Author |
Post |
|
#1 Wed Nov 29, 2023 6:10 pm
|
Member
Registered: Oct 2013
Posts: 1216
|
२०८०-०८-१३ (2023-11-29) ---------------------------- बजारको हालत उत्तराखण्डको सुरुंगमा अस्तिसम्म फसेका मजदुरहरुको जस्तै छ,
तर फरक के छ भने,
उता सबै लागेर तिनको उद्धार गरे, र बिजेताको मुडमा आज खुशी मनाउदैछ पुरा देश l
यता भने, अक्सिजन लिने बाटो पनि खोजी खोजी थुनिदैछ,
अब उद्धार हुन्छ कि भन्यो, उल्टो अर्को ठुलो ढिस्को खोजेर भत्काउने काम गरिन्छ, उद्धार गर्नु पर्नेहरुबाट l
NEPSE:1,876.60..........................................Previous [1,894.53] (-17.93 / -0.94%)...................................Previous (-2.17 / -0.11%) SENSIND (358.89).........................................Previous (361.85] (-2.96 / -0.81%)........................................Previous (-0.86 / -0.23%) Turnover :1,236,642,242.76...................................Previous [1,280,228,971.86] Volume:4,900,897................................Previous [4,727,902] 
|
|
#2 Tue Nov 28, 2023 5:33 pm
|
Member
Registered: Oct 2013
Posts: 1216
|
२०८०-०८-१२ (2023-11-2 ---------------------------- रास्वपा फेरी सरकारमा सामेल हुने चर्चा चल्न थालेछ,
कथं कदाचित सो पार्टीबाट अर्थमन्त्री बनेर स्वर्णिम वाग्ले भित्रिए भने चाही,
बजारको साँढेसाती झन् तन्कने पक्का छ,
हाम्रो देशलाई अर्थशास्त्रका ज्ञाताभन्दा जनतासंग भिजेका र अर्थतन्त्र ठिक्क बुझेका अर्थमन्त्रीनै फाप्ने देखिन्छ l
ज्ञाताहरुले देश परिवेश नहेरी-नबुझी,
आफ्नो सबै बिद्या प्रयोग गरेर, बनाउने भनेको 'उँट अर्थतन्त्र'नै रहेछ l
पोहोर आजको दिन थापाथली सुकुम्बासी बस्तीमा नगर प्रहरी माथी आक्रमण भएको थियो,
एक बर्ष बित्दा पनि सुकुम्बासीहरुलाई त्यहाँबाट स्थानान्तरण गर्न कुनै चासो दिएको देखिन्न l
पोहोर मंगसिर ११ गते मौद्रिक नीतिको समिक्षा आएको थियो र भोलिपल्ट आजको दिन NEPSE १५ अंकले घटेको थियो l
NEPSE:1,894.53..........................................Previous [1,896.67] (-2.17 / -0.11%)...................................Previous (-11.27 / -0.59%) SENSIND (361.85).........................................Previous (362.69] (-0.86 / -0.23%)........................................Previous (-2.12 / -0.58%) Turnover :1,280,228,971.86...................................Previous [1,754,750,755.82] Volume:4,727,902................................Previous [6,017,397] 
|
|
#3 Mon Nov 27, 2023 4:17 pm
|
Member
Registered: Oct 2013
Posts: 1216
|
२०८०-०८-११ (2023-11-27) ---------------------------- तीन दिनमा 78 अंक बढेपछि, 11 अंक घट्नु सामान्य कुरा हो,
यसपाली चाही लगानीकर्ताहरुले बजारको लय अनुसार आफुलाई ढाल्छन जस्तो लाग्दैछl
जो ३२०० को बुलमा फसेका थिए तिनले त झन् नयाँ रणनीति बनाउछन नै होला अब आउने बुलका लागि l NEPSE:1,896.67..........................................Previous [1,907.95] (-11.27 / -0.59%)...................................Previous (+47.75 / +2.56%) SENSIND (362.69).........................................Previous (364.81] (-2.12 / -0.58%)........................................Previous (+7.83 / +2.19) Turnover :1,754,750,755.82...................................Previous [2,011,763,358.52] Volume:6,017,397................................Previous [6,530,643] 
