Forum


ShareSansar Main Page

New Topic

HISTORY !!!

Moderators: बिमलमान, Dilbert.

Post Reply

Page: « < ... 5 6 7 8 9 10 11 12 13 ... > »

Author Post
Member
Registered: Oct 2013
Posts: 1255
२०७९-१०-२२(2023-02-05)
----------------------------




सायद नेपालको इतिहासमा एक साथ,

सबै ठुला मेडिया र गन्यमान्य भनिएका मान्छेहरुसंग,

एकसाथ् पौठेजोरी खेल्ने आँट, आज रबिजीले जसरी,

यसअघि सायद कसैले गर्ने आँट गरेका थिएनन्,



बिरलोलाई ढोका थुनेर कुट्न थालेपछि उसले आफ्नो सुरक्षाका लागि जे गर्छ,

आज उनले त्यहि गरेका हुन्,


भोलीको कान्तिपुर र अन्नपूर्ण पोष्टको headline हेर्न लायक हुनेछन्,


उकेरा खुशी हुँदा सेतोपाटि र onlinekhabar चाही मौका कुरेर बस्ने छन्,


सबैकुरा ठिकै छ. यी पत्रकार यस्तै हुन् रबिजीले भने जस्तै,



गगन थापाको बाख्राको प्रसंग पनि रमाइलो लाग्यो,

खतिवडाजीको घडी काण्ड पनि धेरैले भुली सकेका थिए होलान,

डा.रामेश कोइराला र कनकमणि अनि रबिन्द्र मिश्र पनि तिल्मिलाएका होलान,



अब आफै लागेर passport को case पनि छिटो टुंग्याउदा राम्रो होला,

नत्र सबै मिलेर यहि बिषयमा अझ खेद्ने सम्भवना रहन्छ,


४ / १२ बारे सकारात्मक खबर आइ रहदा पनि आज राम्रो अंकले बजार बढ्न नसक्नुमा चाही,

रास्वपालाईनै धेर थोर जिम्मेवार बनाउन मिल्छ जस्तो लाग्छ,




तर दुइटा कुरा,

(१) अहिले सरकार छाड्दा गृह नपाएर छाडेको भन्ने प्रचार हुने भो,

जबकी शिक्षा, श्रम र स्वास्थ्य मन्त्रालयबाट पनि उसले निकै गर्न सक्थ्यो र

अर्को मन्त्रालयमा अर्कै साथी पठाएको भए पनि हुन्थ्यो,


(२) मोदीलाई english र हिन्दीमा उसकै agent(रबिजीका अनुसार कान्तिपुर इंडियाको agent हो)को कम्प्लेन पनि किन गरि रहनु पर्थ्यो र ?

तिनलाई यो कुरा लुकेको पनि त थिएन होलानी,






राष्ट्रपती चुनाबसम्म निकै रमाइलो होला जस्तो छ,

अरुलाई सबै घटनाले छुदैन तर हामी अभागी लगानीकर्ताहरु भने,

देशमा जे जस्तो घटना घटे पनि सबभन्दा पहिले प्रताडित हुनु पर्छ,


तर अहिले तत्काललाई भने यो घटनाबाट आत्तिहाल्नु पर्ने अबस्था देखिन्न,

चैत्र लाग्न दिउ,








NEPSE:2,096.08..........................................Previous [2,094.54]


(+1.54 / +0.07%)...................................Previous (-22.12 / -1.04%)




SENSIND (400.26).........................................Previous (398.37]


(+1.89 / +0.47%)........................................Previous (-2.80 / -0.70%)




Turnover :1,931,719,103.93....................................Previous [2,096,419,161.88]


Volume :5,206,370................................Previous [5,898,903]



:) :)
Member
Registered: Oct 2013
Posts: 1255
२०७९-१०-१९(2023-02-02)
----------------------------


पौष १९ गते पनि NEPSE २००० को लाइनमा थियो,

त्यसको ठयाक्कै १ महिनापछि, आज पनि NEPSE त्यहि लाइनमा आइपुगेको छ,



घटेको NEPSE का केहि अंक, SEBON का हमालजीको नाममा जान्छ भने

केहि अंक रास्वपाका रबिजीको नाममा जानु पर्ने देखिन्छ,



हमालजी बारेको समाचार र रबिजीको नागरिकता काण्ड यसबिचमा नआई दिएको भए,

सायद NEPSE लाई यति हतारमा, २००० को लाइनमा उतार्न सम्भब हुने थिएन,


ज-जसले जे जति स्टन्ट देखाउने हो, भोली शुक्रबारसम्ममा देखाई दिए हुन्थ्यो,










NEPSE:2,094.54..........................................Previous [2,116.65]


