Forum


ShareSansar Main Page

New Topic

HISTORY !!!

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: 1 2 3 4 5 ... > »

Author Post
Member
Registered: Oct 2013
Posts: 876
आजको कुरा गर्ने रुची भएन,

त्यसैले १ बर्ष अघि आजकै दिन के भएको थियो, सम्झन मन लाग्यो l




:) :)


२०७८-०२-१३ (2021-05-27)
---------------------------




NEPSE नाम मात्रको अंकले घटेको छ,

Turnover 14.5 अरब माथी र

Volume 4 करोड माथी देखिन्छ,

Turnover अघिल्लो रेकर्ड भन्दा 1,593,455,304 ले बढी हो भने

Volume 16,650,334 कित्ताले बढी हो,




'Yaas' Cyclone को असर Share Market मा राम्रै परेको देखियो,

राष्ट्र बैकको निर्देशन लगानीकर्ताहरुको हितमा छ भनी,

NEPSE ले स्वागत गरेको रुपमा यसलाई मान्ने कि Turnover मा रेकर्ड तोडिनुको कारण अरुनै केहि हो ?

त्यो अर्को हप्ताको कारोबारले संकेत गर्नेनै छ,



आजको कारोबारमा share qty का हिसाबले,

Top 10 मा Hydro power मात्र परेका छन् भने

Turnover को Top 10 मा पनि,

NRIC बाहेक सबै Hydro नै रहेका छन्,

NHPC, API र UMHL को 10 लाख भन्दा बढी कित्ता कारोबार भएको छ भने,

Top 10 मा परेका बाँकि सबैको पनि 5 लाख भन्दा बढी कित्ता कारोबार भएको देखिन्छ,





NEPSE :2,815.39...........................................Previous [2,816.56]


(-1.20 / - 0.04%)...................................Previous (-6.50 / -0.23%)




SENSIND :503.70..........................................Previous [503.99]


(- 0.28 / -0.06%)........................................Previous (-4.51 / -0.89%)




Turnover :14,768,808,492................................Previous [11,133,398,108]


Volume :41,813,994...................................Previous [23,465,675]
« Last edit by nissan on Fri May 27, 2022 6:02 pm. »
Member
Registered: Oct 2013
Posts: 876
२०७९-०२-०९ (2022-05-23)
----------------------------



आजको ठ्याक्कै १ बर्ष अगाडी NEPSE ले 2820 अंकको नयाँ Record बनाएको रहेछ,

त्यो दिन Turnover : 11,695,034,728 र

Volume चाही 25,163,660 को रहेछ,







अहिलेको कुरो बेग्लै छ,

अभिभाबक हुनु पर्ने नियामकहरुनै,

लाखौ लगानीकर्ताहरुलाई 'सौतेला' ब्यबहार गर्न कम्मर कसेर लागेका छन्,




मार्केट बुझ्ने कुनै पनि बिज्ञ .........यी ठुला दलहरुमा रहेन छन्,

'कुण्ठाग्रस्त' मान्छेहरुलाई राज्य संचालनको,

डाडु पन्यू जिम्मा लगाईए छ,




लगानीकर्ताहरुको बलियो संजाल बनाएर, अब संघको चुनाबको तयारीमा लागि हाल्दा राम्रो होला,




तर फेरी पनि प्रश्न आउछ चुनाबमा आउनेलाई त पराजित गरेर सजाय दिउला,

अनि,

आफुलाई Test गर्नु नपर्ने नियुक्तिवालाहरुलाई चाही कतिन्जेल झेली रहनु ?









NEPSE:2,200.88..........................................Previous [2,235.09]


(-34.21 / -1.53%)...................................Previous (-15.82 / -0.70%)




SENSIND (429.05).........................................Previous [434.73]


(-5.69 / -1.31%)........................................Previous (-2.47 / -0.57%)




Turnover :1,369,513,192.................................Previous [932,206,084]


Volume :3,917,655.................................Previous [2,524,268]


:) :)
Member
Registered: Oct 2013
Posts: 876
२०७९-०२-०६ (2022-05-20)
----------------------------



ऐतिहासिक शुक्रबारले,

उपहार पनि ऐतिहासिकनै दियो,

Turnover लाई जम्मा ९ अंकमा झारी दिएर,



अस्थिर निर्णयकर्ताहरुबाट, अब २ दिनको बिदा फिर्ता लिने कुरो पनि आई सकेछ,


बेकम्माहरुको मनलाग्दीको परिणाम अझै के के भोग्नु पर्ने हो जनताले ?