|
|
#4 Sun Nov 26, 2023 6:22 pm
|
Member
Registered: Oct 2013
Posts: 1216
|
२०८०-०८-१० (2023-11-26) ---------------------------- दुइवटा सुखद संयोग एकै चोटी जुर्यो आज,
असोज ७ पछि पहिलो पटक Turnover २ अर्बमा उक्लियो र
कार्तिक २ पछि NEPSE ले बल्ल १९०० को अंक पार गर्न सक्यो l
बैंक तथा लघुवित्तको ऋण नतिरौ भन्ने अराजक आन्दोलन तुहिनुलाई,
NEPSE ले स्वागत गरे जस्तो छ,
तर धेरै हौसी हाल्ने अबस्था चाही छैन l NEPSE:1,907.95..........................................Previous [1,860.20] (+47.75 / +2.56%)...................................Previous (+9.87 / +0.53%) SENSIND (364.81).........................................Previous (356.98] (+7.83 / +2.19)........................................Previous (+2.76 / +0.78%) Turnover :2,011,763,358.52...................................Previous [1,348,347,430.30] Volume:6,530,643................................Previous [4,420,518] 
|
|
#5 Fri Nov 24, 2023 5:55 pm
|
Member
Registered: Oct 2013
Posts: 1216
|
दुर्गा प्रसाईको आन्दोलन चल्दै गर्दा,
अब केहि दिनमा सायद डा.गोबिन्द केसीले सत्याग्रह सुरु गर्लान l
त्यसपछि जनजातीहरु तयार भएर बसेका छन् l
अनि फुत्त प्रभु शाह दुलाबाट निस्कन्छन, अनि उपेन्द्र यादबले तराईमा आन्दोलन गर्ने होला l
नागरिक समाज औला ठड्याउदै पद यात्रा गर्नै बाँकि छ l
तर मूल चुरो कुरो र जनताको समस्यामा कसैको ध्यान छैन, न समस्याको पहिचान गर्ने बुद्धि छ,
न सहि सल्लाह दिन सक्ने भरौटेहरुनै छन्,
अनि केवल लुट्न मात्र माहिर शासकहरु भएको देशमा,
दुर्गा प्रसाईहरुलाई नेता नमानेर जनताले गरुन पनि त के ? 
|
|
#6 Thu Nov 23, 2023 6:09 pm
|
Member
Registered: Oct 2013
Posts: 1216
|
२०८०-०८-०७ (2023-11-23) ---------------------------- आज दुवै पक्षको आन्दोलन देखियो l
दुर्गा प्रसाई जम्मा भएको भिडलाई भडकाएर,
प्रहरीबाट आक्रमण गराउन चाहन्छन,
अझ एक दुइ जनाको मृत्यु भएमा त भोलीदेखि अझ भिड थपिन्छ भनि सोच्दै होलान,
अन्य बेथितिको बिरोध ठिक छ तर दुर्गा प्रसाईले ऋण मिनाहा गराई देलान भनि
तिनको पछि लाग्नेहरु चाही एक नम्बरका मुर्खहरुनै हुन्,
यो आन्दोलनले अरु केहि नभए पनि,
सार्बजनिक यातायातमा यात्रा गर्नेले दुख पाउने र स्कुल जाने बिद्यार्थीहरुले चाही पढ्न नपाउने भए,
विप्लबले पनि स्कुल बन्द गराउथे, यी प्रसाई पनि त्यहि बाटोमा लागे l
सरकार र सडक सबैतिर निकम्मा निकम्माकै कब्जा छ l NEPSE:1,860.20..........................................Previous [1,850.33] (+9.87 / +0.53%)...................................Previous (+20.67 / +1.13%) SENSIND (356.9  .........................................Previous (354.21] (+2.76 / +0.78%)........................................Previous (+2.15 / +0.61%) Turnover :1,348,347,430.30...................................Previous [1,087,098,495.59] Volume:4,420,518................................Previous [4,213,285] 
|
|
#7 Thu Nov 23, 2023 9:51 am
|
Member
Registered: Mar 2018
Posts: 2231
|
भुषण दाहालले लिएको यो अन्तरबार्ता सुन्नुहोला https://www.youtube.com/watch?v=NCkWbE-CyYg
|
|
#8 Wed Nov 22, 2023 6:09 pm
|
Member
Registered: Oct 2013
Posts: 1216
|
२०८०-०८-०६ (2023-11-22) ---------------------------- एउटा दुर्गा प्रसाईले एमालेको सातो लियो l
आफु सहि भइदिएको भए, यस्तो अबस्था आउथ्यो ?