(-22.12 / -1.04%)...................................Previous (+4.97 / +0.24%)





SENSIND (398.37).........................................Previous (401.17]


(-2.80 / -0.70%)........................................Previous (+0.54 / +0.14%)




Turnover :2,096,419,161.88....................................Previous [1,767,051,916]


Volume :5,898,903................................Previous [5,024,381]


:) :)
Member
Registered: Oct 2013
Posts: 1255
२०७९-१०-१८ (2023-02-01)
----------------------------





संसद अधिबेसन सुरु भएको दिन २०७९-०९-२५ गते,

NEPSE 2211.38 अंकमा पुगेर अडिएको थियो,

त्यो अंकको आधारमा आजका दिनसम्म NEPSE 94.93 अंकले घटेको छ,



बजारले फेरी २२०० अंक नाघेर अघि बढ्न,

Monetary Policy को अर्धबार्षिक समिक्षानै कुरे जस्तो देखियो,




हामीले पो घोषणा भएपछि मात्र नीतिमा के के परिबर्तन भयो भनि थाहा पाउछौ,

सूचनामा पहुँच हुनेहरुले त यो यो ठाउमा परिबर्तन हुँदैछ भनेर पहिल्यै थाहा पाई हाल्दा रहेछन,



त्यसैले Monetary Policy सार्बजनिक हुनु,

४-५ दिन अगाडीबाटनै सायद बजारले चटक देखाउन थाली हाल्ला,





यसपाली संसदमा सांसदहरुको गतिबिधि हेर्दा,

राजाबादी र गणतन्त्रबादी बीच शब्दको घोचपेच मात्र नभई,

मल्ल युद्धनै पो हुने होकी जस्तो पनि लाग्न थालेको छ l













NEPSE:2,116.65..........................................Previous [2,111.68]


(+4.97 / +0.24%)...................................Previous (-15.70 / -0.74%)




SENSIND (401.17).........................................Previous (400.62]


(+0.54 / +0.14%)........................................Previous (-2.63 / - 0.58%)




Turnover :1,767,051,916....................................Previous [2,824,540,406.61]


Volume :5,024,381................................Previous [7,553,235]


:) :)
Member
Registered: Oct 2013
Posts: 7380
Media is the biggest criminal in Nepal. Their main source of income is blackmailing and dalali (including of west and india). Best thing about media in Nepal is they are milking khaires and indians.


The most popular media may be followed by 10000 people (into including youtube or tik tok). No one is suppose to pay more than a 100 for ad. And still they dont go bankrupt soon.
Member
Registered: Oct 2013
Posts: 1255
२०७९-१०-१७ (2023-01-31)
----------------------------




SEBON का हमालजी बारेको समाचारको चर्चा गर्न चाहे,





बजार चली रहेको बेलामा कम्पनीहरुले लाभांश घोषणा गरेमा कारबाही गरिन्छ,

किनकी त्यो समाचारले बजारलाई असर गर्छ,



त्यस्तै बजारलाई असर गर्छ भनि जान्दा जान्दै,

बजार चली रहेको समयमा लगानीकर्ताहरुको मनमा चिसो पार्ने समाचार,

प्रकाशित गर्ने पोर्टल र पत्रकारलाई चाही किन स्पष्टिकरण नसोध्ने,




मेरो गुनासो भनेको त्यो समाचार छापियो भन्नेमा होइन,

त्यस्तो समाचार बजार चली रहेको बेलामा,

बजारको गतिनै मोड्ने गरि किन छापियो या प्रकासित गरियो भन्नेमा हो,





हेर्नुस न हमालजी बारेको ३ वटा समाचार,

एकै दिन साढे ५ घण्टाभित्रको अवधिमा एकदम हतार-हतार गरिएर छापिएका छन,


पहिलो समाचार माघ १६ गते ०९ : ०८ मा ,

दोश्रो समाचार माघ १६ गते १२ : ५६ मा र

तेश्रो समाचार माघ १६ गते १४ : २५ मा प्रकाशित भएको छ,




समाचार सत्य होला, मैले असत्य मानिन ल तर

त्यस्तो समाचार दिउसो ३ बजेपछि प्रकाशित गर्दा पत्रकार र पोर्टलको के बिग्रन्थ्यो ?