NEPSE:2,235.09..........................................Previous [2,250.91]


(-15.82 / -0.70%)...................................Previous (-23.51 / -1.03%)



SENSIND (434.73).........................................Previous [437.21]


(-2.47 / -0.57%)........................................Previous (-3.88 / -0.88%)




Turnover :932,206,084.................................Previous [1,300,981,996]


Volume :2,524,268.................................Previous [3,798,263]


:) :)
Member
Registered: Oct 2013
Posts: 6074
Fun fact:

On friday in Nepal, share market never increase. :evil: That's how 'Black Friday' began.
Member
Registered: Oct 2013
Posts: 876
२०७९-०२-०५ (2022-05-19)
----------------------------










हतार-हतार गरेर टिका-टालो सकिएपछि,

त्यो केटिसंग बिहे त गर्दै गर्दिन भनेर, बाउसंग रोई कराई गर्ने प्रौढलाई,

ठुला बाउले के सुंगाई दिए कुन्नि,



त्यति सालिन र सज्जन युवती पाउनु मेरो अहो भाग्य हो,म त उहीसंग बिहे गर्ने हो भन्न थालेछन् l




यो बिचमा लगानीकर्ताहरुले बेहोरेको तनाब(खाशमा NBB),

अदालतको अमुल्य समय ....... त्यसको कसैलाई मतलब छैन,





जसले जे गर्दा नी हुनी, कसैले कसैप्रति जवाफदेहिता बहन गर्न नपर्ने,




पक्कै यो केश पनि प्रकाशमानजीले, 'श्रीमती'को नाम मेयरको लागि पक्का गरेर,

देउबाजीलाई समर्थन गरे जस्तै हुनु पर्छ,



मर्ज पछि खुल्ला के पाउन चाही यत्रो मुद्धा मामिला र अन्तरिम आदेशको नाटक मन्चन भएको रहेछ भनेर,









NEPSE:2,250.91..........................................Previous [2,274.42]


(-23.51 / -1.03%)...................................Previous (+8.90 / +0.39%)




SENSIND (437.21).........................................Previous [441.09]


(-3.88 / -0.88%)........................................Previous (+2.41 / +0.55%)




Turnover :1,300,981,996.................................Previous [1,326,320,346]


Volume :3,798,263.................................Previous [3,156,913]


:) :)
Member
Registered: Mar 2018
Posts: 1680
दश बर्ष देखि बैंकलाई ब्रोकर लाईसेन्स दिएर लाखौं सर्बसाधारण लगानीकर्ताको कारोबार सहज बनाई दिनुस भन्दा कानमा तेल हालेर बस्नेहरु केहि ब्येक्ति पोस्ने निर्णय त सेकेन्डमा गर्दा रहेछन त
Member
Registered: Oct 2013
Posts: 876
२०७९-०२-०४ (2022-05-18)
----------------------------



अब TMS बापत पनि ब्रोकरले पैसा उठाउन पाउने रे,


धितोपत्र र Broker हरु बिचको जुगलबन्दि,


Full फेजमा अघि बढ्ने छाँटकाँट देखिदैछ,



लगानीकर्ताहरुलाई डस्नलाई कुनै ठाउँ बाँकि नराख्ने भए,


१५ गते बजेट भाषणको दिन आई सक्यो,

लगानीकर्ताहरुको सबै संगठन एक ठाउँ बसेर,

आफ्ना कुरा राख्न खोइ पहल गरेको ?

सधै भोट गनेर बसि रहने ?










NEPSE:2,274.42..........................................Previous [2,265.52]


(+8.90 / +0.39%)...................................Previous (-84.90 / -3.61%)




SENSIND (441.09).........................................Previous [438.68]


(+2.41 / +0.55%)........................................Previous (-15.28 / -3.37%)




Turnover :1,326,320,346.................................Previous [1,644,096,193]


Volume :3,156,913.................................Previous [3,595,748]


:) :)
Member
Registered: Oct 2013
Posts: 876
२०७९-०२-०३ (2022-05-17)
----------------------------



केन्द्रिय बैंकले पेलेकै थियो बजारलाई,

अहिले बिमा समितिले पनि यहि बेला, उसैगरि लौरो चलायो,



Merger हुने कुरामा मेरो कुनै बिमती छैन तर,




Merger को नाममा लगानीकर्ताहरुको लगानी बर्षौ फ्रिज हुनु भनेको,

लगानीकर्ताहरु माथीको घोर अत्याचारनै हो,



के २ महिनामा Merger प्रक्रिया सक्न सकिन्न ?