सारा पार्टी पुरा बल लगाएर उसलाई असफल पार्न खोज्दैछ,
हुँदा हुँदा AP1 TV ले, आज राती प्रसारण हुने भनिएको,भुषण दाहालले दुर्गा प्रसाईसंग लिएको अन्तरबार्ता पनि रोकिदिएछ,
अर्कातिर माओबादी भने दुर्गा प्रसाईले एमालेलाई सत्तो सराप गरेकोमा मखलेल परेर बसेको देखिन्छ l
मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षा आउदैछ,
सदाझैँ यसपाली पनि राष्ट्र बैंकले share मार्केटका लागि गज्जबको फेरबदल गर्दैछ आफ्नो समिक्षामा भनेर हल्ला पिट्न थालिएको छ,
नीति आएपछि मात्र पत्याउनु होला है l
NEPSE:1,850.33..........................................Previous [1,829.65] (+20.67 / +1.13%)...................................Previous (-23.82 / -1.28%) SENSIND (354.21).........................................Previous (352.05] (+2.15 / +0.61%)........................................Previous (-4.48 / -1.25%) Turnover :1,087,098,495.59...................................Previous [950,479,583.91] Volume:4,213,285................................Previous [3,675,101] 
|
|
#9 Tue Nov 21, 2023 6:32 pm
|
Member
Registered: Oct 2013
Posts: 1216
|
२०८०-०८-०५ (2023-11-21) ---------------------------- परार यो बेला NEPSE २७ सयको लाइनमा थियो भने पोहोर
१९ सयको लाइनमा तल माथी गर्दै थियो l
नीति निर्माता र सरकार बल्ल समस्या सुरु भए जस्तो गर्दैछ,
यस्तो अबस्थामा सक्रिय हुनु पर्ने अर्थमन्त्री चाही अब अर्थतन्त्र लयमा फर्कियो भनेर मख्ख छन्,
प्रधानमन्त्री भने अब चाही थेग्न सकिदैन भनेर गहन छलफलमा जुटेका छन् l
भ्रस्ट्राचार गर्न पाइने र कमिसन प्राप्त हुने क्षेत्र बाहेक,
बाँकि सब क्षेत्र भगवान भरोसे चलेका छन्, भोली के हुने कुनै टुंगो छैन l NEPSE:1,829.65..........................................Previous [1,853.48] (-23.82 / -1.28%)...................................Previous (+1.39 / +0.07%) SENSIND (352.05).........................................Previous (356.54] (-4.48 / -1.25%)........................................Previous (-0.50 / -0.14%) Turnover :950,479,583.91...................................Previous [1,099,318,029.70] Volume:3,675,101................................Previous [3,319,558] 
|
|
#10 Mon Nov 20, 2023 6:38 pm
|
Member
Registered: Oct 2013
Posts: 1216
|
२०८०-०८-०४ (2023-11-20) ---------------------------- असोज महिनामा १ दिन मात्र एक अर्ब मुनिको Turnover भएको थियो भने,
कार्तिक महिनामा एक दिन पनि एक अर्ब माथीको कारोबार हुन् सकेन तर
मंगसिर महिनाको पहिलो Turnover नै एक अर्ब माथीको भएको छ l
अर्को प्रसंगमा,
मंगसिरमा किसानहरु धान भित्र्याई सकेपछि केहि महिना फुर्सदमा हुन्छन,
सोहि समयको उपयोग गरि हाम्रो देशमा,यो बेला बिभिन्न खाले आन्दोलनहरु गर्ने गरिन्छ पहिल्यै देखि l
७ गतेबाट यसपाली पनि सुरु हुने भएछ अब l
जनताहरुमा पनि बितृष्णा अत्यधिक बढेको छ,
हेरौ केहि न केहि नयाँ घटनाक्रम त अबस्य विकास होला ?