हिजो NEPSE ४१ अंकले झर्नुमा यो समाचारले कति काम गर्यो र

त्यसको फाइदा कसले उठायो र घाटा चाही कसलाई भयो भनेर कसले अनुसन्धान गरिदिने अब ?











NEPSE:2,111.68..........................................Previous [2,127.37]


(-15.70 / -0.74%)...................................Previous (-41.16 / -1.90%)




SENSIND (400.62).........................................Previous (402.98]


(-2.63 / - 0.58%)........................................Previous (-7.33 / -1.79%)




Turnover :2,824,540,406.61....................................Previous [3,302,201,825.93]


Volume :7,553,235................................Previous [8,836,488]



:) :)
Member
Registered: Oct 2013
Posts: 1255
२०७९-१०-१६ (2023-01-30)
----------------------------





बालेन सुकुम्बासी समस्या समाधानका लागि प्रधानमन्त्री एबम गृहमन्त्रिको सहयोग माग्न गएछन्,


प्रधानमन्त्रीले अलि समय पख्नुस न भन्नु भयो होला मेरो अन्दाजमा,




त्यस्तै आजै स्थानीय निकायभित्र पर्ने सहकारीको बेथिति देखेर गभर्नरसंग पनि भेटेछन,

गभर्नरले पनि हुन्छ गरौला नी भनेको हुनुपर्छ,




सडकमा यातायातका साधन निर्बाध चल्न पाउनु पर्छ भनेर सडकको parking हटायो,

सबै हाम्रो व्यापार सुक्यो भनि उनैलाई झम्टन आउछन,




त्यहि parking को समस्यालाई सम्बोधन गर्न खुलामंच मुनि ३ तल्ले parking को योजना ल्यायो,



त्यसको बिरोधका लागि अर्को समूह सधै तम्तयार छदैछ,






सार्बजनिक जग्गा मिचेर लगाएको wall भत्कायो, निजि जग्गामा आक्रमण र डोजर आतंक भनेर,

सुमन सायमीहरु माइतीघरमा बिरोध जनाउन आइपुग्छन,




फोहोर ब्यबस्थापनमा दलकै कार्यकर्ता गुलेली लिएर आतंक मच्चाउछन्,




अनि सबै कुरा पहिले चले जस्तैनै भए हुने र त्यसैमा चित्त बुझ्नेले,

केशब स्थापित या सृजना सिंहलाई नजिताएर,

बालेनलाई किन जिताएका रहेछन कुन्नि ?





अब उनको बिरुद्धको आन्दोलन झन् बढाएर,

यी आन्दोलनकारीले 'गुठि' आन्दोलन type को आन्दोलन गर्न चाहि रहेको देखिन्छ,




काठमाडौँका जनता जसले उनलाई आफ्नो अमुल्य मत दिएर जिताए,

जसले केहि परिबर्तनको सम्भावना उनमा देखे,

अब तीनले पनि बालेनको राम्रो कामको समर्थनमा उत्रिएर,

उनलाई नैतिक बल दिनु अति आबस्यक भइसक्यो, यिनलाई काम गर्न दिएनन् भने,


फेरी अर्को आएर यो शहरको गन्जागोल र अस्तव्यस्ततालाई ठिक ठाउमा ल्याउला भनि नसोच्दा पनि हुन्छ,



यिनलाई पुरा समय काम गर्न दिनै पर्छ, त्यसका लागि उनलाई हामी सबैको सहयोगको अति आबस्यकता भएको भएको देखिदैछ l
















NEPSE:2,127.37..........................................Previous [2,168.53]


(-41.16 / -1.90%)...................................Previous (-14.68 / -0.67%)




SENSIND (402.98).........................................Previous (410.31]


(-7.33 / -1.79%)........................................Previous (-2.83 / -0.69%)




Turnover :3,302,201,825.93....................................Previous [3,017,063,956.47]


Volume :8,836,488................................Previous [8,276,751]



:) :)
« Last edit by nissan on Mon Jan 30, 2023 5:17 pm. »
Member
Registered: Oct 2013
Posts: 1255
मसलाहरु फेरीइ रहन्छन,

त्यसको स्वाद लिन पनि जान्नु पर्ने रहेछ,

नत्र मसला खेर गए जस्तै हुने के l


:) :)
Member
Registered: Mar 2018
Posts: 2282
अर्थ मन्त्रालयको कार्ययोजनामा पर्यो धितोपत्र बजार, थप पारदर्शी एवं प्रतिस्पर्धी बनाइने

भोलिको लागि मसला
Member
Registered: Oct 2013
Posts: 7380
Not really, this is good for Independent party, Rabi and Nepal.