तिमीहरु छिटो गर, हामीहरु यो यो ठाउ(प्रक्रियामा) मा सहज पारी दिन्छौ भनेर,


केन्द्रिय बैंक र बिमा समितिहरुले कहिल्यै हात बढाएका छन् ?






नियामकले Merger छिटो छरितो गराउन चाही कुनै पहल नगर्ने,

खाली Merger मा जान मात्र बाध्य पारेर हुन्छ ?




NIBL र HBL Merger नहुनुमा लगानीकर्ताहरुको के दोष छ ?


अनि त्यसको घाटा पनि साधारण लगानीकर्ताहरुको टाउकोमा थोपरी रहने ?


यत्र, तत्र, सर्बत्र ....... बिचौलियानै बिचौलिया l









NEPSE: 2,265.52..........................................Previous [2,350.42]


(-84.90 / -3.61%)...................................Previous (-18.64 / -0.79%)




SENSIND (438.68).........................................Previous [453.96]


(-15.28 / -3.37%)........................................Previous (-2.70 / -0.59%)




Turnover :1,644,096,193.................................Previous [2,328,434,273]


Volume :3,595,748.................................Previous [5,227,359]


:) :)
Member
Registered: Oct 2013
Posts: 876
Nepalishareजी,




http://nepalstock.com/uploads/files/news/911cb68802e7a1cc9bc06d7c2b159588.pdf
Member
Registered: Jan 2017
Posts: 48
Can you tell me which index is this?
राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १४.२७ अंकले घटेर ४३९.६९ को विन्दुमा ओर्लेको छ???
Member
Registered: Oct 2013
Posts: 876
२०७९-०१-२९ (2022-05-12)
----------------------------




बैशाख महिनाभर जम्मा १८ दिन कारोबार भएछ,


त्यस मध्ये १० दिन रातो र ८ दिन चाही हरियो भा रहेछ,



यो महिनाको पहिलो कारोबारको दिन NEPSE 2,385.64 थियो भने


आज यो महिनाको अन्तिम कारोबार दिन NEPSE 2,350.42 अंकमा आएको छ,





Turnover को कुरा गर्ने हो भने,


१८ दिन मध्ये १४ दिन १ अर्बको लाईनमा कारोबार भएको रहेछ भने


बाँकि ४ दिन चाही २ अर्बको लाईनमा कारोबार भएछ,





Volume हेर्ने हो भने,



सबभन्दा Low बैसाख १४ गते 2,885,039 र High बैसाख ११ गते 6,639,504 (यो महिनाको सबभन्दा बढी Turnover भएको दिन) रहेको छ,



यो महिनाको Total Turnover चाही : 28,505,391,754 भएको देखिन्छ,





यी सब आँकडा हेरे पछि बजारको बर्तमान अबस्था छर्लंग भइ-हाल्छ,








अन्तमा,


भोली चुनाब छ, फेरी यो मौका आउन ५ बर्ष कुर्नु पर्छ,


म चाही बजारलाई केन्द्रबिन्दुमा राखेर मतदान गर्ने छु यसपाली,


मौन अबधीमा बढी बोल्ने र लेख्ने कुरा भएन, तर बुझ्नेलाई इसारानै काफी भन्ने उखानै छ,


अब चुनाबपछि नयाँ उमंग र उत्साहका साथ् भेटौला है त l












NEPSE:2,350.42..........................................Previous [2,369.06]


(-18.64 / -0.79%)...................................Previous (+56.06 / +2.42%)




SENSIND (453.96).........................................Previous [456.66]


(-2.70 / -0.59%)........................................Previous (+9.52 / +2.13%)




Turnover :2,328,434,273.................................Previous [2,163,990,743.33]


Volume :5,227,359.................................Previous [5,333,109]


:) :)
« Last edit by nissan on Thu May 12, 2022 4:47 pm. »
Member
Registered: Oct 2013
Posts: 876
२०७९-०१-२६ (2022-05-09)
----------------------------







न अघिल्लो सरकारले, न अहिलेको सरकारले,


सबैले जनताको पसिनाको कमाईलाई रत्तिभर पनि सम्मान गरेनन,



आफु सबै कुराको सूचना हुने ठाउमा छन्,

आफै नियामक बनेका छन्,

आफै खेलाडी बनेका छन्,

आफ्नाहरुलाई सात पुस्ता पुग्ने गरि जम्मा गर्ने बाताबरण बनाएका छन्,





अनि सबैलाई लाटो सम्झेर फेरी तिनै भन्छन,

बजार घटाउने बढाउने हामीले हो र ?