NEPSE:1,853.48..........................................Previous [1,852.08] (+1.39 / +0.07%)...................................Previous (-11.85 / -0.63%) SENSIND (356.54).........................................Previous (357.04] (-0.50 / -0.14%)........................................Previous (-1.36 / -0.38%) Turnover :1,099,318,029.70...................................Previous [836,005,656.08] Volume:3,319,558................................Previous [2,833,731] 
|
|
#11 Thu Nov 09, 2023 6:03 pm
|
Member
Registered: Oct 2013
Posts: 1216
|
२०८०-०७-२३ (2023-11-09) ---------------------------- तिहारले गर्दा महिनाभरमा जम्मा १२ दिन मात्र कारोबार भएको र
महिनाभरको Turnover जम्मा 10,217,336,531.74 मात्र भएको ऐतिहासिक महिना बन्न पुग्यो यो कार्तिक महिना l
यो महिनामा कुनै पनि दिनको Turnover ले १ अर्ब कटाउन सकेनन l
सबैलाई तिहारको सुभकामना !
अब तिहार सकिएपछि मात्र भेट हुन्छ l NEPSE:1,852.08..........................................Previous [1,863.94] (-11.85 / -0.63%)...................................Previous (+5.17 / +0.27%) SENSIND (357.04).........................................Previous (358.40] (-1.36 / -0.38%)........................................Previous (+0.21 / +0.05%) Turnover :836,005,656.08...................................Previous [782,743,264.94] Volume:2,833,731................................Previous [3,157,062] 
|
|
#12 Tue Nov 07, 2023 6:41 pm
|
Member
Registered: Oct 2013
Posts: 1216
|
२०८०-०७-२१ (2023-11-07) ---------------------------- नियामक, अल्पज्ञानी बिज्ञ र सर्बज्ञानी नेताहरु,
सब मिलेर हुँडारलेझैँ घेरेर आक्रमण गरेको गर्यै छन् लगानीकर्ताहरुलाई,
यिनै मान्छेहरुले यसैगरि गजधम्म कुर्सी ओगटेर बसिन्जेल बजारले टाउको उठाउन पाउला जस्तो देखिन्न l
खराब दिनहरु सकिने जुन सुकै बाटो खुले पनि त्यसको स्वागत गरिन्छ l NEPSE:1,858.76..........................................Previous [1,847.54] (+11.22 / +0.60%)...................................Previous (+21.30 / +1.16%) SENSIND (358.19).........................................Previous (355.73] (+2.46 / +0.69%)........................................Previous (+3.33 / +0.94%) Turnover :996,586,291.90...................................Previous [938,929,040.59] Volume:4,331,229................................Previous [3,555,670] 
|
|
#13 Tue Nov 07, 2023 8:39 am
|
Member
Registered: Mar 2018
Posts: 2231
|
के बोल्नु र खोइ तिमि ठोक हो म सहुँला होइ भन्दै बस्न अब बन्द गर्नु पर्छ, नत्र भिरबाट झरे पछि राम राम बाहेक अरु उपाय नहोला
|
|
#14 Mon Nov 06, 2023 6:38 pm
|
Member