Now people will sue those who have taken nepali citizenship illegally, there will start voice for this issue. Most of those who went after citizenship of rabi are also those who demand citizenship for foreigners. Now, more people will be vocal against it.


This will harm Nepali congress politics and help Independent party.


This case proves that Rabi did not misuse his position, this should help his politics. Many will see him as victim. In Nepal foreigner gets citizenship illegally, forcefully. Rabi is Nepal but he lost it, for now.






This is bad for congress, india and good for nepal, independent party.
Member
Registered: Mar 2018
Posts: 2282
भोलिको बजारले मसला पायो
Member
Registered: Oct 2013
Posts: 7380
Citizenship is a big issue for me personally, but in case of Rabi, I looked other way, kept quiet.



And most of those who raised Rabi's citizenship are those who kept on demanding citizenship for foreigners especially for those who are from bordering states of south.



Now question is, will those dalals be barking demanding citizenship for foreigners or keep quiet for life.


Hope people save the views those people who went after Rabi.


Let's hope, after the verdict of the court, court revokes citizenship of all foreigners and their children.
Member
Registered: Oct 2013
Posts: 1255
रवि लामिछानेको सांसद पद खारेज l


साथै अदालतले अब प्रकृया पुर्याएर फेरी नागरिकता लिनु पनि भनेको छ,


अब फेरी उनको क्षेत्रमा उप निर्बाचन हुने भयो l

उनले ७ दिनभित्र नागरिकता लिन सक्छन कि सक्दैनन र

नागरिकता लिई सकेपछि त उपनिर्बाचनमा फेरी उम्मेदवार हुन् पनि पाउलान नी ?


त्यसो हो भने त फेरी जितेर आउने सम्भावना जिवितै छ,


अब उनलाई अरु रिट हालेर रोके भने त बेग्लै कुरो भो l


« Last edit by nissan on Fri Jan 27, 2023 6:05 pm. »
Member
Registered: Oct 2013
Posts: 7380
I read, Rabi used govt lawyer. That's the most stupid thing to do since govt lawyer works for congress communist, wont be loyal to him


I also ready, govt lawyer used some stupid reason (I dont remember what)



If I were his lawyer, I would claim just a couple of paragraph to defend him:


'"""""Rabi is a Nepali by race. Rabi was born in Nepal. Rabi's first citizenship is Nepali. Remember Rabi never denounced Nepali citizenship. And Rabi has denounced US citizenship legally.

As per un or even nepali law (I think), no person can be nationless. And now the case has come to the court where court would be deciding weather a person can be nationless or not.""""





And if I were a judge, since this case is complicated and of very important matter and not just about one person but regarding the case of citizenship/nationlessness- I would send the case to group of judges who will be deciding regarding- 'which country a person would belong- who is born in nepal, nepali by race, took nepali citizen first, took citizenship of another country, denounced other county's citizenship, never denounced nepali citizenship???'.

And ask govt to clear writet in law.



What happens if a nepali by race but born outside and have citizenship of both countries but later denounced citizenship of other country? Which country would be belong to.




Dalal nepali was saying- 'a guy born in Nepal, but of indian origin. but now citizen of US committed a crime in US and that dalal was saying, he is of nepali origin".


Tell me something dalal- current PM of UK is of indian origin. And indians call him Indian origin. But I think (i am not sure) he was born in UK or Africa, but his family migrated from Africa not India. Would current UK pm be india or african origin. Even in Nepal, he is called indian origin.






So as per dalal in Nepal: If you are hifi, you are an indian, and if you are a criminal, you are of a nepali origin. sati ko sarap.


GOD makes your origin. Not your law or you. So shut the 4k off.






And BTW, till now, Rabi's citizenship is the biggest problem for me. Citizenship is of great importance for me. But I am looking the other way, staying silent. Cause we know our options in politics.
Member
Registered: Oct 2013
Posts: 7380
A person cant be nationless.

Now question is- Is Rabi citizen of Nepal first or citizen of US first? He has to be a citizen of one of those two- Nepal or USofA.

If court go against Rabi, will he be accepted by US??? Remember, he as already denounced citizenship of US legally.


My views.
Member
Registered: Oct 2013
Posts: 1255
यदि रबी लामिछानेको सांसद पद गयो भने,


अबको गृहमन्त्रि को र कुन पार्टीबाट होलान ?

कि अहिले भएकै 'उप' प्रधानमन्त्री मध्ये कसै(प्रकाशजीलाई)लाई त्यो मन्त्रालयमा लगिएला ?