राम्रोसंग नबुझी बजार छिरेपछि यस्तै हुन्छ,




तिमीले साउन महिनापछिको नीति उहिल्यै किन सार्बजनिक गर्यौ ?


ब्याजदर घट्ने बढ्ने होला,


सम्बेदनशील लगानीकर्ताहरुलाई थप पिडा दिने गरि,


पहिल्यै त्यो कुरा तिमीलाई सार्बजनिक गर्न किन हतार पर्यो ?


के तिमिले सार्बजनिक पदमा बसेर, व्यक्तिगत इगोका काम र निर्णयहरु गरेर,

आफ्नो पदको दुरुपयोग गर्न मिल्छ ?


अफुबाट गल्ति भएपछि त्यसमै जिद्धि गरेर बस्ने कि correction गर्ने ?





अब ३० गते स्थानीय चुनाब आइसकेको अबस्था छ,

भोलीदेखि त मौन अबधि सुरु हुँदैछ,



आफु काठमाडौँको मतदाता भएका कारण,





यी ठुला दलहरुलाई आफ्नो मताधिकार मार्फत मुक्का हान्ने निर्णय मैले चाही गरे र

मैले सके जति साथीभाईहरुलाई पनि यसै गर्न सल्लाह दिने छु,




त्यसैले यसपाली 'बालेन'लाई मत हाल्ने हो,



आज हामीले 'लौरो'मा हालेको मतको संख्याले उत्साहित भएर,


अब आउने संघको निर्बाचनमा,



ओली, प्रचण्ड, देउबा, बाबुराम, उपेन्द्र, इस्वर, शंकर, नेम्वांग, शर्मा,पाण्डे, रिजाल, बास्कोटा, लगायतका क्षेत्रमा,


सयौ 'बालेंन'हरुले उम्मेदवारी दिने छन्,




त्यसैले मैले सबैलाई अनुरोध गरे,


अहिलेलाई पार्टी छाडी दिनोस्, तिनले तपाई हाम्रो सम्पत्ती माथि धावा बोलेका छन्,




हामी पनि आफ्नो शक्ति देखाई दिउ,

एक होऔ,



यो सांकेतिक हुने छ, बालेनका पक्षमा खसेको मतले तिनीहरु तिल्मिलाउने छन् र

यस्ता आफ्ना गलत नीति प्रति पछुताउने छन्,

र यस्ता नीतिहरु सुधार गर्न ति बाध्य बन्ने छन्,










NEPSE:2,268.84..........................................Previous [2,256.57]


(+12.27 / +0.54%)...................................Previous (+17.95 / +0.80%)




SENSIND (439.47).........................................Previous [436.35]


(+3.12 / +0.71%)........................................Previous (+3.80 / +0.88%)




Turnover :1,390,607,702.................................Previous [1,326,421,672]


Volume :3,324,822.................................Previous [3,341,214]


:) :)
« Last edit by nissan on Mon May 09, 2022 5:56 pm. »
Member
Registered: Oct 2013
Posts: 876
२०७९-०१-२५ (2022-05-08)
----------------------------



