर लगानीकर्ताहरुलाई निराश बनाउन खोज्ने ?




अरु बेला सांसद सुर्य थापाका कुराहरु त्यति चित्त नबुझे पनि,

आज भने उनले बजारकै पक्षमा आफ्नो कुरा राखेका छन्,

त्यसका लागि उनलाई धन्यबाद l





NEPSE:2,766.38..........................................Previous [2,759.67]


(+6.70 / +0.24%)...................................Previous (+108.35 / +4.08%)




SENSIND (483.68).........................................Previous (483.46)

(+0.21 / +0.04%)........................................Previous (+18.90 / +4.06%)




Turnover :20,070,434,103.38...................................Previous [17,950,918,627.83]


Volume:50,946,832................................Previous [38,041,267]



:) :)
Member
Registered: Oct 2013
Posts: 1365
२०८१-०४-२३ (2024-08-07)
----------------------------

आज फेरी अर्को दुर्घटना भयो,

Air Dynasty को हेलिकप्टरका चालक सहित ४ चिनिया यात्रुको पनि निधन भयो,


हामी नेपालीहरु र नेपाललाई यो के दशा लागेको हो ?


बजारको कुरा गर्दा, केहि समयको लागि,

यसले पछाडी फर्कन चाहेको देखिएन,

धेरै आत्तिनेहरु र अर्काको लहै लहैमा लाग्नेहरुका लागि share मार्केट त्यति उपयुक्त ठाउं हुँदै होइन,

आफ्नो स्वअध्ययन र धैर्य नहुनेहरु यतातिर नलाग्दानै राम्रो !



पोहोर आजको दिनको कुरा गर्ने हो भने,

बल्ल आजको दिन संसद चलेको थियो, आजको दिन गृहमन्त्री(रबी लामिछाने सहकारी काण्डको बारे)ले

आफ्नो कुरा संसदमा राख्न पाएका थिए, तर जवाफ चित्त बुझेन भनेर कांग्रेसले पुन: संसद अबरुद्ध गरेको थियो,

महाबिर पुनले आफ्नो बिभूषण बेच्न लागेको भनेर सरकारले सचेत गराएको थियो,

पोहोर आजको दिन NEPSE 2,019.85 अंकमा थियो l







NEPSE:2,759.67..........................................Previous [2,651.32]


(+108.35 / +4.08%)...................................Previous (-145.05 / -5.18%)




SENSIND (483.46).........................................Previous (464.56)

(+18.90 / +4.06%)........................................Previous (-27.22 / -5.53%)




Turnover :17,950,918,627.83...................................Previous [23,716,716,874.10]


Volume:38,041,267................................Previous [53,844,237]



:) :)
Member
Registered: Oct 2013
Posts: 1365
२०८१-०४-२२ (2024-08-06)
----------------------------


नेपाली Share Market को लागि कालो दिन,

M.Adhikari भुलाउने दुई खलनायकहरु असंबेदनशील बन्दा,

बजार यसरी घट्न पुग्यो,

यत्रो समय थलिएको बजार खुट्टा तन्काउने तरखरमा मात्र के थियो,

बजारका खलनायकहरुले धावा बोलि हाले,


बजार घट्नै हुन्न भन्ने पक्षमा कोहि छैन तर उसले आफ्नो लयमा,

आफ्नो यात्रा तय गर्नु पर्छ,


तर यिनीहरुको यो प्रायोजित अभिव्यक्तिले केहि क्षेण असर गरे पनि,

बजारले आफ्नो गति भने लिनेछ,

छुटेकाहरुले सँगै अघि बढ्ने आबसर पाउने छन्,

Turnover ले आज इतिहास रचेको छ l


लाखौ लगानीकर्ताहरुले यी असंबेदनशीलहरुलाई भने सम्झिरहनु पर्छ, चुनाबमा काम लाग्छ l







NEPSE:2,651.32..........................................Previous [2,796.38]


(-145.05 / -5.18%)...................................Previous (+40.76 / +1.47%)




SENSIND (464.56).........................................Previous (491.78)

(-27.22 / -5.53%)........................................Previous (-0.97 / -0.19%)




Turnover :23,716,716,874.10...................................Previous [21,864,992,277.64]


Volume:53,844,237................................Previous [49,773,730]



:) :)
Member
Registered: Oct 2013
Posts: 1365

Dubosi7 जी पापको घैंटो बंगलादेश र श्रीलंकामा जस्तै यता पनि भरिई सकेको हो तर,

त्यो बिष्फोट हुन् एउटा निहु मात्र चाहिएको छ,

त्यो निहु पनि अन्यत्र खोजी रहनै नपर्ला,

यिनीहरुलेनै उपलब्ध गराउने छन् l




:) :)
Member
Registered: Mar 2018
Posts: 2357
के नेपालीहरु बंगलादेश र श्रीलंका तिर टुलु-टुलु हेर्दै बस्न्या हुन् ? "बहादुर" शब्दको अब अर्थ खोज्ने बेला भएन ?
Member
Registered: Oct 2013
Posts: 1365
२०८१-०४-२१ (2024-08-05)
----------------------------