Registered: Oct 2013
Posts: 1216
|
२०८०-०७-२० (2023-11-06) ---------------------------- परार आजको दिन तिहारको भाइटिका परेको थियो,
पोहोर पनि आजको दिन NEPSE हरियो बनेको थियो,
NEPSE को अंक चाही 1965.36 थियो l
यो महिनाभर आजसम्म Turnover १ अर्ब कट्न सकेको छैन l
भुइचालोले तहस-नहस बनेको जाजरकोट, हेलिकप्टरमा पहुँच बनेकाहरुका लागि,
गज्जबको आन्तरिक पर्यटनको गन्तब्य बन्न पुगेको छ l
राष्ट्रपतीलाई पनि जनताको पिडा आफ्नै आँखाले देख्न मन लाग्यो रे,
युरोप यात्रा स्थगित भएपछि, भोली उता जाने कार्यक्रम रहेछ l
प्रधानमन्त्रीको दल पनि सडक आन्दोलनको तयारीमा जुटेको छ,
तर लगानीकर्ताहरुको लगानीमा आएको भुइचालोको कसलाई के मतलब,
यता त नीतिगत राहतको साटो उल्टै, सनकमा अन्य पराकम्पन ल्याएको ल्यायै छन् l NEPSE:1,847.54..........................................Previous [1,826.23] (+21.30 / +1.16%)...................................Previous (-21.46 / -1.16%) SENSIND (355.73).........................................Previous (352.39] (+3.33 / +0.94%)........................................Previous (-5.36 / -1.49%) Turnover :938,929,040.59...................................Previous [972,367,278.92] Volume:3,555,670................................Previous [3,558,554] 
|
|
#15 Thu Nov 02, 2023 6:14 pm
|
Member
Registered: Oct 2013
Posts: 1216
|
२०८०-०७-१६ (2023-11-02) ---------------------------- अदालतले आज आफैलाई सच्याएको छ र कैद मिनाहा हुँदा परिवारको स्वीकृति चाहिने बुँदा थपेको छ,
अदालतले रिगलको कैद माफीलाई बदर गरेर,
सरकार र राष्ट्रपतीलाई एक साथ् ताजन लगाएको छ,
सरकारबाट अब आइन्दा यस्तो नहोस् l
र SEBON ले अब IPO र Right share रोकेर,
मार्केट बढाउने रे, चिनीको भाउ जस्तै l
NEPSE:1,847.70..........................................Previous [1,858.56] (-10.86 / -0.58%)...................................Previous (-5.83 / -0.31%) SENSIND (357.76).........................................Previous (359.95] (-2.19 / -0.60%)........................................Previous (-0.83 / -0.23%) Turnover :964,477,711.41...................................Previous [812,089,291.31] Volume:3,749,954................................Previous [3,364,056] 
|
|
#16 Wed Nov 01, 2023 5:32 pm
|
Member
Registered: Oct 2013
Posts: 1216
|
२०८०-०७-१५ (2023-11-01) ---------------------------- दलका चियापान कार्यक्रमहरु खाश कसका लागि र किन गरिने हो ?
जनतालाई त्यस्ता कार्यक्रमको कुनै अर्थ छ र ?
साधारण जनताले बजारमा १ किलो चिनी नपाउने अनि
दलहरुले चाही कहाँबाट ल्याउ छन् हजारौलाई चिया खुवाउने चिनी ?
म जनताले १ किलो चिनी नपाउदा दलको नाममा चाही बोराका बोरा वितरण हुने पनि 'गणतन्त्र' हुन्छ ?