लाखौ लगानीकर्ताहरु बजारमा आफै झुम्मिएका पनि होइनन,


हामी सबैलाइ थाहै छ,


माओबादी केन्द्रले उर्जा मन्त्रालय लिएर सरकारमा गएको थियो,


IPO मा share भर्नेको लाइन देखेर होकी,


देशमा ठुला Hydro Power जनताको लगानीमा बनाउने भनेर,

कति लगानी गर्ने हो त्यसको प्रतिबद्धता जनाउन भनेर,

online बाट Form भर्ने ब्यबस्था गरेका थिए,


सरकारका मन्त्रिलेनै अनुरोध गरेपछि,

धेरै नेपालीहरुले आफुले लगानी गर्न चाहेको रकम उल्लेख गरेर Form पनि भरेका थिए,





यति अरबको लगानी गर्छौ भनेर जनताले Form भरे भनेर समाचार पनि आउथ्यो,

'अनन्त'ले पनि share संग जोडेर 'ज्वाई'को कुरो गरेकै हो,

यी र यस्ता कारणले धेरै लगानीकर्ताहरु बजारमा झुम्मिएका हुन्,



अहिले तिनै मान्छे सत्तामा हुँदा पनि,

बजारलाई देखिने गरि सौतेला ब्यबहार गरेको देख्दा,

चुइक्क बोल्दैनन,





तिनले किन भन्दैनन् हामीले तपाईहरुलाई online बाट Form भराउनु गलत थियो भनेर,

अनि त्यो काम सहि थियो भने,

किन लगानीकर्ताहरुलाई हामीले के गर्दा बजारको सुधार हुन्छ, छलफल गरौ भनि बोलाउदैनन ?










NEPSE: 2,256.57..........................................Previous [2,238.62]


(+17.95 / +0.80%)...................................Previous (-37.06 / -1.63%)




SENSIND (436.35).........................................Previous [432.55]


(+3.80 / +0.88%)........................................Previous (-4.34 / -0.99%)




Turnover :1,326,421,672.................................Previous [1,654,561,473]


Volume :3,341,214.................................Previous [4,674,940]




:) :)
Member
Registered: Oct 2013
Posts: 876
२०७९-०१-२२ (2022-05-05)
----------------------------




लगानीकर्ताहरु एक ढिक्का छैनन्,

यस्तो Crisis मा पनि लगानीकर्ताहरुलाई एक बनाउन,

अगुवा लगानीकर्ताहरुले सकेनन,





अन्य ब्यबसायका सबैले आ-आफ्नो लगानीको क्षेत्रबारे, लबिंग गर्छन र आफ्नो हित अनुकुल हुने गरि सरकारलाई मनाउछन् पनि,






२ -४ अरब लगानी भएका क्षेत्रकाहरुले मज्जाले आफ्नो व्यवसायको बारेमा बोल्छन तर







यो मार्केटमा खरबौ लगानी छ तर त्यसको मुल्यलाई सत्तासिनहरु 'सुका-मोहोर' जस्तो गरि,




बेवास्ता गरेर बसि दिन्छन,






यसपाली चुनाबमा म चाही हारे पनि जिते पनी, नयाँलाई मत दिन्छु,





हामीले सक्छौ भने,

अहिलेको मतदानबाट यी हामीलाई सताउने दलहरुलाई,


यस्तै हो भने, प्रदेश र संघको चुनाबमा हामीहरुको अवस्था ठिक हुदैन है भनि सोच्न बाध्य बनाऔ,












NEPSE:2,238.62..........................................Previous [2,275.68]


(-37.06 / -1.63%)...................................Previous (-31.76 / -1.38%)




SENSIND (432.55).........................................Previous [436.88]


(-4.34 / -0.99%)........................................Previous (-4.90 / 1.11%)




Turnover :1,654,561,473.................................Previous [1,269,219,421]


Volume :4,674,940.................................Previous [3,602,848]


:) :)
Member
Registered: Oct 2013
Posts: 876
२०७९-०१-२१ (2022-05-04)
----------------------------



हिजो साँझतिर चाबहिलतिर घुम-घाम गर्दै गर्दा,

एक जना परिचित मान्छे,

एमालेका उम्मेदवारहरुलाई मत माग्दै हिंडेका भेटिए,




मैले खोई त मान्छे जम्मा ३५-४० जना मात्रै छन् त् भनेको,

उनले हैन, अघि पार्टी प्यालेसमा खाना खाँदा त ४०० थिए,




अहिले यता उता छुट्टिए होलान भने,




यसो सोचे दिनको ४०० लाई बिहान र बेलुकी party Palace मा मासु-भात खुवाएको खर्च कति हुँदो हो,



अनि ३ लाख र ४ लाख मात्र खर्च गर्न भनेर, सिलिंग तोक्ने 'निआ'लाई,


बढी खर्च भा छ खोइ अनुगमन गरेको भन्यो भने,



शशांक कोइराला (आफुले चुनाबमा ६ करोड बढी खर्च गरे भनेको)लाई जस्तै,

'सत्य' कुरा अब देखि नबोल्नु भनि सचेत गराउन बेर छैन,




जसले खर्च गरे पनि, पदमा पुगेपछि त्यसको १० गुणा उठाउने हुनाले,

मलाई त् आफ्नै पकेटको पैसा खर्च भएझैँ लागि राछ l







NEPSE:2,275.68..........................................Previous [2,307.44]


(-31.76 / -1.38%)...................................Previous (-48.73 / -2.07%)




SENSIND (436.88).........................................Previous [441.79]


(-4.90 / 1.11%)........................................Previous (-8.45 / -1.88%)




Turnover :1,269,219,421.................................Previous [1,423,498,292]


Volume :3,602,848.................................Previous [3,978,079]


:) :)
Member
Registered: Oct 2013
Posts: 6074
Nepal ko economy dhosta parera import ghatanu cha.