२१ अर्ब माथिको Turnover ले ह्याट्रिक मारेको छ,

एउटा कुरा चाही के सत्य हो भने,

यसपालिको बढाईमा धर्का मास्टरहरु २-४ सय अंक अगाडिनै छुटे जस्तो देखिन्छ l


अमरेश सिंहले यस अघि नयाँ stock exchange आउनु हुन्न भनेर पनि संसदमा बोलेका थिए,

आफै मार्केट बारे जानकार छन् कि उनलाई टिपोट दिने चाही देशको ठुलै खेलाडी हो अलि भेउ पाउन सकिएन,

प्रेम सुवाल दाजुले पनि बोल्नु हुन्छ,


महत सरलाई चाही गभर्नरले आफुलाई सहयोग नगरेको,

नत्र आफ्नै पालामा बजार गुटुंगटुंग हुन्थ्यो भन्ने लागेर हो केके केके बोलेको l



पोहोर आजको दिन NEPSE 2,051 तिर र Turnover चाही २ अर्बको लाइनमा थियो,

२०७८ को यो बेला चाही NEPSE लगालग तिन दिनदेखि ३१ सय अंक माथी अडि रहेको थियो l


राजनीतिक कुरा गर्ने हो भने,

श्रीलंका र बंगलादेशको घटना हेर्दा,

हाम्रा नेताहरु बेलैमा नसुध्रने हो भने,

नेपालमा पनि उग्र खालको बिद्रोह हुने सम्भावना देखिन्छ है,

जनतामा भित्र-भित्र रहेको एक किसिमको उकुसमुकुस, बिष्फोट हुने चरणमा पुगी सकेको छ र

छिमेकमा भइ रहेका यस्ता घटनाले यता पनि त्यस्तै प्रेरणा मिल्ने कुरालाई नजर अन्दाज कदापी गर्नु हुन्न कसैले पनि l









NEPSE:2,796.38..........................................Previous [2,755.62]


(+40.76 / +1.47%)...................................Previous (-5.29 / - 0.19%)




SENSIND (491.78).........................................Previous (492.75)

(-0.97 / -0.19%)........................................Previous (-3.29 / -0.66%)




Turnover :21,864,992,277.64...................................Previous [21,713,431,007.74]


Volume:49,773,730................................Previous [51,321,629]



:) :)
Member
Registered: Oct 2013
Posts: 1365
२०८१-०४-१७ (2024-08-01)
----------------------------





यो हप्ता Nepse मा सबैभन्दा धेरै Turnover को Record बनेको छ,

लगालग २ दिन २१ अर्ब बढीको Turnover पनि यसअघि कहिल्यै भएको थिएन,

यो आइतबार देखि बिहिबारसम्म बजारमा 96,311,099,053.51 को कारोबार भएको देखिन्छ,


यो पाँच दिनमा बजारमा 230,766,712 कित्ता share को कारोबार भएको छ l






अब कुरा गरौ अघिल्लो बुलको,

बजारले Turnover र Nepse मा All Time High को Record बनेको हप्ता,

पाँच दिनमा Total Turnover 97,596,137,865 को भएको थियो,

त्यो हप्ता 162,204,380 कित्ता share को कारोबार भएको थियो l


बजार मजाले बढेको अबस्य हो,

तर ३२०० नकटी बजार केकेन बढ्यो भनेर हल्ला पिटी रहनु पनि जरुरी देखिदैन l




NEPSE:2,755.62..........................................Previous [2,760.91]


(-5.29 / - 0.19%)...................................Previous (+64.26 / +2.38%)




SENSIND (492.75).........................................Previous (496.04)

(-3.29 / -0.66%)........................................Previous (+10.66 / +2.19%)




Turnover :21,713,431,007.74...................................Previous [21,911,503,161.06]


Volume:51,321,629................................Previous [50,967,951]



:) :)
Member
Registered: Oct 2013
Posts: 1365
२०८१-०४-१६ (2024-07-31)
----------------------------


Turnover मा all time high को Record.





NEPSE:2,760.91..........................................Previous [2,696.65]


(+64.26 / +2.38%)...................................Previous (+35.55 / +1.33%)




SENSIND (496.04).........................................Previous (485.38)

(+10.66 / +2.19%)........................................Previous (+3.23 / +0.67%)




Turnover :21,911,503,161.06...................................Previous [17,266,391,542.97]


Volume:50,967,951................................Previous [40,371,778]


:) :)
Member
Registered: Oct 2013
Posts: 1365
२०८१-०४-१५ (2024-07-30)
----------------------------

--------------------




NEPSE:2,696.65..........................................Previous [2,661.09]


(+35.55 / +1.33%)...................................Previous (-20.46 / -0.76%)




SENSIND (485.38).........................................Previous (482.15)

(+3.23 / +0.67%)........................................Previous (-4.68 / -0.96%)




Turnover :17,266,391,542.97...................................Previous [19,609,177,106.29]


Volume:40,371,778................................Previous [47,790,837]


:) :)
Member
Registered: Oct 2013
Posts: 1365
२०८१-०४-१४ (2024-07-29)
----------------------------

......................


NEPSE:2,661.09..........................................Previous [2,681.56]


(-20.46 / -0.76%)...................................Previous (+113.42 / +4.41%)




SENSIND (482.15).........................................Previous (486.84)

(-4.68 / -0.96%)........................................Previous (+26.78 / +5.82)




Turnover :19,609,177,106.29...................................Previous [15,810,596,235.45]


Volume:47,790,837................................Previous [40,314,517]



:) :)

Post Reply

Page: 1 2 3 4 5 ... > »

Sharesansar Forum Powered By Miracle Hub