चिनी त उदाहरण मात्र हो,
यहाँ हरेक कुरामा जनता ठगिएका छन्, जनता अभाबमा छन् तर तिनीहरुलाई भने सधै मस्ती,
देशको यस्तो अबस्था छ, खोइ कसलाई चिन्ता छ,
सबै पालै-पिलो चिया खुवाउदै फुर्सदको समय कटाएझैँ गरि रहेछन l
कर्मचारी र नेताहरुलाई कुनै पनि मन्दीले नछुने रहेछ l
NEPSE:1,858.56..........................................Previous [1,864.40] (-5.83 / -0.31%)...................................Previous (-14.29 / -0.76%) SENSIND (359.95).........................................Previous (360.78] (-0.83 / -0.23%)........................................Previous (-2.34 / -0.64%) Turnover :812,089,291.31...................................Previous [571,483,276.48] Volume:3,364,056................................Previous [2,824,007] 
|
|
#17 Tue Oct 31, 2023 5:10 pm
|
Member
Registered: Oct 2013
Posts: 1216
|
२०८०-०७-१४ (2023-10-31) ---------------------------- लगानीकर्ताहरुको खराब बर्षको अन्त्य हुने कुनै छाँटकाँट देखिदैन l
यी सब कुराको प्रमुख कारक भनेको,
यी दलहरु र तिनीहरुका बीच भइ रहने,
अस्वस्थ राजनीतिक खिचातानी र एकले अर्काको अस्तित्वलाई पटक्कै स्वीकार गर्न नसक्ने,
तिनको इगोनै हो l
सरकारमा रहेकाहरुको सम्पूर्ण समय कसरी सत्ता जोगाउने भनेर
उपाय सोच्दानै बित्छ भने बिपक्षीले त सधै जाल बुन्ने भइगो l
अर्थशास्त्रीहरु पनि कस्ता भने,
जे बोल्दा आफ्नो दललाई लाभ हुन्छ त्यहि बोली दिन्छन l
५० करोडको लाइनको कारोबार बैशाख महिनामा २ दिन भएको थियो तर आजको भन्दा बढीनै थियो,
आजको भन्दा कम Turnover भएको त अघिल्लो बर्षको कार्तिक महिनामा मात्र हो l
NEPSE:1,864.40..........................................Previous [1,878.70] (-14.29 / -0.76%)...................................Previous (+3.04 / +0.16%) SENSIND (360.7  .........................................Previous (363.13] (-2.34 / -0.64%)........................................Previous (+1.18 / +0.32%) Turnover :571,483,276.48...................................Previous [694,222,217.37] Volume:2,258,187................................Previous [2,824,007] 
|
|
#18 Mon Oct 16, 2023 6:35 pm
|
Member
Registered: Oct 2013
Posts: 1216
|
२०८०-०६-२९ (2023-10-16) ---------------------------- सबै साथीभाईहरुमा बडा दशैँको धेरै धेरै सुभकामना !