अनि स्वतन्त्र पार्टीले कसलाई पार्टी सभापती बनाउला ?




के रबीले उपनिर्बाचन भएमा, आफ्नो क्षेत्रबाट 'निकिता पौडेल'लाई उठाउलान ?


मेरो मनमा आज यस्तै-यस्तै प्रश्नहरु एकपछि अर्को गरि आको आई छन्,




दोहोरो passport को बिषय त अझ गम्भीर छदै छ l
Member
Registered: Oct 2013
Posts: 1255
२०७९-१०-१२ (2023-01-26)
----------------------------


NEPSE को अंक स्थिर भए पनि, Turnover केहि घटेको छ,

बजारले मौद्रिक नीतिकै प्रतिक्षा गरे जस्तो छ,


Tunning मिल्ने अर्थमन्त्रि र गभर्नर भएको बेला पनि,

केन्द्रिय बैंकबाट सकारात्मक नीति आएन भने त फेरी कहिले आउला र ?




तर फेरी,

जनार्दन शर्माजी हुँदा हरेक चिजमा च्याप्ने र

अहिले बिष्णुजी आएपछि चाही हरेक कुरामा नरम बनेको,

भन्ने आरोप लाग्ला भनेर पनि,

केहि कुरामा अलि नरमपन देखाउने र केहिमा चाही अंकुश लगाई रहने नीति पनि अपनाई रहन सक्छन अधिकारीजीले,






पौडेलजीलाई साथ् दिने गरि अहिले राम्रै चटक देखाउन सके भने,

भोलीको दिनमा यताबाट अवकाश पाएपछि 'बा'बाट, राजदुत बनेस भनि आशिर्बाद पाउने सम्भावना पनि रहन्छ,

अब २ हप्ता कुरौ र पुराना गलत नीतिहरु correction हुन्छन भनि आशा गरौ l








NEPSE:2,183.21..........................................Previous [2,183.62]


(-0.41 / -0.02%)...................................Previous (+10.37 / +0.48%)




SENSIND (413.14).........................................Previous (414.24]


(-1.10 / -0.27%)........................................Previous (-1.30 / -0.31%)




Turnover :2,860,082,839.03....................................Previous [3,466,508,338.64]


Volume :7,764,153................................Previous [9,532,867]



:) :)
Member
Registered: Oct 2013
Posts: 1255
२०७९-१०-१० (2023-01-24)
----------------------------


कारोबार समयभर रातो भएको NEPSE अन्तिममा,

देखाउनका लागि मात्र हरियो हुन् पुग्यो आज,



निजि बैंक निकै ठुला भएकाले सरकारी बैंकलाई पनि merge मा जान सल्लाह आएछ गभर्नरबाट,


बजारका लागि माघ महिनाको मसला 'मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा' र

फागुन महिनालाई त 'राष्ट्रपती निर्बाचन'हुने भइगो,


तर


यदि कांग्रेसी या माधब नेपालनै 'राष्ट्रपती' बनाईए भने पनि,


एमालेलाई सत्ताबाट बाहिरिन त्यतिको सहज हुने छैन,


यताबाट out हुनासाथ, प्रदेशमा पनि त्यसको result देखिने हुनाले,

उसले २ बर्ष कुर्नमै कल्याण ठान्नेछ मेरो विचारमा,

एमालेबाटनै राष्ट्रपती भयो भने त कुरै सकी गो,




बिष्णु पौडेलको नामबाट बजार बढाउन र घटाउन सहज हुने हुनाले,

राष्ट्रपती चुनावलाई देखाएर हाम्रा आर्थिक पोर्टलहरु र केहि बिज्ञ भनाउदाहरुले त्यसको प्रयाश चाही प्रसस्त गर्ने छन्,

त्यसमा त लगानीकर्ता आफै सचेत हुनु पर्छ है l











NEPSE:2,173.25..........................................Previous [2,165.10]


(+8.15 / +0.38%)...................................Previous (-13.71 / -0.63%)




SENSIND (415.54).........................................Previous (413.01]


(+2.53 / +0.61%)........................................Previous (-2.05 / -0.49%)




Turnover :3,003,230,039.44....................................Previous [3,864,008,973.69]


Volume :8,300,187................................Previous [10,759,579]



:) :)
Member
Registered: Oct 2013
Posts: 1255
२०७९-१०-०९ (2023-01-23)
----------------------------




मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाको लागि राय/सुझाब सम्बन्धमा




नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम यस बैंकले प्रत्येक बर्ष मौद्रिक नीति सार्बजनिक गर्दै आएको साथै, यसको त्रैमासिक समिक्षा समेत गर्दै आएकोमा

आर्थिक बर्ष २०७९ / ८० को मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाका लागि आफ्ना राय / सुझाबहरु २०७९ माघ २० सम्ममा यस बैंकको आर्थिक

अनुसन्धान विभागको इमेल monetarypolicy@nrb.org.np वा निम्न ठेगानामा उपलब्ध गराईदिनुहुन् अनुरोध छ l






राष्ट्र बैंकको यो सूचना अनुसार यो महिनाको अन्त्यतिर आउला जस्तो छ,

मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा,


लौ केहि सुझाब भए mail गर्दिउ है l







NEPSE:2,165.10..........................................Previous [2,178.81]


(-13.71 / -0.63%)...................................Previous (+5.71 / +0.26%)




SENSIND (413.01).........................................Previous (415.05]


(-2.05 / -0.49%)........................................Previous (+1.15 / +0.28%)




Turnover :3,864,008,973.69....................................Previous [3,044,529,329.67]


Volume :10,759,579................................Previous [8,247,646]



:) :)
Member
Registered: Oct 2013
Posts: 1255
२०७९-१०-०५ (2023-01-19)
----------------------------


SEBON ले 51 Company को list निकालेपछि,

IPO परेका केहि Scrip हरु हतार-हतार यसरी बेचिएको रहेछ,

पुराना document हेर्दै जाँदा note गरेको भेटियो,


kkhc 16@308

akjcl 20 @ 295

rhpc 90 @ 495

lec 40@392

hurja 20 @ 375

ppcl 30 @ 385

nrn 10 @ 700





त्यस्तै 075-11-22 गते तिर कुन share किन्ने होला भनेर
त्यो बेलाको price सहितको एउटा list तयार पारिएको रहेछ,





त्यो पनि आजै भेटियो त्यो list यस प्रकार थियो :




1) GRDBL - @102

2) SADBL - @ 136

3) Nabil - @ 680

4) NTC - @ 670

5) CFCL - @ 112


6) RHPC - @83

7) AKJCL @ 58

8) Barun Hydro @ 92

9) Joshi Hydro @ 64

10) KKHC @ 53


11) NHPC @ 53

12) Upper @ 257

13) UPCL - @ 74

14) SHPC @ 212






पुराना चिजहरु यसो अध्ययन गर्दा, रमाईलै हुने रहेछ,

अनि यता पनि राखी दिए l




NEPSE:2,178.81..........................................Previous [2,173.10]


(+5.71 / +0.26%)...................................Previous (-9.01 / -0.41%)




SENSIND (415.05).........................................Previous (413.90]


(+1.15 / +0.28%)........................................Previous (-1.93 / -0.46%)





Turnover :3,044,529,329.67....................................Previous [4,928,714,602.65]


Volume :8,247,646................................Previous [13,304,140]



:) :)
Member
Registered: Oct 2013
Posts: 1255
२०७९-१०-०४ (2023-01-18)
----------------------------



आज ३० वटा कम्पनीको एक लाखभन्दा बढी कित्ता share कारोबार भएको छ,


जसमा NTC, NRIC, SHIVM,

JBBL, LBBL, KSBBL,

NIFRA,HIDCL बाहेक,



बाँकि सबै २२ वटा, HYDRO परेका छन्,




त्यस्तै ५ करोडभन्दा बढी Turnover हुने २७ कम्पनी मध्ये,

१४ वटा Hydro परेका छन्,



RIDI, API र NHPC,

Volume र Turnover दुवैमा Top 3 मा परेका छन्,





Hydro बाहेक आज 5 करोड माथीको Turnover गर्ने कम्पनीहरुमा,

NTC, NRIC, LBBL, SHIVM, NICA, HDL, NABIL, KSBBL,

NLIC, HIDCLP, HIDCL, STC र ALICL पर्छन l









NEPSE:2,173.10..........................................Previous [2,182.11]


(-9.01 / -0.41%)...................................Previous (+32.72 / +1.52%)




SENSIND (413.90).........................................Previous (415.83]


(-1.93 / -0.46%)........................................Previous (+4.58 / +1.11%)




Turnover :4,928,714,602.65....................................Previous [3,724,794,587.76]


Volume :13,304,140................................Previous [11,883,287]



:) :)
Member
Registered: Oct 2013
Posts: 1255
२०७९-१०-०३ (2023-01-17)
----------------------------