Wait and see.

When import falls due to crash in economy, NRB will take credit for reducing import but wont talk about the economy.


Import fall of 300 arab
Economy fall of 1000 arab ( destroy the life of 1 crore people)

All so called expert who got the certificate from Media supports NRB policy. And SECOND TO GOD dont.

NRB should be dissolved and its duty should be handed over to assistant finance secretary.


Remember during voting.
Member
Registered: Oct 2013
Posts: 876




यसरी छुट्टी माथी छुट्टी भाको भै गर्ने,

आफु जस्तै तन्नम देशको सूचीमा,

नेपाल कति नम्बरमा पर्छ होला ?




मुसलमानहरुलाई दशैँ र तिहारको छुट्टि देको छ,

हिन्दुहरुलाई ईद र क्रिसमसको छुट्टि देको छ,

लोसार नमनाउनेहरुलाई किन, लोसारको नाउमा ३ दिन बिदा चाहियो ?




अब त झन् सनिवार र आइतबार दुइ दिन बिदा रे,



सुतेरै देशलाई समृद्ध बनाएर छाड्ने भए,

बीर गोर्खालीहरुले l



:) :)
Member
Registered: Oct 2013
Posts: 876
२०७९-०१-१९ (2022-05-02)
----------------------------



झरीले लगानीकर्ताहरुलाई पनि शान्त र शीतल बनाएको छ,

किसानहरु त रमाउनेनै भए,

पानी मजाले परिदिए लोडसेडिंगको सम्भवना पनि रहदैनथ्यो कि,






ठुलो चिन्ता चाही, फेरी अबको वर्षाले,

तराईमा डुबान र पहाडमा पहिरो गएर,

के कति क्षेती हुने हो कुन्नी त छदैछ ?






NEPSE:2,307.44..........................................Previous [2,356.17]


(-48.73 / -2.07%)...................................Previous (-20 / -0.84%)




SENSIND (441.79).........................................Previous [450.24]


(-8.45 / -1.88%)........................................Previous (-4.32 / -0.95%)



Turnover :1,423,498,292.................................Previous [1,496,246,808]


Volume :3,978,079.................................Previous [4,574,520]


;) ;)
Member
Registered: Oct 2013
Posts: 876
२०७९-०१-१५ (2022-04-28)
----------------------------


अहिल्लो हप्ता ५ दिनको Turnover : 7,386,188,673




यो हप्ता ५ दिनको Turnover : 8,205,782,036


यो बैसाख महिनाको अहिलेसम्मको Total Turnover : 15,591,970,709


बैसाखको १० दिनको कारोबारमा ६ दिन रातो र ४ दिन हरियो,













NEPSE:2,356.17..........................................Previous [2,376.17]


(-20 / -0.84%)...................................Previous (+5.17 / +0.22%)




SENSIND (450.24).........................................Previous [454.56]


(-4.32 / -0.95%)........................................Previous (+1.61 / +0.36%)




Turnover :1,496,246,808.................................Previous [1,089,992,036]


Volume :4,574,520.................................Previous [2,885,039]


:) :)
Member
Registered: Oct 2013
Posts: 876
२०७९-०१-१४ (2022-04-27)
----------------------------


Turnover १ अर्ब नाघ्यो,

खुशी भइएको छ,


टाईम टाईम कि बात है l






NEPSE:2,376.17..........................................Previous [2,370.99]


(+5.17 / +0.22%)...................................Previous (-15.02 / -0.63%)




SENSIND (454.56).........................................Previous [452.95]


(+1.61 / +0.36%)........................................Previous (-1.74 / -0.38%)




Turnover :1,089,992,036.................................Previous [1,046,014,417]


Volume :2,885,039.................................Previous [3,419,228]


:) :)
Member
Registered: Oct 2013
Posts: 876
२०७९-०१-१३ (2022-04-26)
----------------------------





पहिलो : दलका घोषणापत्रहरुको सबैभन्दा राम्रो प्रयोग के काममा गरिन्छ ?