कोशी प्रदेशमा शेखर कोइराला पक्षलाई चिट्ठा परे जस्तै,
लगानीकर्ताहरुको लगानीमा पनि चिट्ठा परेको र
यो दुखको समय सकिएको देख्न पाइयोस् l NEPSE:1,851.43..........................................Previous [1,874.60] (-23.16 / -1.23%)...................................Previous (-20.16 / -1.06%) SENSIND (355.74).........................................Previous (359.13] (-3.38 / -0.94%)........................................Previous (-2.95 / -0.81%) Turnover :1,253,291,070.96...................................Previous [1,700,129,815] Volume:4,837,893................................Previous [7,558,542] 
|
|
#19 Thu Oct 12, 2023 6:51 pm
|
Member
Registered: Oct 2013
Posts: 1216
|
२०८०-०६-२५ (2023-10-12) ---------------------------- अर्थतन्त्र सुधारका लागि उच्च स्तरीय संयन्त्र बनाउने रे अब,
सबभन्दा पहिला त्यो संयन्त्रमा बस्नेहरुको तलब-भत्ता र अन्य सेवा सुबिधाको बारेमा लम्बेतान छलफल गर्छन,
अन्तमा,
माओबादीको तर्फबाट दिपेन्द्र ब. क्षेत्रीजीलाई,
सो संयन्त्रलाई मार्ग दर्शन गर्नका लागि भनेर विशेष जिम्मेवारी दिन बेर छैन l
NEPSE:1,874.60..........................................Previous [1,894.76] (-20.16 / -1.06%)...................................Previous (+5.16 / +0.27%) SENSIND (359.13).........................................Previous (362.08] (-2.95 / -0.81%)........................................Previous (+0.77 / +0.21%) Turnover :1,700,129,815...................................Previous [1,088,547,980.13] Volume:7,558,542................................Previous [3,733,524] 
|
|
#20 Tue Oct 10, 2023 5:41 pm
|
Member
Registered: Oct 2013
Posts: 1216
|
२०८०-०६-२३ (2023-10-10) ---------------------------- २०८० जेष्ठ १८ पछि आज फेरी नेप्से १८०० को लाइनमा झर्यो,
गभर्नर ज्यूलाई जति गाली गर्यो उति बजार झर्छ रे,
जेष्ठ १८ गते लगानीकर्ताहरु जम्मा भएर बिरोधका कार्यक्रमहरु सार्बजनिक गरेका थिए l
त्यो बेला 'नियमित' र 'पटके' शब्दको खुब चर्चा चलेको थियो,
कारण बजेटमा राखिएका share मार्केट सम्बन्धी केहि बुँदाहरु थिए l
ठ्याक्कै एक बर्षअघि पनि नेप्से 1898.38 अंकमा थियो,
जुन दशैँपछिको पहिलो कारोबारको दिन थियो l
NEPSE:1,889.59..........................................Previous [1,908.66] (-19.06 / -0.99%)...................................Previous (-12.58 / 0.65%) SENSIND (361.31).........................................Previous (364.74] (-3.45 / - 0.94%)........................................Previous (-2.83 / -0.77%) Turnover :1,283,182,145.32...................................Previous [1,170,172,722.08] Volume:4,287,424................................Previous [4,327,179] 
|
|
#21 Mon Oct 09, 2023 6:24 pm
|
Member
Registered: Oct 2013
Posts: 1216
|
बिदा होइन रहेछ,
राष्ट्रिय शोक मनाउने भनेको रहेछ,
अहिले समाचार सच्च्याएछ l इजरायलमा मारिएका नेपालीको सम्मानमा मंगलबार राष्ट्रिय शोक*को घोषणाhttps://www.onlinekhabar.com/2023/10/1378486
|
|
#22 Mon Oct 09, 2023 6:04 pm
|
Member
Registered: Oct 2013
Posts: 1216
|
२०८०-०६-२२ (2023-10-09) ---------------------------- सरकारले सार्बजनिक बिदा दिनुलाईनै आफ्नो महान 'कार्य' सम्झेको छ,
इजरायलको द्वन्द ग्रस्त क्षेत्रबाट अरु देशले आफ्ना नागरिकहरुको उद्धार गरि सक्दा,
हामी भने कर्मचारीहरुलाई छुट्टि दिएर तास खेल्ने ब्यबस्था गरि दिनमै व्यस्त छौ l
देशका अर्थमन्त्री देशमा भेटिनै छाडेका छन्,
देशको अर्थतन्त्र केके न सुधारे जस्तो,
एक पछि अर्को विदेश भ्रमण गर्नमै भ्याई-नभ्याई देखिन्छ l