अस्ति माघ १ गते त्यत्रो दुखद घटना घट्यो,

अघिल्लो दुर्घटनाको खबर पढ्ने र सुन्ने, यो दुर्घटनामा आफै परे,

हाम्रो पालो या हामी अर्को पटकको समाचार बन्न सक्छौ,

सरकारले एक दिनको सार्बजनिक छुट्टि घोषणा गरिदियो, उसको काम सक्किगो,





लाग्छ यो दुर्घटना अस्ति होइन १ बर्ष अघि घटेको हो,

नत्र हेर्नुस त,

त्यहि teaching hospital मा अहिले आफन्तको लाश लिनेहरुको रुवाबासी चल्दो छ,



छेउकै शीतल निवासमा नयाँ मन्त्रिहरुको सपथ ग्रहण, मन्त्रि भएको खुशीमा फक्रिएको अनुहार र ती मन्त्रिहरुले,

मन्दिर दर्शन गरेदेखि....................बाउ-आमालाई म मन्त्रि बनेनी भनेको र म राज्यमन्त्री खाने मान्छे हुँ र भन्ने सम्मका समाचार,

online भरि एक पछि अर्को गरेर आको आइछन्,




अब ४५ दिनपछि pilot को गल्ति र मानबिय त्रुटीबाट दुर्घटना भएको भनेर,

यस अगाडीझैँ रिपोर्ट आउनेनै छ,

airlines चली रहन्छन, कमिसन बढी रहन्छन,

थोत्रा पार्टपुर्जा र कमसल सामानका कारण बिमान दुर्घटना भयो कि भन्ने पक्षमा कसैले आवाज उठाउने छैन,



लाग्छ हामी लाइनमा छौ, अहिले जानेको हामीले शोक मनायौ,

हाम्रो, पछि जानेले मनाउलान,


अनि प्रत्यक दुर्घटना पछि बिज्ञहरु दुलाबाट फुत्त निस्कन्छन र भन्न थाल्छन,

'हेर बिमान कहिल्यै पुरानो हुदैन',

यसको अर्थ दुर्घटनाको दोष न बिमानलाई दिन मिल्छ नत त्यो बिमान चलाउने airlines लाईनै,

दोष थोपर्न बाँकि कि त 'मौसम' कि त 'pilot',


दुर्घटनामा ज्यान गुमाउनु हुने सबैमा हार्दिक श्रद्धाञ्जली तथा तिनका परिवार तथा आफन्तजनहरुमा समबेदना !


पशुपतीनाथले हामी सबैको कल्याण गरुन 🙏🙏 l









NEPSE:2,182.11..........................................Previous [2,149.39]


(+32.72 / +1.52%)...................................Previous (-41.04 / -1.87%)




SENSIND (415.83).........................................Previous (411.25]


(+4.58 / +1.11%)........................................Previous (-7.89 / -1.88%)




Turnover :3,724,794,587.76....................................Previous [5,477,624,724.37]


Volume :11,883,287................................Previous [14,482,959]



:) :)
Member
Registered: Oct 2013
Posts: 1255
२०७९-०९-२८ (2023-01-12)
----------------------------



बजारमा केहि correction आउनुथ्यो आयो,


आजका Top 10 Turnover :

SHIVM, RIDI, NGPL, API, UPPER, NICA, HDL, HDHPC, HDCL, NLIC (Rs. 1,381,420,626.9)




आजका Top 10 Volume :

HIDCLP, NGPL, API, HDHPC, HIDCL, SHIVM, RIDI, UPCL, NIFRA, NHPC (3,887,181 कित्ता)




HIDCL को मात्र 973,975(Public + Promoter गरेर)कित्ता कारोबार भएको देखिन्छ,









NEPSE:2,149.39..........................................Previous [2,190.42]


(-41.04 / -1.87%)...................................Previous (-21.34 / -0.96%)




SENSIND (411.25).........................................Previous (419.14]


(-7.89 / -1.88%)........................................Previous (-0.77 / - 0.18%)




Turnover :5,477,624,724.37....................................Previous [7,658,823,579.86]


Volume :14,482,959................................Previous [20,843,952]



:) :)
Member
Registered: Oct 2013
Posts: 1255
२०७९-०९-२६ (2023-01-10)
----------------------------