दोश्रो : चट्पट बेच्न



तेश्रो : हैन सोझा-सिधा जनता झुक्याउन



कुरो दुबैको सहि लाग्छ,


बजार पनि चुनावमय बनेको बेला,


घोषणापत्र सम्झेको नी,











NEPSE:2,370.99..........................................Previous [2,386.01]


(-15.02 / -0.63%)...................................Previous (-34.95 / -1.44%)




SENSIND (452.95).........................................Previous [454.69]


(-1.74 / -0.38%)........................................Previous (-6.19 / -1.34%)




Turnover :1,046,014,417.................................Previous [2,042,253,182]


Volume :3,419,228.................................Previous [5,047,769]



:) :)
Member
Registered: Oct 2013
Posts: 876


यो Election केहि बिशेष हुने पक्का छ,


लगानीकर्ताहरुले गाला थापी रहने हो भने पालै पिलो चडकाइ रहने रहेछन ?

अब ब्याज सहित वापस गर्न पनि सिक्नु पर्छ,

त्यसको लागि १६ दिन मात्र बाँकि l


:) :)
Member
Registered: Mar 2018
Posts: 1680
बैंकलाई ब्रोकर लाईसेन्से रोक्ने नेता /पार्टीलाई NO VOTE
सर्बसाधारणलाई बैंकबाट MARGIN LENDING प्रक्रिया रोक्ने नेता /पार्टीलाई NO VOTE

मेरो प्रभाबमा रहेको कुनै पनि भोट पुंजी बजार बिरोधिलाई जानेछैन। सबै लगानीकर्ताले यसै अनुरुप आफ्नो शक्ति प्रदर्सन गर्नु होला।
Member
Registered: Oct 2013
Posts: 876
२०७९-०१-१२ (2022-04-25)
----------------------------



बजारमा भएको घाटालाई दुइ भागमा छुट्टयाउ,


(१) बजारको नियम(कहिले माथी जान्छ,कहिले तल झर्छ)अनुसार हुने घाटा र


(२) बजार बिरोधी नीति बनाएकै कारण हुन् गएको घाटा,



तपाईहरुको आ-आफ्नै विचार होला तर,

मैले चाही (२) नम्बरका कारण अलि बढी गुमाए भन्ने ठानेको छु,




र यो बर्षभरि चल्ने चुनाबलाई,

आफ्नो घाटाको मानसिक रुपमा भए पनि पलिसा गर्ने,

अवसरको रुपमा लिने योजना बनाएको छु,




सबैले जाने हुन्छ,

यो १८ दिन मात्र हो हामी शक्तिशाली हुने,


त्यसपछि त् फेरी ५ बर्ष कुर्नु पर्छ,


मौकाको सदुपयोग गरौ,






NEPSE:2,386.01..........................................Previous [2,420.96]


(-34.95 / -1.44%)...................................Previous (+95.52 / +4.11%)




SENSIND (454.69).........................................Previous [460.88]


(-6.19 / -1.34%)........................................Previous (+17.74 / +4%)




Turnover :2,042,253,182.................................Previous [2,531,275,593]


Volume :5,047,769.................................Previous [6,639,504]


:) :)
Member
Registered: Oct 2013
Posts: 876
२०७९-०१-११ (2022-04-24)
----------------------------


2078-11-29 गते आइतबारकै दिन, NEPSE 101.07 अंकले बढेको थियो,

त्यसको लगत्तै भोली पल्ट, TMS बिग्रिएर कारोबार बिथोलिएको थियो,


आजैबाट TMS को मर्मत-सम्भार गरि हाल है,

फेरी भोली बिग्रेला,










NEPSE:2,420.96..........................................Previous [2,325.45]


(+95.52 / +4.11%)...................................Previous (+4.94 / +0.21%)




SENSIND (460.88).........................................Previous [443.14]


(+17.74 / +4%)........................................Previous (+2.06 / +0.47%)




Turnover :2,531,275,593.................................Previous [1,629,168,848]


Volume :6,639,504.................................Previous [3,991,051]


:) :)

Post Reply

Page: 1 2 3 4 5 ... > »

Sharesansar Forum Powered By Miracle Hub