बरु ढुङ्गो हल्लेला,
देशका गभर्नर दलगत स्वार्थ र व्यक्तिगत तुष पालेर गजधम्म बसेका बस्यै छन् l
नेपालीहरुको यो दशैँ पनि उल्लास बिना सकिने निश्चित छ l NEPSE:1,908.66..........................................Previous [1,921.24] (-12.58 / 0.65%)...................................Previous (-35.67 / -1.82%) SENSIND (364.74).........................................Previous (367.57] (-2.83 / -0.77%)........................................Previous (-5.79 / -1.55%) Turnover :1,170,172,722.08...................................Previous [1,801,766,294.08] Volume:4,327,179................................Previous [:5,815,189] 
|
|
#23 Thu Oct 05, 2023 6:32 pm
|
Member
Registered: Oct 2013
Posts: 1216
|
२०८०-०६-१८ (2023-10-05) ---------------------------- एमालेले एक महिना संसद अबरुद्द गरेर गठन भएको सुन तस्करी बारे बनेको छानबिन समिति :
जाँचबुझ आयोगका अध्यक्ष तथा सदस्यको सेवा सुबिधा र अन्य ब्यबस्था
(१) आयोगका अध्यक्षलाई नेपाल सरकारको राज्यमन्त्री सरहको र आयोगका सदस्यहरुलाई राजपत्रांकित विशिष्ट श्रेणी सरहको पारिश्रमिक एबम सो पारिश्रमिकको पचास प्रतिशत भत्ता र सवारी चालक, इन्धन र सवारी साधन वापत मासिक सत्तरी हजार उपलब्ध गराउने,
(२) आयोगको सचिवालयमा काम गर्ने कर्मचारीलाई बहाल रहेको पदको सुरु स्केलको पच्चीस प्रतिशत भत्ता उपलब्ध गराउने,
(३) आयोगलाई आबश्यक पर्ने मसलन्द, फर्निचर लगायत सामान गृह मन्त्रालयले ब्यबस्था गर्ने
(४) आयोग र आयोगको सचिवालयलाई आबश्यक पर्ने बजेट अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई उपलब्ध गराउने l
बेकामे आयोग र जनताको कर माथीको ब्रम्हलुट !NEPSE:1,956.92..........................................Previous [1,967.97] (-11.04 / -0.56%)...................................Previous (+9.24 / +0.47%) SENSIND (373.37).........................................Previous (374.90] (-1.53 / -0.40%)........................................Previous (+0.51 / +0.13%) Turnover :1,106,519,418.20...................................Previous [1,189,931,385.37] Volume :3,562,624................................Previous [4,323,021] 
|
|
#24 Mon Oct 02, 2023 6:46 pm
|
Member
Registered: Oct 2013
Posts: 7196
|
एकाबिहानै प्रधानमन्त्री-गभर्नर भेट, 'सेयर कर्जासम्बन्धी नीति असोजभित्रै संशोधन हुन्छ'
One day, good news, another day bad news, one day up another day crash. These dalal medias are raping nepases from both side.
I thought CIB was given responsibility to watch over manipulation of share market. May be only increasing market is crime, crashing is not.
|
|
#25 Mon Oct 02, 2023 5:48 pm
|
Member
Registered: Oct 2013
Posts: 1216
|
२०८०-०६-१५ (2023-10-02) ---------------------------- १२ करोडको क्याप हटाऊ भनेर मैले गभर्नरलाई भनेकै हुँ, मानेनन् त म के गरुँ ?: अर्थमन्त्री
मेरो उत्तर : न केहि आफुले गर्न सक्ने, न अरुबाट गराउन सक्ने,
यस्तो अबस्थामा यहाँहरुका लागि मैले केहि गर्न सकिन भनेर,'राजिनामा' गर्नुस l
NEPSE:1,976.29..........................................Previous [1,971.10] (+5.19 / +0.26%)...................................Previous (-33.20 / -1.65%) SENSIND (378.06).........................................Previous (377.39] (+0.66 / +0.17%)........................................Previous (-5.55 / -1.44%) Turnover :1,737,314,092.32...................................Previous [1,830,486,743.11] Volume :5,776,896................................Previous [6,723,400] 
|