बजारमा निकै उतार-चढाब देखियो आज,

कहिले टुप्पोमा पुग्छ अनि क्षेणभरमै पुछारमा देखिन्छ,


मार्केटमा ६ अर्बको लाइनको Turnover नै देख्न पाईएन यसचोटी,

सिधै ७ अरबमा फड्को मारेको अबस्था छ,





२०७८, माघ २० गते 8,612,174,162 को Turnover भएको थियो,

त्यसपछिको सबभन्दा धेरै Turnover,आजको हो,


त्यसबेला NEPSE 2,876.74 मा थियो,



भाद्र २, २०७८ मा 3,198.60 मा पुगेको NEPSE,

73 कारोबार दिन(मंसीर २७,२०७८)मा 2.281.67 अंकमा आइपुगेको थियो,

यो छोटो अवधिमा NEPSE 916.93 अंकले घटेको थियो,




त्यसपछि फेरी २३ कारोबार दिनमा NEPSE 2,281.67 बाट बढेर 2,947.43 अंक पुगेको थियो,




अनि फेरी 2,947.43 बाट पुरानो Low 2,281.67 ब्रेक हुन् ६८ कारोबार दिन लागेको थियो,


2,281.67 बाट NEPSE 1,815.13 पुग्न थप १०९ कारोबार दिन लागेको थियो,



यसरी हेर्दा २९ सय बाट १८ सय आइपुग्न १७७ कारोबार दिन खर्च भएको देखिन्छ,



अहिलेको ताजा कुरा गर्ने हो भने,

1,815.13 बाट हिजो 2,211.38 पुग्न,

ठ्याक्कै ६० दिन लागेको छ,





यसपाली पनि 1,815.13 बाट फर्किएको NEPSE लाई 2,281.67 को पुरानो Low तोडेर

माथी लाग्न कति कारोबार दिन लाग्ने रहेछ, हेरौ l















NEPSE:2,190.42..........................................Previous [2,211.38]


(-21.34 / -0.96%)...................................Previous (+46.76 / +2.16%)




SENSIND (419.14).........................................Previous (419.84]


(-0.77 / - 0.18%)........................................Previous (+8.61 / +2.09%)




Turnover :7,658,823,579.86....................................Previous [5,314,307,853.43]


Volume :20,843,952................................Previous [14,676,206]



:) :)
Member
Registered: Oct 2013
Posts: 1255
२०७९-०९-२५ (2023-01-09)
----------------------------



जेष्ठ १३, २०७९ पछि आज NEPSE, २२०० को अंक कटाउन सफल भएको छ,


यो पुष महिनामा NEPSE 356.32 अंकले बढेको छ भने,

यो महिनाभर आजको दिनसम्म NEPSE जम्मा 48.28 अंकको मात्र घटेको देखिन्छ,


बजारमा 5 अर्ब माथीको Turnover ले हयाट्रिक मारेको छ,


भोली त झन् बिस्वासको मत पाउने दिन पर्यो फेरी









NEPSE:2,211.38..........................................Previous [2,164.61]


(+46.76 / +2.16%)...................................Previous (+20.68 / +0.96%)




SENSIND (419.84).........................................Previous (411.23]


(+8.61 / +2.09%)........................................Previous (0.00 / 0.00)




Turnover :5,314,307,853.43....................................Previous [5,459,925,001.19]


Volume :14,676,206................................Previous [14,100,988]




:) :)
Member
Registered: Oct 2013
Posts: 1255
२०७९-०९-२४ (2023-01-08)
----------------------------



लगालग दोश्रो दिन 5 अर्ब माथीको Turnover भएको छ,


३७ करोडभन्दा बढीको कारोबार त अन्तिम 5 मिनेटमा भएको देखिन्छ,



भोलीदेखि संसद अधिबेसन सुरु हुँदै छ,

पर्सि त झन विश्वासको मत लिने दिन भइगो,




यो कुरा सकिएपछि,

ब्याजदरको कुरो चल्छ अनि फेरी,



माघ महिना लागेपछि मौद्रिक नीतिको अर्धबार्षिक समिक्षाले,

फेरी चर्चा कमाउन थाली हाल्छ,


अलि राम्रै correction का लागि त त्यसपछिको समय मात्र उपयुक्त हुन्छ कि के हो ?








NEPSE:2,164.61..........................................Previous [2,143.93]


(+20.68 / +0.96%)...................................Previous (+18.09 / +0.85%)




SENSIND (411.23).........................................Previous (411.23]


(0.00 / 0.00)........................................Previous (+2.51 / +0.61%)




Turnover :5,459,925,001.19....................................Previous [5,040,740,937.09]


Volume :14,100,988................................Previous [12,581,982]



:) :)

Post Reply

Page: « < ... 5 6 7 8 9 10 11 12 13 ... > »

Sharesansar Forum Powered By Miracle Hub